Monday, July 30, 2018

धेरै उम्लियो भने पोखिन्छ त कम्रेड

खांट्टी कुरा     July 30, 2018    


-जनकमान डंगोल 
धेरै उम्ल्यो भने पोखिन्छ भने उखान प्राय सबै जसो नेपालीहरुको जनजिब्रोमा झुण्डिएको छ । यो उखानलाई पटक पटक सत्ताको स्वाद चाखेको नेपालको बुढो पार्टी कांग्रेसले भने राम्रैसंग चरितार्थ पारेर देखाई पनि दिएको छ ।
राणा शाही देखि निरङ्कुश पन्चेत बिरुद्द देस र जनताको लागी क्रान्ति गरेका हौ भने । सोझो र सिधा जनताले पत्याए  अनि हो भन्दै सहि थापेर समर्थन र सहयोग नगरेको भए कांग्रेसीहरुले पटक पटक सत्ता र भत्ताको स्वाद चाख्न पाउदैन थिए । सत्तामा पुगेपछि हिजो आफुले गरेको बाचा र कसम बिर्सदै सोझा र सिधा जनतालाई भन्दा आफ्ना र नजिकका आसेपासेलाई मात्र अँगालो हाल्दा कांग्रेस पार्टीलाई जनताले आज आएर थांग्नामा सुताई दिन बाध्य पार्देको छ र त्यसो हुनुमा अरु कोहि नभएर नेपाली कांग्रेस पार्टी हाक्नेहरुनै जिम्मेवार छन ।

कांग्रेस पार्टीले भोगेको नराम्रो पराजय पछी सत्तामा बाम गठबन्धनले सरकार बनायो । कांग्रेस पार्टीको अहिलेको हबिगत देखेर खिसिटिउरी गर्दै अहिलेको सत्तासिन पार्टीका मुखियाहरु काखी बजाउदै 'टुंडिखेलमा भाषण गर्ने हैसियतको नेपाली कांग्रेस पार्टी आज आएर माईतिघर मण्डलामा सिमित भएको छ' भनेर घिरम्ले नाक पार्न थालेका छन । सत्तामा पुग्नको निमित्त अहिलेका बहुमतका कम्युनिस्ट पार्टीहरु पनि क्रान्ति र संघर्ष गरेर आएका हुन । उम्लियो भने पोखिन्छ । कांग्रेस पार्टीको जस्तै हबिगत हाम्रो पार्टीको पनि हुन सक्छ भन्ने सोच भएको भए यस्ता घटिया कुरा पक्कै पनि गर्दैन थिए होलान ।
जसले राम्रो काम गर्छ भोट त्यसैलाई दिने हो तर राणा शाही देखि पंचायती शासनको बर्खास्ती पछि आजको दिन सम्म आईपुग्दा कुनै पनि पार्टीले देस र जनताको लागी भनेर राम्रो काम गरेर देखाएका छैनन । जुन दिन नेपालका जनताले अहिलेको राजनीतिक पार्टीहरु लाई राम्रो संग बुझ्छन त्यो दिन जनता झुक्याउने  पार्टीहरुको हबिगत पनि नेपाली कांग्रेस पार्टीको जस्तै हुनेछ । यसमा कुनै दुईमत छैन ।
मिठो र गुलियो भाषणले जनतालाई केहि दिन भ्रममा पार्न र राख्न सकिन्छ तर संधै त्यसो गर्न सकिन्न । अहिलेको ओली सरकारले भाषण ठोक्ने भन्दा अरु कुनै गतिलो काम गरेर देखाएका छैनन । यस्तै प्रकारले यो सरकार चल्दै गयो भने आर्को पटकको चुनावमा नेपाली कांग्रेसले भोगेको हबिगत पक्कै पनि ओली सरकारको हुनेछ यसमा कुनै दुईमत छैन ।
 जनताहरु भनेका आसे हुन । चुनावमा केहि पाईन्छ भन्ने आसले भोट दिएका हुन । जनताको आसा भनेको बिकास र शुसासन हो तर जनताको आशालाई निरासामा पारियो भने काला गए गोरा आउछन भनेर सोच्न बाध्य हुनु पर्छ ।

देस र जनताको बिकासको लागी माखो नमार्ने तर बिपक्षीलाई होच्याउदैमा दिन बिताउने बाहेक कुनै काम नगरेको ओली सरकाले देसको भूगोललाई नसुहाउने पानीजहाजको कुरा गरेर जनतालाई राम्रै संग बेवकुफ बनाई रहेको छ । पानि जाहाज चलाउने तर समुन्द्रनै नभएको देसमा पानि जाहाज कसरि चल्छ भनेर प्रश्न गरियो भने किन चल्दैन ? हाम्ले भनेसी चल्छ भन्ने बेतुके जवाफ समेत दिन पछी परेको छैन” ।

छिमेकी भारतमा समुन्द्र छ । समुन्द्र भएको ईलाका दक्षिणमा पर्छ । उत्तरमा समुन्द्र नभएर नदि छ । नदीमा पानिजाहाज चलाउन मिल्ने भएको भए कोशी देखि महाकाली सम्म ठुलाठुला पानि जाहाजहरु आई पुग्थे होलान । त्यसरी आएको भए नेपालले सामान लिन लाई कलकत्ता पुग्नु पर्दैन थियो । नेपालको ठुला नदिहरु भनेको कोशी, गण्डकी, कर्णाली र महाकाली हुन भनेर बताई रहनु नपर्ला । नेपालबाट बगेर छिमेकी भारतमा पुग्ने यो नदीको सिमानामा आज सम्म पानि जाहाज आईपुगेको भए हाम्रो देसको नदीनालाहरुपनि पानिजाहाज चल्छ भनेर बिस्वास पनि गर्न सकिन्थ्यो 
समुन्द्रको मामिलामा भूगोलले ठगेको देस नेपालमा कुरा गर्न जति सजिलो छ तर त्यसलाई ब्यबहारमा लागु गर्न भने अत्तिनै कठिन छ । नेपालको हकमा पानिजाहाज हैन रेल सम्म चलाउने कुरालाई भने नकार्न सकिदैन किनभने उच्च पहाडी भूभागमा पनि रेल चल्न र चलाउन सकिन्छ भन्ने उदाहरण उत्तरी छिमेकी चिनले प्रमाणित गरेर देखाई दिएको छ ।
हाम्रो देस गरिब थिएन र अझै पनि छैन । हामीहरुलाई दरिद्रको कोटिमा उभ्याई दिने अरु कोहि नभएर हाम्रा महान नेताहरु हुन । देस लाई बिदेसिको पाउमा बन्धकी चढाएर नेता र तिनका केहि थान आसेपासेले विलासी गाडी र घोडा चढ्दैमा देस शक्तिसाली र सम्पन्न छ भनेर भन्न पनि सकिदैन ।
जनताको जीवनस्तरलाई माथि उठाउने हो भने बिपक्षीलाई पनि मनाएर काँधमा काँध मिलाएर अगाडी बढ्न सक्नु पर्दछ । अहिले हामि सत्तामा छौ र हामीले जे गरे पनि हुन्छ भन्ने मानसिकता बोकेर अगाडी बढ्यो भने आर्को पटक नेपाली जनताले तिमि पनि उही ड्यांगको मुला रैछौ त्यसैले  अब काँध थाप्न सकिन्नभन्दै अहिलेको नेपाली कांग्रेस पार्टीको हविगत बनाई दियो भने अहिले आफैले यत्तिखेर भनेको बिचरा नेपाली कांग्रेस पार्टी माईतिघर मण्डलामा भाषण गर्ने हैसियतमा पुगेछभन्ने स्थितिमा त्यो समयमा नपुग्ला भनेर भन्न पनि सकिदैन त्यसैले उखानटुक्का हालेर बिपक्षीलाई गालि गर्नु भन्दा देस बिकासको सत्रु भ्रस्टाचार र भ्रस्टाचारी लाई बढार्न कम्बर कसेर लाग्नु पर्छभन्ने सुझाब र सल्लाह मात्र हो ।
प्रकाशित मिति : २०७५ श्रावण १३ गते ।


Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .