हाम्रो देस नेपालमा सहर होस कि गाम सबै ठाउँमा एक जातिले अर्को जाति लाइ
खसालेर बोल्ने चलन छ ! जस्तै बाहुन लाइ टपरे, काठा, क्षेत्री लाइ खस्या, नेवार लाइ
ज्यापु, मगर लाइ लेड़ो, गुरुङलाइ भेडो, तामांगलाइ भोटे, राइलाइ चिम्से आदि आदि ! यो आलेख लेख्ने पंक्तिकार लै चैँ खसालेर बोलाउदा ज्यापु भन्छन तर चित्त दुखाइ छैन किन भने त्यसमा पनि आत्मियता छ ! पुर्खा देखि चल्दै आएको चलन हो ! आफु पनि सुनिन्छ र अरु लाइ नि भनिन्छ !
नेपालको राजनीतिक दल तथा पार्टीमा चैँ अहिले सबै भन्दा धेरै र पार्टीको
ठुलो पदा पुग्या जातिमा ब्राम्हण जातिका छन अर्थात गाम्घरको भाषा भन्दा काठा, टपरे
त्यस पछी अरु जातिका छन !
ब्राम्हण जाति स्वभावले नै हिन्दु धर्म पालन गर्ने तथा गर्न लगाउने
जातिमा पर्दछन ! गाउँ समाजमा सबै प्रकारको सामाजिक कार्यमा हिन्दु धर्म मान्ने लाइ
ब्राम्हण अनिबार्य चाहिन्छ ! त्यै भएर ब्राम्हण उमेरमा ठुला हुन या साना सबैलाई 'बाजे'भनेर बोलाइन्छ भने ब्राम्हणी लाइचैँ बज्यै भनेर बोलाइन्छ !
हिजो नेपालमा भित्र भित्रै गोप्यरुपमा केहि व्यक्तिहरुले पहिला जनमोर्चा
पछी ने.क.पा. माओबादी नामको पार्टी गठन गरेर कथित जन-युद्ध सुरु गरे ! माओबादी
खाँट्टी कम्युनिस्ट पार्टीरे ! कम्युनिस्ट पार्टीले धर्म मान्दैन र धर्म भनेको
अफिम हो रे ! अफिम भनेको त फेरी हाम्रो हिन्दु हरुको आराध्य देब भोलेनाथको खुराक
पनि त हो नि !
जन युद्ध सुरु गरे र ति जन युद्धका दाइ नाइके देखि भाइ नाइके सम्ममा अधिकांस
सबै बाहुन जातिका नै थिए ! बिरोधि र भनेको नमान्ने लाइ दसैमा बोका सेरे जस्तै गरि
पनि सेरेकै हुन ! हिजो मन्दिरा बम पड्काउँन पनि लगाएकै हुन ! हिन्दुको पवित्र
मन्दिरा गाइ गोरु काटेर भोज पनि गर्न भ्याएकै थिए ! प्राचिन संस्कृत भाषा पढ्न
देनन ! के के गरे के के गरेनन फेहरिस्त लामो छ !
सी.पी.गजुरेल माओबादी पार्टीको बरिस्ट प्रभाबसाली नेता ! जातले बाहुन हुन
! आज जनै पुर्णिमा गजुरेल का बुढाबुढी भोलेनाथको दर्शन गर्न जानु भएछ त्यो पनि सप्पैलाइ
छक्क्यायेर लुकीलुकी ! अस्ति ठुला नेता भन्ने क.प्रचण्डले भैसी पनि पुजा गरेकै
हुन, हिजो पशुपतिमा गएर बाउ छोरा तथा अन्य कम्निस्ट नेता समेत भएर जय भोलेनाथ, हर हर
महादेव पनि भन्न भ्याएकै हुन ! मुन्छिले जन्मे पछी जानेर होस वा नजानेर पाइला
पाइलामा पाप गरेको हुन्छ ! त्यै पाप कटानीको लागि गरिने भनेको नै धर्म हो भने धर्म
गर्न पनि के को डर, के को लाज ?
अहिले ड्यास माओबादी पार्टी बाट अधक्ष्य बनेका आफुलाई पूर्ण नास्तिक तथा
सर्वहारा भन्न रुचाउने मोहन गोपाल बैद्य बा चैँ बरु कैले जय भोले, पशुपतिनाथ भन्दै
भोलेनाथको दर्शन गर्न मन्दिरा जानु हुन्छ ? त्यो हेरी बसेका छन
नेपालको जनता ! हिजो राजाको सासन भाको बेलामा राजाले भाषणको अन्तिममा 'श्री पशुपतिनाथले
हामि सबैको कल्याण गरुन' भनेर भन्नु हुन्थ्यो ! त्यो भनेर किन
भन्नु भाको रैछ त ? कतै राजाको फोटोकपी गर्न खोजेका त हैनन ? भोलि चुनाउ जितेसी
पुग्ने त कि बाल्वाटर, कि शिंह दर्बार हो ! देसबासी लाइ सन्देस पनि त दिनु पर्लानि अहिलेका नया
सामन्ती राजा महाराजाहरुले ! लाल सलाम भन्यो भने ८२% हिन्दुले ठोक्लान अब ! पहिला
पनि तागाधारी नै हुन, अब बुढेसकाल पनि लाग्यो ! भोलि पुगिने त उनी धर्मराजको
मा हो क्यार ! त्यहि भएर यी बाजे हरुले मन्दिर जाने तालिम सुरु गरेका त हैनन ? बुझी नसक्नुको लिला देखाउदै पो छन ता नेपालको कम्युनिस्ट पार्टीका बाजे, बज्यै नेताहरुले !
0 Comments:
Post a Comment