कुनै समयका खाँटी एमाले तथा पछी पहिचानवादी
नेताको रुपमा उदाएका आङ्काजी शेर्पाको गृह जिल्ला सोलुखुम्बुको सल्लेरीमा करिब छ सय बर्ष पुरानो
मानिने गुम्बामा विगतमा पुजापाठ गर्न आउने बौद्ध धर्मावलम्बीहरु हिजोआज एकजना पनि
नआउने गरेको गुम्बाको रेखदेख गरि बसेको लामा दोर्जे शेर्पाले बताउनु भयो ।
यो सात पुस्ता पुरानो ऐतिहासिक गुम्बा हो र यो पुरै संकटमा पर्न थालेको छ, अहिले त पहिले जस्तो बौद्ध मार्गीहरु आउँदै आउँदैनन लामा शेर्पाले भन्नुभयो ।
गुम्बामा
कोही नआएपछि आफुलाई पनि बस्न मन नलागेको उहाँको तर्क छ। कोही आउदैनन कुनै समय पुजा
गर्ने मानिसले खचाखच भरिने गुम्बा रित्तो हुँदा म आफैंलाई बैराग चलेर आउँछ भक्तजन
बस्ने भवन भत्किन लागेको देखाउदै लामाले भन्नुभयो।
अब गुम्बा भत्के पनि कसैले हेर्ने छैन उहाले भन्नुभयो त्यसैले बस्नु
भन्दा जानू नै जाति ।
..
घना जंगल र भीरको झाडीमा बाटो हराइसकेको छ। जुका लाग्ने
झाडी र जंगलको त्यो बाटोमा हिजोआज मान्छे हिँड्दैनन्। चराचुरुंगी कराउँछन्, जंगली जनावरको ओत लाग्ने ठाउँ भएको छ, भगवान् महादेवको
गुफा। मकवानपुरको पश्चिमी राक्सिराङ गाउँपालिका–७ दाराङस्थित जंगलमा रहेको भगवान् महादेवको शिवलिंगले भक्त देख्न नपाएको पनि ६
वर्ष बितिसक्यो ।
कुनै समय मकवापनपुर, चितवन र धादिङका
हिन्दू धर्मावलम्बीको पवित्र धार्मिक स्थल रहेको उक्त स्थानमा भक्तजन भगवान्
महादेव पुजेपछि मात्र नयाँ बाली लगाउने र उब्जनी हुनेबित्तिकै चढाउन आउँथे। मंसिर
पूर्णिमामा भव्य जात्रासमेत लाग्थ्यो ।
..
बेलायतबाट प्रकाशित हुने
प्रतिष्ठित दैनिक पत्रिका ‘द गार्जियन’ले २०७४ भाद्रमा एक समाचार प्रकाशित गर्दै
नेपालमा हिन्दू धर्म समस्यामा परेको र पैसाले किनेर गरिब जनतालाई ईसाई बनाइएको
तथ्य पेस गरेको छ । द
गार्जियन दैनिकका पीट प्याटिसनले संप्रेषण गरेको समाचारअनुसार नेपालका गरिब
जनताहरू समाजमा दलित भनेर पाखा पारिएपछि ईसाई धर्ममा लागेका छन् । उनीहरुमा पैसाको
लोभमा परेर धर्म परिवर्तन गर्ने चलन देखिएको र यसले गर्दा हिन्दू बाहुल्य भएको
नेपाललाई अप्ठेरो परेको समाचारमा उल्लेख छ ।
अहिले नेपालमा दश लाखभन्दा
बढी नागरिकले आफूलाई ईसाई भनेर चिनाउने गरेको र तिनीहरूमध्ये पनि ६५ प्रतिशत दलित
रहेको नेपाल ईसाई फेडेरेशनले जनाएको छ । नेपालले आफूलाई हिन्दू राष्ट्रबाट धर्म
निरपेक्ष राष्ट्रको रुपमा संविधानमा परिवर्तन गरेपछि अन्य धर्ममा लाग्नेको संख्या
बढेको सो समाचारमा उल्लेख गरिएको छ ।
..
माथिका समाचारहरुमा जे जस्ता कुराहरु लेखियेता पनि नेपालमा सदियौंदेखि पिता
पुर्खाहरुले मान्दै आई रहेको धर्म र संस्कृतिमा बिदेसिहरुले कसरि धावा बोलेका रैछन
भनेर सजिलै अनुमान गर्न सकिन्छ ।
२०४६ साल भन्दा अगाडी धर्म परिवर्तनको सवालमा नेपालको कानून
र त्यसलाई पालना गर्न लगाउनेमा रास्ट्र सेवकहरु कठोररुपमा प्रस्तुत हुन्थे । कानून बिपरित जानेहरु माथि कडा कारबाही हुन्थ्यो । कानूनी कारबाहीको डरले गर्दा चर्च
खोल्ने दुस्साहस गर्दैन थिए । धर्म संस्कृति बिरुद्द माथि कठोर कडारुपमा प्रस्तुत भएको देख्न नसकेर
बिदेसीहरुले नेपालको राजनीतिक पार्टीहरुलाई उचालेर आन्दोलन गराएको प्रतिफलनै
पंचायती ब्यबस्थाको खारेजी थियो ।
देस भित्रका केहि गद्धारहरु बिदेसी डलर, युरो र पाउण्डको
लोभ लालचमा नफसेको भए आज आएर सिंगो बस्तीका नागरिकहरुले आफ्ना पिता पुर्खाले
मान्दै आएको धर्म र संस्कृतिलाई लात हानेर बिदेसी वाद र धर्ममा रमाउन पाउदैन थिए
तर उदेक लाग्दो कुरा के छ भने हिजो जो जसले यस्ता कार्य गरे आज आएर तिनै र तिनका
आफन्तजनको दुखद निधन हुँदा आफ्नै कुल धर्म अनुसारको काज किरिया गर्न समेत लाज
मानेका छैनन । बिदेसिले फाल्देको चारामा रमाउँदा
हामीहरुले ठुलो गल्ति गर्यौ भनेर आज सम्म किन भन्न सक्दैनन र सिंगो बस्तिलाई ईसाई
धर्ममा लगाएर टोल पिच्छे चर्च खोल्न किन लगाएको भनेर जबसम्म सचेत नागरिकहरुले
प्रश्न गर्न सक्दैनन तबसम्म देसमा बिदेसी बाद र संस्कृति हाबी हुन्छ भन्ने यो
पंक्तिकारको ठम्याई हो ।