Home » » फेरी बर्गिकरण किन नगर्ने ?

फेरी बर्गिकरण किन नगर्ने ?

Written By खांट्टी कुरा on Friday, July 05, 2013 | July 05, 2013

अ.त भनेको अरास्ट्रीय तत्व ! यो सब्द हिजो पंचायतकालमा खुब प्रयोग हुन्थ्यो ! खासगरी २०१७ साल पछी पन्चको नजरमा कांग्रेस तथा कम्युनिस्टहरु अ.त. भए अथवा बनाइए ! पछी गामघरमा समेत मन नपरेको मान्छे हरु अ.त बनाइए ! अ.त.कै आरोप लागेर धेरै नेताहरु झ्यालखानामा जाकिएका थिए ! कुनै कुनै अ.त बहादुरले झ्यालखानामा सुरुंग खनेर भाग्न पनि सफल भए !
२०४६ सालमा बहुदल अर्थात प्रजातन्त्र पाइयो प्रभुको कृपाले ! बिना प्रभुको कृपा नेपालमा पत्ता पनि हल्लिदैन ! ब्यापार परिवहन सन्धि नबिकरण गर्दिन भने प्रभुले ! बदलामा सुदुर पुर्बको ताप्लेजुंग देखि सुदुर पश्चिमको दार्चुला सम्मको उता बाट यता आउने बाटो बन्द गरे ! नेपाल लाइ तिन तिर बाट भारतले घेरेको छ ! हामि नेपालीको फुट्या कर्म भन्नु पर्यो ! नुन देखि सुन सम्म आउने पनि उतै बाट !
दुइ बिस दस नलाग्दै पंचायत स्वाहा बनाइयो ! पंचायत हुन्जेल दरबारको आदेस बिना पत्तो हल्लिदैन थियो भने आफूखुसी रास्ट्रघाती सन्धि त हुने कुरै भएन ! डेमोक्रेसी रे पुर्ब अ.त.हरुको भाषामा ! डेमोक्रेसीको पहिला टार्गेट बाँसबारी छाला जुत्ता कारखाना ! त्यस पछी सुरु भयो कल कारखानाको इहलिला र अन्त्यमा आएर जनकपुरको चुरोट कारखानामा आएर ब्रेक लागेको छ ! डेमोक्रेसीको दोश्रो उपहार महाकाली सन्धि ! नाटक गर्न पनि कस्तो जानेकानि राम ! टनकपुरको टनटनले काठमाण्डौ को सडकको रेलिंग एउटा पनि बाकि राखेनन ! कांग्रेसी सन्त नेताले पाइलट बाबाको घरा एमालेको ठुला नेता क.माकुनेलाइ बोलाएर बिदेसी अंगुरको झोल के खुवाई दिएका थिए कुरा बिलायो छु मन्त्रको तालमा ! त्यति खेर त्यो रास्ट्रघाती महाकाली सन्धि पास हुन्न भनेर अड्डी लेको भे अहिले दार्चुला बगाउथ्यो ?
सब्द्को मूल मर्म सहित उच्चारण गर्न पुर्ब पन्चहरुले जानेका रैछन ! ठिकै त भनेका रैछन रास्ट्रको अहित गर्ने गर्ने हरु अरास्ट्रीय तत्व हुन्छ भनेर ! तर भनेर के गर्नु मर्या पन्चेत अब फर्केर आउने हैन क्यार ! जसरि भर्खरै प्रेस काउन्सिलले पत्रिका लाइ क, ख, ग, घ भनेर बर्गिकरण गर्यो त्यस्तै गरि  अब को 'रास्ट्रीय तत्व' र कुन 'अरास्ट्रीय तत्व' भनेर फेरी जनताले छुट्याउने बेला भएन र ?



Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger