Thursday, October 07, 2021

शुभकामना !

खांट्टी कुरा     October 07, 2021    

<iframe src="https://drive.google.com/file/d/1Aze8uUS3FtvPB-yHgmabh43Kgw8k1MHc/preview" width="640" height="480" allow="autoplay"></iframe> 


Saturday, September 25, 2021

जस्तो देखाई त्यस्तै लेखाई

खांट्टी कुरा     September 25, 2021    

 


Friday, September 03, 2021

सामुदायिक बिधालयमा एमाले पार्टीको मिटिंग

खांट्टी कुरा     September 03, 2021    

ने,क.पा एमाले ८ नम्बर वडाका महिला कमिटिको मिटिंग साम्दायिक बिधालय हिमगंगामा !

तस्विर: फेसबुकबाट साभार

 

Saturday, August 28, 2021

हामीले जानेकै भत्काउने हो

खांट्टी कुरा     August 28, 2021    

तस्विर: जनक मान डङ्गोल
हेटौडा औधोगिक क्षेत्र पुर्बी भागमा रहेको पर्खालको दृश्य । यस्ता मान्छे छिर्ने दुलाहरु अरु पनि थुप्रै छन । सुरक्षाको दृष्टिकोणले जायज पक्कै पनि हैन।

हेटौडा औधोगिक क्षेत्र ब्यबस्थापनको ध्यान कहिले जाला ?

आफ्नै बेईज्जत सुन्नु पर्ने यो कस्तो हाँस्यरस ?

खांट्टी कुरा     August 28, 2021    

 -जनकमान डङ्गोल

साहित्य होस वा मनोरन्जन यी बिघामा लेखकहरुले कलम चलाउछन । आफुले रचना वा सिर्जना गरेको बिषयलाई अन्तिम रुप दिएर श्रोता वा दर्शक समक्ष प्रस्तुत गरे पश्चात श्रोता वा दर्शकको प्रतिक्रिया पछी लेखकले सिर्जना गरेको कार्य सफल वा असफल भए भनेर आँक्न सकिन्छ त्यसैले कुनै पनि बिघामा लाग्नु भन्दा पहिला त्यो बिघा बारेमा प्रसस्त जानकारी लिनु पर्छ ।

श्रोता वा दर्शकले कुनै पनि रचना सुनेर वा पढेर त्यस पछी मन भित्रबाट निस्किने खुसिलाई रस भनिन्छ । तपाई कुनै कवीको कविता सुन्दै हुनुहुन्छ वा अभिनेताले गरेको अभिनय त्यतिखेर सामान्यतया शरीरका विभिन्न अङ्गहरू जस्तै हात, आँखा, मुख आदि चलाई व्यक्त गरिने संचारलाई हाउ भाउ भनिन्छ भने त्यस पछी तपाईको मन भित्रबाट निस्किने खुसिलाई रस भनिन्छ ।

दुई भागमा बिभाजन गरिएको रस ११ प्रकारको हुन्छ । ति सबै रसहरु अति महत्वपूर्ण हुन्छन ।

रसलाई पनि अंग र प्रकास गरि दुई भागमा विभाजन गरिएको छ । रस अंगको माध्यमबाट आउँने भएकोले त्यसैबाट निर्माण हुन्छ अनि त्यस पछी पछी हाउभाउ उत्पन्न हुन्छ । रस लाई पनि शृंगार, हास्य, करुण, रौद्र, वीर, भयानक, बीभत्स, अद्भुत, शान्त, वत्सल र भक्ति गरी ११ भागमा बाँडिएको छ ।


बिहत केहि महिना देखि देशकै पहिलो रियालिटी शो भनेर प्रचार गर्दै ‘कमेडी च्याम्पियेन’ नामको कार्यक्रम प्रस्तुत गरिएको छ । सिजन १ ले राम्रो प्रतिक्रिया पाएर होला निर्माताले दोस्रो सिजन सुरु गरेका छन जुन अहिले अन्तिम चरणमा आउन लागेको छ ।

कमेडी च्याम्पियन पहिलो सिजनमा कलाकारहरुले छाडा र अश्लिल प्रस्तुति गरे । हिन्दु धर्मको खिल्ली उडाईयो भनेर दर्शकले नकारात्मक टिप्पणी दिएकै थिए । त्यसैलाई आधार मानेर होला जुन प्रस्तोताले त्यस्ता कार्यक्रम प्रस्तुत गरेका थिए पछी तिनले आफ्नो प्रस्तुतीलाई सुधार गर्दै अन्त्यमा प्रथम पुरकार पाउंन पनि सफल भए । दर्शक श्रोताको टिप्पणीमा कति शक्ति हुन्छ भनेर यसै बाट आक्न सकिन्छ ।

कमेडी च्याम्पियनमा बरिस्ट कलाकार सन्तोष पन्त, बरिस्ट हैन लोकप्रिय हास्य कलाकार मनोज गजुरेल, सिनेमा निर्देशक प्रदिप भटराई तथा नायिका ऋचा शर्माहरुले न्यायमुर्ति (जज) को भूमिका निभाएका छन र निभाउंदै पनि छन । हास्य कलाकारले हास्य बिघामा महारथ हासिल गरेका होलान तर नायिका हास्य बिघाको महारथी कसरी भईन त्यो चै अलि अमिल्दो छ । नेपालमा प्रस्तोतालाई न्याय दिन सक्ने हास्य अभिनेत्री नभएर ऋचा शर्मालाई न्यायमुर्ति बनाईएकै हो त ?

पंक्तिकारले सिजन १ देखि हाल सम्मको प्रस्तुति हेरेको छ । त्यस मध्ये केहि कलाकारको प्रस्तुतिलाई You tube मा ५ पटक सम्म हेर्दै मनोरन्जनको भरपुर आनन्द पनि उठाएको छ । अहिले सिजन २ मा प्रस्तुत गर्ने कलाकारहरुको हाउभाउ तथा प्रस्तुति हेर्दा तिनलाई डोर्याउनेले दिएको शिक्षा दीक्षालाई राम्रै संग मुल्यांकन गर्न सकिन्छ ।

बरिस्ट हास्य अभिनेता सन्तोष पन्त महाजड्याहां रैछन । चलचित्रमा अभिनय गरेको जड्याहांको भूमिकालाई ब्यबहारमा पनि राम्रै संग लागु गरेका रैछन भनेर अधिकांस प्रस्तोताहरुले प्रस्तुत गरे ।

चर्चित हास्य अभिनेता तथा कलाकार मनोज गजुरेलको घर बिग्र्यो । को कसको असमझदारीले गर्दा श्रीमान र श्रीमती बीच पारपाचुकेको अवस्था आयो त्यो भोग्नेलाई नै थाहा होला तर कसैको पारिवारिक जीवनलाई प्रत्येक सिजनको प्राय प्रत्येक अंकहरुमा सन्तोष पन्त जड्याहा र मनोज गजुरेल डिभोर्सी हो भनेर भन्नुलाई हास्यरस प्रस्तुत गरे भनेर तालि बजाउन मिल्छ ?

राजाराम पौडेल पंतिकारलाई मन पर्ने हास्य कलाकार हो । पंतिकारले २०३५/३६ साल देखि राजारामलाई सुन्दै र देख्दै आएको छ । बरिस्ट कलाकारको मान गर्नु पर्नेमा बिकास अर्याल नाम गरेका रिकुटे कलाकारले ‘के छ राजाराम’ भनेर ठाडो प्रश्न गरेको पनि देख्नु भएको होला ।

त्यसरी सोधिएको प्रश्न कुन रसमा पर्ने रैछ ? बुझिए अनुसार प्रत्येक कलाकारलाई मार्ग निर्देश गरे भनेर छुट्टै गुरु राखिएको छ । नाति उमेरका ति भुरा कलाकारलाई कमेडी च्याम्पियेन चलाउने गुरुहरुहरुले सिकाउने संस्कार यस्तै हुन्छ ? कलाकार वा पाहुनालाई आमन्त्रण गरि सके पछी उनीहरुको हुर्मत लिनु हुन्न, आदर र सम्मान गर्नु पर्छ भन्ने संस्कार किन सिकाईएन ?

हास्य कला प्रस्तुत गर्ने तथा गराउनेहरुले जस्तो पनि चल्छ, हाम्रो पसल चलेकै छ अनि जजको भूमिका निभाउन जानेहरुले पनि राम्रो पारिश्रमिकको लोभमा चुतिया र घटियाको साथै तल्लो स्तरको हर्कत समेत सहन्छन भने यस्ता कार्यक्रमले समाजमा के कस्तो सन्देस दिइरहेको छ त्यस बारेमा बताउनु पर्ला र ?

शुक्रबार, भदौ ११, २०७८ स्वदेस नेपाल डटकममा प्रकाशित

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .