Tuesday, September 03, 2013

चुनाव भयो भने अबको निर्वाचनमा को अगाडी ?

(रा.प्र.पा.नेपालको अध्यक्ष कमल थापा)
 पत्रकार तथा राजनीतिक विश्लेषक श्री देब प्रकास त्रिपाठीज्यु ले‘ घटना र बिचार साप्ताहिकमा अस्ति बुधबार हालको अबस्थालाई मुल्यांकन गरेर आलेख लेख्नु भएको रैछ ! पत्रकार तथा विश्लेषकको नाताले घटनाक्रम लै चिरफार त गर्नु भयो तर लेखमा न्याय गर्न सक्नु भएको छैन ! हेर्नुहोस उहाँको आलेख http://ghatanarabichar.weeklynepal.com/2013/08/28/article-item01377680413/ !
२०४६ सालको प्रजातन्त्र पछिको पहिलो आम निर्वाचन २०४८ मा पुर्ब पन्चहरुको पार्टी भनेर चिनिने रा.प्र.पा सुरुमा दुइ पार्टी थिए ! पछी एक भए तर गणतन्त्र पस्चात तिन पार्टी भो ! अहिले फेरी दुइ नै भाको छ ! नेता तिनै हुन र कार्यकर्ता पनि तिनै हुन ! फरक चैँ के मा छ भने तिनै खेमा मध्यको एक कमल थापाले गठन गरेको रा.प्र.पा.नेपालले सुरु देखिनै एकै धारणा र बिचार लिएको छ !
'रास्ट्रीयता, प्रजातन्त्र, उदारबाद' ! जुन दिन बाट छुट्टै पार्टी गठन गरे त्यो दिन बाट कमल थापा समुहले न त धारणा बदलेका छन र न त बिचार नै ! यहि कारणले गर्दा आज गाउँको तल्लो इकाई सम्म पुरानो गुमेको बिस्वास हासिल गर्न सफल भएको छ भने देसमा क्रान्ति गरेर प्रजातन्त्र ल्याउने, गणतन्त्र ल्याउने पार्टीहरु प्रति जन बिस्वास 'नेप्सेको सेयर सुचकांक' जस्तै गरि दिन प्रतिदिन ओरालो लाग्दैछ !
आखिर हिजो जनताको नजरमा अलोकप्रिय बनाइएको पार्टी आज किन दिन दिन प्रतिदिन जनताको नजरमा लोकप्रिय हुदैछ त ? जवाफ एकदम सिधा र सरल छ !
८२% हिन्दु बहुल रास्ट्रमा जनताको अनुमति बेगर जबर्जस्ति धर्म निरपेक्ष, गणतन्त्र घोषणा गरिनु, जनताले आसा र भरोसा गरेको ठुला पार्टी कांग्रेस तथा एमालेले बिकास, सान्ति सुरक्षाको सिन्को पनि नभाच्नु, युवाहरु दिन प्रतिदिन रोजगारको लागि बिदेसिनु जस्ता कारणहरुनै प्रमुख रहेको छ भने माओबादी पार्टी र मदेस्बादी दलको बिसयमा के बयान गर्नु त्यो त जनताले दिन प्रतिदिन देखे भोगेकै कुरा हो !
राजधानीमा बसेर गरिएको सर्बेक्षेणले यो पार्टीले यति सिट ल्याउछ भनेर भन्नु भन्दा पनि ग्रामिण दुर दराजको मतदाताको बारेमा बुझेर गरेको मत सर्बेक्षण नै निर्णयमुखी हुन्छ ! हो उहाँले गर्नु भएको अनुमान त्यो बेला लागु हुन्छ जुन बेला यो भन्दा पहिला गरिएको संबिधान सभाको निर्वाचनमा जस्तै राजनीतिक पार्टीको दस्ता लाइ परिचालन गरेर मतदातालाइ धम्क्याएर, तर्साएर अनि मत दिन बाट बंचित गरेमा त्रिपाठीज्युको अनुमान सहि हुन जान्छ ! तर निस्पक्ष निर्वाचन गर्ने हो भने कमल थापाले अगुवाई गरेको रा.प्र.पा.नेपालले सबै दललाइ चकित नपार्ला भन्न सकिन्न किनभने त्यो पार्टीले 'राजा सहितको प्रजातन्त्र, हिन्दु धर्मको घोषणा अनि आर्थिक उदारबाद'को नारा लिएको छ र नेपालको जनताले चाहेको र खोजेको पनि त्यहि नै हो ! 
2013/9/2Monday