Home » » कुन पार्टी ठिक, कुन पार्टी बेठिक ?

कुन पार्टी ठिक, कुन पार्टी बेठिक ?

Written By खांट्टी कुरा on Saturday, September 21, 2013 | September 21, 2013


हैन तपाइँ कुन पार्टीलाई समर्थन गर्नु हुन्छ मित्र ? राजनीतिक पार्टीमा आबद्द एक जना कार्यकर्ताले सोधे ! मैले आज सम्म कुनै पनि पार्टीलाई समर्थन गरेको छैन मेरो उत्तर ! त्यसो भए हाम्रो पार्टी लाइ समर्थन गर्नुस ! मैले थाहा नपाकोझैँ गरि सोधे, तपाई कुन पार्टीको ? ल त्यत्ति पनि थाहा छैन ? देसमा रास्ट्रियता,प्रजातन्त्र र समाजबादको लागि लड्ने पहिलो पार्टी नेपाली कांग्रेस ! मैले यत्ति मात्र भने ए हो र ! मित्रले भने ल है बिचार गर्नु होला फेरी चुनाव पनि आम्दैछ क्यार ! मैले भने हेरौला !
अर्को मित्रले पनि त्यस्तै गरि सोधे उनले पनि आफ्नो पार्टीको गुण गण गाउदै भने ‘हेर्नुस हामि त जनताको लागि दिनरात नभनी निरंकुस पंचायत बबस्था फाल्नको लागि लडेको ! आउनुस हाम्रो पार्टीमा, मैले भने सोचम्ला !
अर्को एकजनाले भने के हो पार्टीमा लाग्नु पर्दैन ? मैले भने बिचार गरौला अनि तपाई कुन पार्टीको नि ? उस्ले सिना तन्काएर भन्यो जनताको मुक्तिको लागी लड्ने पार्टी माओबादी ! जसको कारणले गर्दा नेपालमा धर्म निरपेक्षता सहितको गणतन्त्र प्राप्त भयो ! आदेसात्मक लवजमा भन्यो अरु पार्टीमा लाग्ने हैन खुरुक्क हाम्रो पार्टी लाइ समर्थन गर्नुस ! मैले भने तपाइको पार्टीलाई मैले समर्थन गरिन भने के हुन्छ ? उसले रातो रातो आखा पारेर भन्यो भोलि पुलिस केस पर्ला नि त्यतिखेर कसले हेर्छ ? फेरी सिफारिस भनसुन पनि त गर्नु पर्ला ! बिचार गर्ने है बिचार ! हाम्रो पार्टीलाई समर्थन गर्नु भएन भने भोलि जे पनि हुन सक्छ !
निक्कै बेर गम खाए र मैले मनमनै निर्णय गरे चुनाव भयो भने भोट दिने मेरो अधिकार र कर्तब्यको कुरा हो ! मनले खाएको उम्मेदवारलाई दिन्छु तर म ज्यान जाला कुनै पनि पार्टीलाई समर्थन गर्दिन ! २४ बर्ष हेरी सके नेपालको यो भद्रगोल ब्यबस्था ! स्वतन्त्र पनि बस्न सकिन्छ ! धम्किको भाषा बोले भने म भोट हाल्न जान्न ! हाम्रो देसमा पनि अब बिदेसमा जस्तै ‘नेगेटिभ भोटिंग’ को जरुरि भै सकेको छ !
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger