Home » » यिनीहरु पनी नेपाल आमाको सन्तान हो र ?

यिनीहरु पनी नेपाल आमाको सन्तान हो र ?

Written By खांट्टी कुरा on Wednesday, September 25, 2013 | September 25, 2013



नेपालको जेठो पार्टी प्रजा परिषद त्यति सक्रिय नभएर नै होला रास्ट्रिय कांग्रेसको जन्म भएको र त्यो पछी आर्को कांग्रेस अर्थात डिल्ली रमणको कांग्रेस र बि.पी.को कांग्रेस ! २००४ सालमा कलकत्ताको टाइगर हलमा विधिवत अधिबेसन गरेर दुवै पार्टी एकीकरण भए पश्चात मात्र नेपाली कांग्रेसको जन्म भएको हो (नेपाली कांग्रेसको इतिहास) !२००६ सालमा साहना तथा साधना प्रधान दीदी बैनीहरु नेपाल बाट भारत गए पछी तुलसीलाल, नरबहादुर कर्माचार्यहरु संग मिलेर कम्युनिस्ट पार्टीको जन्म भएको हो ! जेठो पार्टी प्रजा परिषद बाहेक कांग्रेस र कम्युनिस्ट पार्टी २ बर्षको अन्तरालमा बिदेसी भुमिमा जन्मेको हुन !  
बिदेसी भूमिमा बसेर आन्दोलन गरे ! राणाको अत्याचार बाट मुक्ति पाउन लाइ नेपालको जनताले पनि साथ दिए ! अझ त्यो भन्दा ठुलो साथ नेपालको राज परिवारले गद्धी नै त्याग गरेर देखाई दिए ! त्रिसंकु मिलाप अर्थात राज परिवार, बिदेसा जन्मेको पार्टी र नेपाली जनता ! यति तिन सक्ति एक आपसमा नजोडिएको भए नेपालको राणा शाहीलाइ त्यो बेलामा कसैले ढाल्न सक्दैन थियो ! यी सबै भए इतिहासको कुरा !
२०४६ साल पछी पनि पार्टी गठन हुने कार्य जारीनै रह्यो ! प्रजातन्त्र पश्चात जन्मेको पार्टीहरुमा नेपाल सद्भावना पार्टी, पुर्ब पन्चहरुको रास्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी हरु मुख्य हुन !
२००६ सालमा जन्मेको कम्युनिस्ट पार्टीहरु बाट फुट्दै टुक्रिदै मध्येको एक पार्टी संयुक्त जन मोर्चा ले बिभिन्न ४४ बुंदे माग राखेर २०५१ सालमा देउवा सरकारलाइ बुझायो ति मध्ये धेरै माग छिमेकी रास्ट्र भारत संग सम्बन्धित थियो !
“बिस्तारबादी भारत तथा साम्राज्यबादी अमेरिका” भनेर उग्र बिरोध गरेको कम्युनिस्ट पार्टी ‘जनमोर्चा’ले सेल्टर लिने ठाउ पनि छिमेकी रास्ट्र भारतनै रैछ ! जुन देसको बिरोध त्यहि ठाउको बास, त्यहि ठाउ बसेर तयार पारिएको रणनीति अनि बिरोध गरिएको देसहरु बाट नै आर्थिक तथा हातहतियार लिएर आफ्नै जन्मभुमिमा नर संहार मच्चाउने पार्टी हाल देसको सर्बसक्तिमान पार्टी माओबादी भनेर चिनिन्छ !
चार साले कांग्रेस हुन या ५१ साले माओबादी यी सबै छिमेकी भारतको उत्पादन हुन ! उत्पादन जस्ले गर्छ प्रतिफल पनि उसैले लिन्छ ! छ नि नेपाली उखान ‘जसले मह काट्छ उसले हात चाटछ’ भन्ने ! उदाहरणको लागि हेर्नुस चार सालमा जन्माइदेको कांग्रेसले जन्मदाता लाइ आफ्नो देसमा बिदेसी फौज हुल्न लगाए ठुला नदिहरु कोशी, गण्डक र महाकालीको भेटि चढाए ! लाज नमानी नारा चैँ यस्तो लगाए ‘बिजुली पानि भारतमा-लोड सेडिंग चैँ नेपालमा’ !
अर्को जन्मदाता माओबादीले बिप्पा देखि लिएर अनेकौ रास्ट्रघाती सन्धि सम्झौता गरेको छ ! जसको फेहरिस्त लामै छ !
बिस्व इतिहासमा पहिला बेलायत त्यस पछी अमेरिका र भारत ! यी देस हरु भनेको ताक परे तिवारी नत्र गोतामे टाइपका हुन ! न आफु सान्ति संग बस्छन न छिमेकी लाइ सान्ती संग बाच्न दिन्छन ! अमेरिकालाइ बिस्व बिजेता बन्नु छ भने भारतलाई एसियाको दादा बनेर देखाउनु छ ! जब सम्म चाइनालाइ जित्न सकिदैन तब सम्म न अमेरिका बिस्व बिजेता बन्न सक्छ न भारत एसियाको दादा ! नेपाल माथि कब्जा नजमाये सम्म यी दुवैको मनोकामना कुनै हालतमा पूर्ण हुन सक्दैन ! त्यसैले कहिले कांग्रेस त कहिले कम्युनिस्ट अझ त्यतिले नपुगेर मदेसीलाइ समेत उचालेर आफ्नो स्वार्थ पुरा गर्न खोज्दैछन !
तर,
बिदेसी त बिदेसी भए, याहाँत आफनै जननीको सौदा गर्ने नेपाल आमाको कोख बाट जन्म लिएको ति नेपाली हरु चैँ किन र कसरि कपुत भए ? 
janakdangol@gmail.com

Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger