हिजो सम्म झन्डै ३ दर्जन भुरे टाकुरे पार्टीलाइ एकत्रित गर्दै मोर्चा बनाएर ससक्त बिरोधको
नेतृत्व एनेकपा माओबादी बाट छुट्टिएर नयाँ बनेको ने.क.पा.-माओबादीले गर्दै थियो !
निर्बाचनमा के कसरि जाने र कुन रणनीति बाट निर्वाचनमा बिजयी हासिल गर्ने बहसको
केन्द्र बिन्दु यहि नै थियो !एक न एक दिन निर्वाचनमा भाग लिनु पर्छ भन्ने कुरा
सबै पार्टीका नेताहरु लाई थाहा नभएको पक्कै पनि हैन !
आफु बाट छुट्टिएर गएको पार्टी दिन प्रतिदिन शक्तिसाली बन्दै मूल पार्टीलाई ओझेलमा पारेको संस्थापन पक्ष लाइ किन मन पर्थ्यो र ! साम, दाम, दण्ड, भेद यी चारै नीति अपनाएर संस्थापन पक्षले मोर्चालाई अलग थलग पारे ! अरु पार्टीमा फुट जन्माएर आफ्नो पार्टी बलियो बनाउन एनेकपा माओबादीको अध्यक्ष क.प्रचण्ड माहिर छन ! यहि कला उनले कांग्रेस तथा एमालेमा देखाएर उक्त पार्टीका जनजातिका उपल्लो नेताहरु लाइ पार्टीबाट बाहिरिन लगाए ! अहिले यतिखेर बिभिन्न नामधारी पार्टी खोलेर ति जनजातिका नेताहरु आफ्नो राजनीतक दुनो सोझ्याउदै छन !
आफु बाट छुट्टिएर गएको पार्टी दिन प्रतिदिन शक्तिसाली बन्दै मूल पार्टीलाई ओझेलमा पारेको संस्थापन पक्ष लाइ किन मन पर्थ्यो र ! साम, दाम, दण्ड, भेद यी चारै नीति अपनाएर संस्थापन पक्षले मोर्चालाई अलग थलग पारे ! अरु पार्टीमा फुट जन्माएर आफ्नो पार्टी बलियो बनाउन एनेकपा माओबादीको अध्यक्ष क.प्रचण्ड माहिर छन ! यहि कला उनले कांग्रेस तथा एमालेमा देखाएर उक्त पार्टीका जनजातिका उपल्लो नेताहरु लाइ पार्टीबाट बाहिरिन लगाए ! अहिले यतिखेर बिभिन्न नामधारी पार्टी खोलेर ति जनजातिका नेताहरु आफ्नो राजनीतक दुनो सोझ्याउदै छन !
निर्दलीय रेग्मी सरकारले निर्वाचनको तिथि मिति घोषणा गर्ना साथ देखाउनकै लागि
भए पनि केहि दिनको निमित्त भुरे टाकुरे पार्टीका नेताहरुले ने.क.पा.-माओबादी सित
सहकार्य त गर्यो तर बिस्तारै बिस्तारै तिनीहरु अलग हुँदै गएर ३४ बाट झरेर अन्त्यमा
१८ मा सिमित भयो ! हतार हतारमा ने.क.पा.-माओबादीले पोखरा बैठकको आयोजना गरेर
निर्वाचनमा भाग नलिने र निर्वाचन लाइ पूर्ण रुपमा बहिस्कार गर्ने नीति बनायो !
आखिर किन ने.क.पा.-माओबादीले निर्वाचनमा भाग नलिने निर्णय गर्यो त ?
केहि अनुत्तरित प्रश्नहरु !
(१)
बिगत केहि महिना अगाडी ने.क.पा.-माओबादीका प्रभावसाली युवा नेता नेत्र बिक्रम
चन्द (विप्लब) जसलाई फौजी रणनीतिकार पनि भनिन्छ ले भारतीय खुफिया अधिकारि सित भेट
गरेको भनेर छापामा आएको थियो र त्यो भेट लाइ उनले ‘अरुले भेट गर्न हुन्छ भने मैले
किन नहुने’ भनेर पत्रकारले सोधेको प्रश्नको उत्तर दिएका थिए ! कतै उतैको इसारामा ने.क.पा.-माओबादीले
चुनावको बहिस्कार गरेका त हैनन ?
(२)
गठन गरिएको मोर्चामा आबद्द दल तथा पार्टीहरु बिस्तारे पाखा लाग्दै गए पछी
आफ्नो अस्तित्व बचाउन कै लागि भए पनि निर्वाचन बहिस्कार गरेका हुन कि ?
(३)
कतै पुरानै नीति अनुसार सेना, सत्ता सबै ठाउँमा कब्जा जमाएर देशमा छिमेकी
चिनिया पुराना मोडेलको माओबादी सासन लगाउन लाइ हो कि ? किनभने संस्थापन तथा फुटेर
गएका माओबादी पार्टीहरुले आज सम्म क्रान्ति सकिएको छैन भन्दैछन ! लोकलाइ देखाउन त
कुटेको जस्तो गर म रोएको जस्तो गर्छु भन्ने निती अवलम्बन गरेका त हैनन ?
आखिर जे जस्तो कारणहरु भएता पनि के नेपालको जनता र
देशले अब फेरी कम्युनिस्ट पार्टीहरुले भन्ने गरिएको युद्ध बाट सत्ता कब्जा लाइ
झेल्न सक्छन ? दसौ बर्षको लडाइमा घटेको घटना देख्दा देख्दै पनि के नेपाली
जनताहरुले गरिने भनेको तथाकथित युद्धलाइ साथ दिन्छन र ? माओबादीहरुको युद्ध कस्तो
हुन्छ ? त्यो युद्द बाट नेपालको जनताले के पाए ? अनि त्यो युद्धमा लड्ने जनताको
छोराछोरीहरुको हालत के कस्तो भयो ? तिनका नेताहरुको हालको जीवन सैली कसरि चल्दैछ
भन्ने यावत कुराहरु जान्दा जान्दै पनि फेरी युद्ध गर्छ्म भनेर प्रचारबाजी गर्नुको
के अर्थ ? कम्बोडियाको कम्युनिस्ट खमेररुज जसरि पतन भाको थियो त्यहि बाटोमा हिड्दैछन
हाम्रा नेपालको कम्युनिस्ट नेताहरु ! कसैको लहडबाजीमा चलाएको युद्धले देस र जनताको
कहिले पनि भलो गर्दैन त्यसैले ने.क.पा.-माओबादीले गर्छु भनेको क्रान्ति अब नेपालको
जनताले धान्न सक्दैन !