Home » » पतनको दिशामा अगी बढ्दै छ एमाले !

पतनको दिशामा अगी बढ्दै छ एमाले !

Written By खांट्टी कुरा on Wednesday, August 21, 2013 | August 21, 2013

By Janak Man Dangol
पतनको दिशामा अगी बढ्दै छ एमाले !
 

घर चलाउन र घरलाई अनुशासनमा राख्न नेतृत्वको आबस्यकता पर्दछ ! घर मुली अर्थात पिताको आदेसानुसार चलेको घरमा बिग्रह उत्पन्न हुदैन ! घरमुली पिताले गरेको राम्रा निर्णय लाइ समर्थन र यदि अपाच्य निर्णय छ भने त्यसलाई भद्र सल्लाह दिएर सच्याउन लगाउने काम घरका अन्य सदस्य हरुको हो !
देश हुन या राजनीतिक पार्टी सबैमा मुलीको आबस्यकता पर्दछ ! नेपालमा एक पटक चुनाव जितेर ठुला पार्टीमा नाम दर्ता गराए अछी आर्को निर्वाचन सम्म त्यो पार्टीले आफुलाई सधै ठुलो पार्टीको रुपमा चित्रित गर्ने गरेको पाइएको छ !
निर्वाचनको प्रयोजनको लागी संसद बिघटन भै सके पछी निर्वाचन आयोगमा दल दर्ता भै सकेका सबै पार्टीको हैसियत समान रहेको हुन्छ ! यो कुरा सबै पार्टीका नेताहरु लाइ राम्रै संग थाहा छ तर बुझेर पनि बुझ पचाउदै छन !
यो आलेखमा चर्चा गर्न खोजिएको ने.क.पा.एमाले सम्बन्धमा हो ! पार्टीको मुखिया क.झलनाथ खनाल हुनुहुन्छ ! यो भन्दा अगाडी क.माधब कुमार नेपाल हुनुहुन्थ्यो ! पार्टी मुखियाले दिएको आदेसनिर्देसन लाइ ठाडै चुनौती दिनेमा पार्टीका प्रभावसाली नेता भनेर चिनिएका क.के.पी.वली हुनुहुन्छ ! पुर्ब अध्यक्ष भएको नाताले पार्टीलाई सहि दिशामा लैजान सकियोस भनेर क.माधव कुमार नेपाल लाइ बरिस्ठ नेताको दर्जा दिएर राखिएको छ ! अवकास पाएको ब्यक्तिलाइ यस्तो मान सम्मान दिनु पनि राम्रै हो तर जे सोचेको त्यो चैँ भाको छैन !
२०४६ सालको जन आन्दोलन पछी जनताको पार्टी भनेर चिनिएको नेकपा एमाले पार्टी केहि दिन देखि चरम विवादमा परेको छ ! कारण सजिलै संग बुझ्न सकिन्छ त्यो हो शक्ति प्रदर्शन ! पार्टीमा को ठुलो र को सक्तिसाली भनेर देखाउन यतिखेर अध्यक्ष क.खनाल, क.माकुने र क.वलीमा अघोषित युद्ध नै चलेको हालको गतिबिधि बाट छर्लंग थाहा हुन्छ !
पार्टीका मुखिया क.खनाल हुन तर नाम मात्रको ! अहिले यतिखेर क.वली आफुलाई माहा सक्तिसाली देखाउन जोड तोड़ले लाग्नु भएको छ जसको उदाहरण हो युवा संघको अहिलेको विवाद ! पहिला पनि यस्तै विवादले गर्दा जनताको प्रिय पार्टी लाइ क.बामदेबले काँक्रा चिरेको झैँ चिरिदिये ! तर आत्मालोचना त परै जावस घमण्डका साथ क.बामदेवले सिर ठाडो पार्दै छात्ती फुलाएर मैले पार्टी फुटाको हुँ भन्नु हुन्छ !
बिगतको निर्वाचनलाइ हवाला दिंदै क.वलीले युवा संघलाई एमाओबादीको YCL सैलिमा युवा दस्ता बनाउदै हुनुहुन्छ ! हिजो गरेको १२ बुंदे सम्झौतामा YCL लाइ पुन: ब्युताउँन नपाउने भनेर सहि छाप ठोक्ने पनि ठुला भनेका ४ पार्टीका नेताहरुनै हुन ! निर्णय उल्टाउदै एमाओबादीले YCL ब्युताये पछी त्यसको बिरोध गर्नु पर्ने ठाउँमा त भन्दा म के कम भन्दै वली पक्षले ब्यापक रुपमा युवा संगठन बनाउने काम गर्दैछन भने त्यसकै देखासिकीमा कांग्रेसले पनि त्यहि प्रबृत्ति दोहर्याई रहेको छ !
युवा संघ गठन गर्नु नराम्रो हैन तर स्वच्छ प्रवृत्तिको बेदाग व्यक्तिलाई नेतृत्वमा राखेको भए अहिले एमालेमा विवाद उत्पन्न हुँदैन थियो ! अहिलेको घटनाक्रम लाइ बिस्लेष्ण गर्दा क.वली कुनै पनि हालतमा निर्वाचनमा अत्याधिक स्थान जितेर “हेर मेरो पराक्रमले गर्दा एमाले लाइ फेरी पहिलाकै स्थानमा ल्याए” भनेर देखाउन चाहनु हुन्छ ! यो भनेको अध्यक्ष क.खनालको लागि हाँक हो चुनौती हो ! त्यो चुनौती लाइ निस्तेज पार्न चाहनु हुन्छ तर ‘जसको लाठि उसको भैसी’ सिधान्त मान्ने क.वली संग क.खनालको के जोर चल्लार !
एमाले मा यस्ता नेताहरु पनि छन जो प्रतिकार गर्न सक्दैनन, बोल्न सक्दैनन अनि अँध्यारो मुख लाउदै यति महिना र उति महिना निस्क्रिय बस्छु भनेर घुर्क्याउछन मात्र ! एमाले लाइ एमाले पार्टी भनेर चिनाउने त्यागि नेताहरु बिस्तारै पाखा लाग्दैछन र लगाईदैछन ! यो रोग एमाओबादी र कांग्रेसमा पनि सल्केको छ ! गुण्डा, फटाहा, लुटेरा र समाजका नासुर हरु आज सबै ठुला पार्टीमा हावी हुदै जान थालेका छन ! समस्याको जड यहि हो ! पार्टी मुखिया भएर नेतृत्व दिन सकिदैन भने ‘बुढो गोरुले गाइ ओगटेको’ जस्तो गरि कुर्चि ओगटेर बस्नुको के फाइदा ? पार्टी मुखियाको आदेस निर्देसन नमान्ने जो सुकै ठुला नेता किन नहुन हिम्मत छ भने कारबाही गरेर देखाउन सक्नु पर्दछ तर सकिदैन भने पार्टी बाट अबकास लिनु नै उत्तम हो ! तर तपाइँ ठुला पार्टीका कारणले गर्दा भोलि निर्वाचनमा हत्या, हिँसा र रक्तपात भयो भने घाटा कसलाई हुन्छ ? के नेपाली जनताको ज्यु ज्यान लाइ भुसुना ठान्नु भएको छ तपाइँ हरुले ! सबै ठुला नेताहरुलाई बेलैमा चेतना होस !
पुनश्च: यो आलेख पार्टी तथा पार्टीका आस्थावानहरुको मान मर्दन गर्न भनेर लेखिएको हैन ! यो लेखले कसैलाई असुविधा पर्न गएको खण्डमा अग्रिम क्षमाप्राथी छु तर सत्य कुरा सत्य नै हुन्छ !
-janakdangol@gmail.com
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger