Home » » सामन्तीको परिभाषा देउ नेताहरु !

सामन्तीको परिभाषा देउ नेताहरु !

Written By खांट्टी कुरा on Tuesday, August 13, 2013 | August 13, 2013

 सामन्ती राजतन्त्रको बिरुद्ध लडेको भन्ने पहिलाको प्रजातन्त्र, अनि कक्टेल बाम,प्रजातन्त्र र नयाँ "जनयुद्ध" सब्दले पनि अब गिनिज बुकमा नाम पक्कै पनि लेखाउछ होला ! गिनिज बुक भन्ने संस्था पनि उतै 'जय मसि' कै देसमा छ नि ! गिनिज बुकमा नपरे पनि 'लिम्का बुक्स' मा त पक्कै पर्ला ! 'लिम्का बुक्स' चैँ एक रूप्पे साठी पैसो देसमा छ क्यार !
राणा फाल्न लाइ पनि यहि 'सामन्ती' भन्ने क्षेप्यास्त्र प्रहार गरेका हुन भने पन्चेत फाल्न लाइ पनि यहि 'सामन्ती' भन्ने क्षेप्यास्त्र प्रहार गरेका हुन ! फेरी पछी राजा फाल्न लाइ पनि यहि 'सामन्ती' भन्ने क्षेप्यास्त्र प्रहार गरे, तर यो 'सामन्ती' भन्ने शब्दको परिभाषा चैं के हो ?  

अहिले त हिजो पशुपति आज जय मसिको देसा राणा, पन्चेत, प्रजातन्त्र, राजतन्त्र केहि पनि छैन तर पनि 'सामन्ती' सब्द्कै बोलबाला छ ! यसको जवाफ कसले दिने ? सुसिलदाले दिनेकी ? राणाहरु लाइ त कांग्रेसले खेद्या ! दुइ जना भएर दिने हो भए खनाल कामरेड र फेरी दादानै एकमुस्ट भएर दिनु पर्यो ! तेहरो हैन चौहरो भएर दिने हो भने अहिलेका चार चौकड़ी ले दिनु पर्छ कि पर्दैन ? राणा छैन, राजा छैन तर पनि सामन्ती सामन्ती भनेर कसलाई भन्या ? अम्ला रुपी जन क्षेप्यास्त्र त अब चार टिकट माहा बिकट तिर पो फर्किदैछ है ! बेलैमा चेतना भया !
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger