मुरलीधर
नेपाली र भारतीय फिल्म एवं सांगीतिक क्षेत्रमा चर्चित नाम हो । सिराहाका
स्थायी बासिन्दा उनी साढे तीन दशकअघि तालिमको सिलसिलामा मुम्बई गएका थिए,
अहिलेसम्म उतै छन् । मुरलीधरले ‘उडायो सपना सबै हुरीले’, ’त्यो नजरको बयान म
गरूँ कसरी’लगायत सयौँ गीत लेखेका छन्, गाएका छन्, संगीत भरेका छन् । उनले
फिल्ममा अभिनय र निर्देशन पनि गरेका छन् । पछिल्लोपटक म्युजिक नेपालले
ल्याएको उनको ‘आँखाको भाका’ एल्बम चर्चामा छ । गीत रेकर्डिङ तथा पारिवारिक
कामका सिलसिलामा केही साताअघि काठमाडौं आएका मुरलीधरले नयाँ पत्रिकाकर्मी पर्शुराम काफ्ले र जनार्दन बरालसँग मनका बह यसरी पोखे :
मुम्बईमा बसेर नेपालको गीत संगीतको सम्झना
गर्दा मेरो मन आनन्दित हुन्छ र प्रायः म भावुक हुन्छु । हामी दैनिक नेपाली
कार्यक्रम हेर्छौं । हाम्रो निवासमा नेपाली गीत बज्छ । मुम्बईमा बसेर पनि म
नेपाली गीत–संगीतमा सामेल छु । त्यसहिसाबले म आनन्द उठाइरहेको छु । मादल,
मुरली, पञ्चेबाजा, सारंगी सुन्दा मेरो मुटु छुन्छ । ती बाजा सुनेपछि मलाई
नेपालमै बसेको आभास हुन्छ । अनि, मलाई कहिले फर्केर नेपाल आउँजस्तो हुटहुटी
लाग्छ । तर, मेरा केही बाध्यता छन् । ती बाध्यता र कर्तव्य सम्पन्न गरेर
स्वदेश फर्किनेछु । बढीमा म दुई वर्षमा नेपाल फर्किन्छु ।
नेपाल टेलिभिजनको उद्घाटनताका मैले गाएको गीत सम्झेर पनि स्वदेश फर्किने अठोट गरेको छु ।
पहाडको पल्लो डाँडामा छ सानो गाउँ
घर छ मेरो खरले छाएको
पीपलको बोट सानो, ठूलो भयो होला
नदेखेको धेरै भयो, कस्तो भयो होला
सम्झी सम्झी मनै रुन्छ म हुर्केको ठाउँ
घर छ मेरो खरले छाएको
मेरा संगीसाथी के गर्दैै होलान्, कति लाहुर पसे, कति हलो जोत्दै होलान् । म स्मरण गरिरहेको छु । म मेरो देश, गाउँ र साथीभाइ सम्झिरहेको छु । त्यहाँ बसेर मेरो मुटु कटकट खाइरहेको छ ।

मैले काठमाडौंलाई धेरै सम्झिरहेको छु । म
तालिमका लागि मात्रै गएको थिएँ, नेपाल फर्किने नै मुड बनाएको थिएँ ।
त्यहीवेला मुम्बईमा ठूलो काम हात लाग्यो, त्यसमै फसेँ । यस्तै क्रममा विवाह
भयो । छोराहरू जन्मिए, परिबन्धमा परियो । सन् २०१० मा स्वदेश फर्किने सोच
बनाइसकेको थिएँ । डेँगु भएर लामो समय अस्पतालमा बसेँ । राम्रोसँग निको
नहुँदै फिल्म बनाउने प्रस्ताव आयो । त्यहीँ अल्झिएँ ।
म मुम्बई जानुअघि कामना पत्रिकालाई
अन्तर्वार्ता दिने क्रममा भनेको थिएँ, ‘नेपाल फर्केर सांगीतिक एकेडेमी
खोल्छु’ यो मेरो सपना हो । फर्केर यो सपना पूरा गर्नेछु । म नयाँ पुस्तालाई
संगीत सिकाउन चाहन्छु ।
०००
‘निष्ठुरीलाई माया गरी आफैँलाई जोगी बनाएँ’ गीत रेडियो नेपालमा रेकर्डिङ भएको थियो । तर, राजेश पायल राईले यो गीत आफ्नै बनाए । उनले प्रसिद्धि पाए, दाम पाए । यो मेरो गीत हो, तर, उनी कहीँ पनि मेरो नाम लिँदैनन् । उनले मबाट लिखित स्वीकृति लिएका पनि छैनन् । त्यो गीत गाएर उनले पेट पालेका छन् भने ठीकै छ भन्ने लागेको छ । मैले कानुनी कारबाहीका लागि कहीँ जान रुचि राखिनँ । रेडियो नेपालमा दर्ता छ । हेर्दा थाहा भइहाल्छ ।

मैले थुप्रै नेपाली गीत गाएँ । ‘उडायो
सपना सबै हुरीले’ गीत अहिले पनि बजिरहन्छ । यो गीत सुनेर धेरै घायल भए । यो
गीत मेरो आफ्नै कथा थियो । आफ्नै कथा मैले गीतमा लिपिबद्ध गरेँ । धेरैले
आफ्नो जीवनसँग गीतलाई नजिक ठाने । श्रोताले आफ्नै मुटुको व्यथा सम्झे, मलाई
स्टार बनाइदिए । नारायणकुमार आचार्यको गीत गाएँ, ‘त्यो नजरको बयान म गरूँ
कसरी’ अहिले अपेक्षित रूपमा मेरा गीत रेडियोमा बज्दैनन् । म टाढा भएर पो हो
कि !
०००
मैले मुम्बईमा धेरै संघर्ष गरेँ । मुम्बईमा सबैलाई सफलता प्राप्त हुँदैन । मैले हिन्दी गीत गाएँ, ठूला फिल्म बनाएँ, काम गरेँ । जसोतसो त्यो महासागरमा हेलिएँ । काम माग्न धेरै दौडधुप गर्ने बानी मेरो छैन । मेरो मार्केटिङ पनि छैन । अहिले हाम्रो काम पनि सेल्समेनसिप भएको छ, तर, म सेल्सम्यान हुन सकेको छैन ।

त्यहाँको सुन्दर पक्ष भनेको बलिउडमा
नेपाली र भारतीय राष्ट्रियताको सीमारेखा छैन । जातीय, प्रान्तीय वा
अन्तर्राष्ट्रिय भेदभाव छैन । तपाईं अब्बल हुनुहुन्छ भने स्थान पाउनुहुन्छ ।
यही कारण नेपालीहरू मिहिनेतले स्थापित छन् । प्राविधिक लाइनमा पनि नेपाली
धेरै छन् । उनीहरू मज्जैले जमेका छन् ।
०००
फिल्म निर्माण र संगीतको परिप्रेक्ष्य नै बदलिएको छ । पुराना गायक–गायिकाले पनि गीत पाएका छैनन् । उनीहरूको शैलीको गीत नै पाएका छैनन् । अहिलेका गायक स्थापित छैनन् । कुमार सानु, अभिजित, साधना सरगम, उदित नारायणको नाम छ । तर, अहिले धेरै युवायुवतीहरू गाइरहेका छन्, तर तीन महिनापछि उनीहरू हराइरहेका छन् । नेपालको पनि हालत यस्तै छ ।

विगतमा नेपालमा गीत रेकर्डिङ गर्न
प्राविधिक रूपमै समस्या थियो । मुम्बई जानुपथ्र्यो । त्यही भएर भारतीय
गायकले नेपाली गीत गाउँथे । नेपालमा प्रविधिको स्तरोन्नति भएको छ ।
त्यसकारण सांगीतिक आदान–प्रदान रोकिएको छ । गर्वसाथ भन्नुपर्छ, अहिले
हाम्रो प्राविधिको स्तर बढ्दै छ । हामी भारतीयभन्दा माथि छौँ ।
तर, हाम्रो फिल्ममा समस्या छ । हाम्रोमा
कथा हुँदैन । हाम्रो संस्कृति खोइ ? सिनेमा, साहित्य वा संस्कृति प्रेम,
युद्ध, अपराध र शंकामा अडेको छ । साहित्य, समाज, सिनेमा यसैमा टिकेको छ ।
सिनेमा समाजको ऐना हो । यी चार विषयविना साहित्य पूर्ण हुँदैन । हाम्रा
सिनेमामा मौलिक कथा खोइ त ? हामी नक्कल धेरै गरिरहेका छौँ । हाम्रो
चोकचोकमा कथा छ । त्यसमा शोध गरेर कमर्सियल सिनेमा बनाउने कसले ?
दक्षिण भारतीय सिनेमाका फाइटको नक्कल छ ।
खुकुरी बन्दुक लाठी हराएको कथा छ । हाम्रो अथेन्टिक सिनेमा खोइ त ? चिनियाँ
सिनेमा हेर्नुस्, कति आधिकारिक छ ? तर, प्राविधिक रूपमा उनीहरू हामीजति
बलिया छैनन् । हाम्रो आधिकारिकता खोइ ? फाटेको पाइन्टमा नाच्ने हाम्रो
पहिचान हो ? हामी अर्काको नक्कल गरिरहेका छौँ, अनि कसरी माथि पुग्छौँ ?
सबैले भन्छन्, नेपाली सिनेमा भारतीय सिनेमाको फोटोकपी हो । हामी यसमा
परिवर्तित हुनैपर्छ ।
अर्कातिर लोकसंगीत लोप हुने खतरा देख्दै
छु । सिनेमाका गीतमा मादल छैनन् । मैले सबैलाई भनेको होइन । सिनेमा
निर्माताले ध्यान दिनुप-यो । प्राविधिक रूपमा हामी अगाडि छौँ, कथामा भने
पछि छौँ । बलिउडबाट सिक्नुपर्दैन, नेपालले । यो सिर्जना हो । तपाईंले
सिक्नु भनेको नक्कल गर्ने हो । प्राविधिक र सांगीतिक रूपले हामी माथि छौँ,
यहाँ राम्रा कलाकार छन् । हाम्रो संस्कृति, पहिचान झल्किने कथा तयार गरौँ ।
यसको बजार राम्रो छ । अनि मात्रै विश्वबजारमा हामी स्थापित हुन सक्छौँ ।
म मुम्बईमा हराइनँ । नेपालमा पनि मेरो
सम्मान थियो । अभिनेता भुवन केसी मेरा समकालीन हुन् । राजेश हमाल जुनियर
हुन्, उनीसँग पनि फिल्म गरेको छु । कुरुक्षेत्र र भैरव फिल्ममा निखिल
उप्रेतीसँग खेलेको छु । शम्भुजित बास्कोटाले संगीतमा राम्रो गरेका छन् ।
भूपेन्द्र रायमाझी साह्रै मिहिनेती छन् । गायक भक्तराज आचार्यलाई म श्रद्धा
गर्छु । विजयसिंह मुनाल, वासुदेव मुनाल स्वर्गीय हुनुभयो, उहाँहरूको माया
मैले पाएको छु । शम्भु प्रधान, टीका पहाडी सम्झिरहेको छु । राजेन्द्र खड्गी
त मेरो गज्जब मिल्ने साथी हो । मुम्बईमा गएर पनि मैले भगवान् पशुपतिनाथको
कृपा पाएँ । त्यहाँ मेरा धेरै साथी हराइरहेका छन् । म स्थापित भएको छु ।
त्यहाँ बसुन्जेल इज्जत पाइरहेको छु । तर, त्यो ठाउँ छोडेर म आउँछु ।
मातृभूमिप्रति मेरो कर्तव्य पूरा गर्नु छ ।
०००
श्री श्री रविशंकरले केही वर्षअघि ढाकाटोपी लगाएर टोपी दिवस मनाउन आह्वान गर्नुभयो । यो नराम्रो थिएन, केवल एउटा चिजको अभाव थियो । मैले धोती, गम्छा, मन्डी र ढाकाटोपी लगाएर फोटो खिचेँ र आह्वान गरेँ ‘टोपी र धोती दिवस’ मनाउनुपर्छ । नेपालको पहिचान टोपी मात्र होइन, धोती पनि हो । दुवैलाई सम्मान गरौँ । धोती पहाडको पनि पहिचान हो । मैले गरेको पोस्टको धेरै चर्चा भयो ।

म पहाड र मधेस नाममा कुनै पनि खालको
विभाजनको पक्षमा छैन । पहाडी र मधेसी दुवै नेपाल आमाका सन्तान हुन् । कसैले
पनि आमाको कोखलाई आघात गर्नुहुँदैन । नेपालको अखण्डतामा कसैले प्रश्न
उठाउन पाउँदैन । नेपाल आमाका सन्तान एक भएर बस्नुपर्छ, सुख–दुःख
बाँड्नुपर्छ । नेपाली भएकोमा हामीले गर्व गर्नुपर्छ ।
०००
म्युजिक नेपालमार्फत आँखाको भाका एल्बम ल्याएको छु । नेपालमै रेकर्ड गरेको हुँ । राम्रो सद्भाव प्राप्त भइरहेको छ । गजल शैलीको छ । एल्बममा लोकेन्द्रबहादुर चन्द, यादव खरेल, मेरो आफ्नै र ब्रजेश खनालको गीत छ ।

म साधनामा छु । सिकिरहेको छु । नयाँ
पुस्तालाई म गीताको यो वाक्य पढ्न सल्लाह दिन्छु :‘कर्मण्येवाधिकारस्ते
माफलेषु कदाचन’ अर्थात् निरन्तर कर्म गर, फलप्राप्तिमा तिम्रो अधिकार छैन ।
कर्म गरौँ । कामप्रति इमानदार रहौँ । पाएको काम इमानदारीपूर्वक गरौँ, सफल
भइन्छ । अभिनय गर्ने, संगीत र गायन गर्नेहरूलाई मेरो सल्लाह छ : संगीतमा
शब्द होस्, जीवन होस् । होहल्ला नहोस् । काठमाडौं आएर मैले लिएको अनुभव र
जानेको ज्ञान नयाँ पुस्तालाई पक्कै बाँड्नेछु ।
नयाँ पत्रिकाबाट साभार