Sunday, February 07, 2021

बज्रकिलय ... एक जानकारी

खांट्टी कुरा     February 07, 2021    

७ औं शताब्दीमा उपत्यकामा खडेरी परेर जलधार तलाउ अन्न बाली सबै सुकेर जान थालेपछि दक्षिण कालीमा तान्त्रिक तपस्या गरेर बसिरहनु भएको पद्म सम्भव(गुरु रेम्पुर्छे) कहाँ कुनै उपाय लगाएर यो संकट बाट पार पाउन गुहार लगाउन गएपछि उहाँले नालन्दा विश्वविद्यालय बाट बज्रकिलायको ग्रन्थ दोर्जे फुर्बा (རྡོ་རྗེ་ཕུར་པ།) मगाउनु भयो। "बज्र" अर्थात् इन्द्रदेव भगवानको हतियार। इन्द्रदेव लाई हामी बर्षाको देवताको रुपमा मान्छौं इन्द्रदेव लाई महादेवको भक्त ऋषि दधिचीले आफ्नो मेरुदण्ड दिएर त्यही मेरुदण्ड लाई भगवान इन्द्रदेवले दुष्ट हरुलाई विनाश गर्न बनाएको हतियार नै "बज्र" हो त्यसैले आकाशमा चट्याङ अथवा बिजुली चम्किनु लाई बज्रको रुपमा अर्थात् इन्द्रदेवको हतियारको रूपमा लिइन्छ, यही शक्तिशाली ग्रन्थ नालन्दा विश्वविद्यालय बाट नेपाल ल्याउन साथ मुसलधारे वर्षा भयो, चारैतिर हरियाली छायो अनिकाल हटेर सहकाल आयो विभिन्न रोगव्याधी हटेर गयो भन्ने कथामा उल्लेख छ।
बज्रकिलयमा बज्र सङ्गै धारिलो छुरी जस्तै किला/किलय हुन्छ। जसलाई लामाले फुर्बा अथवा फुर्पा भन्ने गरिन्छ नेवार बौद्ध समुदायले भैरवकिलय भन्ने पनि गरिन्छ यो बज्रकिलाय तिब्बती बौद्ध परम्परा भित्र न्यिङमा सम्प्रदायको ८ वटा बज्र हेरुका स्टदेव मध्ये एउटा देवता हो।
प्रायः तान्त्रिक पुजा अन्तर्गत बज्रकिलयको पुजा आउँछ बज्रकिलय धेरै आकारमा बनाएको हुन्छ यो कपाली अर्थात मान्छेको (खप्पर) सङ्ग सङ्गै प्रयोगमा ल्याएर तान्त्रिक अनुष्ठान हुन्छ। बज्र किलाय (बज्रकार्तिका) मान्छेमा हुने भय, लालच, मोह,अज्ञानता, घृणा आदिलाई नाश गर्ने, जुन स्वभाव प्रवृत्तिलाई प्रतिकात्मक दानवको रुपमा लिएको हुन्छ र ती दानवहरु लाई नाश गर्दा तिनको रगत भनेको रक्तविज हो त्यो रगत जमिनमा खस्नु भनेको पुनः मानव समुदायमा लालच, मोह, भय, अज्ञानता, घृणा आदिको बिउ उम्रनु फैलिनु हो त्यसैले ती दानवको बध गर्दा रगत जमिनमा नपरोस् भनेर प्रज्ञाको रूपमा कपाल (खप्पर) पनि बज्रकिलाय हतियारको साथमा अर्को हातमा बोकेको हुन्छ, बज्रकिलायको साधना गर्दा लामाले "ॐ बज्र किलीकिलय सर्व बिघन हुङ फेट" भन्दै जप गर्ने गरिन्छ। यो मन्त्र जप गर्नाले सर्व विघ्न वाधा अकाल मृत्यु दशा ग्रह हट्छ भन्ने विश्वास गरिन्छ।
जय सनातन !!

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .