हिजो आज नेपालको राजनीतिमा चलचित्रमा झैँ छिन का छिनमा दृश्य हरु परिवर्तन भै
रहेको छ ! मानौ नेपालको राजनीति पनी एक किसिमको चलचित्र झैँ भयो! बोलिका ठेगान
नभाको राजनैतिक पार्टीका ठुला नेताहरु तथा अनि तिनका राजनैतिक सल्लाहकार भनिने
पात्रहरुले रेडियो तथा छापाहरुमा कति खेर के बोल्ने हुन कसैलाई थाहा नै नहुने !
मुखमा जे मन लाग्यो त्यहि प्याच्च बोल्दिने अनी पत्रकारले तपाइले त यस्तो भन्नु
भाको रैछनी के हो ? भनेर प्रस्टीकरण माग्दा जिब्रो चपाएर कुरा गर्दै पन्छिन खोज्छन
!
सत्ता पक्ष तथा विपक्षका पुर्ब माननीय सदस्य ६०१ मध्येका अधिकांसले ‘संबिधान
सभारुपी त्यो मनचिन्ते झोला’ लाइ जगाउन जय संविधानको नारा लगाउदैछन ! अधिकांस ती वर्तमानबाट
भुत भै सकेकाहरु तान्त्रिक हुन क्यार जो अलख जगाउदैछन ! स्वतन्त्र जनताको हैसियतले
प्रस्न नेताहरुलाइ हैन हाम्रै नेपाली दाज्यु भाइहरु लाइ ! मरिसकेको संबिधान
ब्युताउअन खोजिन्छ अथवा त्यसको जोरदाररुपमा वकालत गिरिन्छ भने पुर्व राजतन्त्र किन
ब्युतिदैन ? पुर्व राजा ज्ञानेन्द्रले विभिन्न संचार माध्यममा दिनु भएको
अन्तर्वार्तामा स्पस्टरुपमा भन्नु भएको छ “हामि लाइ धोकामा पारेर राजतन्त्र फाले”
र ‘राजतन्त्र फाल्ने’ भनेर हिजो कहिँ कतै सम्झौता भएको छैन ! मसंग सबुद प्रमाण छ !
ने.का.को स्व.गिरिजा प्रसाद कोइरालाले किन त्यस्तो फट्याई गरे गरे त्यो त उनीलाइ
मात्र थाहा होला तर नेपाली जनताले एक दिन यसको अबस्य सोधखोज गर्नेछ ! २ बर्ष भित्रमा संबिधान बनाउनु भनेर तोकिएकोमा पटक पटक म्याद थप्दै ४ बर्ष सम्म पुर्याए तर खोइ त संबिधान ? किन र को कसको आदेसले चटकेको तालमा संबिधान सभा भंग गरे यसको जवाफ प्रचण्ड, बाबुराम र बिजय गच्छेदारहरुले नेपाली जनताहरु लाइ दिनु पर्नेमा आज सम्म दिएका छैनन ! २००७ सालमा पनी संबिधान सभा बनाउने भनेका हुन तर ८/८ बर्ष सम्ममा पनी नेपालका जनतालाई संबिधान नदिने पनी नेपाली कांग्रेस तथा कम्युनिस्ट हरुनै हुन क्यार ! अरु पार्टी त पछी जन्मेका ! आज फेरी हर दिन संबिधान संबिधान भनेर रटेका छन तर संबिधान बनाउने ठाउँमा पुगेसी रानो हराको मौरी जस्तै भुन्भुनिये ! अदृश्य सक्तिको आदेस अनि सम्बिधान सभा रुपी त्यो नाटक को पर्दा खस्यो खेल खत्तम पैसा हजम !
देशमा परापुर्बकाल देखि चलि आएको हिन्दु धर्म लाइ लत्याउँदै बिदेसी प्रभुको इसारामा रातरात धर्म निरपेक्षको घोषणा गर्न लगाइयो ! त्यो किन गरियो खुद त्यो घोषणा गर्ने हरुलाइ नै थाहा छैन र कुहिरोमा हराको काग जस्ता भए ! उनि हरु लाइ यतिमात्र थाहा छ मालिक, अन्नदाता कसरि खुसि हुन्छ त्यहि गर्नु पर्छ ! जसको बदलामा भर्खरै पुरस्कार पनी पाए ! प्रभुले आकासबाणी गर्नु भो “आज बाट हामि तिमीहरुलाइ आतंककारी भन्दैनौ र तिमिहरलाई हाम्रो देशमा ह्याप्पी ह्याप्पी वेलकम छ रे” ! मुर्ख कांग्रेस तथा एमालेका नेताहरु हिजो तिनका नेता तथा कार्यकर्ता काटिएका, अपांग बनाइएका र आफ्नै घर जग्गाबाट बिस्थापित भै देसभित्रै आन्तरिक सरणार्थी हुन बाध्य पार्दा पनी चुक्क बोल्न सकेका छैनन ! उल्टै ‘स्यालले साढेको फल कहिले झर्ला र खाउला’ भने झैँ गरि सत्ताको लागी रयाल चुहाउदै बसेका छन ! नामर्द तथा हुत्तिहारा नेताहरु भनिन्छ यस्तालाई भने तिनका कार्यकर्ताहरुचैँ हिजडा का बथान हुन !
जे काम र उद्धेस्यको लागि भनेर राजा लाइ सत्ता छाडन बाध्य पारे त्यो काम पुरा भएन ! समयको नास त त्यसै पनी भयो भयो त्यो भन्दा पनी ठुलो करोडौ नेपालीको सपना र भबिस्य चकनाचुर भयो ! सरकारी भवनमा गर्नु पर्ने बैठक तथा सभा सम्मेलन लाइ व्यक्तिको रिसोर्ट तथा होटलहरुमा गर्न थाले ! देशको ढुकुटीमा ब्रम्हलुट भयो ! अर्बौ खर्बौ सके र सिध्याए ! नक्कली लडाकु खडा गरेर करोड का करोड हसुरे ! संसारमा कहिँ नभएको चलन यिनीहरुले नै देखाए तर पनी संबिधान ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भनेझैँ भै सके पछी अब फेरी राजतन्त्र लाइ पुन: स्थापना किन नगर्ने त ? फेरी राजतन्त्र चाहिदैन भनेर इनिहरुले सहमति पनी त गरेका रैनछ ! त्यसैले मन्द बुद्दी भाका मुढे नेताहो भगवानले तिमीहरु लाइ दिएको जुनी भनेको मनुष्य को हो पशुको हैन ! त्यसैले मनुष्य भए पछी पशुको जस्तो हर्कत नदेखाओ ! जनता संग माफी माग्दै २०४७ सालमा फर्कियौ भने जनता र इतिहासले तिमीहरु लाइ माफी देला हैन भने भबिस्यको कुरा कसले जानेको छ र ! नेपाल हो याहा जे हुदैन त्यो हुन्छ जे हुन्छ त्यो हुदैन ! भोलि जनताले तिमीहरु लाइ लघारेर आउ राजा बस गद्दीमा, तिम्रै पुर्खाले जोडेको यो मुलुक लाइ नेताले बिदेसीलाइ बेच्न लागे ! गद्दीमा बस, देस लाइ जोगाउ र भ्रस्ट तथा अपराधी हरु लाइ कडा भन्दा कडा कारबाही गर भन्ने दिन चाडै नै आइ सकेको जस्तो छ ! हिजो दरबार छाडने बेलामा ५०० को समर्थक नभएको तिनै पुर्व राजा आज जिल्ला जिल्लामा देबी देउता तथा शक्ति पिठ हरुको दर्शन गर्न एबम सुभेच्छुक भेटन भनि जाँदा के आफ्नै पार्टीको आदेशलाइ लत्याउदै ने.का.तथा एमालेका नेता,कार्यकर्ताले आ-आफ्नो घर दैलो अगाडि पुर्व राजा हिड्ने बाटोमा घडा कलस राखी पुष्प गुच्छाले जय जयकार गरेको उग्र भिडको जमात लाइ बिभिन्न टेलिभिजनको च्यानल तथा समाचार माध्यमले प्रशारण गरेको देख्दा चार बर्ष भित्रमा नागरिकहरु कथित रुपमा भन्ने गरिएको लोकतान्त्रिक गणतान्त्रिक पद्धति तथा त्यसलाई बिरालोले मुसा खेलाको जस्तै गरि खेलाउने नेताहरु देखेर कति सम्म वाक्क ब्याकक तथा दिक्क भै सकेका रहेछन त ! त्यहि बाक्लिएको भिड देखेर नै तिमीहरु आत्तिएर पुर्व राजाको सुबिधा खोस्छ्म, तिनलाई जेल हाल्छ्म समेत भनेका हौ त्यसैले तिमीहरु लाइ बेलैमा चेतना भया !
..
(आज बिहिबार क्राइम चेक साप्ताहिक मा प्रकासित मेरो लेख)


