Saturday, March 31, 2018
Wednesday, March 21, 2018
Tuesday, March 20, 2018
कुटे पनि आमै राम्रो, पोले पनि घामै राम्रो
पंचायत
ब्यबस्था पनि निरंकुस भयो । जनताले हक अधिकार देखि स्वतन्त्रता पाएनन् भनेर आन्दोलन
गरे । पटक पटकको आन्दोलनबाट आजित भएको
दरबारले दलहरुलाई सत्ता सुम्पिएर आफु संबैधानिक राजा बन्न तयार भए । नतिजा २०४६
सालमा स्थापित प्रजातन्त्र ।
![]() |
प्रजातन्त्र
स्थापना भएको ५ बर्ष बित्न नपाउदै कम्युनिस्ट पार्टीको एक घटक माओबादीले आमुल
क्रान्तिकारी परिवर्तनको नारा दिएर सुरु गरेको कथित जनयुद्ध अनि त्यो जनयुद्धको
कारणले आफ्नै देसको हज्जारौ हजार नागरिकहरु माथि हिटलर बनेर गरिएको जघन्य हत्याको
तस्बिर पनि नेपाली जनताहरुले देखि भोगी सकेका छन ।
२०६१।२।२४
गते गोर्खा फुजेल्का स्व.नन्द प्रसाद अधिकारीको छोरा वर्ष १९ को कृष्ण प्रसाद
अधिकारीलाई आफ्ना मावली घर चितवन गएको बखतमा माओबादीका कार्यकर्ताहरुले बिनाकारण
यातना दिएर मारे । त्यो समयमा
माओबादीहरुले मान्छे मार्नु कुनै ठुलो कुरा थिएन । युद्धको उन्मादले माट भएका लाल
सेनाहरुले चाहेको बेलामा जसलाई पनि मार्न देखि अंगभंग बनाउन सक्थे । आफ्नैलाई
मारेसी बडो गर्बले ‘सफाया’ गर्यौ भनेर आफ्ना पार्टीको मुखपत्र 'जनादेस नामको अखबारमा खबर छाप्न समेत लगाउथे ।
मेरो
छोराको हत्या माओबादीका लडाकुहरुले गरेका हुन । बिना कसुर मेरो छोराको किन हत्या
गरियो ? ‘न्याय पाउं सर्खार’ भन्दै राजधानी पसेका अधिकारी दम्पतिलाई न्यायको
बदलामा ‘बौलाहा’ भनेर मानसिक अस्पताल
पुर्याउने काम अरु कोहि नभएर तत्कालिन एमाओबादी पार्टीका दोश्रा ठुला नेता तथा
तत्कालिन सरकार प्रमुख डाक्टर बाबुराम भटराई थिए ।
डाक्टर
भटराई आफु स्वयम गोर्खाबासी भएकोले अन्यायमा परेकाहरुको सुखदुखमा साथ दिनु पर्ने थियो ।
मिठो बोलि बचनले चट्टान जस्तै हृदय भएकाहरु त पगिल्न्छ्न भने आधिकारी दम्पति त्यति
कठोर हृदयका पक्कै पनि थिएनन होला । हाम्रो लडाकुहरुले गल्ति गरेको हुँदा भुल भयो माफी
चाहन्छौ मात्र भनि दिएको भए पुग्थ्यो तर न्यायको बदलामा मानसिक यातना दिएको कारण
स्व.नन्द प्रसाद अधिकारीले अनसन बस्दाबस्दै आफ्नो देह त्याग गर्न बाध्य हुनुपर्यो
। आज सम्म स्व.अधिकारीको दाह संस्कार सम्म गरिएको छैन ।
पतिको
मृत्यु पश्चात पनि स्व.अधिकारीको श्रीमती गंगामायाले न्याय पाउने झिनो आसा राख्दै
बीर अस्पतालमा अनसन बसेकी छिन । गंगामाया भन्छिन ‘कि न्याय देउ कि मृत्यू’ । भोलि
अन्तररास्ट्रिय जगतको अगाडी मुख देखाउन नसक्ने भएर होला न्याय दिन नसके पनि पाईप
द्वारा खाना खुवाएर गंगामायाको प्राण भने हर्न सकेका छैनन ।
जातीय
तथा क्षेत्रीय नारा घन्काउने पनि माओबादीहरुनै हुन । सोहि अनुरुप २०७२/५/७ गते
सोमबारको दिन सोमबार बिहान थरुहट संघर्ष समितिले सरकारी कार्यालयमा थरुहट स्वायक्त
प्रदेश लेख्ने योजना बनाएको थियो । योजना
अनुसार ८ हजारभन्दा बढीको संख्यामा
आन्दोलनकारी टीकापुरतर्फ अघि बढ्दा प्रहरीले रोक्यो । सुरक्षाकर्मीलाई धकेल्दै अघि
बढेका आन्दोलनकारी पशु हाटमा पुगेपछि केहीबेर झड्प भयो । प्रहरीले अश्रुग्यास
हानेपछि आन्दोलनकारी झनै उत्तेजित बने । भिडलाई सम्झाई बुझाई गरेर शान्ति सुरक्षा
कायम गर्नु प्रहरीको दायित्व र कर्तब्य पनि हो । आफ्नो दायित्व निर्वाह गर्दै
फिल्ड डिउटीमै खटिएका एसएसपी लक्ष्मण न्यौपानेले आन्दोलनकारीलाई
सम्झाउन अघि बढे । बेकाबू बनेको आन्दोलनकारीहरुले न्यौपानेलाई कब्जामा लिँदै
उनीमाथि एक्कासी भाला र गोली प्रहार गरे ।
घाइते
बनेका उनलाई आन्दोलनकारीले शरीरमा पेट्रोल खन्याएर आगो लगाउन समेत पछी परेनन ।
एसएसपी न्यौपानेका अंगरक्षक माथि पनि भाला प्रहार भयो । उक्त घटनामा एस.एस.पी न्यौपाने, ईन्स्पेक्टरहरु बलराम विष्ट र केशव बोहरा,
न्यौपानेको अंगरक्षक सहित अन्य दुईजना प्रहरी जवान समेत गरि ६ जनाले
सहादत प्राप्त गर्नु पर्यो ।
घटनाको
मुख्य योजनाकार रेसम चौधरी हुन भनि जाँचबुझ आयोगले पेस गरेको प्रतिबेदन अनुसार
कानूनी कारबाही सुरु भयो । कानूनको नजरबाट बच्न रेसम चौधरी भागेर भारत पुगे ।
अन्तर्राष्ट्रिय नियम कानून अनुसार चौधरी माथि रेडकर्नर नोटिस समेत जारि भयो ।
भारत सरकारबाट पक्राउ पर्नु त परको कुरा प्रधानमन्त्री बनेर भारत भ्रमणमा गएका
माओबादी अध्यक्ष प्रचण्ड संग चौधरीको भेटघाटले समाचारको पाना समेत भरिन पुगेको
थियो ।
रेसम
चौधरीले म निर्दोष छु भनेर पटक पटक देसी बिदेसी मिडियामा बयान दिएका छन । दोषी र
निर्दोषी छुट्याउने काम न्यायमूर्तिको हो । निर्दोष थिए भने भागेर किन भारत पुगे ? भारतमै
बसेर चुनाव लडे विजय पनि भए । एमाले र माओबादीको गठबन्धनको सरकार बन्नासाथ नेपालमा
आएर आफुलाई आत्मसमर्पण गर्न पछी परेनन ।
अदालतले
पुर्पक्षमा जेल चलान गरेको चौधरीले जेल भित्रै बसेर गरेको अनसनको नाटक अनि
चौधरीलाई काठमान्डौमा झिकाएर वर्तमान गृहमन्त्रीले जुस खुवाएर तोडाएको अनसन र अब
केहि समय पछी चौधरी रिहा भयो भने त्यसलाई आश्चर्यको रुपमा नलिए पनि हुन्छ ।
‘अपराध गर्नु र गर्न लगाउनु दुवै कानूनको नजरमा दोषी हुन्छन’ भनेर संसारको सबै कानूनको ठेलीमा लेखिएको यो ब्रम्हवाक्य हो तर हाम्रो देस
नेपालमा २०४६ सालको प्रजातन्त्र पुनर्स्थापना पश्चात चाहेर पनि सर्खारले अपराधीलाई
पक्रिन सक्दैनन । कानून अनुसार कारबाही गर्ने हो भने नेपालको सबै ठुला पार्टीका
केहि नेता तथा तिनका नजिकका कार्यकर्ताहरु अपराधिक घटनामा मुछिएका छन । स्व. नन्द
प्रसाद अधिकारिहरुले न्यायको निमित्त अनसन बसेर आफ्नो ज्यानको बलिदान दिन सक्छन
भने रेसम चौधरीहरु जस्तो हत्यारा अपराधीलाई सुरक्षाको जिम्मेवारी सम्हालेको नेपाल
सरकारको गृहमन्त्रीले जुस पिलाएर अनसन तोडाउनु पर्ने बाध्यता पनि छ । ऐन कानून अनुसार चल्ने हो भने सत्तामा नभएर झ्यालखानामा जाकिनु पर्ने
हुन्छ ।
२०४६
साल पछी पार्टीका नेताहरुले कार्यकर्ताको नाउँमा आफ्ना प्यादाहरुलाई भेडा बनाएका
छन । ति प्यादाहरु ठिक बेठिक छुट्याउने हिम्मत राख्दैनन् । यदि राख्थे भने आफ्नै पार्टीका
नेता देखि रास्ट्र सेवकहरुको जघन्य हत्या हुँदा समेत जुवा हारेका पाण्डब जसरि शिर
निहुर्याएर बस्दैन थिए ।
अहिले
लाल पार्टीका पार्टीका प्यादाहरु सामाजिक संजालमा लाज सरम मच्चायेर आफ्नो पार्टीको
नेता ठिक अरु बेठिक भन्न लाज मान्दैनन । आफ्नो नेताहरुले जस्तोसुकै जघन्य अपराध गरेपनि
बिरोध गर्ने हिम्मत राख्दैनन । राजतन्त्र देखि बिपक्षी पार्टीको सत्तो सराप गर्नु
तिनको कर्तब्य हो । एमाले पार्टीको महान नारा ‘कुटे पनि आमै राम्रो, पोले पनि घामै
राम्रो’ को परिभाषा सायद यहि नै होला ।
(प्रकाशित मिति: २०७४/१२/६ गते)
Tags
आलेख
Wednesday, January 31, 2018
छेपारे चरित्र
-जनकमान डंगोल
मिति २०७४/१०/१६ गते सहिद दिबसको दिन राजधानी काठमान्डौको
बानेस्वरमा नेपाली कांग्रेसका कपाल सेतै फुलेका केहि युवा नेताहरुले सडकको पेटीमा
बसेर आफ्नै देखि सर्वसाधारणको जुत्ताको पालिस गरेको घटनाले देसमा एक्कासी अनौठो राजनीतिक तरंग ल्याई दिएको छ ।
सामाजिक संजालहरुमा यस्तो कार्यलाई धेरैले मजाकको बिषय पनि
बनाए तर हरेक बिषय र बस्तुको सकारात्मक तथा
नकारात्मक दुवै पाटो पनि हुन्छ । नेपालको राजनीति यतिखेर फोहोर छ त्यसैले जमेको
फोहोरमैला फालेर त्यसलाई पालिस गरेर टिलिक्क टल्काउनु पर्छ भन्ने सन्देस दिनलाई
केहि कांग्रेसी नेताहरुले लाज नमानिकन राजधानीको सडकको पेटीमा बसेर जुन सन्देस दिन
खोजे त्यसको नतिजा ढिलो चाँडो देखिने नै छ ।
हिजो प्रधानमन्त्री पदमा आसिन हुँदा संविधान हामीले भने
जस्तो हुनु पर्दछ । हामीले भने अनुसारको संबिधान भएन भने त्यसलाई लागु हुन दिदैनौ
भन्दै छिमेकी भारतले धाक धम्की देखि ९ महिने लामो त्रासदीपूर्ण वाताबरणको सिर्जना गरिदिंदा
पनि रत्तिभर बिचलित नभई आफुलाई महान रास्ट्र्बादीको पंक्तिमा उभ्याउन नेपाल कम्युनिस्ट
पार्टी एमालेको अध्यक्ष तथा पुन: प्रधानमन्त्रीको पदमा आसिन हुन चाहेका के.पी वली
सफल भएका थिए ।
हाम्रो गाउँ समाजमा संगत गुनाको फल भन्ने प्रसिद्ध उखान
चल्तीमा छ । उखान टुक्कामा महारत हासिल गरेका पुर्व तथा हुनेवाला प्र.म के.पी वलीलाई यी उखान टुक्काको
सम्झना पनि होला । जनताको लागी क्रान्ति गरेका हौ भन्दै
१२ बर्ष सम्म जनता देखि आफ्नै पार्टीका नेता देखि कार्यकर्ताको
हत्या गर्न पछी नपरेका र हिँसा पश्चात बिदेसिको कृपाले शान्ति सम्झौताको नाटक
गर्दै नेपालको राजनीतिमा स्थापित भएको पार्टी माओबादीसंग लगन गाँठो कस्न वली
कम्रेटलाई कसले सुर्यायो त्यो उनैलाई थाहा होला ।
नेपाली कांग्रेसलाई सडकमा पुर्याउनु पर्छ भनेर रातारात एमाले
तथा माओबादी केन्द्रका दुई ठुला नेता बसेर मन्त्रणा गर्दै सिंगो एउटा कम्युनिस्ट
पार्टी बनाउने भन्दै एकताको नाटक रचेर केन्द्र देखि प्रदेस सम्मको चुनाव लडे । जनताले
पनि जुटेकाहरु लाई भोट दिएर देसमा प्रजातन्त्रको जग बसाल्ने पार्टीलाई यो पटक उठ्न
नसक्ने गरि थला पारि दिए तर आजको मिति सम्म पार्टी एकताको कुरा त पर जावस बहुमतको
सरकार समेत बनाएर देखाउन सकेका छैनन । यसैबाट पुस्टि हुन्छ नेपालमा राजनीतिक
पार्टीहरु त छन तर त्यो पार्टी हाक्ने चालक भने देसमा नभएर बिदेसमा छन र नेपालमा
जो जसले पार्टी हाँकेका छन ति चालक नभयेर सह-चालक मात्र हुन भनेर भन्न कर लाग्छ ।
छिमेकी भारतमा अहिले मोदिराज चलेको छ । मोदीको पार्टी
कम्युनिस्ट पार्टी हैन । भारतबाट अंग्रेज खेदो भन्ने अभियानमा लाग्नेहरुले खोलेको
कांग्रेस पार्टीका अध्यक्षको निरंकुसता थेग्न नसकेर जनता पार्टी नामको छुट्टै
पार्टी खोलेर बनेको राजनीतिक दलनै अहिलेको भारतीय जनता पार्टी हो ।
यो पटकको चुनावमा भारतीय जनता पार्टीले भारतीय कांग्रेस
पार्टीलाई नेपाली कांग्रेस पार्टीकै हाराहारीमा पुर्याई दिएका छन । चुनाव जित्नु
भन्दा अगाडी प्रधानमन्त्रि मोदीले कांग्रेसी नेता तथा तिनका आसेपासेहरुले राज्य
लुटेर बिदेसमा लगेर थुपारेका धनलाई देसको ढुकुटीमा फर्काउछु भनेर उदघोष गरे
। जनताले पत्याए । त्यति मात्र नभएर कालो धन थुपार्नेहरुलाई ठिक पार्छु भने । नोटबन्दि
लगाई दिए । केहि समय जनताले दुख पनि नपाएका हैनन तर जो जसले कालो धन थुपारे आज
तिनीहरु ‘हिजोको करोडपति आजको रोडपति’ बन्ने स्थितिमा पुगेका छन भनेर भन्न कर लाग्छ किनभने देखिएको नतिजालाई हैन
भनेर पनि भन्न सकिन्न ।
राणा देखि पन्चेती शासनको समयमा आफु पक्राउ परिने डरले
नेपालका दिबंगत देखि अहिलेका चर्चित ठुला नेताहरु मध्ये अधिकांसले छिमेकी भारतमा
लामो समय ब्यतित गरेका छन । नेपालको राजनीतिमा भारतीय छनक देखिनु त्यसैको परिणाम
हो र हरेक कुरामा छिमेकी भारतको नक्कल गर्नमा नेपालको राजनेताहरु खप्पिस छन,
नेपालको अहिले राजनीतिक दृश्यमा देखिएको फरकचै के हो भने
उताका प्रधानमन्त्री कालो धन थुपार्नेलाई गोर्खेलौरी कस्न कम्बर कसेर लागेका छन
भने नेपालको हुनेवाला प्रधानमन्त्री भने बिदेसमा लगेर थुपारेको कालोधनलाई सेतो
बनाउनु पर्छ भनेर बयान दिन पछी हटेका छैनन ।
कथीय जनयुद्दले धेरै नेता देखि तिनका नजिकका आसेपासेहरुको जीवनस्तरले गगन चुमेको छ । जनताको
लागी हामीले बार्हबर्ष आफ्नो जवानीको बलिदान दिएका छौ भन्ने तिनै हिजोको ख्याउटे
नेताहरु आज चिल्ला सुकिला र हस्टपुस्ट भएका छन ।
अन्तमा ... सत्ताको मदले मात्तिएर कालोधन लाई सेतो बनाउन
जो जो कम्बर कसेर लाग्छन ढिलोचाँडो अन्तिममा तिनको हबिगत भनेको दोबाटोमा पुग्ने नै
हो जुन सांकेतिकरुपमा नेपाली कांग्रेका नेताहरुले हिजो राजधानी बानेस्वरको फुटपाथमा
जुत्ता पालिसको नाटक मन्चन गरेर देखाई सकेका छन ।
प्रकाशित मिति: २०७४/१०/१७ गते !
(यो आलेखमा राखिएको तस्बिर हरु गुगल सर्च ईन्जिनबाट साभार गरिएको हो)
Wednesday, December 20, 2017
"बि.पी को मार्ग भुल्दा दुर्घटनामा पर्यो कांग्रेस"
देशलाई संकट आईपरेको
खण्डमा ‘राजाको गर्धन मुनि मेरो माथि हुनेछ’ भन्ने बि.पी कोईरालाले जिन्दगीभर कम्युनिस्ट पार्टीको
संगत गरेनन । ‘कम्युनिस्ट पार्टीको संगत गर्नु हुन्न’ भन्ने दृढ बिचार समेत राख्थे
तर बि.पी को भनाईलाई किनारा लगाउदै २०४५ साल देखि कांग्रेसले कम्युनिस्ट पार्टीको
संगतमा रमाउन थाले । केहि समयको लागी
राजसी सुखभोग प्राप्त नगरेका पनि हैनन् तर अहिलेको निर्वाचनको परिणामले देखाएको
नतिजाले केहि समय कम्युनिस्ट संग गरेको
संगतको परिणामको फल राम्रै संग देखाएको छ भने स्व.बि.पी ले कम्युनिस्टहरुको संगत
किन गरेनन ? त्यो कुरा अहिलेको निर्वाचनको परिणामले देखाए पछी बुझे होलान ।
कांग्रेस तथा
कम्युनिस्टहरुलाई उचालेर एकै साथ नलगे सम्म नेपालको पंचायती ब्यबस्था समाप्त पार्न
सकिदैन भनेर २०४५ सालमा नेपाली कांग्रेस तथा टुक्राटुक्रामा बिभाजन भएको
कम्युनिस्टहरुलाई समेटेर संयुक्त बाममोर्चाको रुप दिदै भारतलाई ढाल बनाएर गरिएको
आन्दोलन पश्चिमाहरूको योजना मध्येको एउटा भाग थियो । उक्त समयमा गरिएको आन्दोलनलाई उर्जा दिन भनेर
छिमेकी भारतबाट समाजबादी देखि कम्युनिस्ट नेताहरु बोलाएर पंचायत तथा राजतन्त्रको बिषयमा
नकारात्मक भाषण समेत गर्न लगाएका थिए । यदि त्यो समयमा स्व.बि.कोईराला जीवित भएको
भए बरु प्रजातन्त्र पछी स्थापना गरौला तर कम्युनिस्ट संग घाटी जोडेर प्रजातन्त्रको
लागी आन्दोलन गर्नु ठिक हैन भनेर भन्नु हुन्थ्यो ।
२०४६ सालमा नेपालमा
दोश्रो पटक प्रजातन्त्र बहाल गरियो । आफ्नै पार्टीको संस्थापक नेता बि.पी को
बिचारहरु बिस्तारै पाखा लगाउदैं गए । बिदेसिको कुटिल चाल नबुझेर कम्युनिस्ट संग
घांटी जोडने अन्य संस्थापक नेताहरु स्व.गणेशमान शिंह देखि कृष्ण प्रसाद भटराईलाई
पार्टी छाडन बाध्य पारियो । यस्तै गतिबिधि हुन्छ भनेर थाहा पाएको भए स्व.महेन्द्र
नारायण निधि देखि स्व.गणेशमान हुँदै स्व.भटराईले समेत कम्युनिस्टहरुसंग स्व.बि.पी
ले जस्तै गरि सहकार्य पक्कै पनि गर्दैन थिए होला । यस्तो हुनुमा तत्काल कांग्रेशका शिर्ष नेताहरु सबै सतप्रतिसत जिम्मेवार थिए ।
नेपाली कांग्रेस
पार्टीले संस्थापक नेताहरुको मार्ग र बिचार भुले । यस्तो भयो भने नेपाली कांग्रेस
पतन हुन्छ । प्रजातन्त्र खतरामा पर्छ भनेर स्व.बि.पी पुत्र प्रकास कोईरालाले आवाज
उठाउँदा सहोदर काका स्व.गिरिजा प्रसाद कोईरालाको ब्यक्तिबादी हठको कारण प्रकास
कोईराला सधै अल्पमतमा पर्ने गरेका थिए । स्व.गिरिजा प्रसाद कोईरालाको निधन पश्चात
स्व. सुसिल कोईराला पार्टीको नाम मात्रको हर्ताकर्ता बने । कम्युनिस्ट पार्टीको
रोग कांग्रेस पार्टीमा सल्कियेकै थियो । पार्टी फुट्दै पछी जुटे पनि तर गुटबन्दीले
देसको एक नम्बर पार्टी दोश्रोमा पुगेको पनि देखिएकै हो ।
शुसिल कोईरालाको निधन
पश्चात शेर बहादुर देउवा पार्टीको शक्तिसाली पद सभापतिमा आसिन भए तर गुटबन्दी
समाप्त गर्न सकेनन । अहिले पनि पार्टीमा देउवा, पौडेल, खुम बहादुर, प्रकाशमान
जस्ता गुटहरु हाबी छन । मुखै फोरेर केहि
दिन अगाडी शसांक कोईरालाले नेपालमा कांग्रेस पार्टी हैन ‘देउवा कांग्रेस’ र ‘पौडेल
कांग्रेस’ छ भनेर भन्न बाध्य भए । देउवा र पौडेल संगै सिटौला र खुम बहादुर गुटले
पनि आफ्नो प्रभाव बढाउदै गएको देखिन्छ । नेपाली कांग्रेस पार्टी हेर्दा एक तर सतहीरुपमा
हेर्दा चार टुक्रामा बिभाजन भएको
स्पस्टरुपमा देख सकिन्छ ।
नेपाली कांग्रेस पार्टीले
धर्म निरपेक्ष देखि गणतन्त्रको बाटो समातेको धेरै नेपाली जनताहरुलाई मन परेको
थियेन । आफ्नै दाज्यु प्रकास कोईरालाको तेजोबध गरेको घटनालाई मनमा गढ़ायेर राखेको
शसांक कोईरालाले आफ्ना पिताको मार्ग पहिल्याउदै नेपालमा धर्म निरपेक्ष हुनुहुन्न, धर्म
निरपेक्षको नाराले कांग्रेसको पतन हुन्छ भनेर नभनेका पनि हैनन । हिन्दु धर्म देखि प्रजातन्त्रको
रक्षाको लागी लडाई लडेको नेपाली काग्रेस पार्टीको मूल नारानै रास्ट्रियता,
प्रजातन्त्र र समाजबादको थियो । बिदेसिको ईसारामा ‘प्रजातन्त्र’ भन्ने मूल नारानै
मेटन समेत पछी नपर्ने अहिलेका कांग्रेसी ठालुहरुले पार्टीको मूल नारा देखि राजा
सहितको प्रजातन्त्र लाई लात हानेको परिणाम पनि राम्रै संग भेटेका छन ।
कम्युनिस्टहरुको नारानै
गणतन्त्र हो । कम्युनिस्टहरुले धर्म संस्कृति र राजतन्त्र मान्दैन । कम्युनिस्टहरु
धर्मलाई अफिम जस्तै कडा नसाहो भनेर ठान्दछन । हिजो त्यही सिके र अहिले पनि त्यहि
सिकाउदैछन । कम्युनिस्ट पार्टीका ठालु नेताहरुले समय समयमा दिने भाषण देखि मन्तव्यले त्यसलाई पुस्टि पनि गरि सकेको छ
तर जनताले भोट नदेलान भनेर नेपालका नास्तिक कम्युनिस्ट नेता देखि तिनका आसेपासेहरु
निधारमा चन्दन देखि रातो टिका अनि गलामा फुलको माला देखि खादा लगाउन समेत लाज
मान्दैनन ।
नेपालको कम्युनिस्ट
पार्टीका प्राय सबै नेताहरु बहुरुपिया चरित्रका हुन भनेर नेपाली जनताहरुले अझै पनि चिनेका छैनन तर
जुन दिन चिन्छन त्यो दिन ढिलो भई सकेको हुनेछ ।
Tuesday, December 19, 2017
फुटको राजनीतिले घाटा कसलाई भो ?
![]() |
-जनक मान डंगोल |
२०३६ सालमा नेपालमा निर्दलीय पंचायती ब्यबस्था कि बहुदलीय प्रजातन्त्र भनेर
रोज्ने भनेर जनमत संग्रह गराईयो । आधिकारिरुपले पंचायती ब्यबस्था बिजयी भएको घोषणा
गरियो । नेपाली कांग्रेसको संस्थापक नेता स्व.बि.पी कोईरालाले जनताको मत भन्दा
ठुलो अरु केहि हुन्न भन्दै पराजयलाई स्विकार्नु भयो र नेपालमा दोश्रो पटक
प्रजातन्त्रको स्थापना हुन सकेन ।
२०३६ सालको जनमत संग्रह गराउने जिम्मा तत्कालिन प्रधानमन्त्री स्व.सुर्य
बहादुर थापाको जिम्मामा थियो । स्व.थापा पनि नेपाली कांग्रेसका उत्पादन हुनुहुन्थ्यो
। चाहेको भए मातृ पार्टीको मागलाई पुरा गर्ने ह्याउ राख्ने स्व. थापाले बहुदल
नरोजेर किन निरंकुस भनिएको पंचायती ब्यबस्थानै रोजे त्यो समय बुझ्न नसकिने कुरा
थियो ।
२०३६ सालको जनमत संग्रहले चम्केका स्व. थापालाई टक्कर दिन सुदुर पश्चिमबाट
लोकेन्द्र बहादुर चन्दको उदय भयो । झट्ट
हेर्दा नेपालमा भन्ने गरिएको एकदलीय निरंकुस पंचायती शासन ब्यबस्था भए पनि जनताले
जिताएका पंचायती माननीयहरु स्व.थापा र चन्द गुट गरेर दुई खेमामा बाडिएको थियो र
नेपालको राजनीतिमा गुटबन्दी को जन्म पनि २०३६ साल पछी नै हो भनेर भन्न सकिन्छ ।
जनताले बहुदललाई नभएर निर्दलीय शासन ब्यबस्थालाई मत दिएको हो भनेर संस्थापक
नेताले स्वीकारे पछी पनि नेपाली कांग्रेसले बिभिन्न किसिमको आन्दोलन गर्न भने
छाडेको थिएन । यदि जनमतको कदर गर्थे भने १० बर्ष नपुग्दै बामपन्थी संग मिलेर देसमा
आन्दोलनको आगो सल्काउदैन थिए । बामपन्थी संगको घांटी जोड़ाई कति सम्मको अफापकारी
हुने रैछ अहिले आएर कांग्रेसी नेताहरुले पक्कै पनि बुझेको हुनु पर्दछ ।
पंचायती शासनमा नै दुई खेमा भएको थापा र
चन्द गुटले २०४६ साल पछी रास्ट्रिय प्रजातन्त्र पार्टी नाम राखेर नाम एकै तर कोस्ट
भित्र थापा र चन्द चुनाव चिन्ह गाई र हलोको स्थापना गरे । दुई अलग पार्टीले
बहुदलीय राजनीतिमा पकड जमाउन नसके पछी एकीकरण गरे । नतिजा छि भन्ने खालको थिएन ।
प्रजातन्त्र स्थापना भएको ५ बर्ष नपुग्दै दुवै महापन्च अर्थात् पंचायतकालका हस्ती
तथा पुर्व प्रधानमन्त्रिहरु स्व.सुर्य बहादुर थापा देखि लोकेन्द्र बहादुर चन्दले
प्रधानमन्त्रिको कुर्चिमा बस्ने मौका जुर्नु भनेको एकताको नै बल हो भन्ने सन्देस
थियो भने कांग्रेस पार्टी फुट्दा घाटा कसलाई हुने रैछ भन्ने आर्को उदाहरण पनि थियो
।
२०६४ सालको कथित जन-आन्दोलन पछी नेपालमा राजतन्त्रको अन्त्य भएको घोषणा गरियो
। बामपन्थी संग कुम जोडेर नेपाली
कांग्रेसको नेता स्व.गिरिजा प्रसाद कोईराला र तिनका प्यादाहरुले गरेको यो दुत्सित
कार्यले सिंगो पार्टी एकदिन धरासायी हुन्छ भन्ने सोचेनन । संस्थापक नेताहरु स्व.बि.पी., गणेशमान, भटराई
देखि महेन्द्र नारायण निधिहरु आज बाचिरहेका भए यो दुर्दिन देख्नु पर्दैन थियो
। कम्युनिस्ट भनेको गणतन्त्रको ठेकेदार हो
र नेपालमा कम्युनिस्ट शासन हुनुहुन्न भनेर स्व.बि.पी ले पटक पटक भन्नु भएको पनि हो
र नेपालमा राजा सहितको प्रजातन्त्र चाहिन्छ भन्ने आफ्नै दाज्युको भनाईलाई हठी नेता
स्व.गिरिजाले कुल्चेर बामपन्थी संगको
लगनगाँठो जोड्दा आजको दिनमा नेपाली कांग्रेसको स्थिति रा.प्र.पा पार्टीको हैसियतमा
पुगेको छ ।
नेपालको राजनीतिमा स्व.सुर्य बहादुर थापाले आफु बाचुन्जेल सकुनिको भूमिका
निर्वाह गरे । बडो दुखले एकीकरण भएको पार्टीमा अभिभावकको भूमिका लिनु छाडेर छुट्टै
जनशक्ति पार्टीको स्थापना गरेर अरुलाई पनि पार्टीमा बिद्रोह गर्न सिकाए । नतिजा एक
भएको पार्टी तिन हुन पुग्यो । सिगो पार्टी थापा, चन्द, राणा खेमा हुँदै पछी लोहनी
देखि लावती खेमामा बाडिन पुग्यो ।
अहिलेको चुनावमा रा.प्र.पा को दुर्गति हुनुमा अन्य कोहि नभएर पशुपति राणा देखि
प्रकास चन्द्र लोहनिहरु जिम्मेवार छन । को कसको ईसारामा २०७३ साउनमा एकीकरण भएको
पार्टीलाई पुन: कम्युनिस्ट पार्टी जस्तो टुक्रा टुक्रा बनाउन तम्सिए तिनै पार्टी
फोडूवाहरु जानून तर पार्टी फुट्दा त्यसको नतिजा कस्तो हुने रैछ आज राणा देखि लोहनीहरुले
पक्कै पनि बुझेको हुनु पर्दछ ।
बामपन्थीहरु आंधी जस्तो आउछन र तुफान मच्चायेर जान्छन । संसारमा देखिएको यहि
नै हो । नेपालमा बामपन्थी छैनन भनेर पनि भन्ने गरिएको छ तर आर्काको ट्रेडमार्क
बोकेर राजनीति गर्न लाज मान्दैनन । हँसिया हथौडा चिन्ह देखि मार्क्स, लेनिन हुँदै
माओ नेपाली पहिचान पनि हैन । बिदेसी बाद र संस्कृति अंगाल्दा भोलि नेपाल र नेपाली
रहन्छ कि रहदैन भनेर सोच्नु पर्ने बेला आएको छ ।
पश्चिमाहरू धुर्त छन । उचाल्न र पछार्नमा पनि माहिर छन । जाति देखि धर्मको
नाउँमा जनता लडाउन खप्पिस छन । २०४६ साल पछी नेपालको मौलिक संस्कृति मास्न र ईसाई
धर्म फैलाउन कुन कुन पार्टीलाई हातमा लिए र त्यसको नतिजाले देस आज कुन स्थितिमा
पुगेको छ भन्ने दिब्यज्ञान कांग्रेस देखि पुर्व पन्चहरुले पाएका छन भने भोलिका
दिनमा फुटेर हैन जुटेर अगाडी बढ्नु पर्छ भने त्यसको लागी अब खुल्ला मैदानमा
युवाहरुलाई उतारेर बृद्ध नेताहरुले अभिभावकको भूमिका निभाउन सक्नु पर्छ । यदि
त्यसो नगरेर स्व.गिरिजा देखि सुसिल कोईरालाले जस्तो गरि बाचुन्जेल पद ओगटेर बस्ने
गल्ति गर्छन भने भने नेपालबाट कांग्रेस
देखि रा.प्र.पा को राजनीति एकादेसको कथामा नरहला भनेर भन्न सकिदैन ।
प्रकाशित मिति: २०७४/०८/२७ गते
Sunday, November 05, 2017
'Right to reject' अर्थात 'NO VOTE' लागु गर
स्थानीय चुनाव सकिएको ४
महिना पछी जनताहरुले फेरी एकै पटक संघीय तथा केन्द्रिय प्रतिनिधि छनौट गर्नु पर्ने
अबस्था आई परेको छ । निर्वाचन हुनु पर्दछ त्यो चिन्ताको बिषय हैन तर हरेक पार्टीले
पटक पटक पुरानै अनुहारहरूलाई निर्वाचनमा उतारेको देख्दा नेपालमा योग्य, सक्षम तथा
कर्मठ उम्मेदवाहरुको खडेरी लागेको त हैन भनेर सोच्न भने फेरी एकपटक बाध्य बनाएको छ
।
पंक्तिकारको गृह जिल्ला
मकवानपुरले यो पटक पनि पुरानै अनुहारहरुलाई चुनावी रणसंग्राममा होमेको छ । चर्चित
तथा ठुला पार्टीहरु कांग्रेस हुन या एमाले वा रा.प्र.पा यी सबै पार्टीहरुले नयाँ
अनुहारहरुलाई टिकट नदिएर उही पुरानै बासि उम्मेदवारहरुलाई टिकट वितरण गरेको छ तर
पार्टीका जुझारु युवाहरुले यस्तो किन भयो र गरियो भनेर पार्टीका ठालुहरुलाई चोर
औंलो देखाएर प्रश्न सोध्ने हिम्मत भने गरेको देखिएको छैन ।
कम्युनिस्टहरु
एकात्मकबादी चिन्तन बोक्छन । त्यो भनेको राजतन्त्रात्मक ब्यबस्था जस्तै हो तर
कम्युनिस्टहरु राजतन्त्रलाई अधिनायकबादी, शोषक र सामन्तीको संज्ञा दिन पछी
पर्दैनन् भने पटक पटकको टिकट वितरण प्रणालीले अधिनायकवादी, शोषक र सामन्ती को रैछ
भनेर छुट्याउनु नपर्ला किनभने यो भनेको भनाई एउटा र गराई आर्को हो ।
कांग्रेसले आफुलाई
प्रजातन्त्रको मशिहा ठान्ने गरेको छ र २००७ सालको क्रान्ति हामीले नै गरेर नेपालमा
प्रजातन्त्रको जग हालेका हौ भनेर भन्ने गर्छन । हैन भन्न पनि सकिन्न किनभने
नेपालको ईतिहासमा २००७ सालमा जहानियाँ शासनलाई फालेर प्रजातन्त्रको जग बसालेको
नेपाली कांग्रेसले हो भनेर लेखिए पछी ईन्कारी गर्न पनि सकिन्न ।
'समाजबाद' को मुलमन्त्र
बोकेको नेपाली कांग्रेसले पनि २०४६ साल पछी कम्युनिस्ट पद्धतिको बाटो समाएको राम्रै संग देख्न सकिन्छ । उदाहरणको लागी
बहुमतको शासन सत्ता आफ्नो हातमा हुँदाहुँदै पनि कम्युनिस्टहरुले जस्तै फुटको
राजनीति गरेको तथ्य पटक पटक देखिएको छ । समाजबादी विचारधारा अंगालेको भए यस्तो
स्थिति देख्नु पर्दैन थियो ।
अहिलेको नेपाली
कांग्रेसको जन्मदाता स्व. बि.कोईराला आफु बाँचुन्जेल कम्युनिस्टहरुको संगत कहिले
पनि गरेनन । कम्युनिस्ट शासन प्रणाली नेपालको हितमा छैन भनेर बुझेका स्व.
कोईरालाको भनाई र बिचारलाई लत्याएर तिनैका सहोदर भाई स्व.गिरिजा कोईरालाले
कम्युनिस्टहरुको संगत नगरेको भए नेपालमा पटक पटक क्रान्ति देखि आन्दोलन भएर
हज्जारौ हजार नेपालीले अकालमा ज्युज्यान पक्कै पनि गुमाउनु पर्दैन थियो होला ।
पंचायती शासनकालका
माहाहस्तीहरु मिलेर खोलिएको पुर्व पन्चहरुको पार्टी रा.प्र.पा केहि समय देखि ढुलुमुलु चरित्र बोकेर हिंडेको
देखिदैछ । मुखले राजतन्त्र र हिन्दु धर्मको जामा ओढेका तर सत्ता र भत्ताको लागि
कहिले कांग्रेस संग त कहिले कम्युनिस्ट पार्टीहरु संग लगन गाँठो जोडन पुग्ने
रा.प्र.पा हरुको मूल सिद्धान्त के हो भनेर आज सम्म जनताले बुझ्न सकेको छैन ।
राजनीतिमा जीत र हार
नयाँ र नौलो कुरो हैन । सुरु देखिकै आफ्नो
विचारधारामा अडिग भएर स्वच्छ राजनीति गरेको नेपालमा अहिले रा.प्र.पा सबै भन्दा
ठुलो पार्टी हुन्थ्यो किनभने करोडौ करोड नेपालीहरु अहिले पनि हिन्दु धर्म र
राजसंस्था प्रति अटल बिस्वास राख्ने गरेको छ तर रा.प्र.पा का केहि टाउके नेताहरुले
आफ्नो फाईदाको राजनीति गर्दा रा.प्र.पा को
अबको भविष्य के हुने हो भनेर कसैले पनि ठोकुवाको साथ भन्न सक्ने अबस्था पनि छैन ।
नेपालमा दोश्रो पटकको
प्रजातन्त्रको स्थापना पश्चात कांग्रेसी नेता स्व.गणेस मान शिंह श्रेष्ठले 'नेपाली
जनताहरु भनको भेरा (भेंडा) हुन भनेर भाषण गर्दा उक्त वाक्यलाई धेरै पचाउन नसकेर
स्व.शिंह बिरुद्द तथानाम भनेकै हुन तर अहिले आएर स्व.शिंहको भनाई सतप्रतिशत सत्य निक्लेको
छ ।
प्रेमीले प्रेमिकालाई
आफ्नो बसमा पार्नलाई 'आकासको जुन टिपेर ल्याई दिन्छु' भन्ने शैली पछ्याउदै नेपालका
सबै पार्टीका नेताहरुले चुनावको समयमा दिएका बाचा आज सम्म पुरा गरेको देखिदैन ।
नेपाली जनताहरुले पटक पटकको चुनावमा तिनै आकासको जुन टिपेर ल्याई दिन्छु भन्ने
प्रेमीरुपी नेताहरुको बोलि पत्याउदै भोट हालेका छन भने स्व.गणेशमानले नेपाली जनता
भनेको भेडा हो भन्ने तथ्यलाई हैन भनेर के कसरि भन्न सकिन्छ ?
चुनावमा भोट हाल्नु
भन्दा केहि समय अगाडी सम्म चौतारो देखि चिया पसलमा बसेर नेताहरुलाई तथानाम गालि
गर्न पछी नपर्ने तर भोट भने तिनै बासि अनुहारका नेताहरुलाई दिने हो भने त्यसरी
गालि गर्नुको के नै औचित्य रह्यो र ।
केहि बर्ष अगाडी नेपालमा
पनि मन नपरेको उम्मेदवाहरु लाई भोट दिन नपाउने अर्थात 'नो भोट' को ब्यबस्था लागु
हुनु पर्दछ आवाज उठाईयो र त्यो सम्बन्धमा सम्मानित सर्बोच्च अदालतबाट अनुमोदन
(फैसला) पनि भयो । विडम्बनाको कुरा तीनजना नेताहरुको हाली मुहाली चलेको देसमा
सम्मानित न्यायमुर्तिको फैसलालाई समेत कार्यान्बयन गराउने हिम्मत गर्न सकेनन । यो
फैसला कार्यान्बयन भएको भए अहिलेको चुनावमा बासि अनुहारहरुले भाग लिने हिम्मत
गर्दैन थिए ।
जबसम्म भेंडा
प्रबृत्तिबाट नेपाली जनता देखि पार्टीका कार्यकर्ताहरु हटन सक्दैनन, कुन राम्रो र
कुन नराम्रो भनेर खुट्याउन सक्दैनन् र सम्मानित अदालतले फैसला गरेको 'नो भोट' लाई
लागु गर भनेर आवाज नउठाउने हो भने तबसम्म निर्वाचनको समयमा नेपाली मतदाताहरुले संधै
उहि बासि अनुहारहरुलाई जिताउनु पर्ने बाध्यता हुन्छ भन्ने यो पंक्तिकारको ठम्याई
हो ।
(जनकमान डंगोल यस
पत्रिकाको नियमित स्तम्भकार हुनुहुन्छ)
Thursday, October 26, 2017
गणतन्त्रे नेताहरु लेण्डुपे पथमा हिड्दैछन ।
सन १९७५ का दिन
कथित जनमत संग्रहको नाटक रचेर राजतन्त्रात्मक स्वतन्त्र राज्य सिक्किमलाई भारतमा
बिलय गराईयो भारत सरकारको ईसारामा नाच्ने कठपुतली लेन्डुप दोर्जी सिक्किम विलयका
मुख्य खलनायक थिए । राजा फालेर स्वतन्त्र
तिब्बत् देसको रास्ट्रपति बन्ने लोभ पालेका लेन्डुप दोर्जीको रास्ट्रपति बन्ने
सपना सपनामै सिमित भयो । रास्ट्रघातको
आरोप थेग्न नसकेर आफ्नो मातृभूमिबाट भारतको कालिंपोंग पलायन भएका लेन्डुप दोर्जी
सन २००७ जुलाई २८ तारिखको दिन बिते तर मरणको समयमा ‘कठै’ भन्ने कोहि थिएन ।
सन १९२८ मे १९
तारिखको दिन कम्बोडियाको कम्पोंग थाम प्रान्तमा जन्मेका सलोथ सारलाई संसारभरका
मानिसहरुले पोलपोट भनेर चिन्ने गर्छन । साम्यवादी कम्युनिस्ट विचारधारा बोकेका
यिनै पोलपोटले सन १९७५ मा कम्बोडियाको
शासन सत्ता आफ्नो हातमा लिएर बामपन्थी सरकारको स्थापना गरे । कम्बोडियाको राजा नरोद्धम
शिंहानुक चिन निर्वासित हुन बाध्य भए ।
आफ्नो शासनकालमा
झन्डै २१% नागरिकहरु अन्दाजी २० लाख नागरिकहरुलाई मृत्युमा मुखमा पुग्न बाध्य
बनाएको विस्वका क्रुर तानाशाह मध्येका एक
पोलपोटलाई सन १९९८आफ्नै पार्टीको एउटा गुटका सदस्य ‘टा मॉक’ द्वारा बंदी बनाएर बिरान टापुमा लगेर
राखियो र त्यहि टापुमै १५ अप्रिल १९९८ को
दिन धर्तीबाट बिदा भए । मृत्यु हुँदाको
बखत यिनि नितान्त एक्ला थिए । लेण्डुप जस्तै यिनलाई पनि कठै भन्ने कोहि थिएन ।
पोलपोट शासनको पतन
पछी कम्बोडियामा फेरी राजतन्त्रको उदय भयो र अहिले सम्म राजतन्त्रनै कायम छ ।
कम्युनिस्टहरुको हातमा शासन सत्ता पुगे पछी कति सम्म क्रुरतापुर्बक शासन चलाउछन
भन्ने अनुभव कम्बोडियालि जनताले राम्रै संग देख्न बुझ्न र भोग्न पाए । देसमा
राजतन्त्रनै ठिक रहेछ भने कम्बोडियाली नागरिकहरुले बुझे ।
नेपालमा पनि
पोलपोट देखि लेन्डुप दोर्जी बन्न चाहने धेरै छन । फरक यत्ति हो पोलपोटले आफ्नै
बलबुताले समुह जन्माएर गुरिल्ला युद्द गरेर राजाको हातबाट शासन खोसेका थिए तर
नेपालमा त्यसको ठिक बिपरित लेन्डुप चरित्रका असंख्य नेताहरु देख्न पाईन्छ ।
नेपालमा पोलपोट देखि लेन्डुप बन्ने चाहना पालेकाहरुले आफ्नै बलबुताले नभएर
बिदेसीको बलबुताले कथित क्रान्तिको नारा
दिंदै राजाको हातबाट शासन खोसेर आजका मिति सम्ममा शासनको तालाचाबी लिएका छन । जसरि
पोलपोटले बिसौ लाख निर्दोष नागरिकको प्राण हरण गरे त्यस्तै नेपाले पोलपोटहरुले आजका
मिति सम्ममा बिसौ हजार निर्दोष नेपाली नागरिकहरुलाई मृत्युको मुखमा पुर्याएका
तथ्यलाई नेपाली जनताहरुले पक्कै पनि भुलेका छैनन होला ।
जनताको साथ् बिना
कुनै पनि शासन दिगो हुन् सक्दैन । यदि हुन्थ्यो भने सिक्किम काजि लेन्डुप दोर्जीले
सफलतापुर्बक शासन हाँकेर मृत्यु पछी राजकीय सलामीको साथी अन्तिम संस्कारको हकदार
हुन्थे । त्यस्तै सम्मान पोलपोटले पनि
पाउथे होला ।
कम्युनिस्टको
बर्को ओढेर क्रुर शासनबाट आजित भएका जनताहरुले भागेर चिन पुगेका कम्बोडियाको
राजालाई फर्काएर फेरी राजा बनाए अहिले
फेरी कम्बोडियामा राजाको शासन छ तर भारतले निलेको सिक्किममा त्यसो भने हुन सकेको
छैन ।
क्षणिक समयको लागि
जनतालाई गुमराहमा पार्न सकिन्छ । नेपालमा
पनि जनतालाई गुमराहमा पारेर बिदेसी शक्तिको ईसारामा रातारात कथित गणतन्त्र घोषणा गराएर
राजतन्त्रलाई निलम्बन पारेको नाटक गरेको पनि देखिएकै हो । भन्नलाई नेपालमा
गणतान्त्रिक शासन ब्यबस्था भनिएता पनि बिधि बिधान पुर्यायेर राजतन्त्रको अन्त्य
भएको घोषणा गर्ने हिम्मत दलहरुले आजसम्म सकेका छैनन । संबिधान सभाको चुनाव समेत
एकै पटक गर्न नसकेर दुई दुई पटक गराएर संबिधान बनाएता पनि त्यसलाई पूर्णरुपमा लागु
गर्न सकेका छैनन । बिदेसिको ईसारामा रचिएको अहिले
संबिधानसमेत पूर्ण रुपमा लागु नगराए सम्म नेपालमा राजतन्त्रको अन्त्य भएको छ
भन्न सकिने अबस्था पनि छैन ।
पोलपोटको शासनबाट
अत्तालिएर जसरि राजा शिहानुक भागेर चिन पसेका थिए त्यो बाटो नेपालको पुर्व राजाले
समाएका छैनन । शान देखाएर आफ्नै मातृभूमिमा बसेका छन र बेला बेलामा आफ्नो स्वतन्त्र
अभिव्यक्ति संचार माध्यमलाई दिन छाडेका छैनन् तर राजा नभएर पूर्व राजाको हैसियतले
दुई शब्द बोल्नासाथ् नेपालको राजनैतिक अखडामा ठुलै कम्पन जान थाल्छ र त्यसबाट
अत्तालिएर केहि नेताहरु गद्धिच्युत हुन् बाध्य पारिएका राजालाई जेल हाल्ने धम्की
दिन्छन तर आजका मिति सम्म जेल हाल्छु भनेर
कोहि अगाडी सरेको पनि देखिदैन र जेल हाल्न पनि सक्दैनन ।
भर्खरै केहि दिन
अगाडी तिहारको मौका पारेर पूर्वराजा ज्ञानेन्द्रले ‘जनताले साथ दिएमा जिम्मेवारीका
साथ नेतृत्व लिन तयार छु’ भनेर अभिव्यक्ति दिना साथ धेरै नेताहरुको मुटु हल्लिन
थालेको आभाष हुन थालेको छ । त्यसरी
बर्बराउनेहरुमा कम्युनिस्टको नाउँमा राजनीति गरेर आफ्नो दुनो सोझ्याउनेहरु धेरै
देखिएको छ । नहोस पनि कसरि ? बिस्व
ईतिहासमा कम्युनिस्टको क्रुरुता सहन नसकेर जनताले कम्युनिस्ट फालेर राजालाई
गद्धीमा बसालेको भनेर लेखिएको छ । बेलायेत देखि कम्बोडियाको घटनालाई हेरे पछी त्यस्ता
घटनालाई नाई भनेर ईन्कार पनि गर्न सकिन्न ।
नेपालमा पनि हालको
स्थितिमा आफुहरुलाई लेन्डुप दोर्जी देखि पोलपोट सम्झिदै यस्तै किसिमले बिदेसिको
ईसारामा नाचेर बहुलट्ठी तरिकाले देशको शासन हाक्दै जनतालाई जे गरे पनि हुन्छ भन्ने
भ्रम पालेका छन । भोलिको दिनमा नेपालको जनताहरुले अहिलेका नेताहरुलाई पोलपोट देखि
लेन्डुप दोर्जिकै स्थितिमा नपुर्याईदेलान भन्ने के बेर ? अहिले जो जसले काँधमा
बोकेर हिडेका छन भोलि तिनैले नेपाली जनताहरुको आक्रोस थेग्न नसकेर भुइमा पुर्याई
दिएको खण्डमा अन्तिम हबिगत हुने भनेकै पोलपोट देखि सिक्किमे काजि नामग्यालकै जस्तो
हो ।
Monday, September 25, 2017
Subscribe to:
Posts (Atom)