Friday, August 16, 2013

गणतन्त्र आयेसी संग्रौलाको मगज सडकेछ !


2013/08/16 तारिखमा नया पत्रिकाको फेसबुक पेजा “मरिचमान नायक कि खलनायक” भन्ने शिर्षकले मेरो ध्यान आकृस्ट गर्यो ! नया पत्रिकाको यो लिंक http://nayapatrika.com/index.php?option=com_content&view=article&id=11698%3A2013-08-16-01-50-34&catid=39%3A2011-07-03-13-23-23&Itemid=55
मा छापिएको टिप्पणी सुन्दा मलाइ घोर आश्चर्य लाग्यो ! हेर्नुहोस उक्त पत्रिकामा छापिएको खगेन्द्र संग्रौलाको टिप्पणी !..

दरबारप्रति बफादार र सोझा
खगेन्द्र संग्रौला, लेखक
मलाई मरिचमान सिंहको विषयमा धेरै त थाहा छैन । मलाई थाहा भएको यत्ति हो कि उनी सीधा र सामान्य मानिस थिए । उनलाई सामान्य मास्टरबाट तानेर काठमाडांै ल्याइयो । उनी सिंह थिए र पछि सिंह श्रेष्ठ बनाइयो ।
मैले थाहा पाएअनुसार उनी दरबारप्रति बफादार र सोझा थिए । ०४६ सालको आन्दोलनको सन्दर्भमा भारतले गरेको नाकाबन्दीको प्रतिकार गरे रे भन्ने सुनेको हुँ । तर, त्यसको पनि अन्तरकथा के हो भन्नेचाहिँ मलाई थाहा छैन । त्यसले उनलाई राष्ट्रवादी बनायो कि बनाएन, त्यो पनि भन्न सक्दिनँ ।
..
खगेन्द्र संग्रौला जस्तै अझै २/४ जना प्रगतिसिल रास्ट्रीय लेखक भो भने नेपालमा चाडै "सारे जाहासे अच्छा हिन्दुस्ता हमारा गीत गाउन पाइन्छ" प्रगतिसिल लेखक बाजे संग्रौला हिजो प्रजातन्त्रमा जति हिट हुनुहुन्थ्यो तपाइको लेखनकला गणतन्त्र आयेसी सुपर फ्लप भाको देख्दा बिरक्त लागेर आको छ ! हिजो एमालेकै मानु खानु भो पछी एमालेकै बिरोध पनि गर्नु भो ! तपाइँ र नेवा भाषा मंका खलका कथित मानबअधिकार बादी नेता पदम रत्न तुलाधरमा के फरक छ ? हिजो अरु गणतन्त्र नेताहरुले स्व. मरिचमानको जय जय गर्दा तपाइँ चैँ आज किन उल्टो लेख्दै हुनुहन्छ ? तपाइले उहाँको बिसयमा केहि पनि थाहा छैन भनेर लेख्दा नेपाली जनताले पत्याउछन ? ठिक लाइ ठिक र बेठिक लाइ बेठिक भन्न किन सक्न्नु हुन्न ? स्व.मरिचमान सरकारको पालामा प्रगतिसिल लेखक बनेर बिरोध गर्नेमा त तपाइँ पनि हुनुहुन्थ्यो ! तपाईले हिजो पशुपति आर्यघाटमा नजारा देखेको भए स्वस्थ आलोचना गर्न सिक्नुस ! मरेको मान्छेको बदख्वाइ नगर्नुस लेखक बाजे अलिअलि बचे खुचेको इज्जेत पनि जाला ! काठमाण्डौका जनताले फेरी 'श्रीमान गम्भीर नेपाली' गाउँन थाले' किन ? त्यो गाउँन बाध्यता पार्नेमा तपाइँ जस्ता प्रगतिसिल लेखकको पनि त हात छ नि ! किनभने तपाइँ जस्ता प्रगतिसिल लेखकले सत्य लाइ सत्य असत्य लाइ असत्य भनेर लेखि दिएको भए आज नेपालमा यस्तो दिन देख्नु पर्दैनथ्यो ! हिजो पन्चेत्को पालामा र प्रजातन्त्रको पालामा जुन खरो लेख लेख्नु हुन्थ्यो तपाइको कलम बाट आज त्यस्तो किन लेखिदैन ? स्व.मरिचमान शिंह श्रेस्ठ यदि खाँट्टी रास्ट्रबादी देसभक्त नेता नभएको भए आज किन सबैले उहाँको जय जकार मान सम्मान गरे ? उहाँत कांग्रेस र बाम्पन्थीको त कट्टर दुश्मन हुननि ! प्रगतिसिल लेखक हुँ भन्ने खगेन्द्र संग्रौला, लाइ सद्बुद्दी प्रदान गर भगवान !





No comments: