स्थानीय चुनाव सकिएको ४
महिना पछी जनताहरुले फेरी एकै पटक संघीय तथा केन्द्रिय प्रतिनिधि छनौट गर्नु पर्ने
अबस्था आई परेको छ । निर्वाचन हुनु पर्दछ त्यो चिन्ताको बिषय हैन तर हरेक पार्टीले
पटक पटक पुरानै अनुहारहरूलाई निर्वाचनमा उतारेको देख्दा नेपालमा योग्य, सक्षम तथा
कर्मठ उम्मेदवाहरुको खडेरी लागेको त हैन भनेर सोच्न भने फेरी एकपटक बाध्य बनाएको छ
।
पंक्तिकारको गृह जिल्ला
मकवानपुरले यो पटक पनि पुरानै अनुहारहरुलाई चुनावी रणसंग्राममा होमेको छ । चर्चित
तथा ठुला पार्टीहरु कांग्रेस हुन या एमाले वा रा.प्र.पा यी सबै पार्टीहरुले नयाँ
अनुहारहरुलाई टिकट नदिएर उही पुरानै बासि उम्मेदवारहरुलाई टिकट वितरण गरेको छ तर
पार्टीका जुझारु युवाहरुले यस्तो किन भयो र गरियो भनेर पार्टीका ठालुहरुलाई चोर
औंलो देखाएर प्रश्न सोध्ने हिम्मत भने गरेको देखिएको छैन ।
कम्युनिस्टहरु
एकात्मकबादी चिन्तन बोक्छन । त्यो भनेको राजतन्त्रात्मक ब्यबस्था जस्तै हो तर
कम्युनिस्टहरु राजतन्त्रलाई अधिनायकबादी, शोषक र सामन्तीको संज्ञा दिन पछी
पर्दैनन् भने पटक पटकको टिकट वितरण प्रणालीले अधिनायकवादी, शोषक र सामन्ती को रैछ
भनेर छुट्याउनु नपर्ला किनभने यो भनेको भनाई एउटा र गराई आर्को हो ।
कांग्रेसले आफुलाई
प्रजातन्त्रको मशिहा ठान्ने गरेको छ र २००७ सालको क्रान्ति हामीले नै गरेर नेपालमा
प्रजातन्त्रको जग हालेका हौ भनेर भन्ने गर्छन । हैन भन्न पनि सकिन्न किनभने
नेपालको ईतिहासमा २००७ सालमा जहानियाँ शासनलाई फालेर प्रजातन्त्रको जग बसालेको
नेपाली कांग्रेसले हो भनेर लेखिए पछी ईन्कारी गर्न पनि सकिन्न ।
'समाजबाद' को मुलमन्त्र
बोकेको नेपाली कांग्रेसले पनि २०४६ साल पछी कम्युनिस्ट पद्धतिको बाटो समाएको राम्रै संग देख्न सकिन्छ । उदाहरणको लागी
बहुमतको शासन सत्ता आफ्नो हातमा हुँदाहुँदै पनि कम्युनिस्टहरुले जस्तै फुटको
राजनीति गरेको तथ्य पटक पटक देखिएको छ । समाजबादी विचारधारा अंगालेको भए यस्तो
स्थिति देख्नु पर्दैन थियो ।
अहिलेको नेपाली
कांग्रेसको जन्मदाता स्व. बि.कोईराला आफु बाँचुन्जेल कम्युनिस्टहरुको संगत कहिले
पनि गरेनन । कम्युनिस्ट शासन प्रणाली नेपालको हितमा छैन भनेर बुझेका स्व.
कोईरालाको भनाई र बिचारलाई लत्याएर तिनैका सहोदर भाई स्व.गिरिजा कोईरालाले
कम्युनिस्टहरुको संगत नगरेको भए नेपालमा पटक पटक क्रान्ति देखि आन्दोलन भएर
हज्जारौ हजार नेपालीले अकालमा ज्युज्यान पक्कै पनि गुमाउनु पर्दैन थियो होला ।
पंचायती शासनकालका
माहाहस्तीहरु मिलेर खोलिएको पुर्व पन्चहरुको पार्टी रा.प्र.पा केहि समय देखि ढुलुमुलु चरित्र बोकेर हिंडेको
देखिदैछ । मुखले राजतन्त्र र हिन्दु धर्मको जामा ओढेका तर सत्ता र भत्ताको लागि
कहिले कांग्रेस संग त कहिले कम्युनिस्ट पार्टीहरु संग लगन गाँठो जोडन पुग्ने
रा.प्र.पा हरुको मूल सिद्धान्त के हो भनेर आज सम्म जनताले बुझ्न सकेको छैन ।
राजनीतिमा जीत र हार
नयाँ र नौलो कुरो हैन । सुरु देखिकै आफ्नो
विचारधारामा अडिग भएर स्वच्छ राजनीति गरेको नेपालमा अहिले रा.प्र.पा सबै भन्दा
ठुलो पार्टी हुन्थ्यो किनभने करोडौ करोड नेपालीहरु अहिले पनि हिन्दु धर्म र
राजसंस्था प्रति अटल बिस्वास राख्ने गरेको छ तर रा.प्र.पा का केहि टाउके नेताहरुले
आफ्नो फाईदाको राजनीति गर्दा रा.प्र.पा को
अबको भविष्य के हुने हो भनेर कसैले पनि ठोकुवाको साथ भन्न सक्ने अबस्था पनि छैन ।
नेपालमा दोश्रो पटकको
प्रजातन्त्रको स्थापना पश्चात कांग्रेसी नेता स्व.गणेस मान शिंह श्रेष्ठले 'नेपाली
जनताहरु भनको भेरा (भेंडा) हुन भनेर भाषण गर्दा उक्त वाक्यलाई धेरै पचाउन नसकेर
स्व.शिंह बिरुद्द तथानाम भनेकै हुन तर अहिले आएर स्व.शिंहको भनाई सतप्रतिशत सत्य निक्लेको
छ ।
प्रेमीले प्रेमिकालाई
आफ्नो बसमा पार्नलाई 'आकासको जुन टिपेर ल्याई दिन्छु' भन्ने शैली पछ्याउदै नेपालका
सबै पार्टीका नेताहरुले चुनावको समयमा दिएका बाचा आज सम्म पुरा गरेको देखिदैन ।
नेपाली जनताहरुले पटक पटकको चुनावमा तिनै आकासको जुन टिपेर ल्याई दिन्छु भन्ने
प्रेमीरुपी नेताहरुको बोलि पत्याउदै भोट हालेका छन भने स्व.गणेशमानले नेपाली जनता
भनेको भेडा हो भन्ने तथ्यलाई हैन भनेर के कसरि भन्न सकिन्छ ?
चुनावमा भोट हाल्नु
भन्दा केहि समय अगाडी सम्म चौतारो देखि चिया पसलमा बसेर नेताहरुलाई तथानाम गालि
गर्न पछी नपर्ने तर भोट भने तिनै बासि अनुहारका नेताहरुलाई दिने हो भने त्यसरी
गालि गर्नुको के नै औचित्य रह्यो र ।
केहि बर्ष अगाडी नेपालमा
पनि मन नपरेको उम्मेदवाहरु लाई भोट दिन नपाउने अर्थात 'नो भोट' को ब्यबस्था लागु
हुनु पर्दछ आवाज उठाईयो र त्यो सम्बन्धमा सम्मानित सर्बोच्च अदालतबाट अनुमोदन
(फैसला) पनि भयो । विडम्बनाको कुरा तीनजना नेताहरुको हाली मुहाली चलेको देसमा
सम्मानित न्यायमुर्तिको फैसलालाई समेत कार्यान्बयन गराउने हिम्मत गर्न सकेनन । यो
फैसला कार्यान्बयन भएको भए अहिलेको चुनावमा बासि अनुहारहरुले भाग लिने हिम्मत
गर्दैन थिए ।
जबसम्म भेंडा
प्रबृत्तिबाट नेपाली जनता देखि पार्टीका कार्यकर्ताहरु हटन सक्दैनन, कुन राम्रो र
कुन नराम्रो भनेर खुट्याउन सक्दैनन् र सम्मानित अदालतले फैसला गरेको 'नो भोट' लाई
लागु गर भनेर आवाज नउठाउने हो भने तबसम्म निर्वाचनको समयमा नेपाली मतदाताहरुले संधै
उहि बासि अनुहारहरुलाई जिताउनु पर्ने बाध्यता हुन्छ भन्ने यो पंक्तिकारको ठम्याई
हो ।
(जनकमान डंगोल यस
पत्रिकाको नियमित स्तम्भकार हुनुहुन्छ)
0 Comments:
Post a Comment