Wednesday, January 31, 2018

छेपारे चरित्र

-जनकमान डंगोल 
मिति २०७४/१०/१६ गते सहिद दिबसको दिन राजधानी काठमान्डौको बानेस्वरमा नेपाली कांग्रेसका कपाल सेतै फुलेका केहि युवा नेताहरुले सडकको पेटीमा बसेर आफ्नै देखि सर्वसाधारणको जुत्ताको पालिस गरेको घटनाले देसमा एक्कासी  अनौठो राजनीतिक तरंग ल्याई दिएको छ ।
सामाजिक संजालहरुमा यस्तो कार्यलाई धेरैले मजाकको बिषय पनि बनाए  तर हरेक बिषय र बस्तुको सकारात्मक तथा नकारात्मक दुवै पाटो पनि हुन्छ । नेपालको राजनीति यतिखेर फोहोर छ त्यसैले जमेको फोहोरमैला फालेर त्यसलाई पालिस गरेर टिलिक्क टल्काउनु पर्छ भन्ने सन्देस दिनलाई केहि कांग्रेसी नेताहरुले लाज नमानिकन राजधानीको सडकको पेटीमा बसेर जुन सन्देस दिन खोजे त्यसको नतिजा ढिलो चाँडो देखिने नै छ ।
हिजो प्रधानमन्त्री पदमा आसिन हुँदा संविधान हामीले भने जस्तो हुनु पर्दछ । हामीले भने अनुसारको संबिधान भएन भने त्यसलाई लागु हुन दिदैनौ भन्दै छिमेकी भारतले धाक धम्की देखि ९ महिने लामो त्रासदीपूर्ण वाताबरणको सिर्जना गरिदिंदा पनि रत्तिभर बिचलित नभई आफुलाई महान रास्ट्र्बादीको पंक्तिमा उभ्याउन नेपाल कम्युनिस्ट पार्टी एमालेको अध्यक्ष तथा पुन: प्रधानमन्त्रीको पदमा आसिन हुन चाहेका के.पी वली सफल भएका थिए ।
हाम्रो गाउँ समाजमा संगत गुनाको फल भन्ने प्रसिद्ध उखान चल्तीमा छ । उखान टुक्कामा महारत हासिल गरेका पुर्व तथा हुनेवाला प्र.म के.पी वलीलाई यी उखान टुक्काको सम्झना पनि होला ।  जनताको लागी क्रान्ति गरेका हौ भन्दै १२ बर्ष सम्म जनता देखि आफ्नै पार्टीका नेता देखि  कार्यकर्ताको हत्या गर्न पछी नपरेका र हिँसा पश्चात बिदेसिको कृपाले शान्ति सम्झौताको नाटक गर्दै नेपालको राजनीतिमा स्थापित भएको पार्टी माओबादीसंग लगन गाँठो कस्न वली कम्रेटलाई कसले सुर्यायो त्यो उनैलाई थाहा होला ।
नेपाली कांग्रेसलाई सडकमा पुर्याउनु पर्छ भनेर रातारात एमाले तथा माओबादी केन्द्रका दुई ठुला नेता बसेर मन्त्रणा गर्दै सिंगो एउटा कम्युनिस्ट पार्टी बनाउने भन्दै एकताको नाटक रचेर केन्द्र देखि प्रदेस सम्मको चुनाव लडे । जनताले पनि जुटेकाहरु लाई भोट दिएर देसमा प्रजातन्त्रको जग बसाल्ने पार्टीलाई यो पटक उठ्न नसक्ने गरि थला पारि दिए तर आजको मिति सम्म पार्टी एकताको कुरा त पर जावस बहुमतको सरकार समेत बनाएर देखाउन सकेका छैनन । यसैबाट पुस्टि हुन्छ नेपालमा राजनीतिक पार्टीहरु त छन तर त्यो पार्टी हाक्ने चालक भने देसमा नभएर बिदेसमा छन र नेपालमा जो जसले पार्टी हाँकेका छन ति चालक नभयेर सह-चालक मात्र हुन भनेर भन्न कर लाग्छ ।

छिमेकी भारतमा अहिले मोदिराज चलेको छ । मोदीको पार्टी कम्युनिस्ट पार्टी हैन । भारतबाट अंग्रेज खेदो भन्ने अभियानमा लाग्नेहरुले खोलेको कांग्रेस पार्टीका अध्यक्षको निरंकुसता थेग्न नसकेर जनता पार्टी नामको छुट्टै पार्टी खोलेर बनेको राजनीतिक दलनै अहिलेको भारतीय जनता पार्टी हो ।
यो पटकको चुनावमा भारतीय जनता पार्टीले भारतीय कांग्रेस पार्टीलाई नेपाली कांग्रेस पार्टीकै हाराहारीमा पुर्याई दिएका छन । चुनाव जित्नु भन्दा अगाडी प्रधानमन्त्रि मोदीले कांग्रेसी नेता तथा तिनका आसेपासेहरुले राज्य लुटेर बिदेसमा लगेर थुपारेका धनलाई  देसको ढुकुटीमा फर्काउछु भनेर उदघोष गरे । जनताले पत्याए । त्यति मात्र नभएर कालो धन थुपार्नेहरुलाई ठिक पार्छु भने । नोटबन्दि लगाई दिए । केहि समय जनताले दुख पनि नपाएका हैनन तर जो जसले कालो धन थुपारे आज तिनीहरु हिजोको करोडपति आजको रोडपतिबन्ने स्थितिमा पुगेका छन भनेर भन्न कर लाग्छ किनभने देखिएको नतिजालाई हैन भनेर पनि भन्न सकिन्न ।
राणा देखि पन्चेती शासनको समयमा आफु पक्राउ परिने डरले नेपालका दिबंगत देखि अहिलेका चर्चित ठुला नेताहरु मध्ये अधिकांसले छिमेकी भारतमा लामो समय ब्यतित गरेका छन । नेपालको राजनीतिमा भारतीय छनक देखिनु त्यसैको परिणाम हो र हरेक कुरामा छिमेकी भारतको नक्कल गर्नमा नेपालको राजनेताहरु खप्पिस छन,
नेपालको अहिले राजनीतिक दृश्यमा देखिएको फरकचै के हो भने उताका प्रधानमन्त्री कालो धन थुपार्नेलाई गोर्खेलौरी कस्न कम्बर कसेर लागेका छन भने नेपालको हुनेवाला प्रधानमन्त्री भने बिदेसमा लगेर थुपारेको कालोधनलाई सेतो बनाउनु पर्छ भनेर बयान दिन पछी हटेका छैनन ।
कथीय जनयुद्दले धेरै नेता देखि तिनका नजिकका आसेपासेहरुको जीवनस्तरले गगन चुमेको छ । जनताको लागी हामीले बार्हबर्ष आफ्नो जवानीको बलिदान दिएका छौ भन्ने तिनै हिजोको ख्याउटे नेताहरु आज चिल्ला सुकिला र हस्टपुस्ट भएका छन ।
अन्तमा ... सत्ताको मदले मात्तिएर कालोधन लाई सेतो बनाउन जो जो कम्बर कसेर लाग्छन ढिलोचाँडो अन्तिममा तिनको हबिगत भनेको दोबाटोमा पुग्ने नै हो जुन सांकेतिकरुपमा नेपाली कांग्रेका नेताहरुले हिजो राजधानी बानेस्वरको फुटपाथमा जुत्ता पालिसको नाटक मन्चन गरेर देखाई सकेका छन । 
प्रकाशित मिति: २०७४/१०/१७ गते !
(यो आलेखमा राखिएको तस्बिर हरु गुगल सर्च ईन्जिनबाट साभार गरिएको हो)

No comments:

Post a Comment