-जनक मान डंगोल |
बस्तुभाउ तथा बदमासी गर्ने मान्छेलाई तह लाउनको निमित्त काठ तथा बाँसबाट लाठि बनाएर तर्साउन प्रयोग गरिन्छ । त्यो लाठीलाई जथाभावी जताततै प्रयोग गर्नेहो भने भाँच्चिएर टुक्राटुक्रा हुन्छ । बाँसहो भने दांत कोट्याउने सिन्काको रुपमा प्रयोग गर्न मिल्छ भने काठको हो भने दाउरा बनाएर बाल्नु भन्दा त्यसको अर्को बिकल्प नहोला ।
नेपालको राजनीतिमा पनि गाउँ
समाजमा देखि सरकारमा रहेको खराब तत्वहरुलाई तह लगाउन भनेर २००६ सालमा कम्युनिस्ट
पार्टीको स्थापना गरिएको हो । कम्युनिस्ट भनेको क्रान्ति गरेर मात्र समाज देखि
देसलाई परिवर्तन गर्न सकिन्छ भन्ने धारणा राख्ने जमातेहरुको समुह हो ।
विस्वका अन्य देसका
कम्युनिस्टहरुमा कोहि कालमार्क्स, कोहि लेनिन, कोहि माओ बनेर आफैले बिचार र
सिद्धान्त उत्पादन गर्दै त्यसलाई सफलताका साथ लागु पनि गरेर देखाए तर नेपाल तथा
छिमेकी भारतमा रहेका आफुलाई कम्युनिस्टहौ भन्नेहरुले आफैले बिचार जन्माउन सकेनन
भने बिचार जन्माउन नसके पछी वाद र सिद्धान्तको के कुरा गर्नु ।
भारतलाई अंग्रेजहरुले छोडेर
गएको धेरै बर्ष पछी मात्र भारतमा कम्युनिस्टहरुको उदय भएर क्रान्ति गर्न सुरु
गरेका हुन तर क्रान्ति किन र के को लागी गरिन्छ भन्ने कुरा भारतीय कम्युनिस्टहरुले
आफ्ना समर्थकहरुलाई आज सम्म बताउन सकेका छैनन र बताउन पनि चाहदैनन ।
कम्युनिस्टहरुले गर्ने
क्रान्ति भनेको एकदलीय सासन अर्थात राजतन्त्रको खिलाफको लागी हो तर हाँसो उठ्दो
कुरा के छ भने भारतमा राजतन्त्र छैन र स्वतन्त्रता पछिको गणतन्त्रात्मक देसमा
क्रान्ति किन र के का लागी गरिन्छ न क्रान्ति गर्न उक्साउने लाई थाहा छ न उक्सिनेको
जमातेहरुलई थाहा छ तर यति मात्र भन्न जानेका छन क्रान्ति बिना सम्भव छैन तर
क्रान्ति कसको बिरुद्ध गर्ने त ?
क्रान्ति सरकारको बिरुद्ध
गर्ने हो भने भोलि आफै निर्वाचनमा बिजयी भएर गईन्छ र बहुमत पुगेको खण्डमा सरकार
समेत बनाउनु पर्ने हुन्छ । भारतको पश्चिम बङ्गाल, केरला देखि उडिसा सम्ममा
बामपन्थीहरुले सरकार बनाएर देखाका छन तर पनि क्रान्तिको नाम लिन छोड्दैनन भने यो
क्रान्ति नभएर भ्रान्ति हो कि हैन ?
नेपालमा सबै
कम्युनिस्टहरुको जन्मथलो भारत हो र जन्मथलो भए पछी नेताको जन्म र कर्म पनि उतै
हुने भयो । कसैले मार्क्सवाद, कसैले लेनिनबाद, कसैले यी दुवै मिस्सिएको मार्क्सबाद
र लेनिनबाद अनि कसैले माओबादको सिद्धान्त अंगाले र त्यहि अनुसार हिडे र हिड्दैछन ।
माओ अर्थात कमरेड माओ जो
नेपालको उत्तरी छिमेकी चिनको महान नेता हुन र उनैले जन्माएर हुर्काको ब्यबस्था
छिमेकी चिनमा राम्रै संग हुर्केको छ र त्यहि ब्यबस्थाले गर्दा आज चिन बिस्वको
दोश्रो महासक्ति भएर उदाउन सफल समेत भएको छ ।
नाम कमरेड माओ तर छिमेकी
भारतमा बसेर रणनीति देखि कार्यनीति तयार पारेर ने.क.पा माओबादी नामको पार्टी
जन्माएर नेपालमा झन्डै १२ बर्ष कथित जनयुद्दको नाटक पनि राम्रै संग मन्चन भएकै हो
र त्यो तथाकथित जनयुद्धले १२ बर्षको दौरानमा के के भयो कसो कसो भयो त्यसको
लेखाजोखा नेपाली मात्र नभएर सारा बिस्वले नै राखी सकेको हुँदा मैले यो आलेखमा थप
पुस्ट्याउनु नपर्ला ।
हिजो एक अर्थात सिंगो लाठि
भएर क्रान्तिको बिगुल फुक्ने बिगुलेहरु आजको दस बर्षमा आईपुग्दा पांच टुक्रामा
विभाजित हुन्छन भनेर नेपाली जनताहरु मात्र नभएर सिंगो बिस्वले पटक्कै बिस्वास
गरेका थिएनन र यसरि विभाजित हुन्छन भनेर थाहा पाएको भए के बिस्वले नेपालको माओबादी
आन्दोलनलाइ साथ दिन्थे ? यो अब केवल प्रस्न मात्र बनेर रहेको छ तर यसको जवाफ कोहि
कसै सित छैन ।
हिजो सिंगो माओबादी पार्टी
सान्ति सम्झौतामा आउना साथ कामरेड मणि थापाको समुहले नाम मात्रको आरोप लगाएर
छुट्टै पार्टी गठन गर्न पुगे । क्रान्ति बिसर्जन किन गरियो भनेर निउँ खोज्दै कामरेड
मात्रिका यादब अलग भए । त्यो भन्दा पनि अझ एक कदम अगाडी बढेर बैद्य खेमाले गम्भीर
आरोप लगाएर पार्टीलाई टुक्रा बनाए । बैद्य खेमाकै युवा नेता क.नेत्र बिक्रम चन्दले
पार्टी निस्क्रिय रहेको र कुनै दिशा निर्देस दिन सकेन भनेर छुट्टै भेला के डाकेका
थिए पार्टी नेतृत्व आत्तिएर सजिलो आरोप 'दक्षिणपन्थी' को पगरी भिराई दिना साथ एक,
दुई, तिन, चार बाट आज पांचको स्थितिमा पुग्यो र अझै १/२ टुक्रा हुने सम्भावना
ज्युदै रहेको छ ।
एकिकृत माओबादी बाट छुट्टै
ड्यास माओबादी बनाएका क.बैद्य खेमाले संबिधान सभाको दोश्रो निर्वाचन बहिष्कार
गर्दा निर्वाचनको समयमा बस भित्रको यात्रुहरुलाई बाहिर निस्कन नदिएर पेट्रोल
छर्केर गरिएको आगजनी आज सम्म कसैले पनि भुलेको छैन र एक दुई आन्दोलन र बन्द हड्ताल
भन्दा अरु कुनै उत्कृस्ट काम गरेर देखाउन सकेनन भने आफ्नै देसको नागरिकहरु लाई
ज्युदै पेट्रोल छर्केर आगो लगाउने घटिया कार्य कम्युनिस्टको क्रान्तिकारी
सिद्धान्त भित्र पर्छ कि पर्दैन ? त्यहि नै असली क्रान्ति हो ? यसको जवाफ न
बैद्यले दिन सक्छन न अब क.चन्दले दिन सक्छन ।
नारा सबैको एकै हो क्रान्ति
बिना परिवर्तन हुन्न तर क्रान्ति किन र केको लागी गरिन्छ त्यो कसैले पनि भन्दैनन र
सिधै क्रान्ति गर्नु पर्छ मात्र भन्छन । अब क्रान्ति किन र के को लागी गर्ने त
भनेर जनताले पुन: सोध्ने बेला भयो कि भएन ?
अब क.चन्द खेमाले फेरी
क्रान्ति गरेर देखाउने भन्दै छिट्टै नयाँ पार्टी गठन गर्लान । पार्टी गठन गर्न
नेपालमा सजिलो छ । रकम कलमको कुनै दुख: हुन्न । पार्टीको लागि भनेसी देसी देखि
बिदेसी धन असिना सरि पक्कै बर्सेला तर २०५१ सालको जस्तरी जोस, जाँगर र उमंगको साथ
ज्यान माया मारेर काँधमा बन्दुक भिर्ने कस्ले ?
माओबादी आन्दोलन भारतमा अझै
पनि चर्केको छ तर त्यताको माओबादी नेताहरुले नेपालको माओबादी नेताहरुलाई 'गद्धार'
देखि पलायनबादी, अबसरबादीको तक्माले विभूषित गरेको खबर सेलाको पनि धेरै भएको छैन ।
हिजो नेपाले माओबादी पार्टीको
लागी ज्यान माया मारेर लड्ने ति जन सेना भनिने मिलिसिया पल्टनको दुई तिहाई त खोज्न
जाने हो भने खाडी देखि मलेसियामा टन्नै भेटिन्छ भने उहिले पन्चेतको पालामा
युवाहरुलाई गाउँ फर्काउन चालिएको अभियान 'गाउँ फर्क रास्ट्रिय अभियान' जस्तै गरि
'बिदेस बाट स्वदेस फरक' भन्ने अभियान के चन्द खेमाले लागु गर्न सक्लान त ?
तर, हिजोको धोका त जनयुद्ध
लड्ने मिलिसिया पल्टनेहरुले अझै सम्म बिर्सेका छैनन भने भोको पेट लिएर फेरी अब
क्रान्ति किन र कसको लागि गर्ने ? त्यो क्रान्ति सफल भयो भने हिजो प्रचण्ड
बाबुरामहरुले जस्तरी आफ्नैलाई फेरी पनि धोका नदेलान भन्ने के ग्यारेण्टी छ ?
त्यसैले लहडबाजीको भरमा अहं देखाएर क्रान्तिको फोस्रा नारा र सपना देखाउने काम
बन्द हुनु पर्छ किनभने नेपाल माताले अब कम्युनिस्टको खोल ओढेर नक्कले चरित्रका
क्रान्तीकारीहरुले गर्ने तथाकथित क्रान्तिकारी जनयुद्ध धान्न सक्दैन ।
-janakdangol@gmail.com
-janakdangol@gmail.com