Home » » दियोमा तेल थप्ने कि सलेदो लाइ बुझाउने

दियोमा तेल थप्ने कि सलेदो लाइ बुझाउने

Written By खांट्टी कुरा on Tuesday, September 17, 2013 | September 17, 2013

(फाइल फोटो)
"बरालिएर हिड्ने कुकुर र काम नगरी बसी बसी खाने भाते हो" भनेर २०३८ साला मकवानपुरे बामपन्थी नेता स्व.रुपचन्द्र बिस्ट 'थाहा' ले भनेका ति कुराहरु अहिले सतप्रतिसत नेपाली राजनीतिक क्षेत्रमा लागु भएको छ !
बिहान मुबाइलमा बात मारे अनि Tea भेटघाट संगै वार्ता, Lunch भन्दै कास्मिरी पुलाउ संगै वार्ता, मध्यान्ह नास्ता संगै वार्ता अनि रातिको कक्टेल डीनर संगै वार्ता !
जनताको करको पैसा लाइ सौहार्दपूर्ण वाताबरणमा यसरि संगै नारियर घिच्ने र हसुर्ने बेलामा कुनै गलफत्ती हुदैन जब देसलाइ निकास दिने बेलामा कोहि अत्तो थाप्ने, कोहि बल्छी थाप्ने अनि कोहि च्याँखे थाप्ने !
यो कार्य कहिले सम्म ?

जनताले पटक पटक आन्दोलनमा साथ दिएर तिमीहरु लाइ आज उचाईमा पुर्याई सके पछी जनताको कुरा सुन्ने कि बिदेसी ऐरे गैरे नाथु खैरेको कुरा सुन्ने ? हिजो खालि खुट्टा र हाथी छाप चप्पल लाउने तिमिहरु दुइ पैसे लाइ आज ठुला नेता बनाको बिदेसिले कि नेपाली जनताले ?
यो नेपाल हो ! हिजो जनतालाई भुसुना नठान्ने राणा हुन या पन्च सबै लाइ खेदेको जनताले नै हो ! जनताको सक्तिले नेता भै सके पछी जनतालाई भुसुना सम्झिने काम गर्दैछौ ! खबरदार ! दियोमा तेल सकिन लागेको छ ! दियोमा तेल थप्ने कि सलेदो लाइ बुझाउने यो जिम्मा पनि तिमि नेता भनाउदा हरुको हातमा ! 
janakdangol@gmail.com 2013/9/17
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger