Home » » नेपालमा इसाईहरूको आपत्तिजनक क्रियाकलाप र चलखेल

नेपालमा इसाईहरूको आपत्तिजनक क्रियाकलाप र चलखेल

Written By खांट्टी कुरा on Saturday, November 01, 2014 | November 01, 2014

दीर्घराज प्रसाई
लेखक
भारतमा धर्मपरिवर्तन गराउन सर्वप्रथम त्यहाँका हरिजन, तल्लो जातका समुदाय, बिरामी, गरिबहरूलाई पैसा र कथित सेवाको आडमा इसाई बनाइयो । पछि उनीहरूबाटै त्यहाँका हिन्दूहरूलाई पिट्ने, मार्ने र हिन्दूहरूको घरमा लुट मच्चाउने, मन्दिर भत्काउने आदि इत्यादि अवस्थाबाट भारतीय धर्म र संस्कृति नष्ट गर्न अनेकौँ कुक्रियाकलाप गरेर भारत वर्षको अस्मिता लुट्ने काम गरियो ।

सन् १८३५ मा लर्ड मेकालेले बेलायतको पार्लियामेन्टमा भनेका थिए– भारत वर्षमा इसाईकरण गर्ने हो भने इसाई बनेका त्यहीँका बासिन्दाहरूलाई सैनिक तालिम दिनुपर्छ । उनैद्वारा कट्टरवादी हिन्दूहरूलाई आक्रमण गराई तर्साएर क्रिस्चियन बनाउन सकिएन भने भारतका हिन्दूहरू कहिले पनि ब्रिटिसको पक्षधर हुने छैनन् । यसको लागि अंग्रेजी भाषालाई अनिवार्य गराउने र त्यहाँ संवत्हरूको सट्टामा इस्वी संवत्लाई लागू गरिनुपर्छ । त्यसप्रति भारतीयलाई आस्थावान् बनाउन सकेपछि मात्र भारतमा इस्ट इन्डिया कम्पनीले आफ्नो सम्राज्य कायम गर्न सक्छ । उनको यो विचारलाई बेलायती संसद्ले पारित गरेर कार्यान्वयन गरेको थियो ।
त्यसपछि प्रारम्भ हुन्छ इसाईहरूको आपत्तिजनक क्रियाकलाप र चलखेल ।

०४४ र त्यसअगाडि पनि मैले भारतको गोवामा पोर्तुगिजहरूले कसरी हिन्दूहरू र हिन्दू अस्मिता नष्ट गरेका थिए भन्ने अध्ययन गर्ने मौका पाएँ । उसबेला गोवाका मन्दिरहरू भत्काएर चर्चमा परिणत गरिए । हिन्दू देवी देवताको कसैको टाउको काटेर फालिएको, कतै हात भाँचिदिएका कहीँ बीभत्स तरिकाले चिन्न नै नसकिने गरेर देवताका मूर्तिहरू नष्ट गरिएको अहिलेसम्म देख्न सकिन्छ । सन् १५६० पछि गोवामा अमानवीय क्रूर बीभत्स कार्य गरियो । त्यसबेला क्रिस्चियनविरोधीलाई जिउँदै जलाइन्थ्यो र हिन्दूहरूको सम्पत्ति चर्चको सम्पत्ति बनाइन्थ्यो । राम्रा–राम्रा हिन्दू महिलाहरूलाई अनेकौँ आरोप लगाएर बलत्कारपछि जिउँदै आगोमा जलाइन्थ्यो । गोवामा कुनै पनि गैरक्याथोलिक अर्थात् हिन्दूलाई आफ्नो सम्पत्तिमाथि अधिकार थिएन । अहिले नेपालमा त्यस्तै गर्न खोजिएको छ । भोलिका दिनमा नेपाललाई त्यत्तिकै खतरा छ । यसका लागि ०६३ सालपछि विनासहमति बनेका चर्चहरू सबै विनासर्त हटाइनुपर्छ र कुनै नेपालीले आफ्ना घरमा प्रशस्त भाडा दिइरहेका भए पनि इसाई कार्यालय राख्न दिन हुन्न । त्यसको साथै हिन्दू तथा बौद्धबाट इसाई बनेका तमाम जनतालाई आ–आफ्नै धर्मकर्म र रीतिरिवाजमा फर्कन आह्वान गराएर उनीहरूबाटै इसाईहरूको सैतेनी व्यवहारलाई बहिष्कार गर्न लगाउनुपर्छ । यो भूमिमा मानसिक दबाबबाट धर्म परिवर्तन गरेका बबुराहरूलाई राष्ट्रिय अनुशासनमा राख्ने कुरा राज्यको कर्तव्यभित्र पर्छ ।

अमेरिकाले आफूलाई जति नै प्रजातन्त्रवादी हुँ भनेर मानवअधिकारको बखान गरे पनि ऊ एक अप्रजातान्त्रिक र असहिष्णु राष्ट्र हो । यिनीहरू मानवअधिकार र प्रजातन्त्रको कुरा गर्छन् तर काम ठीक उल्टो गरेर अन्य राष्ट्र र धर्मविरुद्ध खनिन्छन् । क्याथोलिक र प्रोटेन्टेन्ट क्रिस्चियनले जनजातिको समर्थन गरेजस्तो गरेर पैसा बाँड्दै इसाई मिसनरीले जनजातिको धर्म र संस्कृति नष्ट गराउन उत्प्रेरित गर्छन् । नेपालमा पार्टीबाहिर र पार्टीभित्रका आदिवासी जनजातिका अगुवाहरूलाई फुटाएर प्रशस्त रकम दिएर दिग्भ्रमित गराउन थालिएको छ । नेपालमा ठूलो पार्टी वा साना पार्टीभित्रका बाहुनहरू, नागरिक समाज र मानवअधिकारवादी गैरसरकारी संस्थाका अगुवाहरू अधिकांश बाहुनहरू नै छन् । बाहुन नेताहरूले जुनसुकै धर्म माने पनि आवश्यकभन्दा बढी पैसा दिए पनि उनीहरू चुप्प लाग्छन् भन्ने उनीहरूको अध्ययन छ । यस स्थितिमा नेपालमा धर्मपरिवर्तन गर्ने इसाईलाई यो भूमिमा चलखेल गर्न नदिन हामी आफैँ सचेत हुनुपर्छ ।
दीर्घराज प्रसाईज्युको फेसबुक बाट साभार !
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger