Saturday, July 03, 2021

उपचारनै गर्न नदिने कस्तो धर्म हो यो ?

खांट्टी कुरा     July 03, 2021    

 

नेपालमा ईसाईहरुको आगमन १६६२ साल देखि भएको हो  भन्ने भनाई छ । इ. १६२८ देखि इ. १७६७ सम्म आइपुग्दा केपुचिन पादरीहरुले झण्डै काठमाडौं उपत्यकाभित्र नै ३९ जना नेपालीलाई क्रिश्चियन बनाइ सकेका थिए (गौतम, २०५७:१८ ; थापा, २०५३:३४) ।

नेपालमा इसाईकरण विस्तारलाई हेर्दा करीब इ. १७६९ देखि इ. १९५१ सम्म नै झण्डै झण्डै विश्राम लागेको अवस्था हुनपुग्यो । तर इ. १९५१ पछि भने फेरि ह्वात्तै इसाईकरण बढ्न थाल्यो । दार्जीलिङमा क्रिश्चियन बनेका नेपाली मार्फत  इसाईधर्म प्रचारमा व्यापकता आयो भने भारतको मिजोरम, नागाल्याण्ड, आसाम, मेघालय हुँदै नेपालमा विस्तार हुनमा बल पुर्याएको थियो 

पृथ्वीनारायण शाह उपत्यकासहितको अर्थात् नेपालको राजा भएपछि पादरीहरुको तीव्र प्रचार र प्रभावलाई हेरी विभिन्न शङ्का उत्पन्न भई उनले यहाँ रहेका करीब ५७ जना जतिलाई नेपाल छोड्ने आदेश जारी गरे । पादरीहरु पनि अब यहाँ धर्म परिवर्तन गराउन सहज नहुने देखी भारतको वेतियातर्फ झर्न पुगे (खतिवडा, दहाल, २०६७:१२७) । इ. १६२८ देखि इ. १७६७ सम्म आइपुग्दा केपुचिन पादरीहरुले झण्डै काठमाडौं उपत्यकाभित्र नै ३९ जना नेपालीलाई क्रिश्चियन बनाइ सकेका थिए (गौतम, २०५७:१८; थापा, २०५३:३४) ।

नेपाल एकीकरणका निर्माता पृथ्बी नारायाण शाह देखि अन्तिम राणा शासक मोहन शम्सेरको पाला सम्म नेपालमा ईसाई धर्मले शिर ठाडो पार्न सकेको थिएन । २००७ सालमा प्रजातन्त्रको स्थापना भए पश्चात नेपालमा ईसाई धर्म बढ्न थालेको हो । २०१७ साल पौषमा पंचायत ब्यबस्था लागु भए पछी खुल्लम खुल्ला धर्म प्रचारमा रोक लगाउनुको साथसाथै धर्म प्रचार गरेको पाईएमा जेल संजाय समेत हुने गरेको थियो ।

धर्म परिवर्तन सम्बन्धि एउटा फैसला हेर्नुस ।

२००७ सालमा गौतम परिवारमा जन्मी १० बर्षको उमेरमा बाबु आमाको मृत्यु पश्चात तानसेनमा रहेको मिसन अस्पतालको डाक्टर जेसिज पेडले ईसाई बनाएको सामुयल शर्मा भन्ने सुमन कुमार शर्मा, सिक्किम निवासी निकानोर तामांग हिन्दु परिवारमा जन्मी भारतमा गएर ईसाई बनेको दीर्घराज भट्ट समेतलाई २०४४ सालमा अदालतले धर्म परिवर्तनको कसुरमा जेल संजाय भएको र निजहरुको पुनरावेदन जायज नभएको ठहर गर्दै सर्वोच्च अदालतबात २०४६ जेष्ठ ९ गते थप डेढी संजाय थप भएको थियो ।

नेपाल कानून पत्रिका: http://nkp.gov.np/full_detail/2818

पंक्तिकारको वासस्थान रहेको ईलाकामा हिन्दु, बौद्ध, किराती, मुस्लिम देखि नव ईसाईहरु समेतको बसोबास रहेको छ । २०४६ साल भन्दा अगाडी सम्म हिन्दु तथा बौद्ध समुदायको अत्याधिक बसोबास रहेको थियो । अहिले भुसको आगो जस्तै गरि ईसाई धर्म फैलिदै छ ।

पंक्तिकारले केहि समय अगाडी सम्म ईसाई भनेको एकै होला, त्यसै मुस्लिम समुदाय पनि एकै हुन्छ होला भनेर सोच्ने गरेको थियो जुन सतप्रतिसत गलत रहेछ ।

पंक्तिकारले मान्दै आएको सनातनी हिन्दु धर्म हो । हिन्दु धर्मले प्राथना गर रोग निको पारि दिन्छु भनेर कहीं कतै लेखिएको छैन । त्यस्तै अन्य धर्महरुमा पनि ईस्वरको प्राथना गर्यो भने रोग च्वाट्ट निको हुन्छ भनेर पक्कै पनि लेखिएको छैन होला ।

ईसाई धर्म प्रचारकहरुले धर्म प्रचार गरि आफ्नो समुदायमा पारे पछी प्रभुको प्राथना गर्यो भने रोग लाग्दैन । रोग लागि हाल्यो भने पास्टरले प्राथना गरि दियो भने रोग निको हुन्छ भनेर उपचार गर्न जान दिंदैनन । जसको कारणले गर्दा मानिसको मृत्यु हुन्छ । त्यसरी मृत्यु भएको आफ्नो समुदायको मानिसको मृत्यु संस्कार पनि गुपचुपमै गरिन्छ ।

केहि बर्ष अगाडी पंक्तिकारको वडामा रहेको एकजना तामांग जातिको जेष्ठ नागरिक सिकिस्त बिरामीमा परे । आफ्नो उपचारको लागी छोरालाई निकै अनुरोध गरे । छोरा ईसाई धर्मको पास्टर रहेछन । अस्पताल जानु हुन्न । प्रभु रिसाउनु हुन्छ । प्रभुको प्राथना गरि दिन्छु रोग निको हुन्छ भनेर बाबुलाई आस्वस्त परेछन । बुझिए अनुसार निजलाई क्यान्सर भै सकेको थियो । ६ महिना पछी मृत्यु भयो ।

पंक्तिकारकै जिल्लाको उत्तरी पश्चिममा रहेको बिकट ईलाका राक्सिरांगमा चेपांग जातिका ईसाई पास्टर सिकिस्त बिरामी भए । अब पनि औषधि नगर्ने हो भने बांचिदैन भनेर डोकोमा चढेर उपचार गर्न झर्दै गरेको समाचार हेटौडाबाट प्रकाशित हुने पत्रिकामा देखिएको थियो ।

पंक्तिकारकै वडामा बस्ने एकजना ब्राम्हण चेली चौध बर्षकै उमेर देखि प्रभु येसुको चेली बनिन । प्रभु येसुप्रति सम्पूर्ण जीवन सुम्पेकी दुई बिस काटेकी ति चेली केहि महिना अगाडी सिकिस्त बिरामी परिन । बिरामी परे पछी उपचारको लागि फादरलाई बिन्ति गरिछिन । फादर मेरो लागी प्राथना गरि दिनुहोस र सबैलाई प्राथना गर्न लगाई दिनुहोस भनेर बिन्ति गरिछिन । कसैले पनि प्राथना नगरी दिए पछी चितवनको क्यान्सर अस्पतालमा गएर जांच गर्दा क्यान्सर भएको पुस्टि भयो । किन उपचार गरईस भनेर भोकभोकै राखेर यातना दिएछन । पछी निजको भाईले थाहा पाएर अहिले आफै संग राखेर उपचार गराउंदै छन ।

मेरो आफ्नै आफन्त पर्नेका कान्छा भाई ईसाई बनेछन । ३ दाज्यू भाई मा ति कान्छा मात्र ईसाई । बाबु आमा कान्छा संगै बस्ने गर्थे । कालगतिले आमा बिते । संस्कार गर्ने बेलामा ठुलै विवाद भयो । दुई भाई र सबै गाउँले मिलेर हिन्दु रिति संस्कार अनुसार दाहसंस्कार देखि अन्य क्रियाकर्म सम्पन्न गरियो । दुई दाज्युले कपाल खौरे । ईसाई बनेकाले कैंचिले कपाल छोटो पार्दा तिनका समुदायले तैले हिन्दु संस्कार मान्ने हामीलाई ईसाई बनाउने । आज बाट हामि तलाई बहिष्कार गर्छु भन्दा मैले छुरा लाएर कपाल खौरेको हैन भनेर प्रस्टीकरण दिंदा दिंदा हैरान बनेका थिए ।

मानिस भएर जन्म लिए पछी रोग, भोक देखि शोक सम्म  ब्यहोर्नु पर्छ । रोग लागे पछी  उपचार गर्नुको लागी बैद्य देखि डाक्टर संग परामर्श सर सल्लाह अनुसार औषधि उपचार गर्नु पर्दछ । वडा ईलाका देखि जिल्ला जिल्लामा खोलिएका सरकारी देखि निजि सम्मको औषधालयहरु त्यसैको प्रमाण हुन ।

प्राथना गर्दैमा, देबी देउताको स्तुति गाउँदैमा रोग निको हुने लाखौ खर्च गराएर डाक्टरी किन पढाउनु पर्यो ? करोडौ करोड खर्च गरेर सर्खारी देखि निजि अस्पताल किन खोल्नु पर्यो ? हामीले चिन्दै देख्दै आएको डाक्टरी विधा तथा तिनले सिफारिस गर्ने औषधिहरुको जन्म पनि ईसाई धर्म मान्नेहरु बाटै भएको हो । आर्को अर्थ नलागेमा हिन्दु तथा बौद्ध हरुले चलन चल्तीमा ल्याएको उपचार पद्धति त आयुर्वेदिक हो । डाक्टर को ठाउँमा कविराज हुन्छन ।

अहिले नेपालमा जुन स्तरमा ईसाई धर्मले गगन चुम्दैछ चुमाउदैछ त्यो खतराको संकेत हो । ईसाईहरुको शब्दजालमा फंसेर आफ्नो सनातनी धर्म संस्कारलाई लात हानेर बिदेसी धर्म र वादलाई अँगालो हाल्नु भनेको कच्चा बैद्यलाई बिस्वास गरेर यमपुरीको यात्रा गर्नु हो भन्ने यो पंक्तिकारको ठम्याई हो ।

२०७८/०३/२० गते प्रकाशित !

 

 

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .