Thursday, October 26, 2017

गणतन्त्रे नेताहरु लेण्डुपे पथमा हिड्दैछन ।

सन १९७५ का दिन कथित जनमत संग्रहको नाटक रचेर राजतन्त्रात्मक स्वतन्त्र राज्य सिक्किमलाई भारतमा बिलय गराईयो भारत सरकारको ईसारामा नाच्ने कठपुतली लेन्डुप दोर्जी सिक्किम विलयका मुख्य खलनायक थिए ।  राजा फालेर स्वतन्त्र तिब्बत् देसको रास्ट्रपति बन्ने लोभ पालेका लेन्डुप दोर्जीको रास्ट्रपति बन्ने सपना सपनामै सिमित भयो ।  रास्ट्रघातको आरोप थेग्न नसकेर आफ्नो मातृभूमिबाट भारतको कालिंपोंग पलायन भएका लेन्डुप दोर्जी सन २००७ जुलाई २८ तारिखको दिन बिते तर मरणको समयमा ‘कठै’ भन्ने कोहि थिएन ।

सन १९२८ मे १९ तारिखको दिन कम्बोडियाको कम्पोंग थाम प्रान्तमा जन्मेका सलोथ सारलाई संसारभरका मानिसहरुले पोलपोट भनेर चिन्ने गर्छन । साम्यवादी कम्युनिस्ट विचारधारा बोकेका यिनै पोलपोटले सन १९७५ मा  कम्बोडियाको शासन सत्ता आफ्नो हातमा लिएर बामपन्थी सरकारको स्थापना गरे । कम्बोडियाको राजा नरोद्धम शिंहानुक चिन निर्वासित हुन बाध्य भए ।


आफ्नो शासनकालमा झन्डै २१% नागरिकहरु अन्दाजी २० लाख नागरिकहरुलाई मृत्युमा मुखमा पुग्न बाध्य बनाएको विस्वका क्रुर तानाशाह  मध्येका एक पोलपोटलाई सन १९९८आफ्नै पार्टीको एउटा गुटका सदस्य  ‘टा मॉक’ द्वारा बंदी बनाएर बिरान टापुमा लगेर राखियो  र त्यहि टापुमै १५ अप्रिल १९९८ को दिन धर्तीबाट बिदा भए  । मृत्यु हुँदाको बखत यिनि नितान्त एक्ला थिए । लेण्डुप जस्तै यिनलाई पनि कठै भन्ने कोहि थिएन ।

पोलपोट शासनको पतन पछी कम्बोडियामा फेरी राजतन्त्रको उदय भयो र अहिले सम्म राजतन्त्रनै कायम छ । कम्युनिस्टहरुको हातमा शासन सत्ता पुगे पछी कति सम्म क्रुरतापुर्बक शासन चलाउछन भन्ने अनुभव कम्बोडियालि जनताले राम्रै संग देख्न बुझ्न र भोग्न पाए । देसमा राजतन्त्रनै ठिक रहेछ भने कम्बोडियाली नागरिकहरुले बुझे ।


नेपालमा पनि पोलपोट देखि लेन्डुप दोर्जी बन्न चाहने धेरै छन । फरक यत्ति हो पोलपोटले आफ्नै बलबुताले समुह जन्माएर गुरिल्ला युद्द गरेर राजाको हातबाट शासन खोसेका थिए तर नेपालमा त्यसको ठिक बिपरित लेन्डुप चरित्रका असंख्य नेताहरु देख्न पाईन्छ । नेपालमा पोलपोट देखि लेन्डुप बन्ने चाहना पालेकाहरुले आफ्नै बलबुताले नभएर बिदेसीको बलबुताले  कथित क्रान्तिको नारा दिंदै राजाको हातबाट शासन खोसेर आजका मिति सम्ममा शासनको तालाचाबी लिएका छन । जसरि पोलपोटले बिसौ लाख निर्दोष नागरिकको प्राण हरण गरे त्यस्तै नेपाले पोलपोटहरुले आजका मिति सम्ममा बिसौ हजार निर्दोष नेपाली नागरिकहरुलाई मृत्युको मुखमा पुर्याएका तथ्यलाई नेपाली जनताहरुले पक्कै पनि भुलेका छैनन होला ।

जनताको साथ् बिना कुनै पनि शासन दिगो हुन् सक्दैन । यदि हुन्थ्यो भने सिक्किम काजि लेन्डुप दोर्जीले सफलतापुर्बक शासन हाँकेर मृत्यु पछी राजकीय सलामीको साथी अन्तिम संस्कारको हकदार हुन्थे ।  त्यस्तै सम्मान पोलपोटले पनि पाउथे होला ।

कम्युनिस्टको बर्को ओढेर क्रुर शासनबाट आजित भएका जनताहरुले भागेर चिन पुगेका कम्बोडियाको राजालाई फर्काएर फेरी राजा  बनाए अहिले फेरी कम्बोडियामा राजाको शासन छ तर भारतले निलेको सिक्किममा त्यसो भने हुन सकेको छैन ।

क्षणिक समयको लागि जनतालाई गुमराहमा पार्न सकिन्छ ।  नेपालमा पनि जनतालाई गुमराहमा पारेर बिदेसी शक्तिको ईसारामा रातारात कथित गणतन्त्र घोषणा गराएर राजतन्त्रलाई निलम्बन पारेको नाटक गरेको पनि देखिएकै हो । भन्नलाई नेपालमा गणतान्त्रिक शासन ब्यबस्था भनिएता पनि बिधि बिधान पुर्यायेर राजतन्त्रको अन्त्य भएको घोषणा गर्ने हिम्मत दलहरुले आजसम्म सकेका छैनन । संबिधान सभाको चुनाव समेत एकै पटक गर्न नसकेर दुई दुई पटक गराएर संबिधान बनाएता पनि त्यसलाई पूर्णरुपमा लागु गर्न सकेका छैनन । बिदेसिको ईसारामा रचिएको अहिले  संबिधानसमेत पूर्ण रुपमा लागु नगराए सम्म नेपालमा राजतन्त्रको अन्त्य भएको छ भन्न सकिने अबस्था पनि छैन ।

पोलपोटको शासनबाट अत्तालिएर जसरि राजा शिहानुक भागेर चिन पसेका थिए त्यो बाटो नेपालको पुर्व राजाले समाएका छैनन । शान देखाएर आफ्नै मातृभूमिमा बसेका छन र बेला बेलामा आफ्नो स्वतन्त्र अभिव्यक्ति संचार माध्यमलाई दिन छाडेका छैनन् तर राजा नभएर पूर्व राजाको हैसियतले दुई शब्द बोल्नासाथ् नेपालको राजनैतिक अखडामा ठुलै कम्पन जान थाल्छ र त्यसबाट अत्तालिएर केहि नेताहरु गद्धिच्युत हुन् बाध्य पारिएका राजालाई जेल हाल्ने धम्की दिन्छन तर आजका मिति सम्म  जेल हाल्छु भनेर कोहि अगाडी सरेको पनि देखिदैन र जेल हाल्न पनि सक्दैनन ।

भर्खरै केहि दिन अगाडी तिहारको मौका पारेर पूर्वराजा ज्ञानेन्द्रले ‘जनताले साथ दिएमा जिम्मेवारीका साथ नेतृत्व लिन तयार छु’ भनेर अभिव्यक्ति दिना साथ धेरै नेताहरुको मुटु हल्लिन थालेको आभाष हुन थालेको छ  । त्यसरी बर्बराउनेहरुमा कम्युनिस्टको नाउँमा राजनीति गरेर आफ्नो दुनो सोझ्याउनेहरु धेरै देखिएको छ ।  नहोस पनि कसरि ? बिस्व ईतिहासमा कम्युनिस्टको क्रुरुता सहन नसकेर जनताले कम्युनिस्ट फालेर राजालाई गद्धीमा बसालेको भनेर लेखिएको छ । बेलायेत देखि कम्बोडियाको घटनालाई हेरे पछी त्यस्ता घटनालाई नाई भनेर ईन्कार पनि गर्न सकिन्न ।

नेपालमा पनि हालको स्थितिमा आफुहरुलाई लेन्डुप दोर्जी देखि पोलपोट सम्झिदै यस्तै किसिमले बिदेसिको ईसारामा नाचेर बहुलट्ठी तरिकाले देशको शासन हाक्दै जनतालाई जे गरे पनि हुन्छ भन्ने भ्रम पालेका छन । भोलिको दिनमा नेपालको जनताहरुले अहिलेका नेताहरुलाई पोलपोट देखि लेन्डुप दोर्जिकै स्थितिमा नपुर्याईदेलान भन्ने के बेर ? अहिले जो जसले काँधमा बोकेर हिडेका छन भोलि तिनैले नेपाली जनताहरुको आक्रोस थेग्न नसकेर भुइमा पुर्याई दिएको खण्डमा अन्तिम हबिगत हुने भनेकै पोलपोट देखि सिक्किमे काजि नामग्यालकै जस्तो हो ।

No comments:

Post a Comment