फाइल फोटो:यादब रायमाझी पालुंग,मकवानपुर |
©जनकमान डङ्गोल,janakdangol@gmail.com
“गाउँ समाजका अगुवाले
हुँदैन, असान्ती हुन्छ झैँ झगडा हुन्छ, झैँ झगडा भयो भने त्यसको जिम्मा तैले लिन्छस भनेर हप्की दप्की गर्दा पनि कत्ति पनि बिचलित नभई सबै लाइ मनाएर घैटो फुटाउने खेलको चलन बसाएको थिए ! बिसुद्ध मनोरन्जन तथा परापुर्वकाल देखि चलि आएको जात्रामा रौनकता थपियोस भनेर चलाएको चलन
लाइ हाल केहि युवाहरुको आपसी बेमेल र मन
मुटावले गर्दा बर्सेनि चलाइएको थिति बिग्रेछ”
भन्दै
मकवानपुरको उत्तरी भेग दामन पालुंगमा बस्ने श्री यादब रायमाझी (३५) ले
भर्खरै प्रकासित भएको नमुना अंक २ बाइरोड साप्ताहिकमा छापिएको गुनासो
देख्दा यो पंक्तिकारको मन आन्दोलित भयो !
नेपाल बिबिधताले भरिपूर्ण देस हो ! बिभिन्न चाडपर्व, जात्रा पुजा आजा समय समय समयमा भै नै रहन्छ ! मकवानपुरको पालुंग उपत्यकामा सबै जातिको बसोबास छ ! सबै जातिका मानिसहरु एक आपसमा मिलेर रमायर बसेका छन! नेवार जातिहरु नेपालको सबै स्थानमा छरिएर रहेको छ ! नेवार जाति जाहा बसे पनि नेवार जातिले आफ्नो रहन सहन, सांस्कृतिक परम्परा अहिले सम्म छोडेको पाइदैन ! बिभिन्न समयमा हुने जात्रा, रथ यात्रा पुजा आदिमा नेवार जातिले निकाल्ने झाँकी र बाजागाजाको छुट्टै स्थान हुन्छ !
पालुंग उपत्यकामा नेवार जाति का श्रेष्ठ, प्रधान तथा गोपाली हरुको ठुलो उपस्थिति छ ! जात्रा तथा रथ यात्रालाइ उमंग बनाउन बाजागाजाको ठुलो भूमिका हुन्छ ! टोलका युवाहरु मिलेर रमाइलोको लागि घैटो फुटाउने कार्यक्रमको आयोजना गर्ने गरेको पनि निकै बर्ष भै सकेको थियो र त्यो कार्यलाई मुर्त रुप दिनेमा युवा यादब रायमाझी नै थिए ! काम र मामको सिलसिलामा यादब रायमाझी मुग्लान लाग्नु भन्दा अगाडी सम्म निरन्तर रुपमा चलेको घैटो जात्रा केहि व्यक्तिको मन मुटावले गर्दा रोकिन गएको खबर यादब रायमाझीले सुन्नु भएछ ! कला संस्कृति लाइ बचाउनु पर्छ भन्ने मान्यता राख्ने रायमाझीले यो खबर पाउना साथ बिस्मात मान्नु भो रे !
जातिको हिसाबले यादब रायमाझी क्षेत्री हुनुहुन्छ तर नेवार जातिले निकाल्ने जात्रा, पर्वमा किन यत्रो दिलचस्पी भन्ने प्रश्न उठ्न सक्छ त्यो पनि अहिलेको परिस्थितिमा ! जुन व्यक्ति जुन स्थानमा जन्म लिएर आफ्नो बाल्यकाल देखि अहिलेको युवाकाल सम्म भोगी सकेको छ जस्तो सुकै भए पनि उसलाई आफ्नै गाउँ ठाउ र भेस भुषा, चाड पर्ब रमाइलो लाग्छ ! आफ्नै भाइ साथि संगी प्रिय हुन्छ ! जात जातिको के मतलब हुन्छ गाउँ समाज टोलमा त्यो पनि अहिलेको नया जमानामा ! सानै देखि नेवारी साथि संगी लगाएत अन्य जातिका साथि संगतमा रमाएका, हुर्काएका यी युवाले जात्रामा थपी दिएको विशेषता भनेको घैटो फुटाउने खेल जसलाई तराइको भाषामा ‘मटकि तोड़ने’ भनिन्छ ! अग्लो स्थानमा घैटो झुन्ड्याउने र त्यो भित्र पैसा रंग पानि आदि राखिन्छ ! पिरामिड सैलिमा माथि गएर घैटो फुटाउनु नै बहादुरी को काम हो तर बिसुद्ध मनोरंजन को लागि मात्र ! चलन संस्कृति हराउन थालेको देखेर बिदेसमा बसेर चिन्ता मान्नु हुने भर्खरका युवा यादब रायमाझी जस्तै गरि गाउँ समाज टोलमा सबैले आफ्नो धर्म संस्कृति, भेस भुषा, चाड पर्बलाइ बचाउनु पर्छ भनेर आजकलका युवा युवतीले किन सोच्दैनन ? यदि सोचि दिएको भए आज दिनानुदिन हिन्दु, किराती तथा बौद्ध धर्म माथि अन्य धर्मले किन प्रहार गर्थे ! नेपाली हौ भने पछी आ-आफ्नो जाति, भेषभुषा, रहन सहन, संस्कृती चाडपर्बमा रमाउन सिक्नु पर्दछ ! यादब रायमाझि जस्तै उदाहरणीय पथ प्रदर्सक व्यक्ति जसलाई अंग्रेजीमा भन्ने हो भने (Role model) बन्न सक्नु पर्दछ ! आसा छ यो आलेख पढ्नु हुने महानुभावहरु मकवानपुरको दामन पालुंग मात्र हैन कि संसारभरका सबै नेपाली हरुले युवा यादब रायमाझीको झैँ बिचार अंगालेर अगाडी बढ्नु हुनेछ र बढ्नु पनि पर्दछ ! सबै धर्म समान हुन ! http://magstore.ezinemart.com/Khabar_patrika_Magazine.html मा प्रकाशित !
अझै अगाडी थप्छन रायमाझी, बरु मैले के के सहयोग गर्नु पर्छ म गर्न
तयार छु तर जात्रामा कुनै कमि नहोस ! रथा यात्रा
पूर्ण सुचारु होस ! जात्रालाई रौनकता दिन चाहिने
बाजागाजाको सामान खरिद गर्न लाइ चाहिने रकममा भरथेग होस भनेर रु ७०००/००
पठाएको छु तर जात्रा नरोकियोस, रथयात्रा सदाझै सुचारु होस, हाम्रो संस्कृति
बचाउनु पर्दछ, यो जाति र उ जाति हैन सबै आपसमा मिल्नु पर्छ ! जात्रा,
पर्व, धर्म संस्कृति हाम्रो प्राण हो, पहिचान हो !
देसको राजधानी काठमाण्डौ बाट दक्षिण तथा जिल्ला सदरमुकाम मकवानपुरको
उत्तरी भेग अर्थात देशकै पहिलो राजमार्ग त्रिभुवन
राजपथको दामन पालुंग खण्डको सिखरकोट बजारमा आज
भन्दा ३५ बर्ष अगाडी जन्मि गाउँ समाजको लागि केहि गर्नु पर्छ भन्ने अठोट लिने व्यक्तिको
नाम हो यादब रायमाझी ! inter mediate सम्मको अध्ययन
गरेका यी युवा हाल रोजगारीको सिलसिलामा UAE
को
अबुधाबीमा कार्यरत हुनुहुन्छ !
बिदेसमा बसेता पनि आफ्नो गाउँ ठाउँको लागि
केहि गरु भन्ने मनसायले सामाजिक संजाल फेसबुकमा ‘फरक सोच’ नामको पेज मार्फत
आफु र भाइ साथि बाट रकम संकलन गरेर पालुंग २ मकवानपुरका जन्मिदै सारीरिक अपांग बालक आमिर भोम्जनको
शिक्षा दीक्षाको लागि मिति २०७०/४/ २६ गते बिदेस बाट रु
७५०००/- र दामनका बिष्णु भुजेल क्यान्सरको बिरामी उहाको समेत उपचारमा मद्धत पुगोस
भनेर आफ्नै निजि श्रोत बाट ५०००/- समेत गरि एक मुस्थ ८००००/- पठाउनु भएको रैछ र एक
कार्यक्रमको माध्यम बाट उक्त रकम असक्त बालकको परिवार र क्यान्सर पिडित लाई जिम्मा लगाएको खबर बाइरोड
साप्ताहिकको नमुना अंक मा प्रकाशित
भएको देखियो !
रोजगारीको सिलसिलामा किन मुग्लान भासिनु
पर्यो त्यो बर्णन गर्नु अतिसयोक्ति नहोला किनभने त्यो सबैले देखि भोगी आएकै
कुरा हो ! यादब रायमाझी रोजगारीको सिलसिलामा बिदेस
पस्नु भन्दा अगाडी सम्म खेलकुद तथा चलचित्र क्षेत्रमा
संलग्न हुनुहुन्थ्यो भने आफ्नै सानो तिनो ब्यापार ब्यबसाय पनि
संचालनमा थियो ! नेपाल बिबिधताले भरिपूर्ण देस हो ! बिभिन्न चाडपर्व, जात्रा पुजा आजा समय समय समयमा भै नै रहन्छ ! मकवानपुरको पालुंग उपत्यकामा सबै जातिको बसोबास छ ! सबै जातिका मानिसहरु एक आपसमा मिलेर रमायर बसेका छन! नेवार जातिहरु नेपालको सबै स्थानमा छरिएर रहेको छ ! नेवार जाति जाहा बसे पनि नेवार जातिले आफ्नो रहन सहन, सांस्कृतिक परम्परा अहिले सम्म छोडेको पाइदैन ! बिभिन्न समयमा हुने जात्रा, रथ यात्रा पुजा आदिमा नेवार जातिले निकाल्ने झाँकी र बाजागाजाको छुट्टै स्थान हुन्छ !