Home » » हार्दिक श्रदान्जली लौह पुरुष !

हार्दिक श्रदान्जली लौह पुरुष !

Written By खांट्टी कुरा on Thursday, September 19, 2013 | September 19, 2013

(स्व.गणेशमान शिंह  १९७२-२०५४)
बि.स.१९७२ कार्तिक २४ गते काठमाण्डौको यटखा टोलमा जन्मी २००४ सालमा राणा सासन बिरुद्द क्रान्तिको बिगुल बजाउने नेता मध्येको एक जना स्व.गणेशमान शिंहको हिजो असोज २ गते श्रदान्जली दिबस  !
राणाको कुटाइ खाँदा कुट्ने थाके तर उनि थाकेनन रे त्यहि भएर IRON MAN अर्थात लौह पुरुष भनेर न्वारान गर्ने पनि यिनै नेपाली जनता मध्येका केहि पत्रकार तथा कांग्रेसका हुक्के बैठके ढोके र चम्चे थिए !
२०४५ सालमा डेमोक्रेसी मान्ने हो भने हाम्रो पछी लाग हैन भने हामि हाम्रो बाटो लाग्छ्म भनेर कम्युनिस्टहरु लाइ थर्काएर बाम मोर्चा बनाउदै  संयुक्त आन्दोलन गर्ने पनि स्व.गणेसमान नै थिए ! नेपाली कांग्रेसको इतिहासमा उनि मात्र एक जना त्यस्ता नेता थिए जसले प्रधान मन्त्रि जस्तो पदलाई अस्विकार गरि दिए ! त्यहि भएर उनि बीर गणेसमान पनि भए ! उमेर छँदा अनेक नाम र पदबिले बिभुशित भाको त्यागी नेता तर मरेर गए पछी सम्झिने कसले ?

जुन दिन बाट नेपाली कांग्रेसमा गिरिजा ग्रहण लाग्यो त्यहि दिन बाट त्यागि नेताहरु गणेस मान देखि कृष्ण प्रसाद भटराई हुँदै रामहरि जोसी सम्म पाखा लगाइए र अझै पनी लाग्ने क्रम जारीनै छ ! चाकडीबाज, अवसरबादी, भ्रस्ट, रास्ट्रघाती, पदलोलुपताले भरिएको नेपाली कांग्रेस पार्टीको अहिलेको टुकडीले उनलाई सम्झेनन !  सम्झिउन पनि कसरि नेपालमा अहिले नेपाली कांग्रेस भन्ने पार्टी पनि छ र ? अहिले सानेपामा दरबार बनाएर खडा गरिएको त्यो भवन त भारतीय कांग्रेस पार्टीको साखा कार्यालय हो ! बिरोध गर्लान भनेर नेपाली कांग्रस केन्द्रिय कार्यालय मात्र लेखिएको हो !
बि.पी. सुबर्ण, गणेशमान, किसुनजी, महेन्द्र नारायण निधी हरु पनि नेपाली कांग्रेसको नेता हो र भनेर अब कांग्रेसी हरुले नै सोध्छन कुनै दिन हेर्नु होला र समय लाइ कुरम !  
 janakdangol@gmail.com 2013/9/20
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger