Home » » नरम दल/गरम दल !

नरम दल/गरम दल !

Written By खांट्टी कुरा on Tuesday, August 20, 2013 | August 20, 2013

ड्यास पार्टीले नमाने सम्म चुनाव हुन सक्दैन - क.माकुने !
निर्वाचन सार्नु हुँदैन -क.वली !
 भारत स्वतन्त्रताको आन्दोलन गर्ने बेलामा भारतमा दुइटा खेमा थिए ! एउटा खेमा नरम दल जसको नेतृत्व गान्धीले गर्थे ! अर्को खेमा थियो गरम दल जसको नेतृत्व नेताजी सुभाष चन्द्र बोषले गर्थे !
नरम दल सान्तिपूर्ण आन्दोलन गरेर अंग्रेज आफ्नै देसमा फर्केर जाओस भन्ने चाहन्थ्यो ! तर त्यसको ठिक बिपरित नेताजी सुभाष चन्द्र बोष परेको खण्डमा हतियार उठाएर भए पनि अंग्रेज लाइ धपाउनु पर्छ भन्ने मान्यता राख्दथे !

अहिले ने.क.पा.एमालेमा पनि यस्तै खालको अघोषित युद्द चलेको छ भन्ने कुरा माथि उल्लेख भएको वाक्यले पुस्टि गर्छ ! तर नेपालमा अंग्रेज धपाउन हैन ! निर्वाचन गरेर सरकार बनाउने होडमा ! क.वली एमालेको प्रभावसाली नेता मानिनु हुन्छ ! अहिले यतिखेर उहा सित सबै सर्जाम छ निर्वाचनरुपी युद्द जित्नको लागि ! निर्वाचन जित्न चाहिने सबै भन्दा ठुलो चिज भनेको धन र बाहुबल ! यी दुवै चिज अहिले यतिखेर क.वली सित छ !
क.माधब नेपाल पनि एमालेको बरिस्ठ नेता ! तर उहाँ किन क.वलीको निर्वाचन तोकिएको मितिमै गर्नु पर्छ भन्ने बिचार लाइ समर्थन गर्नु हुन्न ? किन क.माकुनेज्यु को बोलि छिन का छिनमा फेरिन्छ ? न उहाँ पार्टी अध्यक्ष लाइ गतिलो सुझाव दिन सक्नु हुन्छ न त क.वलीको कुरामा समर्थन नै दिनु हुन्छ ! किन दोधारे नीति कामरेड ? गान्धी जस्तै नरम दल बनेको हो भने सुभाष चन्द्र बोष जस्तै गरम दल बनेका लाइ मनाउनु सक्नु पर्योनि ! हिजो हिन्दुस्थानको आजादीको लडाइमा त दुवै दल एक ज्यान भएर लडेका थिए ! के यस्तै नीतिले तपाइँ हरुको १०० सिट भन्दा पनि माथि जाने सपना पुरा हुन्छ त ? उसै त विरोधीहरुले तपाइँ हरुलाई ढुलमुले पार्टी भनेर न्वारान गर्देका छन ! के जनताको पार्टी भन्ने एमाले पार्टी सांच्चिक्कै ढुलमुले पार्टी हो त ? हैन भने हाम्रो पार्टी एमाले ढुलमुले पार्टी हैन भनेर देखाउन सक्नु पर्योनि !
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger