Latest Post

अब फेरी किन र के को लागी क्रान्ति गर्ने ?

Written By खांट्टी कुरा on Thursday, November 27, 2014 | November 27, 2014

-जनक मान डंगोल

बस्तुभाउ तथा बदमासी गर्ने मान्छेलाई तह लाउनको निमित्त काठ तथा बाँसबाट लाठि बनाएर तर्साउन प्रयोग गरिन्छ । त्यो लाठीलाई जथाभावी जताततै प्रयोग गर्नेहो भने भाँच्चिएर टुक्राटुक्रा हुन्छ । बाँसहो भने दांत कोट्याउने सिन्काको रुपमा प्रयोग गर्न मिल्छ भने काठको हो भने दाउरा बनाएर बाल्नु भन्दा त्यसको अर्को बिकल्प नहोला ।
नेपालको राजनीतिमा पनि गाउँ समाजमा देखि सरकारमा रहेको खराब तत्वहरुलाई तह लगाउन भनेर २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना गरिएको हो । कम्युनिस्ट भनेको क्रान्ति गरेर मात्र समाज देखि देसलाई परिवर्तन गर्न सकिन्छ भन्ने धारणा राख्ने जमातेहरुको समुह हो ।
विस्वका अन्य देसका कम्युनिस्टहरुमा कोहि कालमार्क्स, कोहि लेनिन, कोहि माओ बनेर आफैले बिचार र सिद्धान्त उत्पादन गर्दै त्यसलाई सफलताका साथ लागु पनि गरेर देखाए तर नेपाल तथा छिमेकी भारतमा रहेका आफुलाई कम्युनिस्टहौ भन्नेहरुले आफैले बिचार जन्माउन सकेनन भने बिचार जन्माउन नसके पछी वाद र सिद्धान्तको के कुरा गर्नु ।
भारतलाई अंग्रेजहरुले छोडेर गएको धेरै बर्ष पछी मात्र भारतमा कम्युनिस्टहरुको उदय भएर क्रान्ति गर्न सुरु गरेका हुन तर क्रान्ति किन र के को लागी गरिन्छ भन्ने कुरा भारतीय कम्युनिस्टहरुले आफ्ना समर्थकहरुलाई आज सम्म बताउन सकेका छैनन र बताउन पनि चाहदैनन ।
कम्युनिस्टहरुले गर्ने क्रान्ति भनेको एकदलीय सासन अर्थात राजतन्त्रको खिलाफको लागी हो तर हाँसो उठ्दो कुरा के छ भने भारतमा राजतन्त्र छैन र स्वतन्त्रता पछिको गणतन्त्रात्मक देसमा क्रान्ति किन र के का लागी गरिन्छ न क्रान्ति गर्न उक्साउने लाई थाहा छ न उक्सिनेको जमातेहरुलई थाहा छ तर यति मात्र भन्न जानेका छन क्रान्ति बिना सम्भव छैन तर क्रान्ति कसको बिरुद्ध गर्ने त ?
क्रान्ति सरकारको बिरुद्ध गर्ने हो भने भोलि आफै निर्वाचनमा बिजयी भएर गईन्छ र बहुमत पुगेको खण्डमा सरकार समेत बनाउनु पर्ने हुन्छ । भारतको पश्चिम बङ्गाल, केरला देखि उडिसा सम्ममा बामपन्थीहरुले सरकार बनाएर देखाका छन तर पनि क्रान्तिको नाम लिन छोड्दैनन भने यो क्रान्ति नभएर भ्रान्ति हो कि हैन ?
नेपालमा सबै कम्युनिस्टहरुको जन्मथलो भारत हो र जन्मथलो भए पछी नेताको जन्म र कर्म पनि उतै हुने भयो । कसैले मार्क्सवाद, कसैले लेनिनबाद, कसैले यी दुवै मिस्सिएको मार्क्सबाद र लेनिनबाद अनि कसैले माओबादको सिद्धान्त अंगाले र त्यहि अनुसार हिडे र हिड्दैछन ।
माओ अर्थात कमरेड माओ जो नेपालको उत्तरी छिमेकी चिनको महान नेता हुन र उनैले जन्माएर हुर्काको ब्यबस्था छिमेकी चिनमा राम्रै संग हुर्केको छ र त्यहि ब्यबस्थाले गर्दा आज चिन बिस्वको दोश्रो महासक्ति भएर उदाउन सफल समेत भएको छ ।
नाम कमरेड माओ तर छिमेकी भारतमा बसेर रणनीति देखि कार्यनीति तयार पारेर ने.क.पा माओबादी नामको पार्टी जन्माएर नेपालमा झन्डै १२ बर्ष कथित जनयुद्दको नाटक पनि राम्रै संग मन्चन भएकै हो र त्यो तथाकथित जनयुद्धले १२ बर्षको दौरानमा के के भयो कसो कसो भयो त्यसको लेखाजोखा नेपाली मात्र नभएर सारा बिस्वले नै राखी सकेको हुँदा मैले यो आलेखमा थप पुस्ट्याउनु नपर्ला ।
हिजो एक अर्थात सिंगो लाठि भएर क्रान्तिको बिगुल फुक्ने बिगुलेहरु आजको दस बर्षमा आईपुग्दा पांच टुक्रामा विभाजित हुन्छन भनेर नेपाली जनताहरु मात्र नभएर सिंगो बिस्वले पटक्कै बिस्वास गरेका थिएनन र यसरि विभाजित हुन्छन भनेर थाहा पाएको भए के बिस्वले नेपालको माओबादी आन्दोलनलाइ साथ दिन्थे ? यो अब केवल प्रस्न मात्र बनेर रहेको छ तर यसको जवाफ कोहि कसै सित छैन ।
हिजो सिंगो माओबादी पार्टी सान्ति सम्झौतामा आउना साथ कामरेड मणि थापाको समुहले नाम मात्रको आरोप लगाएर छुट्टै पार्टी गठन गर्न पुगे । क्रान्ति बिसर्जन किन गरियो भनेर निउँ खोज्दै कामरेड मात्रिका यादब अलग भए । त्यो भन्दा पनि अझ एक कदम अगाडी बढेर बैद्य खेमाले गम्भीर आरोप लगाएर पार्टीलाई टुक्रा बनाए । बैद्य खेमाकै युवा नेता क.नेत्र बिक्रम चन्दले पार्टी निस्क्रिय रहेको र कुनै दिशा निर्देस दिन सकेन भनेर छुट्टै भेला के डाकेका थिए पार्टी नेतृत्व आत्तिएर सजिलो आरोप 'दक्षिणपन्थी' को पगरी भिराई दिना साथ एक, दुई, तिन, चार बाट आज पांचको स्थितिमा पुग्यो र अझै १/२ टुक्रा हुने सम्भावना ज्युदै रहेको छ ।
एकिकृत माओबादी बाट छुट्टै ड्यास माओबादी बनाएका क.बैद्य खेमाले संबिधान सभाको दोश्रो निर्वाचन बहिष्कार गर्दा निर्वाचनको समयमा बस भित्रको यात्रुहरुलाई बाहिर निस्कन नदिएर पेट्रोल छर्केर गरिएको आगजनी आज सम्म कसैले पनि भुलेको छैन र एक दुई आन्दोलन र बन्द हड्ताल भन्दा अरु कुनै उत्कृस्ट काम गरेर देखाउन सकेनन भने आफ्नै देसको नागरिकहरु लाई ज्युदै पेट्रोल छर्केर आगो लगाउने घटिया कार्य कम्युनिस्टको क्रान्तिकारी सिद्धान्त भित्र पर्छ कि पर्दैन ? त्यहि नै असली क्रान्ति हो ? यसको जवाफ न बैद्यले दिन सक्छन न अब क.चन्दले दिन सक्छन ।
नारा सबैको एकै हो क्रान्ति बिना परिवर्तन हुन्न तर क्रान्ति किन र केको लागी गरिन्छ त्यो कसैले पनि भन्दैनन र सिधै क्रान्ति गर्नु पर्छ मात्र भन्छन । अब क्रान्ति किन र के को लागी गर्ने त भनेर जनताले पुन: सोध्ने बेला भयो कि भएन ?
अब क.चन्द खेमाले फेरी क्रान्ति गरेर देखाउने भन्दै छिट्टै नयाँ पार्टी गठन गर्लान । पार्टी गठन गर्न नेपालमा सजिलो छ । रकम कलमको कुनै दुख: हुन्न । पार्टीको लागि भनेसी देसी देखि बिदेसी धन असिना सरि पक्कै बर्सेला तर २०५१ सालको जस्तरी जोस, जाँगर र उमंगको साथ ज्यान माया मारेर काँधमा बन्दुक भिर्ने कस्ले ?
माओबादी आन्दोलन भारतमा अझै पनि चर्केको छ तर त्यताको माओबादी नेताहरुले नेपालको माओबादी नेताहरुलाई 'गद्धार' देखि पलायनबादी, अबसरबादीको तक्माले विभूषित गरेको खबर सेलाको पनि धेरै भएको छैन ।
हिजो नेपाले माओबादी पार्टीको लागी ज्यान माया मारेर लड्ने ति जन सेना भनिने मिलिसिया पल्टनको दुई तिहाई त खोज्न जाने हो भने खाडी देखि मलेसियामा टन्नै भेटिन्छ भने उहिले पन्चेतको पालामा युवाहरुलाई गाउँ फर्काउन चालिएको अभियान 'गाउँ फर्क रास्ट्रिय अभियान' जस्तै गरि 'बिदेस बाट स्वदेस फरक' भन्ने अभियान के चन्द खेमाले लागु गर्न सक्लान त ?
तर, हिजोको धोका त जनयुद्ध लड्ने मिलिसिया पल्टनेहरुले अझै सम्म बिर्सेका छैनन भने भोको पेट लिएर फेरी अब क्रान्ति किन र कसको लागि गर्ने ? त्यो क्रान्ति सफल भयो भने हिजो प्रचण्ड बाबुरामहरुले जस्तरी आफ्नैलाई फेरी पनि धोका नदेलान भन्ने के ग्यारेण्टी छ ? त्यसैले लहडबाजीको भरमा अहं देखाएर क्रान्तिको फोस्रा नारा र सपना देखाउने काम बन्द हुनु पर्छ किनभने नेपाल माताले अब कम्युनिस्टको खोल ओढेर नक्कले चरित्रका क्रान्तीकारीहरुले गर्ने तथाकथित क्रान्तिकारी जनयुद्ध धान्न सक्दैन । 


-janakdangol@gmail.com 


आजको तश्विर !


गजल ।

Written By खांट्टी कुरा on Wednesday, November 26, 2014 | November 26, 2014


कर्म संगै दुवै हातको चुरा फुट्यो भन्छिन् कठै,
छल गर्दै दैवले नै सिंन्दुर पुछ्यो भन्छिन् कठै,

विना बादल चट्याङ्ग पर्यो मेरो जीवन माथी,
आँधी चल्यो जीवनको दियो बुझ्यो भन्छिन् कठै,

घर बारी धितो राखी जानु भा’थ्यो परदेश,
गरिबी ले नै मेरो परान लुट्यो भन्छिन् कठै 

हिड्दा हिड्दै बाटो हाम्रो आधा बिचमै सकिदा,
मेरो दुनियाँ सारा आँशुमा डुब्यो भन्छिन् कठै,

वर्षा हुँदै आँखा बाट आंचल रुझ्छ रातदिन,
बाबा ! खोइ छोरी सोध्छे मुटु दुख्यो भन्छिन् कठै,

स्यम्भुनाथ स्तुपा !

Written By खांट्टी कुरा on Tuesday, November 25, 2014 | November 25, 2014

हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको आस्थाको धरोहर स्यम्भुनाथ स्तुपा नेपालको चर्चित मठ मन्दिरहरु मध्येको एक हो !

किन हुन्छ मलेसियामा नेपाली कामदारहरुको मृत्यु ?

Written By खांट्टी कुरा on Monday, November 24, 2014 | November 24, 2014

20141122_184521

-जनक मान डंगोल
janakdangol@gmail.com

सन २००४ डिसेम्बर ९ मा मलेसियाको ३ बर्षे कार्यकाल समाप्त हुनु भन्दा १ हप्ता अगाडी होस्टेलमा बस्ने आफ्नै कम्पनीमा काम गर्ने ईलिगल नेपालीहरु मध्येका ३ जना भाईहरुले आज रमाइलो गरौ भन्ने प्रस्ताव गरे ।

मलेसियाको ३ बर्षे रोजगारीको दौरानमा मधपान पुरै बर्जित गरिएको थियो बडो दोधारमा परियो । जाने बेलामा किन मन खिन्न पारि दिनु भनेर सहमति जनाए ।
रातभरिको डिउटी अनिदो त्यहि माथि बिहानको खालि पेटमा यता उत्पादन हुने ‘जुनेस’ नामको बियर जसमा अल्कोहल उच्च हुन्छ संग बंगुरको मासु र भटमासको परिकार खाईयो । एक बोत्तल बियरले काण्ड पुर्याई दियो । साथीहरु अरु खानु पर्छ भन्दैथिए तर मैले ठाडै ईन्कार गरि दिए ।

मलेसियामा च्याम्पेन नामको हेर्दा ब्रान्डी जस्तै देखिने रक्सि पाईन्छ जुन अत्यन्त कडा र छिटो लाग्ने भनेर उक्त मदिराको पारखीहरुले भन्ने गर्दथे । सस्तो ५ रिंगेटमा १ क्वाटर पाईने उक्त लोकल रक्सि यताको स्थानीय दक्षिण भारतीय तामिल समुदायका लोग्ने मान्छेहरु देखि हाम्रा नेपालीहरुको पहिलो प्राथमितामा पर्ने रहेछ । सुनिए अनुसार उक्त रक्सीमा अत्याधिक मात्रामा युरियाको प्रयोग गरेर बनाईन्छ भनेर समेत भन्ने गर्दथे नहोला पनि भन्न सकिन्न किनभने रक्सिको गुणस्तर र मुल्य बाटनै थाहा हुने कुरा हो ।

malaysia-map
मलेसिया चारैतिर बाट समुन्द्रले घेरेको देस हो भने यताको दक्षिणी भूभागको मौसम भन्नलाई बर्षको दुई भनियता पनि बारै मास एकैनासको मौसम हो र लगातार २/३ दिन पानि परेको खण्डमा मात्र मौसमको तापक्रम २६ डिग्री सेल्सियस हुन्छ भने अरु बेलामा ३१ देखि ३५ को बिचमा रहने गर्दछ ।

मौसम कतिखेर बदलि भएर हुरी बतास पानि पर्ने हो त्यसको कुनै टुंगो हुन्न भने कहिले त २ हप्ता सम्म पनि नपरेर पुरै खडेरी जस्तो भएको हुन्छ र त्यो बेला अकस्मात पानि पर्ना साथ मानिस भटाभट बिरामी हुन सुरु हुन्छ ।
दिउसोको मध्य ३५ डिग्रीको तापक्रममा खटिएर काम गर्नु पर्ने र त्यहि माथि साँझ रमाईलो भन्दै लोकल रक्सि देखि बियरको सेवन अनि राति अकस्मात बदली हुने मौसमले गर्दा मानिसको सरिरले गर्मि धान्न नसकेर उकुस मुकुस भएर कतिखेर प्राण पखेरु उडेको हुन्छ त्यो कसैले थाहा पत्तो पाउन सक्दैन भने मादक पदार्थ सेवन नगर्नेको हकमा पनि मौसमको कारणले गर्दा नै ज्यान गएको हो भन्ने मेरो अनुमान हो किनभने मैले रात्रिकालिन लगातार डिउटी गरेको १० बर्ष हुन् लाग्दैछ र यताको मौसम मध्य रातको १२ देखि २ बजेको बिचमा थामी नसक्नुको गर्मि हुन्छ भने तुरुन्तै मौसम बदली भएर चिसो पनि हुने गर्दछ ।

20141122_184602
बिदेसी कामदारहरुको आवास गृहको बयान गरेर के साध्य भो र । सानो कोठामा १० देखि १२ जना कोच्चिएर बस्नु त छदैछ र त्यहि कोठा संगै भान्छा र सौचालय भए पछी कामदारको बसाई स्थिति बर्णन गर्नु पर्ला र ?

मैले रात्रि डिउटी गर्ने मेरो कम्पनीको भित्तामा टाँसेर Kae Re cycle नामको कम्पनि छ त्यो कम्पनिले सहर भरिको खालि सिसि, कागज, बोतल, प्लास्टिक, टिना फलाम संकलन गरेर पठाउने गर्दछन । त्यहि कम्पनीमा हाम्रा ३/४ जना नेपाली कामदारहरु काम गर्छन । ४० फिटे कन्टेनरमा त्यो कम्पनिको कार्यालय छ भने त्यो कन्टेनर माथि स्टिलको ट्रसमा जस्ता हालेर कन्टेनरको पछाडी बाख्राको खोर जस्तरी बनाएकोमा हाम्रा कामदारहरुको बसोबास छ । सुत्ने खाट संगै भान्छा अनि २ हातको फरकमा नुहाउने भाडा माझ्ने र संगै सौचालय । दिनभरिको घाममा टिनको जस्ता मुनि बसेर फोहोर संकलन देखि छान्ने काम गर्दा कामदारहरुको स्थिति के होला अनुमान आफै गर्नुस त ।

यसरि खटेर काम गरे पछी साँझ हाम्रा नेपालीहरुले खोलेका नेपाली रेस्टुरेन्टहरुमा रमाईलो भन्दै लोकल रक्सि संग आयातित बुढी भैसीको सुकुटी मम, पिरो भटमास र सस्तो घटिया लोकल चुरोट खाए पछी जस्ताको बिना झ्यालको टहरोमा राति सुत्दा त्यो कामदारको स्थिति के हुन्छ बताउनु पर्ला ?

हाम्रो नेपालीहरु मध्य कोहि कोहिले बिदेस आयेसी जानेको काम भनेको पहिला आफु त्यो स्थानको बारेमा बिज्ञ नहुन्जेल खट्ने त्यस पछी यतैको लोकल आईमाई बिहा गर्ने अथवा लोकल संग दोस्ती गरेर उसको नाउँमा लाईसेन्स झिकेर रेस्टुरेन्टको धन्दा संगै एजेन्ट बनेर नेपाल देखि कामदार झिकाउने सप्लाई गर्ने गर्दछन । सन २००७ सम्म फाट्टफुट्ट रहेको यस्तो ब्यबसाय अहिले मलेसिया भरि बर्षे च्याउ सरि फैलिदो छ । ब्यापार धन्दा गर्ने भनेको नाफा कमाउन हो भने नाफाको लागी व्यापारमा के कस्तो हथकण्डाहरू अपनाईन्छ त्यो के बर्णन गर्नु पर्ला र ।

त्यसैले बिदेस खास गरि मलेसिया आउदै हुनुहुन्छ भने पहिला आफ्नो स्वास्थ्यले कति सम्म यताको गर्मि पचाउन सक्छ त्यो अनुसारको ब्यबस्था मिलाउन सक्नु पर्दछ । पानी दिनमा कम्तिमा पनि ५ लिटर पिउन आबस्यक छ भने चुरोट, खैनी, जांड रक्सि देखि रण्डीबाजीमा लाग्नु भएन भने तपाईको स्वास्थ्य पनि ठिक र तपाईको पैसा पनि बचत हुन्छ तर यी सबै नसिहदहरु लाई बिर्सेर ‘मरी लानु जिन्दगीमा अहिले मोज नगरे कहिले गर्ने’ भन्ने सोच राख्नु भयो भने ‘भिर बाट लडने गोरुलाई रामराम’ भन्न बाहेक अरु के नै भन्न सकिएला र ।
..
सबै तस्विरहरु : जनक मान डंगोलबाट !

लोकतन्त्रले हामीलाई अनुसासनहिन बनाउदैछ ।

Written By खांट्टी कुरा on Thursday, November 20, 2014 | November 20, 2014

लोगो साभार: गुगल सर्च 
बिदेसबाट आउने व्यक्तिहरुलाई 'पाहुना' भनिन्छ । पाहुना अति बिसिस्ट , बिसिस्ट देखि साधारण सम्मको हुन्छन ।

सत्ता र पदमा त्यसै पुगीदैन त्यहा पुग्न लाई ठुलो त्याग तपस्या र मिहिनेतको साथ जन समर्थन चाहिन्छ ।

छिमेकमा जुनसुकै पार्टीका सरकार बनुन त्यो संग नेपालीहरुलाई कुनै टाउको दुखाई भएन तर छिमेकीले आफ्ना छिमेकीलाई भाईचाराको सम्बन्ध देखाउन त्यति भए पुग्छ ।

सार्कको बेला पारेर छिमेकी देसका प्रधान मन्त्रि नेपाल भ्रमणमा आउने भए । छिमेकी मात्र नभएर अन्य ६ देसका बिसिस्ट पाहुनाहरु पनि आउदै छन ।
पाहुनाको बिषयलाई लिएर सार्वजनिक संजाल देखि खबरपत्रहरु समेतमा दिनहु प्रकासित भएको खबर तथा गतिबिधिहरुमा  नकारात्मक भन्दा अरु टिप्पणी देखिएन ।

संबिधान बन्दै गरेको देसमा यो बेला सार्क सम्मेलन गर्नु हुन्नथ्यो वा आर्को देसलाई योपाली तपाई गर्नुस आर्को पालि हामि गर्छ्म भनेर भन्न सक्नु पर्थ्यो तर त्यसो भएन ।

सार्क सम्मेलनको बिषयमा जति पनि नकारात्मक टिप्पणी लेख्ने देखि प्रसारण गर्नेमा हाम्रा सबै किसिमका छापा देखि सामाजिक संजालहरु समेत उत्तिकै दोषी छन तर यस्तो काम कार्यले गर्दा संसारमा नेपालीहरुको ईज्जत र मान प्रतिष्ठामा के कस्तो असर पर्दैछ भनेर हामीले किन सोचेनौ ?

सरकारले गरको काम कारबाहीमा गल्ति छ भने त्यो औल्याई दिने काम तपाई हामि सबैको हैन ? सरकार नेपाली जनताको भए पछी जनताको पनि सरकार प्रति उत्तरदायी हुन्छ कि हुन्न ? 

सार्क कार्यक्रमको बेला राजनीतिक पार्टीहरुले जुन जात्रा देखाउदैछन त्यो अत्यन्त घटिया हर्कत हो किनभने राजनीतिक पार्टी जुनसुकै बिचारधाराका किन नहुन त्यो पार्टी नेपाली जनताहरुको हो भने 'लोकतन्त्र' ले नेपालीहरुलाई अनुसासित र सान्तिप्रिय को बदलामा 'अनुसासनहिन' भन्दा अरु केहि सिकायन भने के यस्तै चरित्र निर्माणको लागी नेपालीजनताहरुले पटक पटक पटक आन्दोलन गरेको हो ?

किन बिचल्ली हुन्छ मलेसियामा ?

Written By खांट्टी कुरा on Tuesday, November 18, 2014 | November 18, 2014

हेटौडा टुडेको २०७१ मंगसिर २ गतेको अंकमा प्रकाशित
हेटौडा टुडेको २०७१ मंगसिर २ गतेको अंकमा प्रकाशित
-जनक मान डंगोल
अन्नपूर्ण पोस्टमा कार्तिक २७ गते मलेसियामा २०० नेपाली कामदार भनेर समाचार प्रेषित भएको रहेछ जुन दुखद घटना हो । अन्त देसमा नेपाली कामदार के कसरि बिचल्ली हुन्छ त्यो बिषयमा यो पंक्तिकार त्यति जानिफकार नभएता पनि मलेसियामा नेपाली कामदारहरु किन बिचल्लीमा पर्दछन भन्ने कुरा धेरै थोरै भए पनि जानकारी भएकोले आफुले जाने बुझे सम्मको जानकारी दिने कोसिस गर्दैछु ।
बिदेसमा श्रम गर्न जाने भन्दैमा बिदेस के कसरि गईन्छ भन्ने बारेमा जांचबुझ नगरी मेन पावर कम्पनीको दलाल तथा एजेन्टको गुलियो र चिप्ला कुराहरुमा लागेर धेरै नेपालीहरु बिचल्लीमा पर्ने गरिएको देखिएको छ ।
मलेसियाको सबै कम्पनीहरुले बिदेसी कामदार झिकाउँदा यताको कामदार सप्लाई गर्ने दर्तावाला कम्पनि संग सम्पर्क गरेर बिदेसी कामदारको लागी लाग्ने सबै निस्चित रासी यताको कम्पनिहरुलाई भुक्तानी गरिएको हुन्छ भने ठुला प्रतिष्ठित कम्पनीहरुले आफनै अग्रसरतामा बिदेसी मेनपावर कम्पनि संग सम्पर्क गरेर झिकाउने गर्छन ! हिजो आज यता मलेसियामा लामो समय बसेर यताको सबै आनीबानी थाहा भएका केहि नेपालीहरु आफै एजेन्ट बनेर कामदार सप्लाई गर्ने गरियको देखिन्छ र त्यसरी सप्लाई गरिएको कामदारहरुनै प्राय समस्यामा पर्ने गरेको बुझिन्छ ।
आईमाईको दुस्मन आईमाईनै भन्ने उखान छ हाम्रो नेपालमा । धनको लोभमा परेर यताको सबै सहरमा छ्यापछ्याप्ती फैलिएको नेपाली एजेन्टहरुले कम्पनी कम्पनीहरुमा गएर कम्पनि मालिक देखि मेनेजेरहरु संग कुरा गरेर कामदार आपूर्तिको ठेक्का लिन्छन त्यसो गर्दा कम्पनि मालिकलाई पनि र यताको एजेन्टहरुलाई पनि फाईदा पुग्ने तर पछी कथं कदाचित कम्पनि बन्द भयो भने अन्तिममा मर्का पर्ने त नेपाली कामदारहरुलाई नै हो भन्ने तथ्यलाइ नजरअन्दाज गर्दा यस्ता घटना पटक पटक घट्ने गरेको देखिन्छ ।
सन २००८ सम्म मलेसियामा यदाकदा मात्र नेपाली एजेन्टहरु देख्न पाईन्थ्यो तर हिजो आज साना ठुला सबै सहरमा नेपाली एजेन्टहरु कम्पनि कम्पनीमा गएर श्रमिक आपूर्तिको ठेक्का खोज्दै हिडेको देखिन्छ । प्राय बिजनेस भिषा देखि यतैका लोकल महिला बिहा गरेर बस्ने यस्ता एजेन्टहरुको कारणले गर्दा पनि नेपाली कामदारहरु समस्यामा पर्छन । नेपाली मात्र नभएर यता अन्य देसका एजेन्टहरु सम्म देख्न पाईन्छ । यस्तो हुनुमा यताको सरकारको अनुगमन नीतिको कमजोरी र नेपाली दुताबासको कारणले पनि हो त्यसैले नेपाली दुताबासले बेलैमा सचेत गराउनु जरुरि छ ।
मलेसियामा प्राय कम्पनि खोलेर ब्यापार ब्यबसाय गर्नमा आप्रबासी चाईनिज तथा दक्षिण भारतीयहरु अग्र पंक्तिमा पर्दछन । बैंकबाट ऋण लिएर खोलिएका त्यस्ता कम्पनीहरु कतिखेर सप्रिन्छन वा बर्बाद हुन्छन त्यसको कुनै टुंगो हुन्न । उदाहरणको लागी एउटा कम्पनिले गार्मेन्टको लाईसेन्स लिन्छ भने त्यो कम्पनि संग आश्रित अन्य ३/४ कम्पनीहरु हुन्छ । मुख्य कम्पनीले एउटा कम्पनीलाई बाहुला , आर्को लाई पाकेट, आर्कोलाई कल्लार, आर्कोलाई टाँक, आर्कोलाई जोड़ाई र आर्को लाई प्रिन्ट गर्ने गरि भाग लगाएर काम दिन्छन र यी सबै संग बाट संकलन भएर बल्ल तयारि सर्ट वा टिसर्ट बन्छ । यस्ता फुटपाथे कम्पनीहरु मलेसियामा प्रसस्तै छन । १/२ जना नेपाली कामदार राखेर कम्पनि चलाएको पनि देखिन्छ भने राम्रो संग चल्दा चल्दैको कम्पनिहरु पनि समयमा बैंक ऋण तिर्न नसकेर वा बिदेस बाट अर्डर नपाएर बन्द हुने स्थितिमा पुग्छन र त्यस्तो बेलामा कम्पनि मालिकहरु ऋणको बोझले गर्दा फरार हुने गर्छन र अन्तिममा मर्का पर्न जाने भनेको बिदेसी कामदारहरु लाई नै हो ।
कारखानाको साधारण मजदुर होस वा सुरक्षा गार्ड यी सबैमा काम गर्न आउनु भन्दा पहिला पत्रिकामा प्रकाशित भएको बिज्ञापन देखि नेपालको नाम चलेको प्रतिष्ठित मेन पावर कम्पनिहरुलाई हेरी जांचि बुझे पछी मात्र बिदेस यात्राको ब्यबस्था मिलाउनु राम्रो हुन्छ तर बाटो देखि गाउँ घरमा भेटेको व्यक्ति वा दलालहरुको कुरामा लागेर बिदेस लाग्नु भयो भने तपाईले जानाजानी आफ्नो दुख आफै बेसाउनु भयो भनेर जाने हुन्छ ।
मलेसियामा प्रतिष्ठित कम्पनि हो कि है भनेर थाहा पाउन कम्पनीको नाम राखेर गुगल सर्च गरेर हेर्नुस । कम्पनि छ छैन भनेर यताको व्यापारिक डाइरेक्टरी yellow page मा देखिन्छ । त्यो पेजमा लग ईन गरे पछी कम्पनीको नाम ठेगाना देखि टेलिफोन नम्बर, ईमेल र होम पेज सम्म उल्लेख गरिएको हुन्छ भने साधारण फुटपाथे कम्पनीहरु प्राय yellow page मा दर्ता भएको हुन्न र कम्पनि बन्द छ कि चालु छ त्यो पनि त्यो पेजको सहायता बाट बुझ्न सकिन्छ ।
एजेन्ट तथा दलालको चंगुलमा परेर जानाजानी आफुले गल्ति गर्ने अनि पछी दुताबासले हेरेन, सरकारले वास्ता गरेन भन्नु भन्दा बेलैमा सतर्कता अपनाईयो भने सम्भावित खतरा र दुर्घटना बाट बच्न सकिन्छ । सरकारको नियम कानून अनुसार चलेर झिकाइएको बिदेसी कामदारको हकमा प्राय कुनै समस्या हुन्न र तपाई मलेसियाको विमानस्थलको अध्यागमन बिभागमा आउँदा तपाईलाई लिन बिदेसी आका छन कि नेपाली त्यस बाट पनि कम्पनि बारे थाहा हुन्छ किनभने यताको एजेन्टले कामदार सप्लाई गरेको छ बिमानस्थलमा कम्पनि प्रतिनिधि बनेर कम्पनीको मान्छे संगै नेपाली एजेन्ट लिन आएका हुन्छन ।
समस्या आउनु भन्दा अगाडिनै बिदेस आउने कामदारहरुले कम्पनीको नाम ठेगाना, कम्पनीको दर्ता नम्बर,आफ्नो तलब भत्ता सुबिधा देखि बार्षिक मेडिकल, बिदाको सुबिधा बिज्ञापन देखि सम्झौता पत्रमा उल्लेख गरेको छ छैन त्यो अनिवार्यरुपमा हेर्नु पर्छ र तपाइको सम्झौता पत्र देखि भिषा संगै टिकट दिने बेलामा नेपालको मेनपावर कम्पनीले उताको विमानस्थलमा पुगे पछी यो नदेखाउनु आर्को देखाउनु भनेर दोहोरो कागज दिन्छन भने तपाई समस्यामा पर्दै हुनुहुन्छ भनेर पनि बुझ्न सकिन्छ । त्यस्तो गर्नुको कारण नेपालको में पावरले बिदेस उडाई दिने सम्म हो र त्यो पछिको जिम्मा जमानी छैन भनेर बुझ्नु पर्दछ ।

लघु कथा: 'बुझाई' र 'सल्लाह'

Written By खांट्टी कुरा on Saturday, November 15, 2014 | November 15, 2014

(कथाकार)
लघु कथा: ‘बुझाई’
कथाकार: जनक मान डंगोल
..
पंचायती सासनको २०३६ साले बहुदल र निर्दलको चुनाव हुनु भन्दा केहि बर्ष अगाबै पुर्ब बाट बसाई सरेर पौडेल बाजे औधोगिक नगरीमा बस्न आई पुगे ।

‘जन पक्षीय’ भन्ने थेगो जनजिब्रोमा बिस्तारै झुण्डीदै थियो । ‘थाहा’ दर्शन बाट प्रभावित भएर अहोरात्र समाज सेवामा लागेका र भूमिगतकालमा भएका नेताहरु समाजमा देखिन डर मानेको प्रतिफल पंचायती वडा चुनावको वडा अध्यक्ष देखि तिनको कामको प्रभावले गर्दा प्रजातन्त्रको दुवै निर्वाचनमा वडाबासीले बिजयी गराई दिए ।

कथित जनयुद्धले चरम रुप लिएको बेला ति पौडेल बाजे माओबादीमा लागेका छन भनेर कोहि कसैले संकाधरी गरेका थिएनन । 


एक रात अन्दाजी रातको ११ बजे तिर छिमेकको ढोका ढकढक्याउन आईपुगे ।
ओहो अध्यक्षज्यु यति राति के काम आई पर्यो त्यस्तो ? छिमेकीले सोधे ।
लौ २५/३० जनालाई आज तपाईले खाना खुवाउनु पर्ने भयो ।
छिमेकीले जवाफ दिए त्यत्रो लाई सकिन्न ।
हैन जसरि पनि खुवाउनु पर्छ नत्र पछी अप्ठ्यारो पर्ला ।
धम्की मिश्रित जवाफले मन नलाई नलाई छिमेकीले खानाको तयारि गरे । खाना तयार भएसी छापामार खान आए त्यो हुलमा मिस्सिएर पौडेल बाजेले भने ‘खै यौटा थाल पाउ’ ।
छिमेकीले सहन नसकेर भने तपाइको घर यहि नजिकै हुँदाहुँदै मेरो घरमा खान खान सरम लाग्नु पर्ने हैन र ?
बढ्ता कुरा नगर्नुस नत्र ?
नत्र के गर्नु हुन्छ ? तर तपाईलाई म मेरो घरमा खाना खान अनुमति छैन ।


राजाले सासन हातमा लिए पछी स्थानीय चुनाब हुने भयो । चुनावको प्रचार प्रसार गर्दै तिनै पौडेल बाजे पुन: गाई चिन्ह लिएर उठे र ‘ल है फेरी सेवा गर्ने मौका दिनुहोस’ भन्दै तिनै छिमेका भोट माग्न आको देखेर छिमेकीले तिनको मुखा पुलुक्क हेरे मात्र तर केहि बोलेनन ।


स्थानीय पंच, त्यस पछी एमालेको सिपाही, माओबादीको स्थानीय नेता हुँदै फेरी पुरानै पंच जस्तै बनेका ति पौडेल बाजे देखेर हिजो आज गाम्घरका मुन्छिले राजनीति भनेको ‘जता मल्खु उतै ढल्कु’ रैछ भनेर बुझ्न थालेका छन ।

.............................................................................................................................................................

लघु कथा : सल्लाह ।
~जनक मान डंगोल 
..
दाई मलेस्या कस्तो छ, मौषम देखि आम्दानी सम्म एकै स्वासमाँ सोध्ने ति मित्रलाई मैले प्रश्नको झटारो छोड़े ..

रक्सी पिउनु हुन्छ ? 
-पिउछु।

चुरोट कत्तिको पिउनु हुन्छ ?
- दीनको एक बट्टा शिखर ।

मौक़ा परे केटी साथी बनाउनु हुन्छ ?
-जीबन भनेको मस्ती गर्ने हो मौक़ा पाये छोडींन्न !

जुवा, चिट्ठामाँ कत्तिको सोख छ ?
समय र धनले साथ दिये सम्म खेलिन्छ ।
..

न्यानो मौषम छ भन्दैमा त्यसो हो भने तपाई ९००/०० रिंगिट ज्यालाको लागि २ लाख दलाललाइ बुझाउदै अनेक दुःख कस्ट सहेर मलेसिया आएर यताकालाई धनि नबनाउनुस ।

सम्झनामा मेरो पहिलो पाठशाला !

Written By खांट्टी कुरा on Monday, November 10, 2014 | November 10, 2014

प्रथम ब्याच २०२८ साल,
निर्मल ज्योति हालको चन्द्रोदय मा.बि कमाने !
२०२३ साल पौषमा नुवाकोटमा जन्मेको रे म ! नेवारहरु प्राय घुमन्ते अर्थात व्यापारिक स्वभाव भएकोले पुर्ख्यौली थातथलो छोडेर नयाँ स्थानमा बसाई सर्नु कुनै नयाँ र नौलो कुरो भएन ! नेपाल अधिराज्यभरि नेवार जाति फैलिएको यस्तै गरि हो भन्ने कथन पनि छ !

म जन्मेको २ बर्ष नपुग्दै मेरो पुर्ख्यौली जन्मथलो नुवाकोटबाट चितवन हालको पारस बसपार्क अगाडी हामीहरु बसाई सरि गएको हौ ! २०२८ सालमा हाम्रो घर चोरि भएकोले मेरो मुवा चितवन बस्न मान्नु भएनरे त्यहा बाट नया स्थानको खोजीमा २०२८ सालमा नै हामीहरु हेटौडा बजारमा आएको हौ ! हेटौडा बजारमा आयेसी हालको सिमा लज अगाडी रत्नलाल साहुजीको जमिन भाडामा लिएर होटेल तथा पसल संचालन गरेको सम्झना पनि ताजै छ ! 

हाम्रो होटेलमा गाउँ तिर बाट दुध बेच्न मान्छेहरु आउथे ! त्यसै क्रममा २ जना मान्छे सित बुवाले कुराकानी गर्नु भयो ! गाउँमा स्कुल त खोलियो तर पढाउने मास्टर नभयेर मास्टर खोज्न आएका रैछन ! पहिला त मुवाले मान्नु भएनछ तर आफ्नै फुपाज्युले व्यापारमा धोका दिएकोले मुवाले गाउँमा बसाई सरेर जाने निर्णय गर्नु भयो र ! हामीहरुको हेटौडा बजारको बसाई मुस्किलले ५/६ महिना मात्र भएको हो र २०२८ साल देखि आजको मिति सम्ममा हाम्रो बसोबास हेटौडा ८ कमानेमै छ !

कमाने राजपानी कुवां अहिले त धारा जस्तो बनाको छन त्यो कुवाको बारेमा पनि एउटा रोचक कथा छ रे ! उहिले स्व.राजा महेन्द्र दर्बारबाट निस्केर झुत्रो झाम्रो लुगा लगाएर हातमा राजदण्ड बोकेर गाउँ घुम्न निस्किनु हुन्थ्योरे ! त्यसै गरि निस्किने क्रममा हाम्रो गाउँमा आईपुग्नु भाको रहेछ ! त्यतिखेर घना जंगल थियो ! हामि आउँदा सम्म पनि घना जंगलै थियो ! राजालाई प्यासले सताएको रैछ ! पछी एउटा खोंचमा पुगे पछी चिसो चिसो देखेर हातले खोस्रीदा पानीको मूल फुट्योरे त्यो दृश्य नजिकै बस्तु चराएको अधबैसे गोठालोले देखेका रैछन ! ति गोठाला पहिला सेनाको नायकरे ! राजाको हातमा राजदण्ड बोकेको देखेर राजा भनेर चिनेछन ! राजाले बनाको कुवा भाको भएर ‘राजपानी’ कुवां भनेर नामाकरण भएको भन्ने भनाई छ र त्यहि कुवाको पानि पिएर हुर्केका हौ हामीहरु !

राज्पानी कुवा पारि सानो बस्तीमा तिन घर घिमिरे र १ घर सेनाको मेजर भन्दा अरु बस्ति थिएन त्यो बेला ! सेनाको मेजर भनेसी निकै सक्तिसाली ! छिमेकी बहालवाला मेजर भक्त बहादुर गुरुङलाई हरि प्रसाद घिमिरे र हालको कालिकास्थानमा बस्ने हरि बहादुर बस्नेत २ जना भएर गाउँमा स्कुल खोल्नु पर्यो भनेर माग गरेका रैछन ! गाउँले छिमेकको आग्रहलाई नकार्न पनि सक्नु भएनरे मेजर साबले त्याहा माथि स्कुल भयो भने आफ्ना भुराभारीले नि पढ्न झन्डै ४५ मिनेटको बाटो नजिकैको कर्रा खोला तरेर  बजार जानुनि नपर्ने सोचेर माथि भनसुन गरेर स्कुल निकासा गराई दिनु भएछ !
स्कुल निकासा भयो ! गाउलेहरुले आफैले फुसको छानो र कत्तरले बारेर ३/४ थान डेक्स, बेंची,  १ थान कुर्चि टेबुल त बनाए तर भुरा पढाई दिने कसले ? खोज्दै जाँदा मेरो बुवा फेला पार्नु भएछ ! मेरो बुवाले जन्मथलो नुवाकोटको बिकट गाउँ बुंगतांगमा १७/१८ साल तिर पनि मास्टरी गर्नु हुन्थ्योरे !
२०२८ साल को पहिलो सत्रमा हामी वडा नं ८ का म पंक्तिकार, बिरमान घलान, बिक्रम मोक्तान,बच्चु लामा, कृष्ण बहादुर श्रेष्ठ, चेतनाथ आचार्य, ध्रुब प्रसाद घिमिरे, कृष्ण प्रसाद घिमिरे, अर्जुन प्रसाद घिमिरे, केदार प्रसाद अर्ज्याल, हर्क बहादुर थिंग र अनि छिमेकी वडा नं ७ का कृष्णराम पाठक, भरत खडका, दल बहादुर खडका, प्रेम बहादुर खडका, शान्त घलानर ध्रव खुलालहरु थिए !
गाउँमा त्यतिबेला भुरा पढाउने चलन थिएन ! मेरो बुवा बिहान र साँझ अभिभावकहरुलाई भुरा पढाउनु पर्छ भन्दै गाउँ डुल्नु हुन्थ्यो ! तामांग बहुल गाउँ हो हाम्रो ! धादिंगको किरान्चोक बाट बसाई आको भएर किरान्चोके टोल भन्ने टोल नै नामकरण भएको थियो र अहिले सम्म छ पनि ! हेटौडा बगरको सबै भन्दा ठुलो वडामा हाम्रो वडा पर्छ !

यौटा रमाइलो घटना !
सेनाको जमदारको छोरा र छोरी २ जना भर्ना हुन आए ! बुवाले केटि लाई नाम सोध्नु भयो के नाम हो भनेर ! जवाफ दीईन ‘केदार’ अनि केटालाई सोध्नु भयो जवाफ दियो ‘बाबुकाजी’ ! बुवाले यस्तोनी नाम हुन्छ भनेर केटिको नाम ‘सरस्वती’ अनि केटाको नाम ‘केदार’ भनेर राखी दिनु भयो अहिले सम्म पनि तिनीहरुको त्यहि नाम कायम छ ! 

भुराभारीहरु धुलो मैलो फोहोरी भएर आउने ! नगर पंचायत भनेर के गर्नु बिकट दुर्गम जस्तै गाउँ थियो हाम्रो ! बुवाले दांत माझ्नु पर्छ, मुख धोएर कपालमा तेल लाएर कोरी बाटी गर्नु पर्छ ! लुगा सफा लगाउनु पर्छ भनेर सिकाउनु हुन्थ्यो ! मेरो तामांग साथीहरु तेल तप तप चुहाउदै आको देखेर बुवा हास्नु हुन्थ्यो ! अनि यसरि तेल दल्ने हैन मोराहरु ‘हातमा अलिकति तेल हालेर कपालमा दल्ने भनेर सिकाई दिनु हुन्थ्यो ! 

स्कुल निकासा भएर आउँदा स्कुलको नाम ‘निर्मल ज्योति रास्ट्रिय प्राथमिक स्कुल बहादुरगन्ज, कमाने’ कायम थियो ! शिसु बाट ४ कक्षा सम्म हामीले पढ्दा स्कुलको नाम परिवर्तन भएको थिएन ! पछी स्कुलमा बिधार्थीको चाप बढ्दै गयो ! बुवाले भ्याउन सक्नु भएन ! पछी ७ कक्षा पढेका छिमेकि वार्ड न ७ का कमल केसी र मिना थापा २ जनालाई बुवाले सहायक राख्नु भयो !
२०३२ सालमा हामीले नि.मा.बि पढ्न खोला पारीको श्रमिक नि.मा.बि मा गयौ ! सायद हामीहरुले स्कुल छोडे पछी स्कुलको नाम पनि परिवर्तन भएको हुनु पर्दछ ! हेटौडामा नया शिक्षा २०३३ सालमा लागु भएको हो ! शिक्षक तालिम अनिवार्य लिनु पर्ने भए पछी बुवा बिहान तालिम दिउसो स्कुल गर्नु हुन्थ्यो ! पछी खै के कारणले खटपट भएर हो बुवाले २०३३/३४ सालमा स्कुलबाट राजीनामा दिएर शान्ति बनस्पति घ्यु कारखानामा जागिर खान जानु भयो !

हाम्रो वडाको सबै जग्गा जमिन २०३६ साल सम्म ऐलानी थियो ! जमिनको नापी २०३२ साल बाट सुरु भएको जस्तो लाग्छ र त्यो बेलामा स्कुलको जमिन बुवाले नै नपाई दिनु भएको हो र स्व.मेजर भक्त बहादुर गुरुङले खाली पर्ती ऐलानी जमिनमा स्थापना गर्नु भन्ने दिएको आदेसानुसार मूल कच्चि मोटर बाटोको छेउमा २ पाखे फुसको छानो भएको त्यो स्कुललाई पछी २०३४/३५ सालमा डाँडामा स्थापना गरिएको हो !

निर्मल ज्योति अर्थात हालको चन्द्रोदय हाई स्कुल स्थापनामा स्व.मेजर भक्त बहादुर गुरुङको जति देन छ त्यतिनै देन स्व.हरि प्रसाद घिमिरे, स्व.हरि बहादुर थापा र मेरो बुवा अर्थात त्यो स्कुलको पहिलो मास्टर श्री नारायण मान शिंह डंगोलको पनि छ र त्यस पश्चात अन्य सहयोगीमा अक्कल बहादुर थिंग, स्व.तुल बहादुर मोक्तान, स्व.श्रीमान घलान, स्व.कुल बहादुर घलान, बीर बहादुर घलान, हस्त बहादुर थिंग, वृष बहादुर थापा, गोपी मुक्तान, बाबुराम ढुंगाना समेतको देनलाई भुल्न सकिदैन !
सुन्दैछु यी पात्रहरु मध्येको कतिपय जीवित पात्रहरुलाई बेवास्ता गर्दै नयाँ नयाँ नाउको पात्रहरुलाई स्कुलको संस्थापक घोषणा गरेर सम्मान गरियो रे ! नेपालको राजनीति पार्टीको भागबण्डाको रोगले स्कुललाई पनि गाँजेको रै छ जुन घृणित तथा दुखद कदम हो ! 

सम्मान गर्ने हो भने स्व.भक्त बहादुर गुरुङको धर्म पत्नी अहिले पनि जिवितै हुनुहुन्छ उहाँलाइ गर्ने गरौ ! स्कुल निर्माणमा उहाँको पनि देन छ भने पहिलो शिक्षक र हेटौडा नगर पालिका वार्ड नं ८ र ७ मा ‘नारान मास्टर’ को नामले चिनिनु भएको श्री नारायण मान शिंह डंगोललाई कमानेको स्कुलले कसरि बिर्सियो त्यो अचम्मको कुरा हैन र ? ईतिहासलाई बंग्याउने काम कोहि कसैबाट हुनु गरिनु त्यो राम्रो काम हैन किनभने त्यो स्कुलको हामी पहिलो बिधार्थीहरु अहिले सम्म साक्षी बनेर बसेका छौ !
‘अस्तु’

'एक्लै बस्न रुचाउँछु'

Written By खांट्टी कुरा on Friday, November 07, 2014 | November 07, 2014

गत साता नेम्वाङसँग शुक्रबार साप्ताहिककी सजना बरालले अन्तरंग कुराकानी गरेकी थिइन्। त्यसमा उनले आफू एक्लै बस्न रुचाउने व्यक्ति भएको बताएका थिए। पढ्नुहोस् अन्तर्वार्ता विस्तृतमाः
घर सर्नु भएछ...
सरेँ। धेरै वर्ष भाटभटेनी बसियो। पहिले–पहिले त्यो एरिया शान्त थियो। रमाइलो लाग्थ्यो। अचेल हल्लाखल्ला बढी हुन्छ। मलाई कोलाहल मन पर्दैन। शान्त ठाउँमा एक्लै बस्न रुचाउँछु। मान्छेहरू आउजाउ गरेको पनि त्यति मन पर्दैन। त्यहाँ छँदा धेरैले मेरो घर चिनेका थिए। त्यसैले, आउजाउ बढी हुन थाल्यो। मैले आफूलाई टाइमै दिन सकिनँ। निस्सासिएजस्तो भयो। त्यसैले त्यो ठाउँ छोडेँ। नयाँ घर शान्त ठाउँमा छ। आनन्द लाग्छ।

घरमा एक्लै बस्नुहुन्छ। दिन काट्न गाह्रो हुँदैन?

कुकुर, बिरालो पालेको छु। बंकी, न्होलो, अल्छी, मैली र सल्टी गरी पाँचवटा कुकुर–बिराला छन्। यिनीहरूसँगै खेलेर बस्छु। यिनीहरूकै हेरचाह गर्छु। केही पाइनँ भने एक्लै धुमधुमती बस्छु। त्यसो गर्न पनि रमाइलो लाग्छ। घरको सरसफाइ आफैँ गर्छु। समय बिताउन गाह्रो छैन। बरु, म त कहिले काम सकिएला र घर गएर एक्लै बसौँला भनेर कुरिरहन्छु। मलाई मेरो साथ प्यारो लाग्छ।
सबै कुकुर, बिराला किनेरै ल्याउनु भएको हो?
होइन। मैले यिनीहरूलाई सोखले पालेको पनि होइन। म त 'मी टाइम' धेरै चाहिने मान्छे भएकाले जीवजन्तु केही पाल्दिनँ, फुक्काफाल भएर बाँच्छु भन्ने सोचमा थिएँ। तर, यिनीहरू सडकमा बेहाल भएर हिँडेको देखेपछि मन थाम्न सकिनँ। घर ल्याएँ। सल्टीलाई इमेज एफएममा छँदा नै फेला पारेको हुँ। एकदम लुते, जीउभरी खटिरा भएको अवस्थामा अफिसअगाडि आएको थियो। साह्रै माया लाग्यो। उठाएर घर ल्याएँ। बंकी बिरालोलाई चाहिँ तीन महिनाअघिमात्रै भेट्टाएको हुँ। यो पनि खान नपाएर हाड र छालाको मात्रै थियो। अहिले मोटाएर ढुस्स भा'छ। 
जनावरको त्यस्तो माया लाग्छ?
एकदमै माया लाग्छ। मलाई मान्छेमा त्यति लगाव छैन। तर, पशुपक्षीप्रति भयंकर अट्याचटमेन्ट छ। यिनीहरूको दुःख हेर्नै सक्दिनँ। यिनीहरू छटपटाएको देख्दा असाध्यै पीडा हुन्छ मलाई। धेरै समयसम्म दुःखी भइरहन्छु। एकातिर मान्छे मर्न लागेको छ र अर्कोतिर जनावर घाइते भएर छटपटाइरहेको छ भने म जनावरको पीडा देखेर कहालिन्छु। मान्छेको अवस्थाप्रति चासो हुँदैन। यी दुईमध्ये कसलाई केयर गर्ने भनियो भने म निसंकोच जनवारपट्टि लाग्छु। सुन्दा अनौठो लाग्ला। तर, मेरो स्वभाव यस्तै छ।

मान्छे चाहिँ केही होइनन् तपाईंका लागि?
म पनि मान्छे भएकाले मलाई पनि अरू मान्छे चाहिन्छ। समाज चाहिन्छ। मेरो व्यवसाय मान्छेहरूसँग घुलमिल हुनैपर्ने खालको भएकाले बाध्यतावश अरूसँग बोल्ने, फाट्टफुट्ट पार्टीतिर गइदिने, अन्तर्वार्ता दिने गर्छु। मेरो रुचि र स्वभावमा अन्तर नहुँदो हो त म यो सबै केही गर्दैन थिएँ। मान्छे भनेका रिप्लेसेबल चिज हुन् भन्ने लाग्छ मलाई। एउटा मान्छे गए अरू दशजना उसको ठाउँमा आइपुग्छन्। 'यो मान्छे सबैभन्दा महत्त्वपूर्ण छ, योबिना जिन्दगी नै चल्दैन, योबिना कामै बन्दैन' भन्नेमा विश्वास लाग्दैन। मान्छे भन्ने जातका कतिपय कुरा मलाई चित्त बुझ्दैनन् पनि। कहिलेकाहीँ त मान्छेहरू प्लास्टिकजस्ता देख्छु। उनीहरूको व्यवहार र आडम्बरले त्यस्तो छनक दिन्छ। त्यसकारण मान्छेप्रति श्रद्धा जाग्दैन। हामीमा इमानदारी र बफादारी भइदिएको भए हामी पनि चार हातखुट्टा टेकेर हिँड्ने थियौँ भन्ने लागिरहन्छ सधैँ।

मान्छेप्रति लगावै नभएर हो बिहेवारी नगर्नु भएको?
बिहे किन गर्ने? दुइटा उत्तर छन्। एक, वंश अगाडि बढाउन। दोस्रो, सहाराका लागि। यी दुवै कुरा तत्कालका लागि मलाई चाहिएका छैनन्। जतिबेला मलाई खाँचो पर्छ, त्यतिबेला गरौँला। अहिले म बिहेका लागि मानसिक रूपमा तयार छुइनँ। बिहे गरेपछि सामना गर्नुपर्ने प्रश्नका ओइरोदेखि तर्सिन्छु। 'कहाँ गएर आएको? किन गएको?' यस्ता प्रश्न मलाई मन पर्दैनन्। मलाई त मेरो आमु, दिदी–भिनाजुले समेत 'तँ त बिहे नै नगर, आफ्नै तरिकाले बाँच्' भन्नुहुन्छ।

किन?
भनेँ नि, म बिहेको लागि अहिले रेडी (तयार) छुइनँ। उहाँहरूले मलाई र मेरो स्वभावलाई बुझ्नुभएको छ। त्यसैले त्यस्तो प्रतिक्रिया दिनुहुन्छ। तर, एउटा रमाइलो कुरा के छ भने हाम्रो समाजमा बिहे नगरी बसेका महिला या पुरुष, दुवैप्रति अनेक आशंका गरिँदा रहेछन्। उनीहरूमाथि धेरै प्रश्न उठाइँदा रहेछन्। जस्तो, किन बिहे नगरेको? के भएर नगरेको? आदि। बिहे नै सबथोक हो भन्ने मान्यता छ यहाँ। संसारमा अरू कुरा पनि हुन्छन् भन्ने थाहै छैन। मान्छेको स्वभावको विविधताबारे आइडियै छैन। ममाथि चाहिँ यस्ता प्रश्न उठाउनुको तुक किन पनि छैन भने, मैले भन्दै आएको छु नि, मलाई समग्र मान्छेप्रति नै लगाव छैन। लगावै नभएपछि म कुनै मान्छेसँग नजिक हुने वा आत्मीय हुने त चान्स नै छैन।

आजका मितिसम्म मान्छे जातको कसैसँग पनि तपाईं आकर्षित हुनुभएन?
भएँ नि। मान्छेप्रति लगाव छैन, पर्सनल स्पेस बढी चाहन्छु भन्दैमा मभित्र मान्छेका गुणहरू नै छैनन् भन्ने होइन। जिन्दगीको एउटा एपिसोडमा मायाप्रेम पनि गरियो। अहिले जति पर्सनल स्पेस चाहिन्छ, मलाई त्यो बेला यतिविघ्न चाहिँदैन पनि थियो। अमेरिकामा छँदा मेरो ताल देखेर साथीहरू छक्क पर्थे। 'ओ माई गड तँ त...' भन्थे। तर, ती सबै क्षणिक थिए। अफेयर, रोमान्स, गर्लफ्रेन्ड सबै कुराका आ–आफ्ना समय हुँदा रहेछन्। मैले त्यो समय पार गरिसकेँ। तर, एउटा सत्य चाहिँ के भने मलाई त्यो बेला पनि बिहे गरौँ भन्ने रहर चाहिँ कहिल्यै जागेन।

सबैसँग टाइम–पासमात्रै गर्नुभयो...
केटा र केटी दुवैको समझदारीमा भएका चिजलाई टाइम पास भन्न मिल्दैन। एउटाले आफ्नो फाइदाको लागि मात्र प्रेमको नाटक गर्छ भने त्यसमा खोट हुन्छ। मैले त्यस्तो गरिनँ। कहिल्यै कसैको चित्त दुखाइनँ।

कामको चाप कत्तिको छ अहिले?
चाडपर्वले गर्दा धेरै काम अधुरा रहेका थिए। तिनलाई सल्टाउनु पर्नेछ। मेरो तेस्रो सिनेमा 'अझै पनि' को काम पनि धमाधम भइरहेको छ। सुटिङ सकिसक्यो। डबिङ हुँदै छ। दुईचारवटा म्युजिक भिडियो पनि खिच्नु पर्नेछ। चापै छ भन्नुपर्‍यो।

यसपालि पनि सुदर्शन थापासँगै काम गर्नु भएछ। फेरि पनि उही लभ–स्टोरी फिल्म बनाउने हो?
होइन। यसपालि हामीले पहिलेका जस्ता सिनेमा बनाएका छैनौँ। 'अझै पनि' सामाजिक प्रकारको फिल्म हो। यसमा काँठ क्षेत्रको कथा समेटिएको छ। यसमा ठेट नेपालीपनको सुगन्ध आउँछ भन्नेमा हामी विश्वस्त छौँ। 
फिल्मको विधा किन फेर्नुभएको?
शहरिया वातावरणको, माया–प्रेममा आधारित फिल्म बनाइसकेँ। यसपालि अलि फरक गरौँ भनेर विशेषतः ग्रामीण समाजको विषयवस्तु रोजेको हुँ। फेरि, हामी जतिसुकै आधुनिक बन्न खोजे पनि आफ्नो मूल्य र मान्यतालाई बेवास्ता गर्न सक्दैनौँ। देश/विदेश जति चहारे पनि आखिर आफ्नै ठाउँ प्यारो लाग्छ, आफ्नै गाउँ प्यारो लाग्छ। त्यसकारण, शहरिया रिवाजको कथाभन्दा अलि पर गएर मैले हाम्रो असली संस्कृति, मूल्य र मान्यतामा आधारित फिल्म बनाएको छु यसपालि।

प्रायः एउटै टिमसँग काम गर्नुहुन्छ तपाईं। म्युजिक भिडियोमा झरना वज्राचार्य, नम्रता श्रेष्ठ आदिलाई लिनुहुन्छ। फिल्ममा पनि सुदर्शन थापा, आर्यन सिग्देलसँग काम गर्नुहुुन्छ। किन यस्तो?
यसको एउटै उत्तर छ– मसँग बिर्यानी खाने औकात छ भने म किन उसिनेको चामलको भात खान्छु? मैले झरना वज्राचार्य, नम्रताजस्ता सिपालु कलाकारसँग काम गर्न पाउँछु भने केही जान्दै नजानेका, मार्केट भ्यालू पनि कम भएकासँग किन काम गर्नु? नेपालमा झरनाबाहेक क्यामरामा त्यतिविघ्न फ्यानट्यास्टिक र त्यतिविघ्न सेक्सी देखिने अर्को मोडल भेटेको पनि छुइनँ मैले। यसो भनेर अरूलाई कम आँकेको होइन। प्रियंका कार्की, केकी अधिकारीहरूसँग पनि नियमित काम गरिरहेको छु। तर, झरनामा बेग्लै क्वालिटी छ।

तर, जतिसँग काम गर्नुहुन्छ, उनीहरूसँग सम्बन्ध टिकाइराख्न सक्नुहुन्न रे नि?
सम्बन्ध भन्ने चिज दिगो हुनै सक्दैन। आमा र छोराछोरीको सम्बन्ध त सधैँ उस्तै रहँदैन भने व्यावसायिक जीवनमा भेटिएका साथीभाइसँगको सम्बन्ध तलमाथि हुनु नौलो कुरै होइन। फेरि, सम्बन्ध नटिक्नुको अर्थ यो हुन जरुरी छैन कि एकआपसमा मनमुटावै भएको होस्। झरना, नम्रतालाई मैले त्यो बेलादेखि चिनेको हो जतिबेला उनीहरू करिअर सुरु गर्दै थिए। उनीहरूले मसँग धेरै काम गरे। बीचबीचमा के कसो गर्ने भनी मसँग सल्लाह पनि मागे। पछि, आफैँ निर्णय गर्न सक्ने भए। मेरो आवश्यकता परेन। आवश्यकता परेको भए केही गडबडी छ भनेर बुझ्नुपर्थ्यो। कि त उनीहरू परिपक्व हुन नसकेका भनेर बुझिन्थ्यो कि हामीहरूबीच केही खिचडी पाकेको छ भन्ने। त्यस्तो भएन। यसको अर्थ हामीहरूको सम्बन्ध सुमधुर र निर्मल छ।

म्युजिक भिडियोको कन्सेप्ट फुराउन कत्तिको समय लाग्छ?
हेरी, हेरी हुन्छ। कहिले छिनका छिन फुर्छ। कहिले हप्तौँ सोच्दा पनि क्लिक हुँदैन। तर, नेपालमा म्युजिक भिडियो बनाउन खासै गाह्रो छैन। यहाँ थरीथरीका गीतै बन्दैनन्। सबै गीत उही मिलन र बिछोडका बारेमा गाइन्छन्। एउटै भावलाई अनेक तरिकाले देखाइरहनुपर्दा आफैँलाई वाक्क लाग्छ कहिलेकाहीँ। उही कुरो कतिचोटि, कति प्रकारले देखाउनु जस्तो लाग्छ। कसैले त पातको, आकाशको बारेमा गीत गाइदिए पनि हुन्थ्यो झैँ पनि लाग्छ कहिले त। तर, नेपालीलाई पीडा नै सुन्न मनपर्दो रहेछ। पीडै बिक्छ यहाँ। अरू विषयका गीत गाएर के काम?

परदेशि छोरालाई आमाको चिठी

Written By खांट्टी कुरा on Tuesday, November 04, 2014 | November 04, 2014

नवराज शर्मा सुबेदी

घर आउ मेरो छोरा बुहारीले टेर्न छाडी
बाल बच्चा घरको काम सबै कुरो हेर्न छाडी

 

झिस्मिसेमै उठि हिड्छे राति मात्र घर पस्छे
प्याण्ट शर्ट पहिरिन्छे चोलि सारी बेर्न छाडी

 

बाँ बाँ गर्दै कराउछ भोकै हुँदा गोठमा गाई
सुख्खा पराल दिन्छे बरु घाँसको फ़ेद सेर्न छाडी

 

अन्तै छ रे लसपस भन्ने सुन्छु गाऊँघरमा
डुब्छ नानि गुहु मुतमा थरा थाङ्ना फ़ेर्न छाडी

 

चाल निको नदेखेर बाध्यतामा भन्दै छु म
कुरा बुझ तिमिलाई नैं चिठि पत्र केर्न छाडी

संघीयता नै बुझेका छैनन ल्याउँछन कसरी ?

Written By खांट्टी कुरा on Sunday, November 02, 2014 | November 02, 2014

बिनोद न्यौपाने
- विनोद न्यौपाने, संघीयता विज्ञ ।
नेपालमा संघीयता त्यतिकै आयो जस्तो लाग्छ । कसले कसरी बुझ्यो । त्यतिकै हावादारी तरिकाले संघीयता–संघीयता भन्यो । सबै समस्याको समाधान गर्ने अस्त्रको रुपमा बुझे संघीयतालाई । संघीयतामा यही नै हुन्छ भन्न सक्ने तागत कसैसँग छैन । यो कोर्स कसैले बनाएको होइन । यो समय परिस्थिति र आवश्यकताले एक आपसमा निर्माण हुने कुरा हो । संघीयताको जन्म यसले गर्‍यो  भन्ने छैन । मुलत संघीयता स्पेसलाई आधार बनाइने चिज हो । नेपालको परिप्रेक्षमा सन् २०११ को जनगणना अनुसार १ सय २५ जातजाती छन भने १ सय ४० भाषाभाषी छन । हामी छरपस्ट रुपमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएर बसेका छौं । संघीयताका आधारभुत कुराहरु अनुसार पहिला अरुको हक अधिकारको रक्षा गरेर आफ्नो हक अधिकार खोज्ने हो । तर हाम्रो बानीव्यहोरा ठिक छैन । नेपालमा संघीयता भनेर यसरी हौवा पिटाइयो कि संघीयता भनेको रामवाण हो ।
संघीयता भनेको एन्टिबायोटिक हो निको भइहाल्छ भनेर ल्यायो । राजनीतिक दलका शीर्ष नेताहरुलाई त नभनौ कतिलाई त ज्ञान नै छैन । भएपनि पूर्ण ज्ञान छैन अपूर्ण ज्ञान हुँदा झनझन कुरो मिल्दैन । संघीयताको आधारभूत कुरा राम्रोसँग बुझिदिएको भए आजको यो परिस्थिति आउने थिएन । संघीयता मन लागि बाँडने होइन संघीयता भनेको कुनै पनि ठाउँको स्पेसको स्रोत के छ ? साधन के छ ? जनसङख्या के छ ? संस्कृति के छ ? संघीयता स्थानीयले निर्धारण गर्ने कुरा हो । कर तिरेर उसले कति प्रतिनिधि पाल्न सक्छ ? उसको दैनिक आम्दानी कति छ ? खर्च गर्न सक्छ ? यो आधारभूत डाटा हो । यसको आधारमा तथ्यमा रहेर गर्ने हो भने एक घण्टामा संघीयताको बाँडफाँड हुन्छ । स्पेस नम्स भ्यालुज, एपिच्युट, पपुलेन्सन, कल्चर, कस्टम र रिच्योल भएपछि जसले पनि संघीयताको बाँडफाँड गर्न सक्छ । संघीयता भनेको त तपाई हाम्रो विकास गर्न चाहिएको हो । यो आधारभूत कुरामै टेकेर राजनीतिक दलका नेताहरुले वास्तवमै संघीयता चाहेको भए व्यवहारमा गर्न सक्नु पर्दथ्यो त्यो गर्न सकेनन । एक त यिनीहरुले स्थानीय निकायको निर्वाचन नै गराएनन् । पार्टीहरु मिलेर खाने कुरामा सहमति जनाउँदै आएका छन् । संसदलाई दिएको एक करोड रुपैयाँ संघीयताको एउटा सानो नशा हो । यो एक करोड पनि कसरी बाँडफाँड गरेर सिध्याएका छन् त्यो देखिएकै कुरा हो । संघीयताको विषयमा कांग्रेस, एमाले र एमाओवादीसँग जावाफ नै छैन ।

यहाँ त के छ भने कति राज्य बाडने र आफूले आफ्नो स्वार्थ अनुकूल बाँडेर राज्य गर्ने । आफ्नो स्वार्थ अनुसारको स्वार्थ छ । संघीयताको विषयमा राजनीतिक दलहरुले संघीयता सम्बन्धि विज्ञ राखेर एक बर्ष अध्ययन गर्नु दिनुपर्छ । संघीयताको विषयमा यिनीहरुले जिआइएस गर्ने सिस्टम छ त्यही अनुसार नेपालको नक्सा टेबुलमा राखेर चिरफार गर्छन । संघीयताको कुरा उठाउने वित्तिकै कांग्रेस, साझा पहिचान, एमाले बहुपहिचान, एमाओवादीले जातजाति सहितको पहिचान भनेर मनलाग्दी रुपमा प्रदेशको निर्धारण गरेका छन् । प्रदेश निर्माण गर्ने आधार अहिलेसम्म नेताहरुले खै त प्रस्तुत गरेको ? एमालेले ल्याएको चार प्रदेशको आधार के ? नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई नै सोधौ, सात प्रदेशको आधार के ? प्रचण्डलाई सोधौ,१० प्रदेश के हो ?

जनसंख्यामा कुरा गर्ने हो भने अहिले तीन जना कुसुण्डाहरु क्षेत्रीसँग विवाह गरेका छैन । कुसुण्डा भाषाको विकास गर्न धेरै मानिसले अनुसन्धान गरेका छन् । कुसुण्डालाई कुन राज्य दिने उसको पनि पहिचान दिनु पर्‍यो नि त ? संघीयता त सभासद्लाई पत्तो नै छैन संघीयताको विषयबस्तु र परिभाषा नै थाहा छैन यि राजनीतिक दलका नेताहरुलाई । ६०१ मध्ये अधिकाश सभासद्लाई संघीयता स्पेसको आधारमा हुन्छ भन्ने कुरा थाहा छैन । संघीयताको वेसिक भनेको स्पेस हो । हाम्रो नेताहरु के गर्दा फाइदा हुन्छ त्यतारि लागेका छन् । संविधान जारी भएपछि नेपाली जनतालाई के दिने भन्ने कुरा भन्दा पनि कसले सरकार बनाउने भन्ने विषयमा बहस हुन थालेपछि पनि हुन्छ ? १५ दिन युरोपमा गएर बस्दैमा एउटा सासदले संघीयता बुझ्छ भन्या ? संघीताको कुरा गर्दा सिंगो देश बुझ्नु पर्‍यो । सबै जातजायि बुझ्नु पर्‍यो । सबै भाषाभाषिलाई बुझ्नु पर्‍यो नि त ? नेपाल जान्नु पर्‍यो । संघीयता दिने । स्रोत र साधन बाडफाँड गरेर डा. हर्क गुरुङले उत्तरदेखि दक्षिणसम्म काटेर वैज्ञानिक ढंगले विभाजन गरेको कुरालाई दिनसक्नु पर्‍यो नि ? संघीयताको विषयमा विज्ञ नराखिकन छलफल नै नगरीकन स्थानीय स्पेसको स्रोत साधनलाई अध्ययन नगरी गर्न सकिदैन । हावाको भरमा यति प्रदेश र उति प्रदेश भन्छौ । के हो त आधार भन्दा नेताहरुसँग यसको स्पष्ट जवाफ छैन । हाम्रो कमजोरी यही नै हो ।

तथ्यविनाको संघीयता दलहरुबीच सहमति फुस्रो गफ पहिलो कुरा त नेताहरु संघीयताको विषयमा आफूहरु नै स्पष्ट छैनन जसको कारणले सहमति कायम हुन नसकेको हो । यो राष्ट्र हाम्रो हो । यसलाई बनाउनु हामी सबैको दायित्व र कर्तव्य हो । अधिकारबाट बञ्चित भएकाहरुलाई कसरी अधिकार दिन सकिन्छ । स्वास्थ्य मन्त्रालयले चेपाङको बच्चालाई एमविविएसको कोटा छुट्टयाएको छ । पहिला त सरकारले प्राथमिक तहमा पो गर्नुपर्छ त ? यस्ता कुराहरु छन् । भाषाको विकास हामीले गर्न सकनौ । नेपाली भाषाको विकास नै भएन । नेपालमा नेपाली भाषामा पिएचडी नै गर्न पाइदैन । हामीले १४० वटै भाषाको विकास गर्न सकेनौ । भाषाको अनुसन्धान गर्नु पर्‍यो ।

मौखिक संघीयता कति दिन टिक्ला ?
पहिचान भन्ने बडा गाह्रो छ । कसरी दिने पहिचान ? पहिचान भनेको शिक्षामा झल्किन्छ । अर्को ल्यान्डमा झल्किन्छ । जातिय पहिचान के हो ? पहिचानमै कम्फुजन छ । नाम राखेर मात्र हुन्छ । हामीलाई उल्टो डोहोर्‍याउँदै छन । ग्लोबलाइजेसनलाई रोक्ने सामथ्र्य यि पार्टीहरुमा छ र ? संविधानमा संघीयतालाई थाति नै राखेर जाने कुरा पनि अहिले आएको छ । देश नै विकास गर्न हो । जनतालाई सेवा सुविधा दिन नै हो भने संघीयताका प्रिन्सिपल राम्रो छ । नेताहरुले मौखिक ढंगले बनाएको संघीयता नेपालमा कति टिक्ला ? यिनीहरुको बुद्धि । स्पेसलाई आधार नै लिदैनद । स्रोत र साधानको कुरालाई आधार नै लिदैनन । एक चोटी टुप्पा–टुप्पाको कुराहरु छन । यति प्रदेश र उति प्रदेश भन्ने कुरा गर्छ । संघीयताको कन्सेप्टमा यिनीहरु ९० प्रतिशत गलत छन् । ग्लोवजाइजेसनको प्रिन्सिपल भनेको फुटाउ र राज गर भन्ने हो । धेरै जादैन भन्छन,डेबिड हावेर्ट । अहिले भेगेको संक्रमणकाल स्वभाविक नै हो ।

नेपालमा आदिवासी नै छैनन !

नेपालमा आदिवासी नै छैनन । मैले पढेको पेपर अनुसार अहिलेसम्म भएका अध्ययन अनुसन्धान गरेको पेपरलाई हेर्ने हो भने नेपालमा आदिवासी छैनन् । यो कुनै हावादारी कुरा होइन तथ्यले पुष्टि गरेको छ । फ्रान्सेली साइन्टिसहरुले तामाङ, मगर राई लिम्बुहरुको विषयमा अध्ययन भएका छन् । राई लिम्बुको विषयमा स्वर्गीय इमानसिंह च्याम्जोङले स्पष्ट लेखिदिएका छन, पश्चिम बंगालबाट आएको हो भनेर हिमालय रिर्सचले भाषाको विषयमा अध्ययन गरेको छ । नपाली कम्युनिटी कसरी बनेको छ । हामी बेबिलियो पर्सियाबाट भाग्दै–भाग्दै खसहरु बर्मा भारत हुँदै नेपाल आएको देखिन्छ । हामी मुसलमानहरुको डरले भाग्दै भाग्दै आएका हौ । खसहरुसँगै किराँतीहरु पनि नेपाल आएका हुन् । बाँच्नको लागि संघर्ष गर्दै लडाईको डरले भागेर र शिकार खेल्न पसेर बनेको देश हो । अनुसन्धानलाई आधार मान्ने हो आदिवासी कोही पनि छैन । आफ्ना कुर्सीका लागि पैसा कमाउ राजनीतिक पावरमा कसरी पुगौ भन्ने उदेश्य राखेर भनिएको जस्तो देखिन्छ । जातजातिको विषयमा हाम्रो देशमा समस्या छ । इण्डीया बंगलादेश र नेपालमा छ । जात हराउँदै गएको छ । जातलाई अहिले उल्टो ढंगबाट उचाल्दै छन । दलित र बाहुन भनेर कत्रो बार लगाइदिएको छ ?

राज्यले दिने थोरै सुविधा । 
संघीयता भनेको ठूलो भिजन राखेर बनाइने चिज हो । संघीयताको लागि हावामा गुडाएर हुँदैन सडकमा कुदाउनु पर्छ अब समय लागोस । स्पेसमा भएका स्रोत र साधान सबै बाहिर ल्याउनु पर्छ । हामी कुन कुर्सीमा बसेका छौ , कुर्सीको स्पेस कति लिएको छ सामाथ्र्य कति छ ? सघीयताको गाडि त हावामा कुदाउँदै छन । हाम्रो नेपाली समाजमा बोक्सी भनेर परालको मुठो बाल्छौ । हाम्रो मिडियाले दिशा गरेपछि हात धुनुपर्छ भनेर सिकाउँछौ । हामीले अहिलेसम्म दिशा धुनै जानेका रहेनछौ । खानको त कुरै छाडिदिनुहोस । फोहोर हो भन्ने कुरा बुझेकै रहेछनौ । हाम्रो स्पेस । हामी कति जातजाति छौ ? तिनीहरुलाई कति पावर दिन सक्छौ । आफ्नो मुल्याङ गर्नु पर्‍यो । जुन पावर हो लोकल मानिसहरुले आफ्नो स्रोत साधान खर्च आम्दानी कति हुन्छ भनेर विस्तृत अनुसन्धान गरोस । केपी ओली, प्रचण्ड, सुशील कोइराला, बाबुराम भट्टराई राजनीति गर्न जान्दछ । त्यो उनीहरुले गर्ने काम हो । जान्दै नजान्ने विषयमा हात हालेर कसरी सकिन्छ ? सबै धामी सबै झाँक्रीकोस्थिति छ । बाहिर मूलुकहरुमा संघीयताको विषयमा राजनीतिक दलका नेताहरु कक्षा लिन आउँछन । हाम्रो विज्ञ भनिनेहरु मेरो जागिरेको प्रोमोसन गरिदेऊ भनेर धाउने गरेका छन् । कति लाजमर्दो कुरा हो भन्दा अरु के हुन सक्छ ? यो देशमा सुनको टुक्रो भयो भने सबैको होइन र भन्या । पार्टीका मान्छे राखेर टोली गठन गरेको थिए । धुलिखेल जिआइएस गरेर कता कतिा टेलुलमा नक्सा राखेरर स्रोत र साधनको अध्ययन नै नगरी हावादारी ढंगले बुझाएको प्रतिवेदनले संघीयताको बाँडफाँड हुन सक्दैन ।

यसरी जन्मियो संघीयता

संघीयता जन्म युरोपमा दोस्रो विश्वयुद्धमा भयङकर रक्तपात भएर धेरै ठूलो क्षति भएपछि त्यहाँका स्थानीयहरुको सक्रियामा जन्मिभएको हो । संघीयता कसैले जन्माएको प्रिन्सिपल होइन । संघीयता एक आपसमा स्थानीयले जन्माएको हो । दोस्रो विश्वयुद्ध पछि ठूलो रक्तपात पनि युरोपका देशहरुमा हाम्रो विकास गर्नको लागि एक हुनुपर्छ भन्ने कन्सेप्टमा संघीयता जन्मियो हो । सबैले मान्ने नम्स भ्यालुजलाई वेसिक आधार बनाएर फ्रेडेसन र इन्च्युट गर्ने कुरामा जन्मिएको हो संघीयता ।

–कुराकानीमा आधारित

नेपाली हेड लाईन्स बाट साभार !

नेपालमा इसाईहरूको आपत्तिजनक क्रियाकलाप र चलखेल

Written By खांट्टी कुरा on Saturday, November 01, 2014 | November 01, 2014

दीर्घराज प्रसाई
लेखक
भारतमा धर्मपरिवर्तन गराउन सर्वप्रथम त्यहाँका हरिजन, तल्लो जातका समुदाय, बिरामी, गरिबहरूलाई पैसा र कथित सेवाको आडमा इसाई बनाइयो । पछि उनीहरूबाटै त्यहाँका हिन्दूहरूलाई पिट्ने, मार्ने र हिन्दूहरूको घरमा लुट मच्चाउने, मन्दिर भत्काउने आदि इत्यादि अवस्थाबाट भारतीय धर्म र संस्कृति नष्ट गर्न अनेकौँ कुक्रियाकलाप गरेर भारत वर्षको अस्मिता लुट्ने काम गरियो ।

सन् १८३५ मा लर्ड मेकालेले बेलायतको पार्लियामेन्टमा भनेका थिए– भारत वर्षमा इसाईकरण गर्ने हो भने इसाई बनेका त्यहीँका बासिन्दाहरूलाई सैनिक तालिम दिनुपर्छ । उनैद्वारा कट्टरवादी हिन्दूहरूलाई आक्रमण गराई तर्साएर क्रिस्चियन बनाउन सकिएन भने भारतका हिन्दूहरू कहिले पनि ब्रिटिसको पक्षधर हुने छैनन् । यसको लागि अंग्रेजी भाषालाई अनिवार्य गराउने र त्यहाँ संवत्हरूको सट्टामा इस्वी संवत्लाई लागू गरिनुपर्छ । त्यसप्रति भारतीयलाई आस्थावान् बनाउन सकेपछि मात्र भारतमा इस्ट इन्डिया कम्पनीले आफ्नो सम्राज्य कायम गर्न सक्छ । उनको यो विचारलाई बेलायती संसद्ले पारित गरेर कार्यान्वयन गरेको थियो ।
त्यसपछि प्रारम्भ हुन्छ इसाईहरूको आपत्तिजनक क्रियाकलाप र चलखेल ।

०४४ र त्यसअगाडि पनि मैले भारतको गोवामा पोर्तुगिजहरूले कसरी हिन्दूहरू र हिन्दू अस्मिता नष्ट गरेका थिए भन्ने अध्ययन गर्ने मौका पाएँ । उसबेला गोवाका मन्दिरहरू भत्काएर चर्चमा परिणत गरिए । हिन्दू देवी देवताको कसैको टाउको काटेर फालिएको, कतै हात भाँचिदिएका कहीँ बीभत्स तरिकाले चिन्न नै नसकिने गरेर देवताका मूर्तिहरू नष्ट गरिएको अहिलेसम्म देख्न सकिन्छ । सन् १५६० पछि गोवामा अमानवीय क्रूर बीभत्स कार्य गरियो । त्यसबेला क्रिस्चियनविरोधीलाई जिउँदै जलाइन्थ्यो र हिन्दूहरूको सम्पत्ति चर्चको सम्पत्ति बनाइन्थ्यो । राम्रा–राम्रा हिन्दू महिलाहरूलाई अनेकौँ आरोप लगाएर बलत्कारपछि जिउँदै आगोमा जलाइन्थ्यो । गोवामा कुनै पनि गैरक्याथोलिक अर्थात् हिन्दूलाई आफ्नो सम्पत्तिमाथि अधिकार थिएन । अहिले नेपालमा त्यस्तै गर्न खोजिएको छ । भोलिका दिनमा नेपाललाई त्यत्तिकै खतरा छ । यसका लागि ०६३ सालपछि विनासहमति बनेका चर्चहरू सबै विनासर्त हटाइनुपर्छ र कुनै नेपालीले आफ्ना घरमा प्रशस्त भाडा दिइरहेका भए पनि इसाई कार्यालय राख्न दिन हुन्न । त्यसको साथै हिन्दू तथा बौद्धबाट इसाई बनेका तमाम जनतालाई आ–आफ्नै धर्मकर्म र रीतिरिवाजमा फर्कन आह्वान गराएर उनीहरूबाटै इसाईहरूको सैतेनी व्यवहारलाई बहिष्कार गर्न लगाउनुपर्छ । यो भूमिमा मानसिक दबाबबाट धर्म परिवर्तन गरेका बबुराहरूलाई राष्ट्रिय अनुशासनमा राख्ने कुरा राज्यको कर्तव्यभित्र पर्छ ।

अमेरिकाले आफूलाई जति नै प्रजातन्त्रवादी हुँ भनेर मानवअधिकारको बखान गरे पनि ऊ एक अप्रजातान्त्रिक र असहिष्णु राष्ट्र हो । यिनीहरू मानवअधिकार र प्रजातन्त्रको कुरा गर्छन् तर काम ठीक उल्टो गरेर अन्य राष्ट्र र धर्मविरुद्ध खनिन्छन् । क्याथोलिक र प्रोटेन्टेन्ट क्रिस्चियनले जनजातिको समर्थन गरेजस्तो गरेर पैसा बाँड्दै इसाई मिसनरीले जनजातिको धर्म र संस्कृति नष्ट गराउन उत्प्रेरित गर्छन् । नेपालमा पार्टीबाहिर र पार्टीभित्रका आदिवासी जनजातिका अगुवाहरूलाई फुटाएर प्रशस्त रकम दिएर दिग्भ्रमित गराउन थालिएको छ । नेपालमा ठूलो पार्टी वा साना पार्टीभित्रका बाहुनहरू, नागरिक समाज र मानवअधिकारवादी गैरसरकारी संस्थाका अगुवाहरू अधिकांश बाहुनहरू नै छन् । बाहुन नेताहरूले जुनसुकै धर्म माने पनि आवश्यकभन्दा बढी पैसा दिए पनि उनीहरू चुप्प लाग्छन् भन्ने उनीहरूको अध्ययन छ । यस स्थितिमा नेपालमा धर्मपरिवर्तन गर्ने इसाईलाई यो भूमिमा चलखेल गर्न नदिन हामी आफैँ सचेत हुनुपर्छ ।
दीर्घराज प्रसाईज्युको फेसबुक बाट साभार !
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger