Home » » यो जित कसको जनताको/यो हार कसको जनताको !

यो जित कसको जनताको/यो हार कसको जनताको !

Written By खांट्टी कुरा on Thursday, July 04, 2013 | July 04, 2013

(तस्बिर:बि.बि.सी.हिन्दि सेवा बाट साभार)
बितेको साल महिनौ महिनाको आन्दोलन पश्चात नचाहँदा नचाहँदै पनि तीसौ बर्ष सासन चालाएको होस्नी मोबारकले मिश्रको सासन सत्ता बाट बाहिरिनु पर्यो ! देसमा नया निर्वाचन भयो र इस्लामिक कट्टरपन्थी ब्रदर हुडको नेता मोरसीले मिश्रको सासन सत्ता आफ्नो हातमा लिए !
'तातै खाउ जल्दी मरु' भने जस्तै गरि रास्ट्रपति मोर्सीले अथाह सक्ति आफ्नो हातमा लिन लाइ के सुरु मात्र गरेका थिए सुरु भो जनतामा रोष खास गरि धर्म निरपेक्ष खेमा तथा युवाहरुमा ! अरु देशमा जस्तै मिश्रमा पनि पस्चिमाले व्यापक रुपमा धर्म
परिवर्तन गराएका छन ! थाहा नपाको जस्तो गरि बसेका धर्म निरपेक्ष गुटले जब सेनाको जनरलले जन चाहना बमोजिम भन्दै निर्वाचित सरकार लाइ अपदस्थ गरेर अन्तरिम सरकारको घोषणा हुना साथ खुसि व्यक्त गर्दै जनताको जित भनेर खुसि मनाए ! तर यो सच्चाइमा लुकेको अर्थ मिश्रको सोझा सिदा जनतालाई के थाहा ! २/३ दिन अगाडी मात्र अमेरिकी रास्ट्रपति बाराक ओबामाले घुमाउरो भाषामा मिश्रको निर्वाचित सरकारलाइ कारबाही गर्नु पर्छ भनेर  मिडियामा बयान दिएका थिए ! तिनै अमेरिकी रास्ट्रपति बाराक ओबामा अहिले मिश्रको घटनालाई लिएर चिन्तित बनेको जस्तै पनि गर्दैछन !
अमेरिकी लगाएत पश्चिमाहरू एक तीरले दुइ सिकार गर्न माहिर छन ! खाडी हुन या अन्य संसारमा रहेका सबै देसमा अमेरिका आफ्नो पकड मजबुद बनाउन चाहन्छ ! जसले उसको आदेशको पालना गर्दैन अर्थात जसले अमेरिकाको गुलामी गर्दैन त्यो देशलाई उसले साम दाम दण्ड भेद यी चारै नीति अपनाएर त्यो देशको सम्पूर्ण व्यवस्थालाई भताभुंग मात्रै हैन तहस नहनै बनाइ दिन्छ ! आज भन्दा २४ बर्ष  अगाडी पर्दा पछाडी बाट  भारत लाइ उचालेर नेपाल बाट पंचायत फाल्न होस वा लिबियाको सासक कर्णाल मुआम्मर गद्दाफी, इराकको घटना होस या अफगानिस्थान हाल सिरियाको लडाई होस हरेकमा अमेरिका गिद्धे दृस्टी यथावत नै छ !
गल्ति त अपदस्त रास्ट्रपति मोर्सीको पनि छ ! हालको परिवर्तनलाइ तिनले बुझ्न सकेनन र देसमा कट्टर इस्लामिक साशन पद्दति बसाल्न खोजे र सम्पूर्ण सक्ति आफ्नो हातमा लिन खोज्दाको परिणाम अन्तत: आज आफ्नै घरमा नजरबन्दमा बस्नु परेको छ ! त्यसिले मिश्रको यो राजनतिक परिवर्तन घटनामा जनताको हार पनि भएको छ र केहि मुट्ठी भरको जनताको जित पनि भएको छ ! सिधा अर्थमा भन्ने हो भने मिश्रको यो परिवर्तन धर्म निरपेक्ष हरुले गराएको परिवर्तन हो भनेर बुझ्नु पर्दछ !
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger