Tuesday, March 20, 2018

कुटे पनि आमै राम्रो, पोले पनि घामै राम्रो


पंचायत ब्यबस्था पनि निरंकुस भयो । जनताले हक अधिकार देखि स्वतन्त्रता पाएनन् भनेर आन्दोलन गरे । पटक पटकको  आन्दोलनबाट आजित भएको दरबारले दलहरुलाई सत्ता सुम्पिएर आफु संबैधानिक राजा बन्न तयार भए । नतिजा २०४६ सालमा स्थापित प्रजातन्त्र ।

प्रजातन्त्र स्थापना भएको ५ बर्ष बित्न नपाउदै कम्युनिस्ट पार्टीको एक घटक माओबादीले आमुल क्रान्तिकारी परिवर्तनको नारा दिएर सुरु गरेको कथित जनयुद्ध अनि त्यो जनयुद्धको कारणले आफ्नै देसको हज्जारौ हजार नागरिकहरु माथि हिटलर बनेर गरिएको जघन्य हत्याको तस्बिर पनि नेपाली जनताहरुले देखि भोगी सकेका छन ।
२०६१।२।२४ गते गोर्खा फुजेल्का स्व.नन्द प्रसाद अधिकारीको छोरा वर्ष १९ को कृष्ण प्रसाद अधिकारीलाई आफ्ना मावली घर चितवन गएको बखतमा माओबादीका कार्यकर्ताहरुले बिनाकारण यातना दिएर मारे । त्यो  समयमा माओबादीहरुले मान्छे मार्नु कुनै ठुलो कुरा थिएन । युद्धको उन्मादले माट भएका लाल सेनाहरुले चाहेको बेलामा जसलाई पनि मार्न देखि अंगभंग बनाउन सक्थे । आफ्नैलाई मारेसी बडो गर्बले सफायागर्यौ भनेर आफ्ना पार्टीको मुखपत्र 'जनादेस नामको अखबारमा खबर छाप्न समेत लगाउथे ।
मेरो छोराको हत्या माओबादीका लडाकुहरुले गरेका हुन । बिना कसुर मेरो छोराको किन हत्या गरियो ? ‘न्याय पाउं सर्खार’ भन्दै राजधानी पसेका अधिकारी दम्पतिलाई न्यायको बदलामा बौलाहाभनेर मानसिक अस्पताल पुर्याउने काम अरु कोहि नभएर तत्कालिन एमाओबादी पार्टीका दोश्रा ठुला नेता तथा तत्कालिन सरकार प्रमुख डाक्टर बाबुराम भटराई थिए ।
डाक्टर भटराई आफु स्वयम  गोर्खाबासी भएकोले अन्यायमा परेकाहरुको सुखदुखमा साथ दिनु पर्ने थियो । मिठो बोलि बचनले चट्टान जस्तै हृदय भएकाहरु त पगिल्न्छ्न भने आधिकारी दम्पति त्यति कठोर हृदयका पक्कै पनि थिएनन होला । हाम्रो लडाकुहरुले गल्ति गरेको हुँदा भुल भयो माफी चाहन्छौ मात्र भनि दिएको भए पुग्थ्यो तर न्यायको बदलामा मानसिक यातना दिएको कारण स्व.नन्द प्रसाद अधिकारीले अनसन बस्दाबस्दै आफ्नो देह त्याग गर्न बाध्य हुनुपर्यो । आज सम्म स्व.अधिकारीको दाह संस्कार सम्म गरिएको छैन ।
पतिको मृत्यु पश्चात पनि स्व.अधिकारीको श्रीमती गंगामायाले न्याय पाउने झिनो आसा राख्दै बीर अस्पतालमा अनसन बसेकी छिन । गंगामाया भन्छिन ‘कि न्याय देउ कि मृत्यू’ । भोलि अन्तररास्ट्रिय जगतको अगाडी मुख देखाउन नसक्ने भएर होला न्याय दिन नसके पनि पाईप द्वारा खाना खुवाएर गंगामायाको प्राण भने हर्न सकेका छैनन ।
जातीय तथा क्षेत्रीय नारा घन्काउने पनि माओबादीहरुनै हुन । सोहि अनुरुप २०७२/५/७ गते सोमबारको दिन सोमबार बिहान थरुहट संघर्ष समितिले सरकारी कार्यालयमा थरुहट स्वायक्त प्रदेश लेख्ने योजना बनाएको थियो  । योजना अनुसार  ८ हजारभन्दा बढीको संख्यामा आन्दोलनकारी टीकापुरतर्फ अघि बढ्दा प्रहरीले रोक्यो । सुरक्षाकर्मीलाई धकेल्दै अघि बढेका आन्दोलनकारी पशु हाटमा पुगेपछि केहीबेर झड्प भयो । प्रहरीले अश्रुग्यास हानेपछि आन्दोलनकारी झनै उत्तेजित बने । भिडलाई सम्झाई बुझाई गरेर शान्ति सुरक्षा कायम गर्नु प्रहरीको दायित्व र कर्तब्य पनि हो । आफ्नो दायित्व निर्वाह गर्दै फिल्ड डिउटीमै खटिएका एसएसपी लक्ष्मण न्यौपानेले  आन्दोलनकारीलाई सम्झाउन अघि बढे । बेकाबू बनेको आन्दोलनकारीहरुले न्यौपानेलाई कब्जामा लिँदै उनीमाथि एक्कासी भाला र गोली प्रहार गरे ।
घाइते बनेका उनलाई आन्दोलनकारीले शरीरमा पेट्रोल खन्याएर आगो लगाउन समेत पछी परेनन । एसएसपी न्यौपानेका अंगरक्षक माथि पनि भाला प्रहार भयो । उक्त घटनामा एस.एस.पी न्यौपाने ईन्स्पेक्टरहरु  बलराम विष्ट र केशव बोहरा, न्यौपानेको अंगरक्षक सहित अन्य दुईजना प्रहरी जवान समेत गरि ६ जनाले सहादत प्राप्त गर्नु पर्यो ।
घटनाको मुख्य योजनाकार रेसम चौधरी हुन भनि जाँचबुझ आयोगले पेस गरेको प्रतिबेदन अनुसार कानूनी कारबाही सुरु भयो । कानूनको नजरबाट बच्न रेसम चौधरी भागेर भारत पुगे । अन्तर्राष्ट्रिय नियम कानून अनुसार चौधरी माथि रेडकर्नर नोटिस समेत जारि भयो । भारत सरकारबाट पक्राउ पर्नु त परको कुरा प्रधानमन्त्री बनेर भारत भ्रमणमा गएका माओबादी अध्यक्ष प्रचण्ड संग चौधरीको भेटघाटले समाचारको पाना समेत भरिन पुगेको थियो ।
रेसम चौधरीले म निर्दोष छु भनेर पटक पटक देसी बिदेसी मिडियामा बयान दिएका छन । दोषी र निर्दोषी छुट्याउने काम न्यायमूर्तिको हो । निर्दोष थिए भने भागेर किन भारत पुगे ? भारतमै बसेर चुनाव लडे विजय पनि भए । एमाले र माओबादीको गठबन्धनको सरकार बन्नासाथ नेपालमा आएर आफुलाई आत्मसमर्पण गर्न पछी परेनन ।
अदालतले पुर्पक्षमा जेल चलान गरेको चौधरीले जेल भित्रै बसेर गरेको अनसनको नाटक अनि चौधरीलाई काठमान्डौमा झिकाएर वर्तमान गृहमन्त्रीले जुस खुवाएर तोडाएको अनसन र अब केहि समय पछी चौधरी रिहा भयो भने त्यसलाई आश्चर्यको रुपमा नलिए पनि हुन्छ ।
अपराध गर्नु र गर्न लगाउनु दुवै कानूनको नजरमा दोषी हुन्छनभनेर संसारको सबै कानूनको ठेलीमा लेखिएको यो ब्रम्हवाक्य हो तर हाम्रो देस नेपालमा २०४६ सालको प्रजातन्त्र पुनर्स्थापना पश्चात चाहेर पनि सर्खारले अपराधीलाई पक्रिन सक्दैनन । कानून अनुसार कारबाही गर्ने हो भने नेपालको सबै ठुला पार्टीका केहि नेता तथा तिनका नजिकका कार्यकर्ताहरु अपराधिक घटनामा मुछिएका छन । स्व. नन्द प्रसाद अधिकारिहरुले न्यायको निमित्त अनसन बसेर आफ्नो ज्यानको बलिदान दिन सक्छन भने रेसम चौधरीहरु जस्तो हत्यारा अपराधीलाई सुरक्षाको जिम्मेवारी सम्हालेको नेपाल सरकारको गृहमन्त्रीले जुस पिलाएर अनसन तोडाउनु पर्ने बाध्यता पनि छ ।  ऐन कानून अनुसार चल्ने हो भने सत्तामा नभएर झ्यालखानामा जाकिनु पर्ने हुन्छ ।
२०४६ साल पछी पार्टीका नेताहरुले कार्यकर्ताको नाउँमा आफ्ना प्यादाहरुलाई भेडा बनाएका छन । ति प्यादाहरु ठिक बेठिक छुट्याउने हिम्मत राख्दैनन् । यदि राख्थे भने आफ्नै पार्टीका नेता देखि रास्ट्र सेवकहरुको जघन्य हत्या हुँदा समेत जुवा हारेका पाण्डब जसरि शिर निहुर्याएर बस्दैन थिए ।
अहिले लाल पार्टीका पार्टीका प्यादाहरु सामाजिक संजालमा लाज सरम मच्चायेर आफ्नो पार्टीको नेता ठिक अरु बेठिक भन्न लाज मान्दैनन । आफ्नो नेताहरुले जस्तोसुकै जघन्य अपराध गरेपनि बिरोध गर्ने हिम्मत राख्दैनन । राजतन्त्र देखि बिपक्षी पार्टीको सत्तो सराप गर्नु तिनको कर्तब्य हो । एमाले पार्टीको महान नारा ‘कुटे पनि आमै राम्रो, पोले पनि घामै राम्रो’ को परिभाषा सायद यहि नै होला ।
(प्रकाशित मिति: २०७४/१२/६ गते)