Monday, August 12, 2013

गोर्खाल्याण्ड आन्दोलनलाइ सघाउने कुन चाहिँ माओबादी पार्टी हो त ?

(गोर्खा ल्याण्ड आन्दोलन ! तस्बिर: सेतो पाटि बाट साभार)

© जनक मान डंगोल !
www.janakdangol@gmail.com
................................................. 

२८ राज्य भएको भारत मा बितेको केहि साल देखि तिलांगाना क्षेत्रका जनाताहरुले छुट्टै राज्यको माग गर्दै आन्दोलन थालेका थिए ! जब आन्दोलन सरकारको काबु बाट बाहिर जान थाल्यो तब बाध्य भएर भारतको केन्द्रिय सरकारले तिलांगाना क्षेत्र लाइ छुट्टै राज्य घोषणा गर्दै २८ बाट २९ राज्य भएको घोषणा गर्यो !

नेपाली भाषीहरुको अत्याधिक बाहुल्य रहेको नेपालको सुदुर पूर्वको सिमाना भारत सरकारको पश्चिम बङ्गाल अन्तर्गतको दार्जिलिंग क्षेत्रमा छुट्टै राज्यको माग भने यो पटक मात्र उठेको हैन ! छुट्टै गोर्खाल्यान्डको माग उठेको बर्षौ बर्ष भै सकेको छ ! भारत सरकारले छुट्टै राज्य दिनुको बदला कहिले दार्जिलिंग गोर्खा पार्वत्य परिषद (दागोपाप)त कहिले गोर्खा टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए) भन्दै नेपाली भाषी हरुलाई थामथुम पार्दै आइ रहेको थियो ! जब तिलांगाना छुट्टै राज्य भएको भनेर भारतको केन्द्र सरकारले घोषणा गर्यो तब दार्जिलिंग क्षेत्रमा पुन: छुट्टै राज्य गोर्खाल्याण्डको माग जोडतोडका साथ उठन थाल्यो ! आन्दोलन अहिलेको मिति सम्ममा पनि चलिनै रहेको छ !
हिजो नेपालमा जनयुद्ध सुरु गर्नु भन्दा अगाडी जनयुद्धको बिकास गर्ने कम्युनिस्ट पार्टीहरुको आश्रयस्थल छिमेकी भारत नै थियो ! तालिम देखि लिएर सम्पूर्ण समानहरुको आपूर्ति पनि उतै बाट भएको हो ! जनयुद्ध सुरु गर्ने बेलामा पार्टी एकै थियो अर्थात नेपाल कम्युनिस्ट पार्टी माओबादी ! जनयुद्द बिसाएर सान्ति वार्तामा आए पछी एक भाको पार्टी आज तिन खेमामा विभाजित भै सकेको छ ! एउटा पार्टीको नेतृत्व क.प्रचण्डहरुले गरेका छन जसलाई एमाओबादी पार्टी भनिन्छ ! अर्को पार्टीको नेतृत्व क.बैद्य हरुले गरेका छन जसलाई सजिलोको भाषामा ड्यास माओबादी पार्टी भनिन्छ भने पार्टी सान्तिवार्तामा आइसके पछी पहिलो पटक फुटेर गएको पार्टीको नेतृत्व क. मात्रिका यादबहरुले गरेका छन जसलाई ने.क.पा.माओबादी मात्र भनिन्छ ! गोर्खाल्याण्डको आन्दोलन चर्काउनमा नेपालको माओबादीहरुको ठुलो हात छ भनेर भारतीय गुप्तचर संस्था सी.बि.आइले पश्चिम बङ्गाल सरकारको नेत्री ममता बनर्जी रिपोर्ट लाइ दिएको खबर छापामा आयो ! यो खबर आउना साथ एनेकपा माओबादीको सदस्य प्रचण्ड पुत्र प्रकासले सामाजिक संजाल फेसबुकको भित्तामा व्यक्त गरेका प्रतिक्रिया ...
प्रकाश दाहाल

नेपालमा ईण्डियाले जति अत्याचार गरेपनि हामी नेपाली ईण्डियन च्यानललाई प्रोत्साहन दिन्छौ । तर भारतको दार्जलिंगका नेपालीले अलग राज्य माग्दा सम्पूर्ण नेपाली टिभी च्यानललाई प्रतिबन्ध किन ? र गोर्खाल्याण्ड मांग गर्नेलाई माओवादीको सहयोग भनेर जुन आरोप लगाएको छ भारतले, यो पूर्णत: हांस्यास्पद छ र अर्को कुरा हामी नेपाली भएको कारण दार्जलिंगका नेपालको मांग पुरा गर्न तिर भारत सरकार लाग्नु पर्छ जस्तो लाग्छ । चाहे नेपालका नेपाली हुन् चाहे भारतका । कहिका नेपालीलाई भारतले हेप्न र पेलेरनै लैजान सकिन्छ भन्ने सोच हटाए हुन्छ !
..
अब कुरो उठ्छ नेपालमा अहिले तिन माओबादी पार्टी छन ! त्यो मध्ये कुन चाहिँ माओबादी पार्टीले गोर्खाल्याण्ड आन्दोलन लाइ सघाएको छ त ?
हिजो जनयुद्ध होस वा सान्ति वार्तामा आइ सके पछी पनि पटक पटक दाजिलिंगको सिलिगुडीमा वार्ता भएकै हो ! मात्रिका यादबको समुह अहिले नेपालको राजनीतिक वृतमा त्यतिको  चलायमान छैन ! चलायमान भएको एमाओबादी वा ड्यास माओबादी यी दुइ मध्ये कुन चाहिँ माओबादीले गोर्खाल्याण्ड आन्दोलन लाइ सघाएको छ भारत सरकारले त्यो स्पस्ट पार्नु पर्छ कि पर्दैन ? आरोप मात्रै लगाएर हुन्छ र ?

No comments: