Wednesday, November 26, 2014

गजल ।


कर्म संगै दुवै हातको चुरा फुट्यो भन्छिन् कठै,
छल गर्दै दैवले नै सिंन्दुर पुछ्यो भन्छिन् कठै,

विना बादल चट्याङ्ग पर्यो मेरो जीवन माथी,
आँधी चल्यो जीवनको दियो बुझ्यो भन्छिन् कठै,

घर बारी धितो राखी जानु भा’थ्यो परदेश,
गरिबी ले नै मेरो परान लुट्यो भन्छिन् कठै 

हिड्दा हिड्दै बाटो हाम्रो आधा बिचमै सकिदा,
मेरो दुनियाँ सारा आँशुमा डुब्यो भन्छिन् कठै,

वर्षा हुँदै आँखा बाट आंचल रुझ्छ रातदिन,
बाबा ! खोइ छोरी सोध्छे मुटु दुख्यो भन्छिन् कठै,