Saturday, November 15, 2014

लघु कथा: 'बुझाई' र 'सल्लाह'

खांट्टी कुरा     November 15, 2014    

(कथाकार)
लघु कथा: ‘बुझाई’
कथाकार: जनक मान डंगोल
..
पंचायती सासनको २०३६ साले बहुदल र निर्दलको चुनाव हुनु भन्दा केहि बर्ष अगाबै पुर्ब बाट बसाई सरेर पौडेल बाजे औधोगिक नगरीमा बस्न आई पुगे ।

‘जन पक्षीय’ भन्ने थेगो जनजिब्रोमा बिस्तारै झुण्डीदै थियो । ‘थाहा’ दर्शन बाट प्रभावित भएर अहोरात्र समाज सेवामा लागेका र भूमिगतकालमा भएका नेताहरु समाजमा देखिन डर मानेको प्रतिफल पंचायती वडा चुनावको वडा अध्यक्ष देखि तिनको कामको प्रभावले गर्दा प्रजातन्त्रको दुवै निर्वाचनमा वडाबासीले बिजयी गराई दिए ।

कथित जनयुद्धले चरम रुप लिएको बेला ति पौडेल बाजे माओबादीमा लागेका छन भनेर कोहि कसैले संकाधरी गरेका थिएनन । 


एक रात अन्दाजी रातको ११ बजे तिर छिमेकको ढोका ढकढक्याउन आईपुगे ।
ओहो अध्यक्षज्यु यति राति के काम आई पर्यो त्यस्तो ? छिमेकीले सोधे ।
लौ २५/३० जनालाई आज तपाईले खाना खुवाउनु पर्ने भयो ।
छिमेकीले जवाफ दिए त्यत्रो लाई सकिन्न ।
हैन जसरि पनि खुवाउनु पर्छ नत्र पछी अप्ठ्यारो पर्ला ।
धम्की मिश्रित जवाफले मन नलाई नलाई छिमेकीले खानाको तयारि गरे । खाना तयार भएसी छापामार खान आए त्यो हुलमा मिस्सिएर पौडेल बाजेले भने ‘खै यौटा थाल पाउ’ ।
छिमेकीले सहन नसकेर भने तपाइको घर यहि नजिकै हुँदाहुँदै मेरो घरमा खान खान सरम लाग्नु पर्ने हैन र ?
बढ्ता कुरा नगर्नुस नत्र ?
नत्र के गर्नु हुन्छ ? तर तपाईलाई म मेरो घरमा खाना खान अनुमति छैन ।


राजाले सासन हातमा लिए पछी स्थानीय चुनाब हुने भयो । चुनावको प्रचार प्रसार गर्दै तिनै पौडेल बाजे पुन: गाई चिन्ह लिएर उठे र ‘ल है फेरी सेवा गर्ने मौका दिनुहोस’ भन्दै तिनै छिमेका भोट माग्न आको देखेर छिमेकीले तिनको मुखा पुलुक्क हेरे मात्र तर केहि बोलेनन ।


स्थानीय पंच, त्यस पछी एमालेको सिपाही, माओबादीको स्थानीय नेता हुँदै फेरी पुरानै पंच जस्तै बनेका ति पौडेल बाजे देखेर हिजो आज गाम्घरका मुन्छिले राजनीति भनेको ‘जता मल्खु उतै ढल्कु’ रैछ भनेर बुझ्न थालेका छन ।

.............................................................................................................................................................

लघु कथा : सल्लाह ।
~जनक मान डंगोल 
..
दाई मलेस्या कस्तो छ, मौषम देखि आम्दानी सम्म एकै स्वासमाँ सोध्ने ति मित्रलाई मैले प्रश्नको झटारो छोड़े ..

रक्सी पिउनु हुन्छ ? 
-पिउछु।

चुरोट कत्तिको पिउनु हुन्छ ?
- दीनको एक बट्टा शिखर ।

मौक़ा परे केटी साथी बनाउनु हुन्छ ?
-जीबन भनेको मस्ती गर्ने हो मौक़ा पाये छोडींन्न !

जुवा, चिट्ठामाँ कत्तिको सोख छ ?
समय र धनले साथ दिये सम्म खेलिन्छ ।
..

न्यानो मौषम छ भन्दैमा त्यसो हो भने तपाई ९००/०० रिंगिट ज्यालाको लागि २ लाख दलाललाइ बुझाउदै अनेक दुःख कस्ट सहेर मलेसिया आएर यताकालाई धनि नबनाउनुस ।

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .