Tuesday, November 04, 2014

परदेशि छोरालाई आमाको चिठी

नवराज शर्मा सुबेदी

घर आउ मेरो छोरा बुहारीले टेर्न छाडी
बाल बच्चा घरको काम सबै कुरो हेर्न छाडी

 

झिस्मिसेमै उठि हिड्छे राति मात्र घर पस्छे
प्याण्ट शर्ट पहिरिन्छे चोलि सारी बेर्न छाडी

 

बाँ बाँ गर्दै कराउछ भोकै हुँदा गोठमा गाई
सुख्खा पराल दिन्छे बरु घाँसको फ़ेद सेर्न छाडी

 

अन्तै छ रे लसपस भन्ने सुन्छु गाऊँघरमा
डुब्छ नानि गुहु मुतमा थरा थाङ्ना फ़ेर्न छाडी

 

चाल निको नदेखेर बाध्यतामा भन्दै छु म
कुरा बुझ तिमिलाई नैं चिठि पत्र केर्न छाडी