Wednesday, December 20, 2017

"बि.पी को मार्ग भुल्दा दुर्घटनामा पर्यो कांग्रेस"

देशलाई संकट आईपरेको खण्डमा ‘राजाको गर्धन मुनि मेरो माथि हुनेछ’ भन्ने  बि.पी कोईरालाले जिन्दगीभर कम्युनिस्ट पार्टीको संगत गरेनन । ‘कम्युनिस्ट पार्टीको संगत गर्नु हुन्न’ भन्ने दृढ बिचार समेत राख्थे तर बि.पी को भनाईलाई किनारा लगाउदै २०४५ साल देखि कांग्रेसले कम्युनिस्ट पार्टीको संगतमा रमाउन थाले ।  केहि समयको लागी राजसी सुखभोग प्राप्त नगरेका पनि हैनन् तर अहिलेको निर्वाचनको परिणामले देखाएको नतिजाले  केहि समय कम्युनिस्ट संग गरेको संगतको परिणामको फल राम्रै संग देखाएको छ भने स्व.बि.पी ले कम्युनिस्टहरुको संगत किन गरेनन ? त्यो कुरा अहिलेको निर्वाचनको परिणामले देखाए पछी बुझे होलान ।
कांग्रेस तथा कम्युनिस्टहरुलाई उचालेर एकै साथ नलगे सम्म नेपालको पंचायती ब्यबस्था समाप्त पार्न सकिदैन भनेर २०४५ सालमा नेपाली कांग्रेस तथा टुक्राटुक्रामा बिभाजन भएको कम्युनिस्टहरुलाई समेटेर संयुक्त बाममोर्चाको रुप दिदै भारतलाई ढाल बनाएर गरिएको आन्दोलन पश्चिमाहरूको योजना मध्येको एउटा भाग थियो  । उक्त समयमा गरिएको आन्दोलनलाई उर्जा दिन भनेर छिमेकी भारतबाट समाजबादी देखि कम्युनिस्ट नेताहरु बोलाएर पंचायत तथा राजतन्त्रको बिषयमा नकारात्मक भाषण समेत गर्न लगाएका थिए । यदि त्यो समयमा स्व.बि.कोईराला जीवित भएको भए बरु प्रजातन्त्र पछी स्थापना गरौला तर कम्युनिस्ट संग घाटी जोडेर प्रजातन्त्रको लागी आन्दोलन गर्नु ठिक हैन भनेर भन्नु हुन्थ्यो ।
२०४६ सालमा नेपालमा दोश्रो पटक प्रजातन्त्र बहाल गरियो । आफ्नै पार्टीको संस्थापक नेता बि.पी को बिचारहरु बिस्तारै पाखा लगाउदैं गए । बिदेसिको कुटिल चाल नबुझेर कम्युनिस्ट संग घांटी जोडने अन्य संस्थापक नेताहरु स्व.गणेशमान शिंह देखि कृष्ण प्रसाद भटराईलाई पार्टी छाडन बाध्य पारियो । यस्तै गतिबिधि हुन्छ भनेर थाहा पाएको भए स्व.महेन्द्र नारायण निधि देखि स्व.गणेशमान हुँदै स्व.भटराईले समेत कम्युनिस्टहरुसंग स्व.बि.पी ले जस्तै गरि सहकार्य पक्कै पनि गर्दैन थिए होला । यस्तो हुनुमा तत्काल कांग्रेशका शिर्ष नेताहरु सबै सतप्रतिसत जिम्मेवार थिए ।
नेपाली कांग्रेस पार्टीले संस्थापक नेताहरुको मार्ग र बिचार भुले । यस्तो भयो भने नेपाली कांग्रेस पतन हुन्छ । प्रजातन्त्र खतरामा पर्छ भनेर स्व.बि.पी पुत्र प्रकास कोईरालाले आवाज उठाउँदा सहोदर काका स्व.गिरिजा प्रसाद कोईरालाको ब्यक्तिबादी हठको कारण प्रकास कोईराला सधै अल्पमतमा पर्ने गरेका थिए । स्व.गिरिजा प्रसाद कोईरालाको निधन पश्चात स्व. सुसिल कोईराला पार्टीको नाम मात्रको हर्ताकर्ता बने । कम्युनिस्ट पार्टीको रोग कांग्रेस पार्टीमा सल्कियेकै थियो । पार्टी फुट्दै पछी जुटे पनि तर गुटबन्दीले देसको एक नम्बर पार्टी दोश्रोमा पुगेको पनि देखिएकै हो ।
शुसिल कोईरालाको निधन पश्चात शेर बहादुर देउवा पार्टीको शक्तिसाली पद सभापतिमा आसिन भए तर गुटबन्दी समाप्त गर्न सकेनन । अहिले पनि पार्टीमा देउवा, पौडेल, खुम बहादुर, प्रकाशमान जस्ता गुटहरु  हाबी छन । मुखै फोरेर केहि दिन अगाडी शसांक कोईरालाले नेपालमा कांग्रेस पार्टी हैन ‘देउवा कांग्रेस’ र ‘पौडेल कांग्रेस’ छ भनेर भन्न बाध्य भए । देउवा र पौडेल संगै सिटौला र खुम बहादुर गुटले पनि आफ्नो प्रभाव बढाउदै गएको देखिन्छ । नेपाली कांग्रेस पार्टी हेर्दा एक तर सतहीरुपमा हेर्दा चार टुक्रामा  बिभाजन भएको स्पस्टरुपमा देख सकिन्छ ।
नेपाली कांग्रेस पार्टीले धर्म निरपेक्ष देखि गणतन्त्रको बाटो समातेको धेरै नेपाली जनताहरुलाई मन परेको थियेन । आफ्नै दाज्यु प्रकास कोईरालाको तेजोबध गरेको घटनालाई मनमा गढ़ायेर राखेको शसांक कोईरालाले आफ्ना पिताको मार्ग पहिल्याउदै नेपालमा धर्म निरपेक्ष हुनुहुन्न, धर्म निरपेक्षको नाराले कांग्रेसको पतन हुन्छ भनेर नभनेका पनि हैनन । हिन्दु धर्म देखि प्रजातन्त्रको रक्षाको लागी लडाई लडेको नेपाली काग्रेस पार्टीको मूल नारानै रास्ट्रियता, प्रजातन्त्र र समाजबादको थियो । बिदेसिको ईसारामा ‘प्रजातन्त्र’ भन्ने मूल नारानै मेटन समेत पछी नपर्ने अहिलेका कांग्रेसी ठालुहरुले पार्टीको मूल नारा देखि राजा सहितको प्रजातन्त्र लाई लात हानेको परिणाम पनि राम्रै संग भेटेका छन ।
कम्युनिस्टहरुको नारानै गणतन्त्र हो । कम्युनिस्टहरुले धर्म संस्कृति र राजतन्त्र मान्दैन । कम्युनिस्टहरु धर्मलाई अफिम जस्तै कडा नसाहो भनेर ठान्दछन । हिजो त्यही सिके र अहिले पनि त्यहि सिकाउदैछन । कम्युनिस्ट पार्टीका ठालु नेताहरुले समय समयमा दिने भाषण  देखि मन्तव्यले त्यसलाई पुस्टि पनि गरि सकेको छ तर जनताले भोट नदेलान भनेर नेपालका नास्तिक कम्युनिस्ट नेता देखि तिनका आसेपासेहरु निधारमा चन्दन देखि रातो टिका अनि गलामा फुलको माला देखि खादा लगाउन समेत लाज मान्दैनन ।
नेपालको कम्युनिस्ट पार्टीका प्राय सबै नेताहरु बहुरुपिया चरित्रका हुन  भनेर नेपाली जनताहरुले अझै पनि चिनेका छैनन तर जुन दिन चिन्छन त्यो दिन ढिलो भई सकेको हुनेछ ।

No comments:

Post a Comment