Saturday, September 22, 2012

ओखती !

खांट्टी कुरा     September 22, 2012    

राजनीतिक पार्टीका महामहिम नेताज्यू हरु लाइ सर्दी मात्र लाग्दा सरकारी खर्चमा सके सम्म तेस्रो नभए दोस्रो मुलुका सररर हवेजाजमा हुइकि बक्सिनु हुन्छ ! अहिले त् नया सरकारले मेडिकल स्कर्ट रे अनि एर एम्बुलेन के भन्या हो त्यो नबुजिन भाखामा हालेर हुइक्याउदा रैच्चन ! गाउँमा माइल्दाइको छोरो सिकिस्त बिरामीभो ! डोके एम्बुलेना हालेर स्वास्थ्य चौकि पुर्या ! स्वास्थ्य चौकीको मूल दैला भोटे ताल्चाठोक्या रैच्च ! ओल्तिर पल्तिरका लाइ सोध्या डाउटरसाप खोइ त् भन्दा खोइ त्यो के जाति सेमिनार गर्न गा छन रे ! बिरामी लाइ बेथाले चाप्यो ! सदरमुकाम लाने सुरसार गर्दा गर्दै एक पल्ट हिक्क गर्दै बा पानि भन्यो ! पानी एक चौचो घुटुक्क परेको मात्रै के थियो ! पुर्लुक्क आँखा पल्टायो नारि छामेको त जिउ नै चिसो भै सकेछ !
..
हिजो त्यो अनेक थरि भनेर सराप्ने गरेका हाम्रा राच्निती पार्टीका अहिलेका माहा सत्रु पन्चेत भन्नेले अर्थोक केहि नदे पनी जिबनजलको झोल, जुकाको ट्याउलेट, सिटामोल अनि डाउटर नै नभए पनी तिनका सहायकले ओखती दिन्थे ! काले झाक्रीले त्यस्तो ओखती खायो भने देउता रिसौछ खानु हुन्न भनेर खान दिदैनथे ! हिजो ओखती पाएर पनी गाउले मर्थे तर आज ओखती खान नपाएर गाउले मरे ! दोष कसलाई दिम ? इश्वरलाई कि नेता लाइ कि आफैले आफैलाई  हेर्दा ब्यथा जस्तो तर अहिलेको नया गणतान्त्रिक लोकतान्त्रिक नेपालको कथा चैँ यहि हो !

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .