Home » » पित पत्रिकाको अर्को नमुना !

पित पत्रिकाको अर्को नमुना !

Written By खांट्टी कुरा on Monday, September 23, 2013 | September 23, 2013

बढ्दो इसाइकरण, खुल्लमखुल्ला बिदेसी हस्तक्षेप, चरम आर्थिक भ्रस्टाचार, दिन प्रतिदिन देसको सिमा मिचिनु आदि बाट जनताको ध्यान हटाउन लाइ अन्तिम सस्त्र प्रहार गर्ने भनेको नै शाही परिवार माथी निन्दनीय तरिकाले प्रहार गर्नु हो कि हैन ? जसलाई राज्यको चौथो अंग भनिने केहि पत्रकार महोदयले कलात्मक तरिकाले प्रस्तुत गर्ने गरेको देखियो ! यसै सिलसिलामा कान्तिपुर पत्रिकाले नुन, तेल मर मसला हालेर परिकार पस्केको रैछ http://www.ekantipur.com/np/2070/6/7/full-story/376260.html मा, तर बिगतका पनि केहि उदाहरण हेर्नुस !
उदाहरण १ : पुर्ब राजाले जांड खाए (अन लाइन खबर) !
उदाहरण २ : पारसले बाउ सित अंस मुद्दा गर्ने (जनसत्ता साप्ताहिक) !
उदाहरण ३ : पारस मर्यो (जनसत्ता साप्ताहिक) !
उदाहरण ४ : पारसले कान्छी स्वास्नी भित्र्याउदैछ (जनसत्ता साप्ताहिक/सेतो पाटि) !
आदि आदि !
..
पोहोर भैरहवा भ्रमणको सिलसिलामा सिद्धार्थ होटेलमा आफन्त तथा आत्मियजन सित बसेर जुस पिएको तस्बिर लाइ पुर्ब राजा ज्ञानेन्द्रले  अत्यधिक तनावले जाड खाए भनेर अन लाइन खबरले छापी दिए ! बाउ आमाको एक्लो छोराले अंस माग्नु पर्ने त्यो पनि राज खानदानमा ! दिएन भनेर अदालतमा मुद्दा हाल्न लागे (जनसत्ता साप्ताहिक) आदि ! कुन मितिमा कहिले कुन अदालतमा मुद्दा दायर गरेका रैछन त्यो चैँ खुलाउनु पर्छ कि पर्दैन ? अनि ज्युदो मान्छे लाइ मर्यो सम्म पनि भने ! भने पछी अब मरेको मान्छेले कसरी कान्छी स्वास्नी ल्याउछ (जनसत्ता साप्ताहिक/सेतो पाटी )?
नेपालमा मानव अधिकार लगायत पशु अधिकार समेतको खुब चर्चा हुन्छ ! पशुको अधिकार सम्म खोज्नेले मानव अधिकार त झन् खोज्ने कुरा नै हुदैन ! परिवार भने पछि बाउ, आमा, छोरा, छोरी आदिको समुह लाइ भनिन्छ ! परिवारमा बस्दा तिता, मिठा घटना हुन्छ तर अर्काको निजि जीवनमा डढेलो लाउने अनि जनतालाई भ्रम छर्ने तरिकाले वाहियात समाचार पस्किने काम गर्दा त्यो परिवारको मानव अधिकार हनन हुन्छ कि हुदैन ? राजा बाट नागरिक भै सकेको व्यक्ति माथि बारम्बार यसरी निन्दनीय प्रहार गर्नु त्यो राम्रो हैन ! त्यस्तो काम नगर्नुस पत्रकार महोदय ! जुन समाचारमा सत्यता हुदैन त्यो समाचार छापेर किन राज्यको चौथो अंगको बद्नाम गर्नु हुन्छ ? पहिला पनि छापिएको समाचार सहि भएको भए हामी जनताले यसरि खबरदारी गर्नु पर्दैन थियो भने सबै पत्रकार तपाइँ जस्तै बिकाउ हुदैन ! पित पत्रकारिता नगर्नुस ! 
janakdangol@gmail.com
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger