(स्व.रुपचन्द्र बिस्ट, फाइल फोटो राम कुमार कार्की) |
© जनक मान डंगोल,www.janakdangol@gmail.com
सुन्तला
रंगको थोत्रो स्कुटर, आधा लिटरको गोलटिनको बट्टा त्यो भित्र गहुँको पिठो
पकाएर बनाएको माडा, २ इन्चिको ब्रुस, एउटा पुरानो पछाडी भिर्ने कपडाको झोला
र त्यो झोला भित्र ३ साइजको पर्चा, झोला बोक्ने एउटा फुच्चे केटो र स्कुटर
चलाउने चैँ 'रुदाने' !'रुदाने' अर्थात 'रुपचन्द्र दामन नेपाल' जसलाई 'जसरु' पनि भन्थे अर्थात 'जनता संग रुपचन्द्र' !यो नाम कुनै पण्डितले न्वारान गरि दिएको चैँ पक्कै पनि हैन ! आफैले आफैलाई न्वारान गरेर राखेका हुन ! टर्रो र झर्रो बोलि बोल्ने रुपचन्द्रले निर्वाचनको बेला अरुले जस्तो गरि माइक घन्काएर हिडेको मैले कहिले पनि देखिन !२०३८ सालमा मेरो गाउँ हेटौडा ८ कमानेमा चुनावको प्रचार गर्दै आको थिए ! छिमकीको घर अगाडी स्कुटर रोके र भित्तामा पर्चा टास्न लागेको बेला गाउँको छिमेकी लाल बहादुर तामांग दाइले 'खै त हजुर एउटा पर्चा पाम' भने ! रुपचन्द्रले 'तिमि केहो' भनेर सोधे ! लाल बहादुर दाइ पनि झोक्कि स्वभावको सोधेको कुरो बुझेनन अनि उल्टै 'तपाइले भन्न खोजेको चैं' के हो भनेर पुन: प्रश्न गरे ! कुरो बुझ्दैनस भाते ? त कुकुर किसान, मजदुर,बिधार्थी मध्येमा कुन चाहिमा पर्छ्स भनेर सोधेको ! किसान हो भने ३० पैसा, मजदुर हो भने २० पैसा र बिधार्थी हो भने १० पैसा ले ! सित्तैमा पढ्ने हो भने भित्तामा मुन्टी !
चुनाउको बेला अरु हात जोडेर नमस्ते भन्दै आउछन ! तपाइँ चैँ के हो यस्तो ? के पारा हो ? यस्तै तालले भोट पाइन्छ ? लाल बहादुर दाइले पनि दंग्याये ! त भाते कुकुरले नदिने भए नदेन त भोट ! यति भनेर स्कुटरमा बसेर गए रुपचन्द्र !
उत्तरी भेगको गाउँ तिर बुढा देखि सबै थर्कमान तर हेटौडा नगर भित्र बुढालाई सबैले 'बहुला रुपचन्द्र' भन्थे किन भने उनको लवाइ, खवाई, हिडाई र बोलीचाली पनि त्यस्तै थियो ! नगरका मान्छे चिप्लो बोलि रुचाउने किन दिन्थे र भोट तर बिना माइकिंग, जुलुस र नाराको वाबजुद पनि भितामा पर्चा टासेकै भरमा बुढाले चुनाव जिते पनि !
मकवानपुरे जनतालाइ 'जन पक्षीय' भनेर भन्न उनैले सिकाको हो ! अरु सबै कम्युनिस्टहरु दुला पसेर (भूमिगत) काम गर्थे तर उनि खुल्ला हाँक दिएर हिन्थे ! मकवानपुरमा पनि कांग्रेस छ भनेर त्यतिन्जेल सम्म कसैले पनि बिस्वास गर्दैनथे ! २०४६ साल पछी चिनिमल हालेको मकै जस्तरी हल्लक देखियाहो कांग्रेसीहरु !
हिजो रुपचन्द्रलाइ कसैले चिनेनन तर मरेर गए पछी उनको नाउँ बाट पत्रिका, रेडियो आदि इत्यादि खोलिएको छ ! बेपार गर्ने कला पो भन्छु मा ता यसलाई ! सायद यसै लाइ भन्छन क्यार मतलबी दुनिया !