![]() |
| (स्व.राजा महेन्द्र) |
२००७ सालमा नेपालमा पहिलो जन क्रान्ति भो पहिलो माग संबिधान सभाको तर २०१५ सालमा चुनाव भो संबिधान सभाको हैन तर संसद्को ! ८ बर्षमा पनि निर्णय लिन नसक्ने पार्टी नेपाली कांग्रेस सफल कि असफल ?
२००७ साल पछी उत्तरी सिमामा भारतीय फौजको चेकपोस्ट र २०१३ सालमा नेपाली कांग्रेसको नेता मध्येको १ जना बि.पी.को दाज्यु त्यो बेलाको अन्तरिम प्र.म. मात्रिकाले कोशी सम्झौता गरे पछी बाट स्व.राजा महेन्द्र ससंकित भएका थिए ! त्यस पछी हुँदा हुँदा संसद र क्याबिनेटको बैठकमा समेत हाक्काहाक्की भारतीय हस्तक्षेप पनि भएकै हो !
२००७ देखि २०१७ साल सम्ममा यहि पारा भयो भने देस कुनै पनि समयमा सिक्किमको हालत हुन्छ किनभने कांग्रेसको ब्यबहार बाट वाक्क दिक्क भएर नै स्व.राजा महेन्द्रले पंचायत ब्यबस्था जन्माउनु परेको हो भनेर जानिफकार भन्छन ! स्व.राजा महेन्द्र एक्लैले कसरि पंचायत ब्यबस्था जन्माउन सक्छन ? त्यतिखेरको कांग्रेसी नेता बिस्वबन्धु थापा, तुलसी गिरि हरु अहिले पनि जिवितै छन किन र के परिस्थितिले गर्दा पंचायत जन्माउनु पर्यो भनेर, बिस्वास नलागे बुझ्दा हुन्छ !
२००७ साल देखि २०१५ साल सम्मको जुन घटना लाइ २०१५ सालमा स्व.राजा महेन्द्रले पंचायत ब्यबस्था लगाएर पूर्ण बिराम लगाई दिएका थिए २०६३ पछी त्यहि घटना पुन: दोहरिएको छ ! हिजो जसरि आज पनि संसद देखि सरकार सम्म निर्धक्क तरिकाले भारतीय सासकको हस्तक्षेप बढेको छ ! फरक यत्ति हो हिजो राजा थिए, देशलाई माया गर्थे अति भए पछी पार्टीलाई प्रतिबन्ध नै लगाई दिए ! फेरी राजा भयो भने २०१७ साल आउछ भनेर योजनाबद्द ढंगले गणतन्त्र घोषणा गराएर सुन्दर सान्त नेपालमा फेरी २०१५ साल दोह्र्याको छन !
नेपाल रसबरी जस्तो क्वाप्प मुखमा हाल्न अहिले सम्म सकेका त छैनन तर एमाओबादीका नेता क.प्रचण्डको समय समयको गतिबिधि हेर्दा स्थिति डरलाग्दो छ ! हिजो सिक्किममा पनि भारतीय इसारामा काजि लेन्डुप दोर्जीले कथित मतदान गरेर देस बिलय गराएका थिए ! अहिलेका चार दलका नेताहरु उतैका भक्त भयेकोले यता पनि त्यस्तै स्थिति नहोला भन्न के बेर ?
त्यसैले,
नचाहदा नचाहे पनि अब चैँ भन्न बाध्य भएको छु यदि देस बचाउने हो भने नेपालमा फेरी स्व.महेन्द्र जस्तै कठोर सासकको सख्त जरुरी भै सकेको छ ! बेलैमा सबैलाई चेतना होस !
नचाहदा नचाहे पनि अब चैँ भन्न बाध्य भएको छु यदि देस बचाउने हो भने नेपालमा फेरी स्व.महेन्द्र जस्तै कठोर सासकको सख्त जरुरी भै सकेको छ ! बेलैमा सबैलाई चेतना होस !
janakdangol@gmail.com

No comments:
Post a Comment