Tuesday, November 18, 2014

किन बिचल्ली हुन्छ मलेसियामा ?

खांट्टी कुरा     November 18, 2014    

हेटौडा टुडेको २०७१ मंगसिर २ गतेको अंकमा प्रकाशित
हेटौडा टुडेको २०७१ मंगसिर २ गतेको अंकमा प्रकाशित
-जनक मान डंगोल
अन्नपूर्ण पोस्टमा कार्तिक २७ गते मलेसियामा २०० नेपाली कामदार भनेर समाचार प्रेषित भएको रहेछ जुन दुखद घटना हो । अन्त देसमा नेपाली कामदार के कसरि बिचल्ली हुन्छ त्यो बिषयमा यो पंक्तिकार त्यति जानिफकार नभएता पनि मलेसियामा नेपाली कामदारहरु किन बिचल्लीमा पर्दछन भन्ने कुरा धेरै थोरै भए पनि जानकारी भएकोले आफुले जाने बुझे सम्मको जानकारी दिने कोसिस गर्दैछु ।
बिदेसमा श्रम गर्न जाने भन्दैमा बिदेस के कसरि गईन्छ भन्ने बारेमा जांचबुझ नगरी मेन पावर कम्पनीको दलाल तथा एजेन्टको गुलियो र चिप्ला कुराहरुमा लागेर धेरै नेपालीहरु बिचल्लीमा पर्ने गरिएको देखिएको छ ।
मलेसियाको सबै कम्पनीहरुले बिदेसी कामदार झिकाउँदा यताको कामदार सप्लाई गर्ने दर्तावाला कम्पनि संग सम्पर्क गरेर बिदेसी कामदारको लागी लाग्ने सबै निस्चित रासी यताको कम्पनिहरुलाई भुक्तानी गरिएको हुन्छ भने ठुला प्रतिष्ठित कम्पनीहरुले आफनै अग्रसरतामा बिदेसी मेनपावर कम्पनि संग सम्पर्क गरेर झिकाउने गर्छन ! हिजो आज यता मलेसियामा लामो समय बसेर यताको सबै आनीबानी थाहा भएका केहि नेपालीहरु आफै एजेन्ट बनेर कामदार सप्लाई गर्ने गरियको देखिन्छ र त्यसरी सप्लाई गरिएको कामदारहरुनै प्राय समस्यामा पर्ने गरेको बुझिन्छ ।
आईमाईको दुस्मन आईमाईनै भन्ने उखान छ हाम्रो नेपालमा । धनको लोभमा परेर यताको सबै सहरमा छ्यापछ्याप्ती फैलिएको नेपाली एजेन्टहरुले कम्पनी कम्पनीहरुमा गएर कम्पनि मालिक देखि मेनेजेरहरु संग कुरा गरेर कामदार आपूर्तिको ठेक्का लिन्छन त्यसो गर्दा कम्पनि मालिकलाई पनि र यताको एजेन्टहरुलाई पनि फाईदा पुग्ने तर पछी कथं कदाचित कम्पनि बन्द भयो भने अन्तिममा मर्का पर्ने त नेपाली कामदारहरुलाई नै हो भन्ने तथ्यलाइ नजरअन्दाज गर्दा यस्ता घटना पटक पटक घट्ने गरेको देखिन्छ ।
सन २००८ सम्म मलेसियामा यदाकदा मात्र नेपाली एजेन्टहरु देख्न पाईन्थ्यो तर हिजो आज साना ठुला सबै सहरमा नेपाली एजेन्टहरु कम्पनि कम्पनीमा गएर श्रमिक आपूर्तिको ठेक्का खोज्दै हिडेको देखिन्छ । प्राय बिजनेस भिषा देखि यतैका लोकल महिला बिहा गरेर बस्ने यस्ता एजेन्टहरुको कारणले गर्दा पनि नेपाली कामदारहरु समस्यामा पर्छन । नेपाली मात्र नभएर यता अन्य देसका एजेन्टहरु सम्म देख्न पाईन्छ । यस्तो हुनुमा यताको सरकारको अनुगमन नीतिको कमजोरी र नेपाली दुताबासको कारणले पनि हो त्यसैले नेपाली दुताबासले बेलैमा सचेत गराउनु जरुरि छ ।
मलेसियामा प्राय कम्पनि खोलेर ब्यापार ब्यबसाय गर्नमा आप्रबासी चाईनिज तथा दक्षिण भारतीयहरु अग्र पंक्तिमा पर्दछन । बैंकबाट ऋण लिएर खोलिएका त्यस्ता कम्पनीहरु कतिखेर सप्रिन्छन वा बर्बाद हुन्छन त्यसको कुनै टुंगो हुन्न । उदाहरणको लागी एउटा कम्पनिले गार्मेन्टको लाईसेन्स लिन्छ भने त्यो कम्पनि संग आश्रित अन्य ३/४ कम्पनीहरु हुन्छ । मुख्य कम्पनीले एउटा कम्पनीलाई बाहुला , आर्को लाई पाकेट, आर्कोलाई कल्लार, आर्कोलाई टाँक, आर्कोलाई जोड़ाई र आर्को लाई प्रिन्ट गर्ने गरि भाग लगाएर काम दिन्छन र यी सबै संग बाट संकलन भएर बल्ल तयारि सर्ट वा टिसर्ट बन्छ । यस्ता फुटपाथे कम्पनीहरु मलेसियामा प्रसस्तै छन । १/२ जना नेपाली कामदार राखेर कम्पनि चलाएको पनि देखिन्छ भने राम्रो संग चल्दा चल्दैको कम्पनिहरु पनि समयमा बैंक ऋण तिर्न नसकेर वा बिदेस बाट अर्डर नपाएर बन्द हुने स्थितिमा पुग्छन र त्यस्तो बेलामा कम्पनि मालिकहरु ऋणको बोझले गर्दा फरार हुने गर्छन र अन्तिममा मर्का पर्न जाने भनेको बिदेसी कामदारहरु लाई नै हो ।
कारखानाको साधारण मजदुर होस वा सुरक्षा गार्ड यी सबैमा काम गर्न आउनु भन्दा पहिला पत्रिकामा प्रकाशित भएको बिज्ञापन देखि नेपालको नाम चलेको प्रतिष्ठित मेन पावर कम्पनिहरुलाई हेरी जांचि बुझे पछी मात्र बिदेस यात्राको ब्यबस्था मिलाउनु राम्रो हुन्छ तर बाटो देखि गाउँ घरमा भेटेको व्यक्ति वा दलालहरुको कुरामा लागेर बिदेस लाग्नु भयो भने तपाईले जानाजानी आफ्नो दुख आफै बेसाउनु भयो भनेर जाने हुन्छ ।
मलेसियामा प्रतिष्ठित कम्पनि हो कि है भनेर थाहा पाउन कम्पनीको नाम राखेर गुगल सर्च गरेर हेर्नुस । कम्पनि छ छैन भनेर यताको व्यापारिक डाइरेक्टरी yellow page मा देखिन्छ । त्यो पेजमा लग ईन गरे पछी कम्पनीको नाम ठेगाना देखि टेलिफोन नम्बर, ईमेल र होम पेज सम्म उल्लेख गरिएको हुन्छ भने साधारण फुटपाथे कम्पनीहरु प्राय yellow page मा दर्ता भएको हुन्न र कम्पनि बन्द छ कि चालु छ त्यो पनि त्यो पेजको सहायता बाट बुझ्न सकिन्छ ।
एजेन्ट तथा दलालको चंगुलमा परेर जानाजानी आफुले गल्ति गर्ने अनि पछी दुताबासले हेरेन, सरकारले वास्ता गरेन भन्नु भन्दा बेलैमा सतर्कता अपनाईयो भने सम्भावित खतरा र दुर्घटना बाट बच्न सकिन्छ । सरकारको नियम कानून अनुसार चलेर झिकाइएको बिदेसी कामदारको हकमा प्राय कुनै समस्या हुन्न र तपाई मलेसियाको विमानस्थलको अध्यागमन बिभागमा आउँदा तपाईलाई लिन बिदेसी आका छन कि नेपाली त्यस बाट पनि कम्पनि बारे थाहा हुन्छ किनभने यताको एजेन्टले कामदार सप्लाई गरेको छ बिमानस्थलमा कम्पनि प्रतिनिधि बनेर कम्पनीको मान्छे संगै नेपाली एजेन्ट लिन आएका हुन्छन ।
समस्या आउनु भन्दा अगाडिनै बिदेस आउने कामदारहरुले कम्पनीको नाम ठेगाना, कम्पनीको दर्ता नम्बर,आफ्नो तलब भत्ता सुबिधा देखि बार्षिक मेडिकल, बिदाको सुबिधा बिज्ञापन देखि सम्झौता पत्रमा उल्लेख गरेको छ छैन त्यो अनिवार्यरुपमा हेर्नु पर्छ र तपाइको सम्झौता पत्र देखि भिषा संगै टिकट दिने बेलामा नेपालको मेनपावर कम्पनीले उताको विमानस्थलमा पुगे पछी यो नदेखाउनु आर्को देखाउनु भनेर दोहोरो कागज दिन्छन भने तपाई समस्यामा पर्दै हुनुहुन्छ भनेर पनि बुझ्न सकिन्छ । त्यस्तो गर्नुको कारण नेपालको में पावरले बिदेस उडाई दिने सम्म हो र त्यो पछिको जिम्मा जमानी छैन भनेर बुझ्नु पर्दछ ।

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .