Thursday, September 26, 2013

बन्ला त सुरुंग मार्ग ?

(तस्बिर : फेसबुक बाट साभार)

हेटौडा बाट काठमाण्डौ जाने बाटोहरु थुप्रै छन ! हेटौडाबाट नारायणघाट हुँदै नौबिसे निस्केर काठमान्डौ पुग्न २२६ किलोमिटर अर्थात ७ देखि ८ घन्टाको समय खर्चिनु पर्दछ ! त्यस्तै देसको पहिलो र पुरानो राजमार्ग ‘त्रिभुबन राजपथ’ हुँदै नौबिसे निस्केर काठमाण्डौ पुग्न १३३ किलो मिटर लाग्दछ तर यो बाटो उच्च पहाडी भूभाग र घुमाउरो बाटोमा भएकोले त्यो दुरी पार गर्न पनि ७ देखि ८ घण्टा नै खर्चिनु पर्दछ ! हाल हेटौडा बाट त्रिभुबन राजपथको भैसे खण्ड हुदै मकवानपुर जिल्लाको पुरानो सदरमुकाम भीमफेदी,कुलेखानी, तथा दक्षिणकाली निस्केर काठमाण्डौको चक्रपथ बल्खु निस्किने सबै भन्दा छोटो दुरी ३७ किलोमिटर तथा प्रस्तावित दुरी ५०  किलोमिटरको रहेको छ !
एक लेनको सडकलाई बिस्तार गरेर कम्तिमा ४ लेन र बिच बिचमा मा पर्ने चोभार, सिस्नेरी, भीमफेदीभैसे गरि ४ खण्डमा सानो सानो सुरुंग मार्ग निर्माण गरेर काठमाण्डौ बाट हेटौडा जोड्ने योजनाको साथ काठमाडौँ-कुलेखानी-हेटौंडा सुरुङमार्ग परियोजना नाम दिइएको यो सडक निर्माण पुरा भए पछी हेटौडा-काठमान्डौ अन्दाजी साढे १ घण्टा (उकालो भएकोले) र काठमान्डौ हेटौडा १ घन्टा(ओरालो भएकोले) को दुरीको हुनेछ !
३४ अर्ब ८७ करोडको अनुमानित लागतमा निर्माण हुन लागेको यो परियोजनामा बिदेसमा रहेको नेपालीहरुको संस्था गैर आवासीय नेपाली लगाएत केहि वित्तीय बैंक, जिल्ला बिकास समिति हेटौडा तथा उक्त परियोजनाले छुने सबै गा.बि.स तथा त्याहाको जनताको समेत लगानी र हेटौडाको केहि उधोगपति तथा मोफसलको प्रख्यात रेडियो संचालक ‘कालिका एफ.एम भरतपुर चितवन’,‘कालिका कन्ट्रस्टन’ का मालिक तथा रास्ट्रिय प्रजातन्त्र पार्टी (चुनाव चिन्ह हलो) का सह-महामन्त्री बिक्रम पाण्डेले समेत लगानी गर्ने सहमति भएको थियो र संचालक समितिको सदस्यमा बिक्रम पाण्डे लाइ समेत राखिएको छ !
“बर्ष ६ अंक ४ २०७० भाद्र २४ गते सोमबारको दिन हेटौडाबाट प्रकाशित हुने भूमध्य रेखा साप्ताहिकमा बहु चर्चित हेटौडा-काठमान्डौ सुरुंग मार्ग सुरुवात पुर्ब नै विवाद, संचालक हरु बिच दोहोरि भनेर मुख्य पृष्टमा समाचार प्रकाशित समाचारको सानो अंस .. नेपाल पूर्वाधार बिकास कम्पनि मार्फत निर्माण हुने उक्त सुरुंग मार्गको संचालक समितिको अध्यक्ष हेटौडाको ब्यबसायी कुस कुमार जोसिलाई ‘कर्मचारी भर्ना, लेखा परिक्षण’ आदिको बिषय बनाएर असहमति जनाउंदै संचालक मध्येको १ जना बिक्रम पाण्डेले राजिनामा पठाएको छ”
नेपालको चर्चित राजनेता तथा कुख्यात पुर्ब माहा पन्च तथा पटक पटक प्रधान मन्त्रि भएका सुर्य बहादुर थापा हाल कट्टर गणतन्त्रबादी नेता बनेका छन ! उनि भारतका सबै भन्दा बिस्वास्पात्रमा गनिन्छन र बिक्रम पाण्डे पनी सोहि पार्टीका सह महामन्त्री हुन र राजनीतिमा लागे देखिनै उनि सुर्य बहादुर थापा निकट भनेर मानिन्छन ! त्यहि माथि व्यापारीको कुनै धर्म हुदैन भनिन्छ र पाण्डे ब्यापारी हुन !
सामरिक दृस्टीकोणले अत्यन्तै महत्वपूर्ण रहेको उक्त मार्ग बनोस भनेर भारत कहिले पनि चाहदैन ! यदि भारत चाहन्थ्यो भने २००७ साल पछी त्रिभुवन राजपथ हैन भीमफेदी, चिसापानी हुदै काठमाण्डौ निस्किने त्यो मार्ग चैँ बन्थ्यो तर भारत कुनै पनि हालतमा त्यो बाटो बन्नु हुदैन भन्ने मान्यतामा बिस्वास गर्छ ! त्यसैले भारतको इसारामा सानो निउँ बनाएर ब्यापारी तथा गणतन्त्रबादी रा.प्र.पा.(हलो चिन्ह) नेता बिक्रम पाण्डेले उक्त परियोजनाबाट आफु उम्किने दाउ गरेका त हैनन ?
यदि यो अनुमान सहि हो भने अब सुरुंग मार्गको भबिस्य अन्धकार छ अर्थात सुरुंग मार्ग बन्दैन ! परियोजनामा एन आर एन (गैर आवासीय नेपाली) को मुख्य लगानी रहने भनिएको छ तर एन आर एन भन्ने संस्था नै अब अस्तित्वमा रहने हो कि हैन त्यो पनि प्रस्नको बिसय बनिसकेको छ ! एन.आर.एन मा अहिले यतिखेर चरम विवाद उठेको छ र धेरै बिदेसमा रहेको उक्त संस्थाको साखाहरुमा चरम गुटबन्दीले गर्दा संस्थानै चिराचिरा भै सकेको छ ! एन आर एन पहिलाकै जस्तै एक ढिक्का भन्यो भने अथवा एन आर एन नभएको खण्डमा परियोजनामा नेपाल सरकारले हात हाल्यो भने नबन्ला त भन्न सकिदैन तर अहिलेकै यहि स्थिति रही रह्यो भने सुरंग मार्ग बन्छ (?) भनेर १००% ठोकुवा चैँ गर्न सकिदैन तर त्यो दिन चैँ देख्नु नपरोस ! 
janakdangol@gmail.com
 

No comments: