कटुवाल बा जवानीमा छदा कटुवाली काम गर्थे ! काम कुनै गारो थिएन ! सरकारी हुकुम तथा आदेस लाइ चौतारी अथवा अग्लो ढिस्कोमा उभ्हीयेर सबै गाउलेलाई सुनाउनु ! कटुवालीको अर्थ भनेको पनि यहि नै हो ! बुढाको कामले बडाहाकिम निकै खुसि भएर जग्गा जमिन प्रसस्त दिएका रैछन ! बुढाको परिवारमा श्रीमती र आफु सहित तीन छोरा १ छोरी ! गोठा चार हल गोरु, दुहुना गाइ भैसी, खसी, बोका र बाख्रा समेत प्रसस्तै थियो ! पहाडमा जसको जग्गा जमिन तथा बस्तु भाउ धेरै हुन्छ उसैलाई सम्पन्न भनिन्छ त्यहि मध्येमा बुढा पनि पर्दा रैछन !
तामाको मुना जस्ता छोराहरु हुर्कदै गए ! घरमा अब बुढीले घर धन्दा गर्न नभ्याउने, हम्मे हम्मे भएसी १४ बर्ष नपुग्दै जेठा छोराको बिहे गरि दिए ! "स्वास्नीको पोइ" भन्दै भाइ साथीले गिज्याउछ भनेर बिहे गरे पछी जेठो छोराले पढ्न मानेन ! केहि अन्तरालमा दुवै छोराले गाउकै स्कुल बाट प्रबेसिका उत्तीर्ण गर्यो ! गाउँमा त के कुरा त्यो बेला सदरमुकाम मा समेत कलेज थिएन ! बुढाको चाहना छोराहरुलाई धेरै पढाएर ठुलो मान्छे बनाउने धोको ! त्यसैले पठाइ दिए सहरमा पढन ! बिस्तारै बिस्तारै जेठो छोरोले घर ब्यबहार धान्न थाल्यो ! एक दिन बुढीले भनी छोराहरु बिस र बाइस पुग्यो त बुढा अब बिहे गर्दिने हैन ? बुढाले एक छिन गम खाएर भने ठिकै भनिस बुढी म भोलि नै कुरा चलाउछु ! पुरेत बाजेलाई डाक्न पठाए चर्चा चल्यो ! एक जना लमीले भन्यो पल्लो गाउँको जिम्माल बुढाको दुइटा छोरी अनि हजुरको पनि दुइटा छोरा जोडा पनि मिल्छ हुन्छ भने कुरा चलाउछु ! बुढाले पुरेत बाजे लाइ सोधे पुरेत बाजेले भने म पनि हेर्छु कुराचैँ चलाइ राखम ! कुराचलाउदैमा केहि बिग्रने हैन क्यार ! समय हेरेर लमिले कुरा चलाए पुरेत बाजेले पनि हेरे अनि दुवै जनाले एकै स्वरमा कटुवाल बुढालाई भने स्वर्गकी अप्सरा जस्ती रैछिन दुइटी नै ! बुढाले छोरा झिकाए, छोराहरुले नाइँ नास्ती पनि गर्न सकेनन ! साइत हेरेर दुवै छोराको धुमधाम संग बिहे गरिदिए !
छोरोहरु पुन सहरा पढ्न गो ! बिस्तारै बिस्तारै गाउ टोलमा बहाल रहेको ब्यबस्था बिरुद्ध फरक गतिबिधि देखा पर्न थाल्यो ! जेठो छोरोलाई राजनीति संग कुनै लगाव थिएन ! उता सहरमा दुवै छोरा राजनीति गर्न थालेछन तर फरक धारमा ! माइलोले समाजबादी र कान्छोले कम्युनिज्म ब्यबस्था मन पराएर त्यसैमा खटन थालेछन ! जनताको बिद्रोहलाई सरकारले थेग्न सकेन ! ब्यबस्था परिवर्तन भयो ! केहि बर्षमा दुवै छोराहरु घर आए र भने बा हजुरकी बुहारी हरुलाई सहर घुमाउन लानु पर्यो ! बुढाले पनि नाइँ भन्न सकेनन हुन्छ भने ! तर छोराले बुहारी घर फर्कायेनन ! घर छेउको छिमेकी काम बिसेशले सहर गाको थियो भेटेछ ! फर्केर आयेसी बुढालाई भन्यो कटुवाल बा हजुरको छोराहरुले त निक्कै प्रगति गरेका रैछन ! घर पनि दर्बार जस्तो बनाका रैछन ! मोटर गाडी, नोकर चाकर सब रैछ भनेर लेघ्रो तान्यो ! बुढाले कुरो ध्यान दिएर सुन्यो र मात्र भन्यो ए ! बल्ल किन बुहारीहरु लिन आका रैछन भनेर बल्ल बुढाले थाहा पाए !
दिनहरु बित्दै गो ! बुढा धेरै बर्ष भाको थियो सहर नपसेको ! जेठो छोरोलाई भन्यो हेर जेठा हामि हरु बुढा पनि भएयौ ! पितृ भोकाका होलान एस्पाली पितृको नाउँमा सद्बिज छर्न जानु पर्यो ! छोराले किन नाइनास्ती गर्न सक्थ्यो र भन्यो हुन्छ नी बा हाजुए हरु जानुस म घर सम्हाल्छुनी ! दुवै भाइ लाइ खबर पठाको जेठो चैँ आयो र भन्यो किन बोलाउनु भाको बा ? दाजु चाहिले सबै कुरा बताए पछी भन्यो ए हुन्छ म बा आमाको चाहना पुरा गरि दिन्छु भनेर बुढा बुढी लाइ लिएर गो !
सहर गए पछी छोरा सधै व्यस्त आधा रातमा घर आउने ! पहिला आँखामा राख्दा पनि नबिझाउने माइली बुहारी झर्कि फर्की गर्न थालि ! सद्बिउ छर्ने दिन पनि आयो तर छोराले नाक मुख देखाएन ! बुढा बुढी खिन्न भए ! भोलि पल्ट बुढाले भने माइली बुहारी छोरो आयेसी मलाइ भेटाइ देउ ! छोरो आयो बुढाले भन्यो माइला ? कान्छा छोरालाई भेट्न मन लाग्यो पुर्याई दिन्छस छोराले हुन्छ भन्यो ! घरमा आफ्नै गाडी थियो तर काम गर्ने लाइ ट्याक्सी लिन पठायो र ट्याक्सीमा राखेर कान्छा छोराका पुर्याएर आयो मैले बुहारीले सन्तोषको सास फेरी ! सहर आयेसी छोरा बुहारी निकै परिवर्तन भएछ ! माइला ले वास्ता नगरे पनि कान्छाले गर्ला भनेर त आए ! कहिले आउनु बा भनेर त सोध्यो छोरा बुहारी कसैले पनि ढोगभेट मान सम्मान केहि गरेन ! सारै दुखि भए बुढा बुढी ! सद्बिउ छर्न आको तेरो माइल्दाज्युले वास्ता गरेन ! कान्छा छोरा धोको पुरयाएर हास्यो र भन्यो बा पनि कुन दुनियामा हुनुहुन्छ ! यो देउता सेउता केहि हुन्न क्या ! बुढाले एती मात्र भन्यो ए हो र ! कान्छो छोराको कुरा सुनेर औडाहा छुट्यो बुढालाई ! घरमा काम गर्ने केटि थि सारै मिठो बोलि बचन बोल्ने ! जेनतेन दुइ दिन बसे झल्झल गाउ घर सम्झिए ! भोलिपल्ट कान्छो छोरालाई भने हाम्लाई बस चढाई दे हामि गाउ फर्किन्छ्म ! देखावटी रुपमा पर्दैन जानु बा भनेका के थिए कान्छी बुहारीले आँखा तर्यो छोरालाई ! बुढाले भने बस्दिन सहर सक्छस भने पुर्याई दे ! सक्दैनस भने हामि आफै जान्छ्म ! छोरोले भोलि बिहानै पुर्याई दिन्छु भने ! बेलुका बुढाले सुस्तरी बुढीलाई भन्यो मैले तलाई अस्ति केहि पैसो राख्न देको थिए ! बुढीले थैलीमा जतन संग पट्याएर राखेकी रैछ ! गनी हेर्दा एउटा हात्ती पाचवटा गैडा ! मनमनै सोच्यो यति भए गाउ पुगिन्छ ! भोलि पल्ट बिहानै उठे घरमा आफ्नै गाडी हुदा हुदै पनि माइलो छोराले जस्तै गरि कान्छोले पहिलानै ट्याक्सी बोलाएर राखेको रैछ ! हिड्ने बेला बुढाले काम गर्ने केटीलाई 'नानि सारै जाति रैछौ बस है' भनेर हाता १०० रूप्पे थमाई दिदै भने पढ्न पनि बसेका रैछौ कापी कलम किन है बा ! बुढा आफैले टिकट काटे तर छोरोले देख्या पनि नदेख्या जस्तो गर्यो ! छोरोले बस चढ्ने बेला केहि पैसो दिन खोज्दा बुढाले भने भो चाहिएन तेरो कमाइ ! घर आइ पुगे सारीरिक भन्दा पनि मानसिक रुपले थकित देखिन्थे बुढा बुढी ! हजुर बा आमा आको देखेर साना नाति नातिना खुसि हुदै भने सहर बाट हजुर बा आमा फर्केर आउनु भो ! बच्चा न हो सोधे 'हाम्लाई के ल्याई दिनु भो हजुरा ? बुढी माउले बाटोमा मिठाइ किन्न भ्याएका रैछिन त्यहि झिकेर दीइन ! नाति नातिनाले सोचेका थे 'नाना, पापा, खेलौना ल्याई देलान' नदेखेर बरा खिन्न भए ! कटुवाल बुढा बुढी सहराट आका छ रे भन्ने सुनेर गाउ छिमेक भरिका मान्छे जम्मा भए ! आइमेले बुढीलाई घेरे र नाली बेली सोध्न थाल्यो ! बुढी बनावटी कुरा गरेर आज सारै थकाई लाको छ पछी भनम्ला है भन्दै भित्र पसिन ! जेठो छोरोलाइ सप्पै कुरा भनिन बुडी माउले ! दाज्यु चाहिँ भाइ बुहारीहरुको ब्यबहारले सारै दुखित भो ! यता बाहिर गाउले संग भला कुसारी चल्दै थियो ! बुढाले करा टार्दै दुइ टुक जवाफ दिए !सबै गाउले हरु फर्केर गयेसी घरका सबै बसेर दुख सुखका कुरा गरे ! जिबनमा एउटा धोको थियो त्यो पनि पुरा गर्न पाएनन ! बुढा बुढीले सारै दुख मनाउ गर्दै भने अर्थोक केहि नगरे पनि सद बिज छर्न लाइ पशुपति सम्म पुर्याई देको भे धन्य हुन्थेउ ! पितृले कति आस गरेका होलान ! सराप लाग्ने भो ! जेठो छोरोले ढाडस बनाउदै भने तपाइको जेठो छोरो मरेको छैन बा आमा ! अर्को साल म अबस्य हजुरहरुको इक्षा र सपना पुरा गर्छु ! बुढाले सहरको वाताबरण देखेर अन्तमा भने हेर 'हामि गाउँको चरीलाई गाउँ नै प्यारो हुदो रैछ' ...
..
२०१२/०९/२४
Monday, September 24, 2012
कटुवाल बा को सपना !
खांट्टी कुरा
September 24, 2012


