Thursday, September 19, 2013

प्रजातन्त्र र लोकतन्त्रले के दियो नेपालीलाइ ?

खांट्टी कुरा     September 19, 2013    

२४ बर्षमा नेपालको युवाले पाएको ठुलो शिक्षा भनेको नै भाषा हो ! कामरेड,शोषक, सामन्ती, अग्रगामी, पुनरुत्थानबादी, अग्रगामी छलांग अनि जे मा पनि जोडिने सब्द आग्रह निबेदन ! मङ्सिर ४ गते सम्म यो भाषाहरु मेसिन गनको नाल बाट निस्केको गोलि जस्तै गरि बर्सिन्छ ! जो जो ले यो भाषा सिके नढाटिकन जवाफ दिनुस त ति माथि उल्लेख गरिएको सब्द हरु लाइ अर्थ्याउन सक्नु हुन्छ ? अनि त्यो सब्द जसरि प्रयोग गर्नु हुन्छ त्यसले समाजमा के के परिवर्तन भयो त ? किन भने निर्दलीय पंचायती ब्यबस्था हटाउन लाइ आविस्कार गरिएको यो सब्दले आज २४ बसन्त पार गरेर २५ बसन्त टेक्न खोज्दैछ !

अंग्रेजले धुलो पिठो बनाएको मलेसियालाई २२ बर्षमा बिस्वको नमुनाको देस बनाएर देखाई दिए पुर्ब प्रधान मन्त्रि डा. महाथिर मोहम्मदले ! त्यहि देसमा बसेर रोजगार गर्दै यो टिप्पणी लेख्दैछु म ! म जस्तै लाखौ लाख नेपाली लाइ आज मलेसियाले रोजगार दिएको छ ! तिनै महाथिर मोहम्मद लाइ मलेसियालीले Brand of father भनेर सम्बोधन गर्छन !
तर,
पंचायतले जनतालाई थिचो मिचो गर्यो आदि आदि आरोप लगाएर हाम्रो देश नेपाल बाट निर्दलीय पंचायती ब्यबस्था लाइ फ्याँके पछिको यो २४ बर्षमा एक जना प्रधानमन्त्रीलाई पनि सम्मान र आदरको भावनाले हेरिदैन किन ?
किनभने मलेसियाको राजनेताहरुले कहिले पनि माथि उल्लेख गरिएको सब्दहरु कहिले पनि प्रयोग गरेनन र गर्न पनी चहादैनन ! भाषणले देस बन्दैन भन्ने कुरा याहाका पार्टीका नेता देखि जनता लाइ समेत राम्रो संग थाहा छ ! यो देसमा पनि बहुदलीय प्रजातन्त्र सहितको राजतन्त्र छ तर कम्युनिस्ट को नाउँमा (क) पनि फेला पार्नु हुन्न !
जुन देसमा बिना मतलबको बन्द हड्ताल हुन्न त्यो देसले आफ्नालाई टन्न दिएर बिदेसी लाइ समेत रोजगार दिन्छ भने हामीले ज्यु ज्यान हत्केलामा थापेर ल्याएको प्रजातन्त्र त्यस पछिको लोकतन्त्रले हामीलाई के दियो ? स्वदेशमा रोजगार दियो कि मलेसिया लगाएत अन्य बिदेसमा ? के भाषा र सब्दले मात्रै देस र जनताको बिकास हुँदो रैछ त ? देश र जनताको भलाइ नसोच्ने पार्टी र ति पार्टीका नेता तथा तिनका कार्यकर्ता हरु लाइ के अब पनि हामिहरुले अझै बिस्वास गर्न हुन्छ  ?एक पटक छातीमा हात राखेर सोच्नुहोस त ........
janakdangol@gmail.com 2013/9/19

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .