Saturday, August 31, 2013

पिडित अधिकारी दम्पति लाई न्याय खै ?

 'धर्म र विधा हराय कासी जानु, न्याय नपाए गोर्खा जानु ! यो आहान त्यसै बनेको हैन ! सत्य नभए किन आहान बन्थ्यो ! गोर्खाका उति बेलाका राजा सत्यवादी र न्याय दिनमा सक्षम थिए र त्यहि भएर यो आहान बन्यो
( पिडित अधिकारी दम्पति, तस्बिर सौजन्य: फेसबुक बाट )
नेपाल कम्युनिस्ट पार्टीमा रही लामो समय देखि राजनीति गर्दै हाल एमाओबादीका बरिस्ट सदस्य तथा पुर्ब प्रधान मन्त्रि डाक्टर बाबुराम भटराई गोर्खा, खोप्लागका निवासी हुन ! सोहि गोर्खा जिल्लाको फुजेलमा नन्द प्रसाद अधिकारि परिवार पनि बस्दछन ! मिति २०६१/०२/२४ गते माओबादीका कार्यकर्ताले उनका १७ बर्षिय छोरा कृष्ण प्रसाद अधिकारी लाइ अपहरण गरि बिना कारण हत्या गरि दिए !
बिना अपराध छोराको हत्या हुँदा बाबु आमाको मन कस्तो भयो होला ! हत्यारा जुन सुकै पार्टीका किन नहुन हत्यारा लाइ कानूनी कारबाही गर्ने अठोटका साथ अधिकारि दम्पति कस्सिए ! हत्यारा अरु कोहि नभएर एमाओबादी पार्टीका डा.बाबुराम भटराई तथा सोहि पार्टीका शिर्ष सदस्य एबम बाबुराम भटराई पत्नी हिसिला यमीका अति बिस्वासपात्र हरु रहेछन भन्ने कुरा पीडितले प्रहरी कार्यालयमा दिएको जाहेरी दर्खास्त बाट पुस्टि हुन्छ !
हिजो कथित जन युद्ध हुँदा 'शोषक र सामन्तीले गरेको अन्याय र अत्याचारको बिरुद्धमा' भन्दै देसै भरिका युवा युवतीलाई पढ्न नदिएर जनयुद्ध भन्दै बन्दुक बोकाउने पनि यिनै बाबुराम एण्ड कम्पनि हरु थिए ! कथित जनयुद्धको नाउँमा इनिहरुले गरेको अन्याय र अत्याचारको चलचित्र बनाउने हो भने रामायण तथा महाभारतको बारेमा बनाइएको टेली चलचित्र भन्दा पनि दोब्बर भागको टेली चलचित्र बन्छ होला !
बिना अपराध, बिना कारण मारिएको छोराको हत्यारा लाइ कारबाही गरि पाउँ भनेर किटानी जाहेरी दिंदा समेत बाबुराम एण्ड प्रचण्ड कम्पनीको आदेसले प्रहरी प्रशासनले जाहेरी बुझ्न मानेको थिएन ! चौतर्फी बिरोध र दवाब थेग्न नसकेर बल्ल अहिले अनुसन्धान त थालेका छन तर पार्टीको भागबण्डामा नियुक्ति भएका महान्याधिबक्ताले त्यो हत्याकाण्डको मिसिल बुझेर अदालतमा मुद्धा दायर हुने सम्भावना पनि कमै छ ! अहिले देसमा राजनीतिक पार्टीको नेताको सरकार पनि छैन ! देसकै सम्मानित संस्था सर्बोच्च अदालतको सम्माननीय प्रधान न्यायाधिसको नेतृत्वमा पुर्व उच्च पदस्थ सरकारी कर्मचारी हरुले सरकारको बागडोर सम्हालेको छन ! अधिकारि दम्पतिले न्यायको गुहार माग्दा बाबुराम दम्पतीले कहिले पुलिस लगाएर थुनाइ दिन्छन, कहिले मानसिक रोगि भनेर मानसिक अस्पतालमा भर्ना गराई दिन्छन भने कहिले अड्डासार गरेर गोर्खा पठाई दिन्छन ! नयाँ नेपालमा यो कस्तो न्याय हो ?
बिगत केहि दिन देखि आमरण अनसनमा बसेको अधिकारि दम्पतिको स्थिति अहिले अत्यन्त नाजुक अबस्थामा पुगी सकेको छ ! भटराई दम्पतिको इसारामा सरकार पिडितलाइ न्याय दिन खोज्दैन ! राहत दिएर पन्छिन खोज्छ ! मानव अधिका भन्ने संस्था पनि छ र त्यो संस्थाले पनि देखावटीरुपमा सरकारलाई तर्साको जस्तो मात्र गर्दैछ ! यदि मानव अधिकार भन्ने संस्था प्रभावकारी छ भने मानव अधिकार हनन बिरुद्ध उसले दिएको राय सुझाब लाइ सरकारले किन पालना गरेन ? जब आदेशको पालना हुदैन भन्ने मानव अधिकार भन्ने संस्था किन राख्नु पर्यो ? यसको जवाफ दिने कसले ?
हिजो जुन सपना देखाएर जनयुद्ध भन्दै धन युद्ध गर्ने यी हत्याराहरुको जमातलाइ कारबाही गरेर पिडितहरु लाइ न्याय दिने कसले ? जो जसले यस्ता अपराध गरेका छन त्यस्ता लाइ ति पिडितहरुको आँसुले एक दिन अबस्य पनि पोल्नेछ ! सत्ता र सक्ति कहिले पनि दाहिने हुँदैन ! मुखले आत्मालोचना भन्दैमा आत्मालोचना कहिले पनि हुँदैन ! सामाजिक संजालको भित्तामा अरुलाई अर्ति बुद्धि दिंदै नयाँ नेपाल बनायेउ भनेर मक्ख नपर नेताहो, समयमै होसको दवाई खाएनौ भने तिमीहरुको पतन अबस्य हुन्छ ! अन्यायमा परेका अधिकारि दम्पतिहरु जस्ता लाइ न्याय दिलाउन तमाम रास्ट्रबादी देसभक्त नेपालीहरु अब एक जुट हुनै पर्दछ ! सबै एक जुट भै एकै स्वरमा भनौ अधिकारि दम्पतिहरु जस्ता अन्यायमा परेका नेपाली हरुलाई न्याय देउ, हत्यारा हरुलाई कडा भन्दा कडा कानूनी कारबाही गर” !
..
मिति:- बि.सं.२०७० भाद्र १५ गते, सनिवार !