Home » » किन र के को लागी हिन्दि भाषा ?

किन र के को लागी हिन्दि भाषा ?

Written By खांट्टी कुरा on Wednesday, August 14, 2013 | August 14, 2013

(श्री मुकेस चौधरी,अध्यक्ष:तराइ जनतान्त्रिक पार्टी)

मुकेस चौधरीज्यु लाइ मेरो प्रश्न !

तपाइँ मिथिलान्चलको मान्छे मैथिली तपाइको मातृ भाषा हो तर तपाइँ कि नेपाली कि हिन्दिमा लेख्न र बोल्न मन पराउनु हुँदो रैछ ! हिन्दि भाषा नेपालको सहरी भेगकाले बाहेक अरुले बोल्दैनन भने तपाइको हिन्दि भाषा प्रतिको लगाव देख्दा तपाई पनि गज्जु बाबु जस्तै लाग्यो ! गज्जु बाबु अर्थात् गजेन्द्र नारायण शिंह पनि पटना मा नै हुर्केको अनि तपाइको सिक्षा दीक्षा पनि पटनामा नै भएको ! मदेसी नेतालाई खुब गालि गर्नु हुँदो रैछ तर आफ्नो मातृ भाषाको सम्मान गर्न नजान्ने अनि बिदेसी भाषा अंगाल्ने कसरि सच्चा मदेसबादी नेता हुन्छ ? तपाइँ पनि उही नेपाली उखान "नया जोगीले बढ्ता खरानी घस्छ" भन्ने खालको हुनुहुँदो रैछ ! लेखाइ तितो छ मेरो ! सच्चा मदेसी हो भने मातृ भाषा प्रयोग गर्नुस !
हिन्दि नेपालको मात्र हैन कि भारतको पनि भाषा हैन ! उत्तर भारतीयले भन्दा अरुले हिन्दि बोल्न जान्दैनन पनि बोल्दैनन पनि ! मैथिली, भोजपुरी,अबधि, थारु, ताजपुरिया ...... आदि मदेस्का मातृ भाषा हुन भने हिन्दि हैनन ! यदि हिन्दि भारतको रास्ट्रिय भाषा हुन्थ्यो भने भारतको संबिधान र संसदमा अंग्रेजी लेखिदैन्थ्यो र बोलिदैन्थ्यो ! भारतको २८+१ थप २९ प्रदेश मध्ये मध्य प्रदेस, दिल्ली, बिहार, पश्चिम बङ्गाल, उत्तर प्रदेस र उत्तराखण्डको पनि सिमित व्यक्तिले मात्र हिन्दि भाषा प्रयोग गर्दछन, लेख्छन ! प्रायले आफ्नै मातृ भाषा प्रोग गर्न रुचाउछन भने तपाइ हिन्दि भाषा किन र के को लागी प्रयोग गर्दै हुनुहुन्छ ?
..
तस्बिर साभार: मुकेस चौधरीज्यु को फेसबुक वाल बाट
©जनक मान डंगोल, www.janakdangol@gmail.com
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger