Saturday, September 28, 2013

किन पतनको दिशामा जादैछ एमाले ?

केहि दिन अगाडी मैले मेरो ब्लगमा पतनको दिशामा अगी बढ्दै छ एमाले ! http://janakdangol.blogspot.com/2013/08/blog-post_22.html शिर्षक राखेर एउटा आलेख लेखेर प्रकाशित गरेको थिए ! भर्खरै  www.ratosurya.com मा ‘एमालेमा उमेदवार छान्न नयाँ मापदण्ड’ शिर्षक राखेर समाचार प्रकाशित गरेको रैछ ! हेर्नुहोस समाचारको केहि अंश
काठमाडौं । आसन्न संबिधानसभाको निर्वाचनका लागि उमेदवार छनौट गर्न एकहप्ता देखि जारी नेकपा(एमाले)को स्थायी कमिटीको बैठकले उमेदवार छनौट गर्न नयाँ मापदण्ड तय गरेको छ । मनमोहन प्रतिष्ठानको कार्यालय सानेपामा जारी आजको बैठकमा नया मापदण्ड तय गरिएको हो । स्रोतका अनुसार छनौट प्रकृयालाई सहज तुल्याउनका लागि बिघटित संबिधानसभामा बिजयी भएका एमालेका सभासदहरुलाई सोही क्षेत्रबाट उमेदवार बनाउने मापदण्ड तयार गरिएको छ । साथै, अघिल्लो संबिधानसभाको निर्वाचनमा निकटतम प्रतिद्धन्द्धी रहेका उमेदवारलाई यस पटक पनि उमेदवार वनाउने मापदण्ड तय भएको छ ..

बर्षौ बर्ष पार्टीमा खटेका इमान्दार, त्यागि र निष्ठावान कार्यकर्तालाई पाखा लगाउदै उही पुरानै अनुहार तथा पैसाको बलमा टिकट लिने ब्यापारी,जनताको नजरमा गिरेको अपराधी मनोवृत्तिका व्यक्तिलाइ चुनावी माहोलमा उतार्दा त्यस बाट पार्टी र जनतामा पर्न जाने गम्भीर घाटालाइ किन खेलाचि गरियो ? हिजो जनताले अत्याधिक रुचाएको एमाले पार्टीलाइ जनता तथा पार्टीका इमान्दार कार्यकर्ताको नजर बाट गिराउने काम किन भयो ? पार्टीका नेतृत्व पंक्ति अध्यक्ष खनाल, नेता नेपाल र वलीको हैकमबादी नीतिले अब एमाले पार्टी भिर बाट लड्न लागेको गोरु जस्तै भै सकेको हुदा राम राम भन्न बाहेक अरु केहि छैन भन्ने कुरा सामाजिक संजालको भित्तामा एमालेको इमान्दार सिपाहीहरुले पोखेको आक्रोस बाट थाहा हुन्छ ! मैले लेखेको आलेख पनि सत्यनै साबित भएको छ ! बिनासकाले बिपरित बुद्धि भनेको यहि हो !




No comments: