Saturday, September 28, 2019

पन्चेहरु मण्डले हुन भने अहिलेकाहरु के हुन


‘मण्डल’ यसको शाब्दिक अर्थ के हो र यो सब्द कुन ठाउँमा कस्तो बेलामा प्रयोग गर्दा उचित हुन्छ भन्ने कुरालाई थाहा भएर हो वा नभएर हो बिदेसमा जन्मी हुर्की नेपालमा आएर राजनीति पसल खोलेका कांग्रेस तथा कम्युनिस्ठका बरिस्ठ तथा कनिष्ठ नेतागण देखि लिएर तिनका अनुयाहि (भक्त/आस्थावान) हरुले समेत बिना संकोच निर्धक्क साथ आफुले नरुचाएको अथवा मन नपराएको व्यक्ति लाइ लाजै नमानिकन एकलक्के थप्दै भन्दिन्छन मण्डले
मण्डल को शाब्दिक अर्थ हुन्छ समुह । हुन त मण्डल पनि वृत्तको (Circle) पर्यायवाची भित्र पर्दछ त्यस्तै मण्डलको अरु शब्दहरू भन्नुपर्दा परिधि, घेरा, बाटुलो फन्को, समान उद्देश्यका मानिसहरूको जमात (राजनीतिक दल/पार्टी) इत्यादीलाइ बुझिन्छ ।
हामीले दैनिक रुपमा प्रयोग गर्दै आइरहेको सामजिक संजालहरु जस्तै फेसबुक, ट्विटर आदिमा पनि हामीले असंख्य साथीहरु बनाएको हुन्छौ  जुन झुण्ड झुण्ड अर्थात समुहमा नै हुन्छ भने अब सबैलाई एकलक्के लगाउदै ‘मण्डले’ भन्ने ? 
नेपालमा मण्डलसब्द लाइ  बिगारेर एकलक्के लगाउँदै मण्डलेबनाएको पंचायतकाल देखिनैहो भने त्यसरी एकलक्के थप्नेहरु त्यतिबेलाका पंचायत बिरोधि प्रतिबन्धित शक्तिहरु अर्थात पन्चहरुले न्वारान गरि दिएको अ.त. (अरास्ट्रिय तत्व)  कांग्रेश तथा कम्युनिस्ट पार्टीहरुमा लागेका समुहहरु हुन । समुहको अर्थ मण्डल हुन्छ ।

हरेक राजनीति पार्टीहरुमा समुह समुह छ । कांग्रेस पार्टी निलो रंग मन पराउछ । कम्युनिस्टहरु राता रंगको लागी ज्यान फालेका छन । मदेसी समुहलाई हरियो रंग आत्तिनै फापेको छ । नामको अगाडी डाक्टर (बिरामी जाच्ने हैन) थपेका गोर्खाली बाबुराम भटराईले समेत रातो रंग अफाप भन्दै हरियो रंगसंग साइनो जोडेका छन भने हरेक क्षेत्रमा जोगी जस्तै बन्न पुगेको पुरान पन्चहरुको अखाडा रा.प्र.पा. को चिन्हारी भने पहेंलो हो । यी बाहेक अरु मल्खु र ढल्खु जस्ता करौंती मण्डलेहरुको के बयान गराई भो । यी मल्खु देखि ढल्खुको काम भनेको चुनावताका दल दर्ता गरेर अरु बेलामा मुखमा दहि जमाएर बस्नु हो । भोट काट्नै भनेर जन्माएको हुँदा यस्ताहरु लाई  करौंती पार्टी भनेर भन्ने गरिएको छ ।
कासी भनेको हिन्दुहरुको पवित्र स्थल हो । धर्म र विद्वानहरुको अखाडा भनेर चिनिने उक्त स्थान नेपाल देखि दक्षिणको हिन्दुस्थानमा पर्दछ भने कुत्ति भनेको उतिबेलाको तिब्बती राजाको भोट प्रदेसको एउटा स्थान हो । जो बुझेर पनि बुझ पचाउछ्न त्यस्ताहरु ‘कासी जानु कुत्तिको बाटो’ रोज्छन भने बुझ्दै नबुझ्दै ठुला नेताहरुले भने हाम्ले भन्न किन नहुने भन्छन भने बुझ्नु न सुझ्नु कासितिर कुध्नु भने जस्तै हो
जसको शक्ति उसको भक्ति जता पनि हुन्छ । यो नेपालमा मात्र नभएर संसारको हरेक स्थानमा कायम रहेको छ । बराजुको पालाको श्री ३ महाराजको समयमा श्री ३ महाराजहरुले खान पाईएन सर्खार भन्ने हरुको दुख: हेर्न नसकेर लौ गरिखा भन्दै आफ्नाहरु लाई बिर्ता बाँडेर पोसेकै हुन । सातसालेहरुले त झन आफ्नालाई मात्र नभएर जन्मदाता हरुलाई गुणको बदला भन्दै खोला देखि संसद हुँदै मन्त्रिमन्डल समेत बुझाएकै हुन । पन्चेहरुले बिरोधिहरुलाई खेदेकै हुन । हरेकले आफ्नो पालामा लठैत पालेकै हुन्छन । अहिलेकाहरुले पनि पालेका छन । अरिंगालको फौज भनेर चिनापर्ची समेत भै सकेको हैन र ? पुराना पन्चहरु त जन्मजात मण्डले नै भई हाले । तर, अब देखि कांग्रेसीहरु लाइ निला मण्डले, कम्युनिस्टका बथानहरु लाई राता मण्डले, मदेसीका झुण्डहरु लाई हरिया मण्डले भनेर किन नभन्ने ?  आखिर समुह भन्नु र मण्डल भन्नुमा के नै फरक छ र
राजनीतिक पार्टीमा लागेकाहरुले आफुबाट गल्ति भयो भने त्यसलाई सुधार्दै आर्को पटक गल्ति नदोहर्याउने सङ्कल्प, अठोट लिएर ‘आत्मालोचना’ गर्ने देखि लेख्ने समेत गर्छन । आत्मालोचना गर्नु भनेको म अथवा हामीबाट अब यस्तो गल्ति हुन्न र दोहर्याउँदै भन्नु वा लेख्नु समेत हो । त्यसैले शब्द प्रयोग गर्दा लेख्दा वा बोल्दा ध्यान दिनु जरुरि छ ।
प्रकाशित मिति: २०७६ असोज १० गते शनिवार

No comments: