Friday, August 30, 2013

अनसन त बस्नु भो तर सक्कली हो कि नक्कली ?



मान्छे मात्र हैन सम्पूर्ण प्राणि दाना पानी बिना बाच्न सक्दैन ! १/२ दिन भनेको अर्कै कुरा हो ! पेटमा अन्न र पानि १२ घण्टा पछी पनि परेन भने क्रमस: मान्छेको मुख सुक्ने, रिंगटा लाग्न सुरु हुने हुन्छ यो भनेको कमजोरीले हो !

छिमेकी रास्ट्र भारतमा कुनै कुनै संगठन, दल वा संस्थाको मान्छे अनसन बस्दा गर्मीमा पनी कम्बल ओढेर बस्ने गर्छन ! त्यो कम्बल ओढेर बस्नुको कारण चैँ के रैछ भने आँखा छलेर बर्फी, मलाइ, काजु, किसमिस आदि हाइ प्रोटिन युक्त खाना आदि आँखा छलेर खाने गर्दा रैछन भनेर धेरै बर्ष पहिले भारतीय पत्रिकामा पढ्न पाइएको थियो ! 

सद्भावना पार्टीको नेत्री तथा पुर्ब मन्त्रि सरिता गिरि भारतीय चेली हुनुहुन्छ र नेपाली सित बिहे गरेर नेपाली हुनु भएको हो ! तराइमा यसलाई  भारत सीतको रोटि र बेटीको साइनो भन्छन ! बिगत १७ दिन देखि भारतबाट नेपालमा आइ बसेका नागरिक लाइ नेपाली नागरिकताको प्रमाण पत्र लगायत अन्य माग राखेर उहाँ अनसनमा बस्नु भएको छ ! यसै लाइ आधार बनाएर शेषकान्त गौतमज्यु ले व्यंगात्मक तरिकाले लेख्नु भएको फेसबुक स्टाटसको प्रतिलिपि हेर्नुस !
Sheshkant Gautam को वालपोष्ट:
"मह, अनारको रस, दूध, काजु-किसमिसका भरमा हप्तौँसम्म आमरण-अनसन बस्दा पनि नानाथरी लेख्ने पत्रकारहरुलार्इ अनसनस्थलमै खसी ढालेर भोज नखुवाएसम्म सुख नपार्इने नै भयोत"
सरिता गिरीले आमरण अनसन सुरु गर्नुको पनि रोचक कहानी छ ! आमरण अनसन सुरु गर्नु भन्दा पहिला आफ्नो twitter बाट धुंवाधार रुपमा नेपालको अहित हुने बिषयमा गर्नु भएको twitt पनि हेर्नुहोस ! त्यो twiit को केहि दिन पछी भारतीय खुफिया विभागको प्रमुख नेपाल आएर हप्तौ हप्ता सम्म बसेका छन ! twittar मा twitt गर्नु अनि त्यसको लगत्तै आमरण अनसनमा बस्नु यो सबै माइती राजा लाइ खुसि पार्न गरिएको हो भन्ने मेरो बिश्लेष्ण छ ! किनभने चुनाव आयो, मदेसका जनतालाई देखाउनु पर्यो ‘देखो मै औरत होकर भी भुखा प्यासा मदेसके लोगोके लिए लड़ रही हु’ भनेर ! 
http://3.bp.blogspot.com/-Cw2b3WVqF0M/Ufl3KE4GCcI/AAAAAAAADzY/oaXpDbv7m-0/s1600/%E0%A4%B8%E0%A4%B0%E0%A4%BF%E0%A4%A4%E0%A4%BE.JPG
(2013/7/30 मा सरिता गिरीले गर्नु भएको को ट्वीट)
सद्भावना नामकै अर्को पार्टीका नेता राजेन्द्र महतो पनि अनसन मै बसेका थिए तर सक्कली अनसन ! अनसन बस्दा बस्दै अब प्राण खुस्किने भो भनेर बिर अस्पतालमा नै भर्ना गर्नु परेको थियो र पुरस्कार बापत भारतीय राजदुतले हातमा फुलको गुच्छा लिएर उहाँलाइ भेट गर्न जानु भएको थियो ! सरिता गिरि जी तपाइँ पनि राजदुतको दर्शन भेट पाउन चाहनु हुन्छ भने अन्नजल पुरा बहिस्कार गरेर देखाउनुस किन भने १७ दिन सम्म आइमे मुन्छी यति तगडा सित अनसन बस्न सक्दैनन ! त्यसैले माइतिकाले जस्तो नाटक देखाए घरमा पनि त्यस्तो नाटक गर्दा पत्याउलान र ? 
© जनक मान डंगोल, www.janakdangol@gmail.com 2013/8/30