Monday, August 06, 2018
Sunday, August 05, 2018
गजल ।
-राजेस खतिवडा
खै कसरी तिर्नेहोला साहुको यत्रो रिण,
सम्झिएर मन मेरो हुन्छ छिया-छिया ।
यही बेला आएको छ बोर्डिड०को बिल
यही बेला बिरामी छे मेरी छोरी दिया !
मनको वह पोख्न मन लाग्छ गजलमा
तर भर्खर चिन्दैछु म रदिफ, काफिया ।
दाजु गए अमेरिका, देवर अष्ट्रेलिया
बाध्यताले मेरा स्वामी पुगे मलेसिया ।
गधाले झैं काम गर्न विवश छन् रे आज,
घरमा हुँदा ओछ्यानमै मगाउथे चिया ।
घरमा हुँदा ओछ्यानमै मगाउथे चिया ।
खै कसरी तिर्नेहोला साहुको यत्रो रिण,
सम्झिएर मन मेरो हुन्छ छिया-छिया ।
यही बेला आएको छ बोर्डिड०को बिल
यही बेला बिरामी छे मेरी छोरी दिया !
मनको वह पोख्न मन लाग्छ गजलमा
तर भर्खर चिन्दैछु म रदिफ, काफिया ।
Saturday, August 04, 2018
मुम्बई छाडेर नेपाल फर्किंदै छु : मुरलीधर
मुरलीधर
नेपाली र भारतीय फिल्म एवं सांगीतिक क्षेत्रमा चर्चित नाम हो । सिराहाका
स्थायी बासिन्दा उनी साढे तीन दशकअघि तालिमको सिलसिलामा मुम्बई गएका थिए,
अहिलेसम्म उतै छन् । मुरलीधरले ‘उडायो सपना सबै हुरीले’, ’त्यो नजरको बयान म
गरूँ कसरी’लगायत सयौँ गीत लेखेका छन्, गाएका छन्, संगीत भरेका छन् । उनले
फिल्ममा अभिनय र निर्देशन पनि गरेका छन् । पछिल्लोपटक म्युजिक नेपालले
ल्याएको उनको ‘आँखाको भाका’ एल्बम चर्चामा छ । गीत रेकर्डिङ तथा पारिवारिक
कामका सिलसिलामा केही साताअघि काठमाडौं आएका मुरलीधरले नयाँ पत्रिकाकर्मी पर्शुराम काफ्ले र जनार्दन बरालसँग मनका बह यसरी पोखे :
Tags
साभार आलेख
Monday, July 30, 2018
धेरै उम्लियो भने पोखिन्छ त कम्रेड
-जनकमान डंगोल ।
धेरै उम्ल्यो भने
पोखिन्छ भने उखान प्राय सबै जसो नेपालीहरुको जनजिब्रोमा झुण्डिएको छ । यो उखानलाई पटक पटक सत्ताको
स्वाद चाखेको नेपालको बुढो पार्टी कांग्रेसले भने राम्रैसंग चरितार्थ
पारेर देखाई पनि दिएको छ ।
राणा शाही देखि निरङ्कुश
पन्चेत बिरुद्द देस र जनताको लागी
क्रान्ति गरेका हौ भने । सोझो र सिधा जनताले पत्याए अनि हो भन्दै सहि थापेर समर्थन र सहयोग नगरेको भए
कांग्रेसीहरुले पटक पटक सत्ता र भत्ताको स्वाद चाख्न पाउदैन थिए । सत्तामा पुगेपछि
हिजो आफुले गरेको बाचा र कसम बिर्सदै सोझा र सिधा जनतालाई भन्दा आफ्ना र नजिकका आसेपासेलाई मात्र
अँगालो हाल्दा कांग्रेस पार्टीलाई जनताले आज आएर थांग्नामा सुताई दिन बाध्य पार्देको छ र
त्यसो हुनुमा अरु कोहि नभएर नेपाली कांग्रेस पार्टी हाक्नेहरुनै जिम्मेवार छन ।
कांग्रेस पार्टीले
भोगेको नराम्रो पराजय पछी सत्तामा बाम गठबन्धनले सरकार बनायो । कांग्रेस पार्टीको अहिलेको हबिगत देखेर खिसिटिउरी
गर्दै अहिलेको सत्तासिन पार्टीका मुखियाहरु काखी बजाउदै 'टुंडिखेलमा भाषण
गर्ने हैसियतको नेपाली कांग्रेस पार्टी आज आएर माईतिघर मण्डलामा सिमित भएको छ' भनेर घिरम्ले नाक
पार्न थालेका छन । सत्तामा पुग्नको
निमित्त अहिलेका बहुमतका
कम्युनिस्ट पार्टीहरु पनि क्रान्ति र संघर्ष गरेर आएका हुन । उम्लियो भने
पोखिन्छ । कांग्रेस पार्टीको जस्तै हबिगत हाम्रो पार्टीको पनि हुन सक्छ भन्ने सोच
भएको भए यस्ता घटिया कुरा पक्कै पनि गर्दैन थिए होलान ।
जसले राम्रो काम गर्छ
भोट त्यसैलाई दिने हो तर राणा
शाही देखि पंचायती शासनको
बर्खास्ती पछि आजको दिन सम्म आईपुग्दा कुनै पनि पार्टीले देस र जनताको लागी भनेर
राम्रो काम गरेर देखाएका छैनन । जुन दिन नेपालका जनताले अहिलेको राजनीतिक
पार्टीहरु लाई राम्रो संग बुझ्छन त्यो दिन जनता झुक्याउने पार्टीहरुको
हबिगत पनि नेपाली कांग्रेस पार्टीको जस्तै हुनेछ । यसमा कुनै दुईमत छैन ।
मिठो र गुलियो भाषणले
जनतालाई केहि दिन भ्रममा पार्न र राख्न सकिन्छ तर संधै त्यसो गर्न सकिन्न ।
अहिलेको ओली सरकारले भाषण ठोक्ने भन्दा अरु कुनै गतिलो काम गरेर देखाएका छैनन ।
यस्तै प्रकारले यो सरकार चल्दै गयो भने आर्को पटकको चुनावमा नेपाली कांग्रेसले
भोगेको हबिगत पक्कै पनि ओली सरकारको हुनेछ यसमा कुनै दुईमत छैन ।
जनताहरु
भनेका आसे हुन । चुनावमा केहि पाईन्छ भन्ने आसले भोट दिएका हुन । जनताको आसा भनेको
बिकास र शुसासन हो तर जनताको आशालाई निरासामा पारियो भने ‘काला गए गोरा आउछन ’ भनेर सोच्न बाध्य हुनु पर्छ ।
“ देस र
जनताको बिकासको लागी माखो नमार्ने तर बिपक्षीलाई होच्याउदैमा दिन बिताउने बाहेक
कुनै काम नगरेको ओली सरकाले देसको भूगोललाई नसुहाउने पानीजहाजको कुरा गरेर जनतालाई
राम्रै संग बेवकुफ बनाई रहेको छ । पानि जाहाज चलाउने तर समुन्द्रनै नभएको देसमा
पानि जाहाज कसरि चल्छ भनेर प्रश्न गरियो भने किन चल्दैन ? हाम्ले
भनेसी चल्छ भन्ने बेतुके जवाफ समेत दिन पछी परेको छैन” ।
छिमेकी भारतमा समुन्द्र
छ । समुन्द्र भएको ईलाका दक्षिणमा पर्छ । उत्तरमा समुन्द्र नभएर नदि छ । नदीमा
पानिजाहाज चलाउन मिल्ने भएको भए कोशी देखि महाकाली सम्म ठुलाठुला पानि जाहाजहरु आई
पुग्थे होलान । त्यसरी आएको भए नेपालले सामान लिन लाई कलकत्ता पुग्नु पर्दैन थियो
। नेपालको ठुला नदिहरु भनेको कोशी, गण्डकी, कर्णाली र महाकाली हुन भनेर बताई रहनु नपर्ला । नेपालबाट
बगेर छिमेकी भारतमा पुग्ने यो नदीको सिमानामा आज सम्म पानि जाहाज आईपुगेको भए
हाम्रो देसको नदीनालाहरुपनि पानिजाहाज चल्छ भनेर बिस्वास पनि गर्न सकिन्थ्यो ।
समुन्द्रको मामिलामा
भूगोलले ठगेको देस नेपालमा कुरा गर्न जति सजिलो छ तर त्यसलाई ब्यबहारमा लागु गर्न
भने अत्तिनै कठिन छ । नेपालको हकमा पानिजाहाज हैन रेल सम्म चलाउने कुरालाई भने
नकार्न सकिदैन किनभने उच्च पहाडी भूभागमा पनि रेल चल्न र चलाउन सकिन्छ भन्ने
उदाहरण उत्तरी छिमेकी चिनले प्रमाणित गरेर देखाई दिएको छ ।
हाम्रो देस गरिब थिएन र
अझै पनि छैन । हामीहरुलाई दरिद्रको कोटिमा उभ्याई दिने अरु कोहि नभएर हाम्रा महान
नेताहरु हुन । देस लाई बिदेसिको पाउमा बन्धकी चढाएर नेता र तिनका केहि थान
आसेपासेले विलासी गाडी र घोडा चढ्दैमा देस शक्तिसाली र सम्पन्न छ भनेर भन्न पनि
सकिदैन ।
जनताको जीवनस्तरलाई माथि
उठाउने हो भने बिपक्षीलाई पनि मनाएर काँधमा काँध मिलाएर अगाडी बढ्न सक्नु पर्दछ ।
अहिले हामि सत्तामा छौ र हामीले जे गरे पनि हुन्छ भन्ने मानसिकता बोकेर अगाडी
बढ्यो भने आर्को पटक नेपाली जनताले ‘तिमि पनि उही ड्यांगको मुला रैछौ त्यसैले अब काँध थाप्न सकिन्न’ भन्दै अहिलेको नेपाली कांग्रेस पार्टीको हविगत बनाई दियो
भने अहिले आफैले यत्तिखेर भनेको ‘बिचरा नेपाली कांग्रेस पार्टी माईतिघर मण्डलामा भाषण गर्ने हैसियतमा पुगेछ’ भन्ने स्थितिमा त्यो समयमा नपुग्ला भनेर भन्न पनि सकिदैन
त्यसैले उखानटुक्का हालेर बिपक्षीलाई गालि गर्नु भन्दा देस बिकासको सत्रु ‘भ्रस्टाचार र भ्रस्टाचारी लाई बढार्न कम्बर कसेर लाग्नु पर्छ’ भन्ने सुझाब र सल्लाह मात्र हो ।
प्रकाशित मिति : २०७५
श्रावण १३ गते ।
Tags
आलेख
Monday, June 18, 2018
हार्दिक श्रद्धान्जली डाक्टर देबकोटा
-जनकमान डंगोल ।
२०४५ सालमा पहिलो
पटक बिर अस्पतालमा डाक्टर देबकोटा संग पहिलो भेट । युनिफर्ममै थिए । मेरी श्रीमतीको मुटुको अप्रेशनको
लागी भनेर २ पोका रगत बिर अस्पतालको ब्लड बैंकमा जम्मा गरेको थिए । अप्रेशन सफल
भयो तर १ थोपा रगत पनि खर्च भएन ।
डाक्टर देबकोटा
बीरको ईमरजेन्सीमा कार्यरत हुनु हुन्थ्यो । काम बिशेषले बीर गएको थिए । दुर्घटनाको
केश त्यो पनि टाउकोको अप्रेशन गर्नु पर्ने । रगत नभएर बिरामीका आफन्त छटपटाई रहेका
रहेछन । दिनको त्यस्तै २ बजे ईमरजेन्सीकै ढोकामा डाक्टर देबकोटा संग जम्काभेट भयो ।
प्रहरी भाई तपाई
संग २ पोका रगत छ । त्यो रगत अब तपाईको बिरामीलाई प्रयोग हुने पनि हैन । धर्मैकै
कुरा हो । दिनुहुन्छ ?
मैले भने किन
नहुनु डाक्टर साप । मैले पनि डोनेसनमै पाएको रगत । हिड्नुस जाउँ म भनि दिन्छु ।
डाक्टर र म संगै गएर मेरो नाउँमा जम्मा भएको रगत डाक्टरको हातमा थमाई दिए । बिरामी
को हो त्यो पनि थाहा भएन ।
३ बर्ष अगाडी
रास्ट्रिय जागरण अभियान गठन भयो । डाक्टर
देबकोटा संयोजक । आनन्दराम पौडेल सर, म र केशबलाल श्रेष्ठ मकवानपुर बाट मनोनित भएर
गयौ । संसारले चिनेको डाक्टरलाई संयोजकको रुपमा पाउँदा मन हर्त्षित भएको थियो ।
जागरण अभियानको
सिलसिलामा एकदिन प्रेम खत्री सरको निवासमा भेटघाटको अबसर जुरेको थियो । साहित्यकार
कृष्ण बस्नेत ज्यु, डा.बिनोद न्यौपाने’भैरे’ सर, आनन्द राम पौडेल लगाएत बरिस्ट
मान्यवरहरु संग बसेर देसको सम सामयिक बिषयमा छलफल भयो । फुर्सदको समयमा मैले ४५
सालको कुरा निकाले । उहाँले बिर्सनु भएको रहेनछ ।
जागरण अभियान
हेटौडामा गठन गरेर हामीहरुले दुवै मृगौला फेल भएका आमा छोराहरुको लागी नगद संकलन
गरे पश्चात उपचारको लागी सिफारिस गरि दिनको लागी डाक्टर देबकोटालाईअनुरोध गर्यौ ।
राजुनितिक विश्लेषक श्री भरत दाहालज्यूले डाक्टर देबकोटालाई अनुरोध गर्नु भएको
रहेछ । मेरो नम्बर मागेर मलाई फोन गर्नु भयो र भन्नु भयो बिरामीलाई तुरुन्तै
अस्पताल पठाई दिनुस । मैले सम्बन्धित ठाउँमा भनि दिएको छु ।
देसी बिदेसी धेरैको
लागी भगवान साबित हुनु भएको डाक्टर देबकोटालाई दैबले यति छिट्टै लैजालान भनेर
कल्पना समेत गरेका थिएनौ । आज धेरैलाई रुवाएर डाक्टर देबकोटाले यो धर्तीबाट बिदा
हुनु भएको खबरले यो पंतिकार तथा जागरण परिवार आहत भएको छ ।
जन्मे पछी मृत्यू
अबस्य छ । कसैले पनि मृत्युलाई जित्न सक्दैन । हार्दिक श्रद्धान्जली बाहेक अरु के
नै भन्न बाँकी रहयो र ।
जागरण अभियान मकवानपुरको
उपाध्यक्ष तथा स्वदेस नेपाल डटकमको एडमिन भएको नाताले श्रद्देय डाक्टर स्व.उपेन्द्र
देबकोटा प्रति हार्दिक श्रद्धान्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक
समवेदना प्रकट गर्दछौ ।
Tags
आलेख
Sunday, May 27, 2018
गरिबको लागि लड़ने लालकंगालहरु एकाएक धनपति कसरी भए ?
पन्चेती शासनमा पाउरोटी चप्पल पड्काउने लालकङ्गालहरु अहिले श्री ३ माहाराज सरहको हैसियतमा कसरि पुगे ?
राणाशाहीले देस र जनताको लागी
केहि गरेन । जनतालाई दास बनाए । बोल्न लेख्न र स्वतन्त्रता पाएन भनेर २००७ साल भन्दा
अगाडी देखिनै देस भित्र र बाहिर बसेर क्रान्ति गरे । जनता नेपालमा उर्लिए तर
राणाशाही संगको सम्झौता भारतको दिल्लीमा बसेर गरे । सिधा र सहि अर्थमा भन्ने हो
भने नेपालमा २००७ सालमा स्थापना भएको पहिलो पटकको प्रजातन्त्र बिदेसि अझ खासगरी
छिमेकी भारतको चाहना र हितमा हो भनेर बुझ्न सकिन्छ । उदाहरणको लागी नदि देखि
खोलानाला र सिमा मिचाई हेरे पुग्छ ।
२००७ सालमा राणा शाही हटाउने भन्दै गरिएको आन्दोलनको जस नेपाली कांग्रेस पार्टीलाई गएको थियो भने त्यो समयमा गरिएको क्रान्तिमा कम्युनिस्टहरु पनि संलग्न थिए तर नगण्यरुपमा । बहुमतको संख्यामा कांग्रेसीहरु भएको हुँदा जस जति कांग्रेसले पायो किनभने त्यो बेला नेपालको जनताले कम्युनिस्टको अर्थ पनि बुझेका थिएनन । नेपालमा कम्युनिस्ट पार्टी पनि छ भनेर धेरै नेपाली जनताहरुलाई थाहा पनि थिएन । २०२८ सालको झापा काण्ड पछी मात्र नेपालमा पनि कम्युनिस्टहरु रैछन भनेर धेरथोर जनताले जान्ने र बुझ्ने मौका पाएका हुन ।
नेपालमा सबै भन्दा दुख्याहा पार्टी नेपाली कांग्रेस हो । हिजो क्रान्तिको नाउँमा राणा शाही देखि पंचायती शासनमा जेलनेल देखि सरकारको चरम दमनमा नेपाली कांग्रेसकै असंख्य पार्टीका नेता देखि कार्यकर्ताहरु परेका थिए । पटक पटक आन्दोलनको नेतृत्व गर्ने मौका पाएको नेपाली कांग्रेसले जब आन्दोलन सफल भएर सत्तामा जाने मौका पाउछ त्यसपछि ‘नानी देखि लागेको बानि’ देखाउन थालेकै भएर होला नेपाली कांग्रेस भनेको सामन्तीको पार्टी हो भनेर कुनै समयमा कम्युनिस्टहरुले आरोप पनि लगाउथे । हैन पनि भन्न सकिन्न किनभने कांग्रेस भनेको कुम्भकर्णका फौजहरुले भरिएको पार्टी हो ।
सामन्ती अर्थात धनीमानी । यो पदवी हिजो पंचायतमा लाग्नेहरुले पनि पाएका थिए भने जन्मिदै जर्नेलको दर्जा पाउने राणाहरुको बिषयमा त झन के टिप्पणी गराई भो । देस र जनतालाई नचुसे सम्म धनि बन्न पाइदैन । धनि नभए सम्म गरिबहरुले हेपेर भन्ने गरिएको सामन्तीको दर्जा पाईदैन ।
२००६ सालमा जन्मेको कम्युनिस्ट पार्टीहरु टुट्दै जुट्दै फुट्दै फेरी एकआपसमा गोलबन्द हुँदै पटक पटक क्रान्तिको नाउँमा गरिब तथा दुखिया जनताहरुलाई ‘गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यको ग्यारेण्टी पक्का’ भन्दै सडकमा उचालेर सत्तामा पुगे । हिजो पंचायती शासनकालमा बिहान बेलुकी दुई छाक हातमुख जोर्न नसक्ने गरिब जनताको घरमा सेल्टर (आश्रय) लिएर तिनै गरिब जनताको दिमाग भुटेर सडकको राजनीतिमा होमे र होमिन लगाए । क्रान्ति देखि आन्दोलन सफल भयो भन्दै पटक पटक सत्ताको स्वाद पनि चाख्न पाए र अहिले पनि चाख्दैछन ।
२०३६ देखि ४६ सालको बिचमा ‘साहुको ऋण तिर्न भनि गाको मेरो छोरो..... मेरो छोरो धनजिते फेरी फर्केन’ भन्दै जनभाकाको करुण रसको गित होस या ‘लौ उठ नारि अब एक जुट भै देउ चण्डी बनिदेउ कति संधै दाशी हुने’ भन्दै बीर रसको गित गाएर जनताको नाउँमा राजनीति गरेर आफुलाई खाँटी कम्युनिस्टको परिचय दिन अहिलेका नेताहरु सफल पनि भएका थिए । पंतिकारले अहिले सम्म पनि बिर्सन नसकेको त्यो बेलाको गीतको यो टुक्रालाई अहिले धेरै नेताहरुले बिर्सी सकेका छन र यदि बिर्सेका छैनन भने सम्झिन पनि चाहदैनन ।
कुरो शोषक र सामन्तीको उठ्न सक्छ । हिजो २०४५ सालमा आफैले सामन्तीको दर्जा दिएको कांग्रेस संग घांटी नजोडेको भए अहिलेका कम्युनिस्ट पार्टीका नेताहरु अहिले सम्म पनि गरिग गुरुवाहरुको रासन पानीमा बाँचेर सेल्टरकै राजनीति गर्दै हिड्थे होलान ।
कांग्रेस पार्टीको संस्थापक नेता स्व.बि.पी २०४६ साल सम्म बाँचेको भए कम्युनिस्टहरू संग पक्कै पनि लगन गाँठो कस्दैन थिए किनभने स्व.बि कोईराला आफु बाँचुन्जेल कहिले पनि कम्युनिस्ट पार्टीको संगत गरेनन । आफ्नाहरुलाई पनि गर्न दिएनन । जानेर र बुझेरनै स्व.बि.पी त्यस्तो गरेका थिए तर आफ्ना जन्मदाताले किन त्यस्तो गरे भन्ने कुरोको चुरो पत्ता नलगाई छयालीस सालमा जोडेको घांटीले गर्दा अहिले कांग्रेसीहरु पछुतो मान्दैछन ।
पंचायत ढालेर प्राजातान्त्र स्थापना गर्ने भन्दै प्रजातन्त्रको लडाई लडेर आएको पार्टी एमाले र उत्तरी छिमेकी देस चिनका स्वर्गीय नेता कमरेड माओको नाम बेचेर 'गणतन्त्र हामीले स्थापना गरेको हौ' भन्ने माओबादी पार्टी अहिले आएर एकीकरण भए । एमाले होस या माओबादी यी दुवै कम्युनिस्ट पार्टी हुन तर हिजो जनयुद्धको नाउँमा एमाले पार्टीका थुप्रै नेता तथा कार्यकर्ताहरुलाई माओबादीहरुले दुस्मनको पगरी भिरायर सफाया देखि अंगभंग हुँदै आफ्नै थातथलो छोडन बाध्य बनाएको घटनालाई बिर्सदै दुवै मिलेर बनेको पार्टीको नाम पनि 'नेपाल कम्युनिस्ट पार्टी' भनेर राखेका पनि छन । यस्तो गर्दा आफ्ना कार्यकर्ताहरु खुसि भए कि दुखि त्यसको बयान के गराई भो ।
देसमा यतिखेर रास्ट्रपति देखि प्रधानमन्त्री, सभामुख देखि रास्ट्रिय सभा, प्रदेसहरु सम्म एमाले-माओबादीको बिचमा लगन गाँठो कस्सिएर बनेको कम्युनिस्ट पार्टीको सरकार छ । यी दुईको घांटी जोडाइले गर्दा देसमा प्रजातन्त्रको जग बसाल्ने P]तिहासिक कांग्रेस पार्टी बिपक्षमा पुग्न बाध्य भएको छ । सरकार गठनको १०० दिन पछी जनताको अगाडी प्रधानमन्त्री देखि मन्त्रीहरुले पेस गरेको सम्पति विवरण हेर्दा यतिखेर सत्ताका स्वाद चाख्दै बसेका कम्युनिस्ट पार्टीका मन्त्रिहरुले कांग्रेस देखी पुराना पन्चहरुको पार्टीहरु लाई उतिबेला आबेगमा आएर हामीहरुले 'सामन्तीको पार्टी' भनेर हामीले आरोप लगाउनु हुन्थेन भनि सोच्दै बसेका होलान ।
हिजो सरकारको बिरुद्ध लडाई लड्नु भन्दा अगाडी जन समर्थन जुटाउने उद्धेश्यले जनताको घर दैलोमा जाँदा कम्युनिस्टहरु भनेका जोगी हुन भोगी हैनन । कम्युनिस्ट पार्टीमा लाग्नेहरुको कुनै जात धर्म हुदैन । कम्युनिस्ट पार्टीमा लाग्नेहरुको धन सम्पति सबै पार्टीको हुन्छ भनेका थिए ।
हिजो त्यस्तो भन्ने लालनेताहरुले अहिले मन्त्रि पदमा पुगेपछि पेश गरेको सम्पति विवरण हेर्दा तोलाका तोला सुन, चाँदी, हिरा जवाहरात देखि करोडौको बैंक ब्यालेन्स तथा सेयरहरु देखिन आएको छ । जनबादीको नाउँमा आफ्नो कुल धर्म र संस्कृति देखि परम्परा मिचेर बिहा गर्दा आफ्ना जन्ती कमरेडहरुलाई एक एक कप तातो चिया त्यो पनि कालो फिक्का समेत खुवाउने हैसियतमा थिएनन तर अहिले आएर विलासी गाडी चढ्ने हैसियतमा कसरि पुगे ? श्रीमतीको नाउँमा आएको दाईजो भन्नेहरुले हिजो जनताको घरमा सेल्टर लिएर आफ्नै सहकर्मी संग जनबादी बिहा गरेको एक दुई दसक नबित्दै कसरि धनबादी बन्न पुगे । आफ्नो कमाई भनेको सबै पार्टीको हुन्छ भन्नेहरुले सम्पति विवरण खुलाउँदा ति सबै सम्पतिहरु पार्टीको नाउँमा देखाउनु पर्ने हो कि होईन ?
२०४६ साल पछी सबै पार्टीका नेता देखि तिनका तल्लो तहका कार्यकर्ताहरु सम्म मालामाल बनेका छन । माईक्रो फाईनान्स सहकारी देखि बैंक, निजि स्कुल देखि कलेज सम्म खोल्ने हैसियत बनाई सकेका तिनीहरुले हिजो पन्चेती शासनकालमा निजि शिक्षा प्रणालीको बिरोध पनि गरेकै थिए । छिमेकी भारतको बिषयमा भीत्ता भित्तामा लेखिएका उग्र नारा देखि पर्चा पम्पलेटमा लेखिएको बिरोध पनि देख्न र पढ्न पाईएको थियो तर क्रान्ति नेपालमा सन्धि र सम्झौता भारतमा बसेर गर्न समेत कम्युनिस्ट पार्टीका नेताहरु लाज मान्दैनन भने नेपालको कम्युनिस्ट पार्टीले अब पनि कांग्रेस देखि पुरा पूर्व पन्चहरुको पार्टीलाई शोषक र सामन्तीको पार्टी भनेर भन्न सक्ने ह्याउ राख्लान ? नेपालको कम्युनिस्ट पार्टीका नेताहरुले देस र जनताको लागी क्रान्ति गरेका रैछन कि आफ्नो लागि भनेर सोध्ने बेला भयो कि भएन ?
(प्रदेस रास्ट्रीय दैनिक हेटौडा मकवानपुरको मिति २०७५/०२/१३ गेट आईतवारको अंकमा प्रकाशित)
Tuesday, May 01, 2018
हिजो आर्कालाई शोषक र सामन्ती भन्नेहरु आज आफै शोषक र सामन्ती बनेका छन
पंक्तिकार पूर्व
रास्ट्र सेवक । तत्कालिन श्री ५ को सरकारको पालामा सूरक्षा सेवामा भर्ना भएर
चानचुन २० बर्ष देश नरेस र जनताको सेवा गर्न अबसर पाएको हुँदा पंचायत देखि प्रजातन्त्र
हुँदै गणतन्त्र सम्मको शासन ब्यबस्थालाई देख्न र भोग्न समेत पाएको छ ।
सूरक्षा सेवामा अवकाश
भए पछी निजि सुरक्षा कम्पनिमा काम गर्न कुनै कठिनाई हुन्न । देस देखि बिदेसमा
सुरक्षा सेवामा सजिलै संग रोजगार प्राप्त गर्न सकिन्छ । बिदेस मलेसियाको १० बर्षे
सेवा पछी पुन: स्वदेशमा आएर निजि सुरक्षा सेवा प्रदान गर्ने कम्पनिको सेवा दिन
थालेको पनि झन्डै १७ महिना पुग्न लागि सकेको छ ।
पंक्तिकारले लामो
समय सम्म कार्यालय संचालन अर्थात फाँटवालाको जिम्मेवारी सम्हालेको हुँदा पुन निजि
सुरक्षा सेवा प्रदायक कम्पनीमा पनि होही हैसियतमा काम गर्ने अवसर पाएको छ । कामको
सिलसिलामा देखिएको देखाई, भोगाई र समस्यालाई बर्णन गर्ने मनसायले यो आलेख लेखिएको
हो ।
निजि सुरक्षा
कम्पनिको काम भनेको सरकारी जस्तो हुन्न । रोजगार दिने कम्पनि, ब्यक्ति वा संस्थाले
नचाहेको खण्डमा जुनसुकै बेला पनि सेवाबाट हट्नु पर्ने हुन्छ । त्यो भनेको डिउटीको
समयमा मादक पदार्थ सेवन गर्नु, चोरि वा कम्पनीको अहितमा पुग्ने काम, डिउटीको समयमा
लापरबाही गर्नु हो ।
केहि महिना अगाडी
एकजना सुरक्षाकर्मीले आफ्नो पदीय दायित्व बहन नगरेको हुँदा निजलाई कम्पनीको
नियमानुसार डिउटी होल्ड गर्नु पर्ने बाध्यता आयो । मलाई के कति कारणले डिउटी होल्ड
गरियो भनेर रोजगार दिने कम्पनीमा आएर सोधखोज गर्नु पर्नेमा त्यसो नगरी मजदुर
संगठनमा गएर कम्पनि बिरुद्ध उजुरी दिने काम सम्म भयो । मजदुर युनियनका नेताहरु आए ।
धाक धम्की देखि अप्सब्द प्रयोग भयो । पंक्तिकारलाई कोठा भित्र थुनेर बन्दि बनाउने
सम्मको कुरा उठे । गल्ति गरेको हो हैन भन्ने तर्फ सोधखोज हुनुपर्थ्यो तर त्यसो
नगरी धम्कीको भाषा मात्र प्रयोग भयो । कम्युनिस्ट राजनीतिको स्कुलिंग छुद्र हुने
रैछ भन्ने अनुभव गरियो ।
नेपालको सबै
राजनीतिक पार्टी देखि तिनका भात्री संगठनहरुको
आम्दानीको श्रोत भनेको चन्दा संकलन हो । चन्दा पनि भने जत्तिको दिनु पर्दछ ।
नदिएको खण्डमा जे पनि गर्न पछी पर्दैनौ भन्ने धम्कि दिन बेर मान्दैनन ।
मजदुर दिबस । मजदुर
दिबसको समयमा बिदेसमा पनि कम्पनि मालिकहरु संग चन्दा माग्छन वा माग्दैनन त्यो थाहा
भएन तर हाम्रो देसको हकमा भने २/३ हप्ता अगाडी देखिनै अत्यत्न सिष्ट भाषामा लेखिएको
‘सहयोगको लागि अनुरोध’ भन्ने चिठि आइपुग्छ । चिठि दिनु भन्दा अगाडी हामीहरुले त्यो
कम्पनि माथि दुर्ब्यबहार गर्नु हुन्नथ्यो भन्ने हेक्का राखेको भए चन्दाको चिठि
बुझाउन जाने आँट पक्कै पनि गर्दैन थिए ।
युनियन तथा संघ
संगठन भनेको नेपालको पार्टीका नेताहरुले आफ्ना कार्यकर्ताहरुको भरण पोषण गर्नको
लागी खोलिएको संस्था हो र त्यो भन्दा अरु केहि पनि हैन । राजनीतिक पार्टीको आडमा
ब्यापारी, कम्पनि देखि उधोगपतिलाई अनेक हथकण्डा अपनाएर चन्दा दिन बाध्य पारिन्छन ।
ब्यापारी भनेको नाफामा रमाउने ब्यक्ति वा समुह । ब्यापारीहरु १०० खर्च गरेर हजार
कमाउने गर्छन । हामीले व्यापारीहरु देखि उधोगपतिहरु संग चन्दा माग्यौ भने त्यसको
भार आफै देखि जनता सम्म पर्छ भन्ने हेक्का किन राख्दैनन ?
देसको बिकास र
जनताको लागी भनेर क्रान्ति गरेका हौ भनेर अहिले पनि नेताहरु भन्न लाज मान्दैनन ।
हिजो राणा देखि पंचायती शासकहरुलाई ‘शोषक र सामन्ती’ भन्थे । त्यस्तो भन्नेहरु आज
आफै उधोगपति देखि अर्बौका सम्पतिको मालिक बनि सकेका छन । त्यसरी मालिक बन्नेहरु के कसरि मालीकको दर्जामा
पुग्न सफल भए ? देस र जनताको श्रम र सम्पतिको शोषण नगरेको भए के मालिकको दर्जामा
पुग्न सम्भव हुन्थ्यो ?
यी सबै घटनाहरु
तिनीहरुको रिकुटे देखि बरिस्ट सम्मका कार्यकर्ताहरुले राम्रै संग देखेका छन तर
बिरोध गर्ने आँट र हिम्मत भने गर्दैनन । बिरोध गर्नुको सट्टा नेताहरुको ईसारामा
मदारीको बाँदर बनेका छन । हिजो अरुलाई जे भाषा प्रयोग गरेका थिए आज त्यहि भाषाको
हकदार बन्न पुगेका छन भने यिनीहरुले पटक पटक गरेको क्रान्ति भनेको चितवनको धुर्बे
हात्तीको दांत जस्तै हो ।
Tags
आलेख
Saturday, March 31, 2018
राजनीति आस्थाको आधारमा भेदभाव किन ?
जनकमानको खाँट्टी
भोगाई
जनकमानको खाँट्टी भोगाई
तस्बिरमा देखाईएको घर हेटौडा उप-महानगर पालिका वार्ड नम्बर
८ कमानेको मदन तथा लाली गुराँस मार्गको चार दोबाटोमा पर्छ । पश्चिम तिर चार
दोबाटोलाई चौराहा पनि भनिन्छ ।
..
चुनाव भयो । स्थानीय सरकार पनि गठन भयो । चुनावमा दक्खिन
तर्फको घरमा कांग्रेसको चारतारे झण्डा पनि देखेका थिए भने तस्बिर भएको घरमा
माओबादी केन्द्र नामको पार्टीको झण्डा निकालेर फालेकोले होला झण्डा फालेको
भोलिपल्ट नजिकै बम समेत राखेर तर्साएका पनि थिए ।
..
एमाले बिरोधि भन्ने ठानेछन । आफ्नो समर्थकको घर अगाडिको
पोलमा CFL बत्ति
जडान गरे तर मदन मार्ग तथा लाली गुराँस मार्गको यो चौराहामा CFL बत्ति किन जडान भएन ? राजनीतिक आस्थाको आधारमा भेदभाव गर्न पाईन्छ ?
..
लोकतन्त्रमा बिरोध गर्न पाईदैन भने नेपालमा पंचायती
ब्यबस्था ठिक र फेरी पनि पंचायती शासन लागु हुनु पर्दछ भनेर किन नभन्ने ?
Tags
Foto
Subscribe to:
Posts (Atom)