Home » » संघीयता नै बुझेका छैनन ल्याउँछन कसरी ?

संघीयता नै बुझेका छैनन ल्याउँछन कसरी ?

Written By खांट्टी कुरा on Sunday, November 02, 2014 | November 02, 2014

बिनोद न्यौपाने
- विनोद न्यौपाने, संघीयता विज्ञ ।
नेपालमा संघीयता त्यतिकै आयो जस्तो लाग्छ । कसले कसरी बुझ्यो । त्यतिकै हावादारी तरिकाले संघीयता–संघीयता भन्यो । सबै समस्याको समाधान गर्ने अस्त्रको रुपमा बुझे संघीयतालाई । संघीयतामा यही नै हुन्छ भन्न सक्ने तागत कसैसँग छैन । यो कोर्स कसैले बनाएको होइन । यो समय परिस्थिति र आवश्यकताले एक आपसमा निर्माण हुने कुरा हो । संघीयताको जन्म यसले गर्‍यो  भन्ने छैन । मुलत संघीयता स्पेसलाई आधार बनाइने चिज हो । नेपालको परिप्रेक्षमा सन् २०११ को जनगणना अनुसार १ सय २५ जातजाती छन भने १ सय ४० भाषाभाषी छन । हामी छरपस्ट रुपमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएर बसेका छौं । संघीयताका आधारभुत कुराहरु अनुसार पहिला अरुको हक अधिकारको रक्षा गरेर आफ्नो हक अधिकार खोज्ने हो । तर हाम्रो बानीव्यहोरा ठिक छैन । नेपालमा संघीयता भनेर यसरी हौवा पिटाइयो कि संघीयता भनेको रामवाण हो ।
संघीयता भनेको एन्टिबायोटिक हो निको भइहाल्छ भनेर ल्यायो । राजनीतिक दलका शीर्ष नेताहरुलाई त नभनौ कतिलाई त ज्ञान नै छैन । भएपनि पूर्ण ज्ञान छैन अपूर्ण ज्ञान हुँदा झनझन कुरो मिल्दैन । संघीयताको आधारभूत कुरा राम्रोसँग बुझिदिएको भए आजको यो परिस्थिति आउने थिएन । संघीयता मन लागि बाँडने होइन संघीयता भनेको कुनै पनि ठाउँको स्पेसको स्रोत के छ ? साधन के छ ? जनसङख्या के छ ? संस्कृति के छ ? संघीयता स्थानीयले निर्धारण गर्ने कुरा हो । कर तिरेर उसले कति प्रतिनिधि पाल्न सक्छ ? उसको दैनिक आम्दानी कति छ ? खर्च गर्न सक्छ ? यो आधारभूत डाटा हो । यसको आधारमा तथ्यमा रहेर गर्ने हो भने एक घण्टामा संघीयताको बाँडफाँड हुन्छ । स्पेस नम्स भ्यालुज, एपिच्युट, पपुलेन्सन, कल्चर, कस्टम र रिच्योल भएपछि जसले पनि संघीयताको बाँडफाँड गर्न सक्छ । संघीयता भनेको त तपाई हाम्रो विकास गर्न चाहिएको हो । यो आधारभूत कुरामै टेकेर राजनीतिक दलका नेताहरुले वास्तवमै संघीयता चाहेको भए व्यवहारमा गर्न सक्नु पर्दथ्यो त्यो गर्न सकेनन । एक त यिनीहरुले स्थानीय निकायको निर्वाचन नै गराएनन् । पार्टीहरु मिलेर खाने कुरामा सहमति जनाउँदै आएका छन् । संसदलाई दिएको एक करोड रुपैयाँ संघीयताको एउटा सानो नशा हो । यो एक करोड पनि कसरी बाँडफाँड गरेर सिध्याएका छन् त्यो देखिएकै कुरा हो । संघीयताको विषयमा कांग्रेस, एमाले र एमाओवादीसँग जावाफ नै छैन ।

यहाँ त के छ भने कति राज्य बाडने र आफूले आफ्नो स्वार्थ अनुकूल बाँडेर राज्य गर्ने । आफ्नो स्वार्थ अनुसारको स्वार्थ छ । संघीयताको विषयमा राजनीतिक दलहरुले संघीयता सम्बन्धि विज्ञ राखेर एक बर्ष अध्ययन गर्नु दिनुपर्छ । संघीयताको विषयमा यिनीहरुले जिआइएस गर्ने सिस्टम छ त्यही अनुसार नेपालको नक्सा टेबुलमा राखेर चिरफार गर्छन । संघीयताको कुरा उठाउने वित्तिकै कांग्रेस, साझा पहिचान, एमाले बहुपहिचान, एमाओवादीले जातजाति सहितको पहिचान भनेर मनलाग्दी रुपमा प्रदेशको निर्धारण गरेका छन् । प्रदेश निर्माण गर्ने आधार अहिलेसम्म नेताहरुले खै त प्रस्तुत गरेको ? एमालेले ल्याएको चार प्रदेशको आधार के ? नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई नै सोधौ, सात प्रदेशको आधार के ? प्रचण्डलाई सोधौ,१० प्रदेश के हो ?

जनसंख्यामा कुरा गर्ने हो भने अहिले तीन जना कुसुण्डाहरु क्षेत्रीसँग विवाह गरेका छैन । कुसुण्डा भाषाको विकास गर्न धेरै मानिसले अनुसन्धान गरेका छन् । कुसुण्डालाई कुन राज्य दिने उसको पनि पहिचान दिनु पर्‍यो नि त ? संघीयता त सभासद्लाई पत्तो नै छैन संघीयताको विषयबस्तु र परिभाषा नै थाहा छैन यि राजनीतिक दलका नेताहरुलाई । ६०१ मध्ये अधिकाश सभासद्लाई संघीयता स्पेसको आधारमा हुन्छ भन्ने कुरा थाहा छैन । संघीयताको वेसिक भनेको स्पेस हो । हाम्रो नेताहरु के गर्दा फाइदा हुन्छ त्यतारि लागेका छन् । संविधान जारी भएपछि नेपाली जनतालाई के दिने भन्ने कुरा भन्दा पनि कसले सरकार बनाउने भन्ने विषयमा बहस हुन थालेपछि पनि हुन्छ ? १५ दिन युरोपमा गएर बस्दैमा एउटा सासदले संघीयता बुझ्छ भन्या ? संघीताको कुरा गर्दा सिंगो देश बुझ्नु पर्‍यो । सबै जातजायि बुझ्नु पर्‍यो । सबै भाषाभाषिलाई बुझ्नु पर्‍यो नि त ? नेपाल जान्नु पर्‍यो । संघीयता दिने । स्रोत र साधन बाडफाँड गरेर डा. हर्क गुरुङले उत्तरदेखि दक्षिणसम्म काटेर वैज्ञानिक ढंगले विभाजन गरेको कुरालाई दिनसक्नु पर्‍यो नि ? संघीयताको विषयमा विज्ञ नराखिकन छलफल नै नगरीकन स्थानीय स्पेसको स्रोत साधनलाई अध्ययन नगरी गर्न सकिदैन । हावाको भरमा यति प्रदेश र उति प्रदेश भन्छौ । के हो त आधार भन्दा नेताहरुसँग यसको स्पष्ट जवाफ छैन । हाम्रो कमजोरी यही नै हो ।

तथ्यविनाको संघीयता दलहरुबीच सहमति फुस्रो गफ पहिलो कुरा त नेताहरु संघीयताको विषयमा आफूहरु नै स्पष्ट छैनन जसको कारणले सहमति कायम हुन नसकेको हो । यो राष्ट्र हाम्रो हो । यसलाई बनाउनु हामी सबैको दायित्व र कर्तव्य हो । अधिकारबाट बञ्चित भएकाहरुलाई कसरी अधिकार दिन सकिन्छ । स्वास्थ्य मन्त्रालयले चेपाङको बच्चालाई एमविविएसको कोटा छुट्टयाएको छ । पहिला त सरकारले प्राथमिक तहमा पो गर्नुपर्छ त ? यस्ता कुराहरु छन् । भाषाको विकास हामीले गर्न सकनौ । नेपाली भाषाको विकास नै भएन । नेपालमा नेपाली भाषामा पिएचडी नै गर्न पाइदैन । हामीले १४० वटै भाषाको विकास गर्न सकेनौ । भाषाको अनुसन्धान गर्नु पर्‍यो ।

मौखिक संघीयता कति दिन टिक्ला ?
पहिचान भन्ने बडा गाह्रो छ । कसरी दिने पहिचान ? पहिचान भनेको शिक्षामा झल्किन्छ । अर्को ल्यान्डमा झल्किन्छ । जातिय पहिचान के हो ? पहिचानमै कम्फुजन छ । नाम राखेर मात्र हुन्छ । हामीलाई उल्टो डोहोर्‍याउँदै छन । ग्लोबलाइजेसनलाई रोक्ने सामथ्र्य यि पार्टीहरुमा छ र ? संविधानमा संघीयतालाई थाति नै राखेर जाने कुरा पनि अहिले आएको छ । देश नै विकास गर्न हो । जनतालाई सेवा सुविधा दिन नै हो भने संघीयताका प्रिन्सिपल राम्रो छ । नेताहरुले मौखिक ढंगले बनाएको संघीयता नेपालमा कति टिक्ला ? यिनीहरुको बुद्धि । स्पेसलाई आधार नै लिदैनद । स्रोत र साधानको कुरालाई आधार नै लिदैनन । एक चोटी टुप्पा–टुप्पाको कुराहरु छन । यति प्रदेश र उति प्रदेश भन्ने कुरा गर्छ । संघीयताको कन्सेप्टमा यिनीहरु ९० प्रतिशत गलत छन् । ग्लोवजाइजेसनको प्रिन्सिपल भनेको फुटाउ र राज गर भन्ने हो । धेरै जादैन भन्छन,डेबिड हावेर्ट । अहिले भेगेको संक्रमणकाल स्वभाविक नै हो ।

नेपालमा आदिवासी नै छैनन !

नेपालमा आदिवासी नै छैनन । मैले पढेको पेपर अनुसार अहिलेसम्म भएका अध्ययन अनुसन्धान गरेको पेपरलाई हेर्ने हो भने नेपालमा आदिवासी छैनन् । यो कुनै हावादारी कुरा होइन तथ्यले पुष्टि गरेको छ । फ्रान्सेली साइन्टिसहरुले तामाङ, मगर राई लिम्बुहरुको विषयमा अध्ययन भएका छन् । राई लिम्बुको विषयमा स्वर्गीय इमानसिंह च्याम्जोङले स्पष्ट लेखिदिएका छन, पश्चिम बंगालबाट आएको हो भनेर हिमालय रिर्सचले भाषाको विषयमा अध्ययन गरेको छ । नपाली कम्युनिटी कसरी बनेको छ । हामी बेबिलियो पर्सियाबाट भाग्दै–भाग्दै खसहरु बर्मा भारत हुँदै नेपाल आएको देखिन्छ । हामी मुसलमानहरुको डरले भाग्दै भाग्दै आएका हौ । खसहरुसँगै किराँतीहरु पनि नेपाल आएका हुन् । बाँच्नको लागि संघर्ष गर्दै लडाईको डरले भागेर र शिकार खेल्न पसेर बनेको देश हो । अनुसन्धानलाई आधार मान्ने हो आदिवासी कोही पनि छैन । आफ्ना कुर्सीका लागि पैसा कमाउ राजनीतिक पावरमा कसरी पुगौ भन्ने उदेश्य राखेर भनिएको जस्तो देखिन्छ । जातजातिको विषयमा हाम्रो देशमा समस्या छ । इण्डीया बंगलादेश र नेपालमा छ । जात हराउँदै गएको छ । जातलाई अहिले उल्टो ढंगबाट उचाल्दै छन । दलित र बाहुन भनेर कत्रो बार लगाइदिएको छ ?

राज्यले दिने थोरै सुविधा । 
संघीयता भनेको ठूलो भिजन राखेर बनाइने चिज हो । संघीयताको लागि हावामा गुडाएर हुँदैन सडकमा कुदाउनु पर्छ अब समय लागोस । स्पेसमा भएका स्रोत र साधान सबै बाहिर ल्याउनु पर्छ । हामी कुन कुर्सीमा बसेका छौ , कुर्सीको स्पेस कति लिएको छ सामाथ्र्य कति छ ? सघीयताको गाडि त हावामा कुदाउँदै छन । हाम्रो नेपाली समाजमा बोक्सी भनेर परालको मुठो बाल्छौ । हाम्रो मिडियाले दिशा गरेपछि हात धुनुपर्छ भनेर सिकाउँछौ । हामीले अहिलेसम्म दिशा धुनै जानेका रहेनछौ । खानको त कुरै छाडिदिनुहोस । फोहोर हो भन्ने कुरा बुझेकै रहेछनौ । हाम्रो स्पेस । हामी कति जातजाति छौ ? तिनीहरुलाई कति पावर दिन सक्छौ । आफ्नो मुल्याङ गर्नु पर्‍यो । जुन पावर हो लोकल मानिसहरुले आफ्नो स्रोत साधान खर्च आम्दानी कति हुन्छ भनेर विस्तृत अनुसन्धान गरोस । केपी ओली, प्रचण्ड, सुशील कोइराला, बाबुराम भट्टराई राजनीति गर्न जान्दछ । त्यो उनीहरुले गर्ने काम हो । जान्दै नजान्ने विषयमा हात हालेर कसरी सकिन्छ ? सबै धामी सबै झाँक्रीकोस्थिति छ । बाहिर मूलुकहरुमा संघीयताको विषयमा राजनीतिक दलका नेताहरु कक्षा लिन आउँछन । हाम्रो विज्ञ भनिनेहरु मेरो जागिरेको प्रोमोसन गरिदेऊ भनेर धाउने गरेका छन् । कति लाजमर्दो कुरा हो भन्दा अरु के हुन सक्छ ? यो देशमा सुनको टुक्रो भयो भने सबैको होइन र भन्या । पार्टीका मान्छे राखेर टोली गठन गरेको थिए । धुलिखेल जिआइएस गरेर कता कतिा टेलुलमा नक्सा राखेरर स्रोत र साधनको अध्ययन नै नगरी हावादारी ढंगले बुझाएको प्रतिवेदनले संघीयताको बाँडफाँड हुन सक्दैन ।

यसरी जन्मियो संघीयता

संघीयता जन्म युरोपमा दोस्रो विश्वयुद्धमा भयङकर रक्तपात भएर धेरै ठूलो क्षति भएपछि त्यहाँका स्थानीयहरुको सक्रियामा जन्मिभएको हो । संघीयता कसैले जन्माएको प्रिन्सिपल होइन । संघीयता एक आपसमा स्थानीयले जन्माएको हो । दोस्रो विश्वयुद्ध पछि ठूलो रक्तपात पनि युरोपका देशहरुमा हाम्रो विकास गर्नको लागि एक हुनुपर्छ भन्ने कन्सेप्टमा संघीयता जन्मियो हो । सबैले मान्ने नम्स भ्यालुजलाई वेसिक आधार बनाएर फ्रेडेसन र इन्च्युट गर्ने कुरामा जन्मिएको हो संघीयता ।

–कुराकानीमा आधारित

नेपाली हेड लाईन्स बाट साभार !
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger