Friday, September 21, 2018

अराजक स्थितिको अन्त्य कहिले हुन्छ ?



-जनकमान डंगोल ।
तेल नबोक्ने टयांकरको अनुमति पत्र खारेज गरिनेछ भनेर नेपाल घायल निगमले भनेको पनि आज ३ दिन भो । घायल निगमको डिपो बाट तेल लोड नगर्ने टयांकरहरु कति खारेजीमा परे त्यसको जानकारी खै त ?
अहिले धेरै पम्पमा ताला ठोकेको देख्दैछु । रेडियो, टि.भी. तथा पत्र पत्रिकामा समाचार प्रशारण गरे पछी आदेशको पालना किन भएन ?
यातायात ब्यबसायीहरुले बाटोमा गाडी नगुडाएको आज ४ दिन भयो ! माग जायज हो भने पुरा गर्नु पर्छ । नाजायज माग छ भने यातायात हड्ताल गराउन उक्साउने नाईकेहरुलाई कडा कारबाही गर्नु पर्छ ।
मेरो सरकारलाई चारैतिर बाट घेरे । सरकार संचालन गर्न दिएनन भन्ने वली सरकारले किन र कसरि त्यस्तो भयो भन्ने बारेमा विश्लेषण गरेको देखिदैन ।
सरकार चलाउन मुटु ढुंगाको हुनु पर्दछ । यातायात मजदुरहरुको कुरा गर्ने हो भने ७५% लाल पार्टी जय भन्नेहरु छन भने आफ्नै पार्टीको जय भन्नेहरुको माग जायज छ भने किन सुनुवाई भएन ?
तेल (ईन्धन) को भाउले आकास छोएको छ । तेल (ईन्धन) को भाउ आकासिनु भनेको महंगी र कालाबजारी बढ्नु हो । हत्या हिँसा र बलात्कारले गगन चुमिसक्यो । पश्चिमाको भरिया सि.के राउतहरु अहिले श्रीलंकन तमिल टाईगर बनेर उदाई सक्दा पनि सरकार कानमा तेल हालेर बस्नु लक्षिणको संकेत पक्कै हैन । 
खाँटी नेताले पद कसरि बचाउने भन्ने सुर्ता नलिएर देसको अखण्डता कसरि बचाउने र जनतालाई सेवा र सुबिधा कसरि दिने भन्ने सुर्ता लिएको हुन्छ भने दुई तिहाई सरकारको मुखियाले यस्ता कुराहरुमा चासो लिएको देखिदैन । मुखले मात्र बिकास र समृद्धिको नारा लिंदैमा देसले काँचुली पनि फेर्दैन ।
यस्तै गतिमा सरकार अगाडी बढ्यो भने जनताहरु सडकमा ओर्लिन बिबस र बाध्य हुन्छन ।  जनता सडकमा ओर्लिनु भनेको सरकार मार नभएर ब्यबस्था परिवर्तन पनि हो भन्ने हेक्का राखुन त्यसैले बेलैमा चेतना भया !

Tuesday, September 18, 2018

अधिनायकबाद-मुर्दाबाद

-जनकमान डंगोल 
केहि समय देखि देसै भरि टोल बिकास संस्था, सहकारीहरु च्याउ सरि उम्रेको देख्दैछु । सत्ता कब्जा गर्ने हो भने तल्लो स्थान देखि कब्जा गर्दै जानु पर्छ भन्ने मनसायले खोलिएका यस्ता संस्थाहरुमा अधिकांस पूर्व एमाले पार्टीका कम्रेडहरुको बोलबाला कायम रहेको देखिन्छ ।
टोल बिकास संस्था हुन या सहकारी यी संस्थाहरु व्यक्तिको लगानीमा नभएर समुदायको लगानीमा संचालित भएको छ । टोल समाजमा एकल विचारधाराका नागरिकहरु बसोबास गर्दैनन । समाजमा बसे पछी 'कागको हलमा बकुल्ला' बन्ने कुरा पनि भएन ।
नगरमा बसे पछी नगरबासिले कर तिर्नु पर्दछ । कर तिरे पछी सुबिधा उपलब्ध गराउनु नगर पालिकाको प्रमुख दायित्व पनि हो । अहिले हरेकमा ठेकेदारी प्रथा सुरु भएको छ भने ठेकेदारिले उठाउने जिनिसलाई रंग्दारी प्रथा भनिन्छ ।
ठेकेदारहरुले नयाँ नयाँ जिनिसहरुको आविष्कार गरेका छन । पहिला पहिला सामन्तीहरुले लठैत पाल्ने गर्दथे । अहिले लठैत पाल्नु पर्दैन । पार्टीमा मिस्सिएका अर्थात पार्टीका सदस्य बनेकाहरुले टोल बिकासको सदस्य बनेर 'लठैत' को भूमिका निभाएका छन ।
हाम्रो टोल बिकास समितिले सफाई शुल्क रु ५००/- निर्धारण गरेको छ । जो जसले तिर्दैनन तिनलाई कारबाही हुन्छ भन्ने सम्मको अधिनायकबाद लादियो भन्दै एकजना शाही नेपाली सेनाका अवकास प्राप्त सुबेदारले केहि महिना अगाडी यो पंक्तिकार संग गुनासो गरेको थियो । जवाफ के दिनु । पार्टीको आदेसले खोलिएको टोल बिकास संस्था हो जसको मुख्य उद्धेश्य भनेकै सत्ता कब्जा हो । दुई तिहाईको नतिजा देखि हाल्नु भएको छ ।
पंक्तिकार अलि खरो बोल्ने र लेख्ने गर्दछ । लेखाई र बोलाई कतिपयलाई पाच्य नहुने रैछ । मिटिंग बसेछन । एकजना मित्रले कुरा खोलिहाले । स्वतन्त्रसंग बोल्न हिंडन र लेख्न पाईन्छ भनेर देसमा लोकतन्त्र हुले पछी मैले खरो टिप्पणी किन गर्न नपाउने ? भनेर जवाफ फर्काईयो ।
यदि बोल्न, लेख्न र हिंडन पाईदैन र अधिनायकबाद लादन खोजिन्छ भने निर्धक्क संग यस्ता कुशासन र ब्यबस्थालाई 'मुर्दाबाद' भनेर भनिन्छ । अधिनायकबाद लादन खोजियो भने तिनीहरुले सिकाएको क्रान्ति र आन्दोलन गर्न पछी हटिदैन । आन्दोलन र क्रान्ति पछी देखिने नतिजाको बयान गर्नु पर्ला ?
प्रकाशित मिति: २०७५/०६/०२ गते !

Saturday, September 15, 2018

जेठो काजि


निर्मलालाई न्याय दे सर्खार


घरबाट साथिको घरमा गएकी कन्चनपुर जिल्ला  भिमदत्तनगर नगरपालिका २ उल्टाखामकी निर्मला पन्त अकस्मात बेपत्ता भईन्। कक्षा नौ मा अध्ययनरत निर्मला घरबाट आफ्नो साथीको घरमा पढ्न भनि निस्केकी थिईन । अबेरसम्म घर नफर्केपछि परिवारका सदस्यले खोजविन गरे । उनको कहि कतै पत्तो लागेन । त्यसको दोस्रो दिन निर्मलाको शव अर्धनग्न अवस्थामा भिमदत्तनगर नगरपालिका १८ निम्बुखेडाको एक उखुबारीमा फेला पर्यो ।
निर्मला पन्त हत्याकाण्डलाई लिएर सदरमुकाम कन्चनपुरमा पटक पटक ठुलै आन्दोलन भैसकेको छ । कंचनपुर आन्दोलनको क्रममा प्रहरीको गोलि लागेर एक जनाले ज्यान गुमाई सकेका छन भने केहि ब्यक्ति सख्त घाईते भएका थिए ।
नेपालमा न्याय पाउन पनि बन्द हड्ताल जस्ता अलोकप्रिय कदम चाल्नु पर्ने बाध्यता बनाउने लोकतान्त्रिक नाम पाएको सरकारले बलात्कार पछी हत्या भएको स्व.निर्मला पन्तलाई न्याय देला भनेर आस गर्ने कुनै ठाउँ सम्म दिएको छैन । देसभर हत्याकाण्डको बिषयमा बिरोधको लप्को उठन थालेको छ तर आगो निभाउन छाडेर  दुई तिहाईको दम्भ पालेको सरकारले झन् बलेको आगोमा पेट्रोल हाल्ने काम गर्दैछ ।
सरकारलाई खबरदारी गर्ने  मनसाय लिई  सामाजिक संजालमा रहेका केहि जागरुक युवाहरुले सामाजिक संजालमा शान्तिपूर्ण र्यालीमा भाग लिन आब्हान गरे । स्वतस्फुर्तरुमा जुटेका साहित्यकार, रंगकर्मी, पत्रकार देखि समाजसेवाको उद्धेश्य राखी खोलिएको संस्था मकवानपुर जागरण अभियानका कर्मीहरु, एम्नेस्टी नेपालको प्रतिनिधि लगाएत बिधार्थी भाईबैनीहरु सम्मिलित भएर मिति २०७५/०५/३० गते बिहान ११ बजे हेटौडाको मुटु बुद्धचोकबाट मुक शान्ति र्याली निकालेको छ ।
 VDO हेर्न यहाँ Click गर्नुहोस
मुक र्याली बुद्धचोकबाट पश्चिम महेन्द्र राजमार्ग हुँदै जिल्ला प्रहरी कार्यालयलाई बायाँ पार्दै टि.सि.एन रोड, सिमाचोक हुँदै पुन: बुद्धचोकमा आएर समापन गरिएको थियो । शान्ति र्यालीपछी न प्रमुख अतिथि, न भाषण र नारा बिनाको आजको शान्ति र्यालीको कार्यक्रम देखेर हेटौडेलीहरु आश्चर्यचकित भएका थिए ।

Thursday, September 13, 2018

मलेसियामा पसिना बगाउनेहरुलाई खुसीको खबर


पंक्तिकार सन २००४ मा मलेसिया जाँदा प्रतिघन्टा RM 3.90  पैसा ज्याला थियो तर चाईनिजले धोखाघडी गरेर प्रतिघन्टा RM 2.58 पैसाको कन्ट्रयाक्ट पेपरमा दस्तखत गराएको थियो । सेक्युरिटी लाईनको जागिर अनि ३ बर्ष पसिना बगाएर स्वदेस फर्किंदा मुस्किलले ६ लाख बचाउन सफल भएको थियो ।


मलेसियाको वर्तमान प्रधानमन्त्रीले हालको  तलबमा ५० रिंगिट बढाएको समाचार सुनियो । समाचार साँचो हो भने अब मलेसियामा रोजगार गर्ने नेपाली कामदारहरुको बेसिक सेलरी मासिक १०५० रिंगिट हुने भो ।
आजको दर रेट अनुसार १ रिंगिट बराबर २७/८० पैसा छ । यसैलाई आधार मानेर हेर्ने हो भने अब १२ घण्टा काम गर्ने नेपाली कामदारहरुलेर निम्नानुसार तलब भत्ता पाउने छन ।
बेसिक सेलरी प्रतिघन्टा
८ घण्टाको
ओभरटाईम १.५ ले हुन आउने
सनिवार २ले  हुन आउने
पब्लिक होलिडे ३ ले हुन आउने
RM 5.04
RM 40.32
RM 7.56
RM 10.08
RM 15.12

१२ घण्टा काम गरेको खण्डमा
बेसिक सेलरी प्रतिघन्टा
८ घण्टाको
ओभरटाईम १.५ ले हुन आउने
सनिवार डबलले हुन आउने
RM 5.04
RM 40.32
RM 7.56X4=30.24
RM 10.08X12=120.96
१२ घन्टाको दरले ३० दिन अर्थात ३६० घण्टा काम गरेमा
Basic 8hrsX5.04=40.32X26=     1048/32
1.5 OT 4hrsX30.24X26=           786.24
Sunday 12 hrsX129.60X4=        518.40
Total 1 Month Salary                 2352.96
RM: 2352.96X27.80=NRS:       65412.28


Tuesday, September 11, 2018

​'तिम्रो फिगर हो ♪♫ ♪ ♫ ♪ तिम्रो फिगर ♪♫ ♪ ♫ ♪ कोको कोला'


-जनकमान डंगोल
'फिगरभनेको गोरा र कुइरेको भाका हो तर त्यसलाई खाँट्टी नेपाली भाकामा भन्नु पर्दाचै ज्यानको बनावट भनेर भन्ने अर्थ आम्च्च
हाम्रो देसा छयालीसाले बौदलले पाउकस्ट गरेपछि हरेक क्षेत्रमा दिनहुँ जसो आमुल क्रान्तिकारी परिवर्तन भको भै छ । बौदलपनि क्रान्ति गरेर आको हो । सत्रौ हजार आफन्तीहरु लाई जेम्राज्का काज फिर्ता पठाएर ल्याको कथित गणतन्त्र पनि त्यस्तै त्यस्तै गरेरनै ल्याएका हुन  । जसरि मनेकम्रेटहरुले अग्रगामी छलांग मारेर गणतन्त्र ल्याएपछी सन्सनी मच्चाए त्यस्तै गरि अहिले संगीतको दुनियाँमा पनि मिस्मासे भाकाले सन्सनी मच्चाएको छ ।
तिम्रो फिगर कोकाकोलाभन्ने चल्तीको भाका पनि  सुन्नु भएकै होला । यो भाका दिनमा भन्दा पनि साँझको बेला सुन्दा अर्कै किसिमको आनन्द आउँछ । साँझको बेलामा भेलीमा युरिया मिसाको खोया देखि टिनबिर्के लगाए पछी दुई बिस नाघेकी छ्म्मा पनि एक बिस जस्तो देखिन्छ भने बंगुरे ज्यान भएका मुईय्याहरु कोकोकोला जस्तो देखिनु कुन ठुलो कुरो भो   खोयाँको चमत्कारले आँखाको भ्रान्ति भनेकै यहि होला
कोकाकोला अर्थात हाम्रो गाम्ले भाकामा भन्ने गरिएको 'कोकोला' भनेको कलेजी रंगको गुलियो झोल नामको जिनिस । सुलित्त परेको गला र राबन माराज्की बुईनी सुपर्णखाको जस्तो कम्बर भएको त्यो पलास्टिकको जिनिस देखेर होला त्यसलाई च्वांक छम्माहरुको ज्यान संग दाँजेर किरण माईकलभन्ने कलमेले लेखेको गीतलाई  प्रल्हाद तिमिल्सिना नामको गाईने र जोनिसा पौडेल नाम्की गाईनीले आज भन्दा दुई तिन बर्ष अगाडी गएका हुन अहिले पनि  त्यो गीतलाई तिज आउनुभन्दा दुई मैना अगाडी देखिनै दरखाने निउँपारेर  ओठमा चुरोट र हातमा खोया देखि टिनबिर्केको  बोतल लिएर 'तिम्रो फिगर हो ♪♫ ♪ ♫ ♪ तिम्रो फिगर ♪♫ ♪ ♫ ♪ कोको कोला' भनेर नाच्दै अग्रगामी छलांग हानेको हानेकै छन
तिम्रो फिगर कोकाकोलाभन्ने गीतमा पोरपरार जसरि  यो पाला पनि धेरैले मच्चिमच्चि, थच्चिथच्चि, हल्लीहल्ली भाका अनुसार कम्बर मर्काएका मर्कायेकै छन । त्यसरी कम्बर मर्काउनेमा बकुल्लाको हुलमा लाज पचेका कागनामका साँढेहरु पनि देखिदैछ  त्यै  देख्या भएर यो पाला पनि  जनकमानको खाँट्टी भाकामा जस्तो देखाई त्यस्तै लेखाई भन्दै तीजे झटारोडाम्देको छु । नभाको कुरा डामेको हैन क्यार त्यसैले रिसाउन कि खुसाउन मुम्बैया भाकामा बालै फरर्र  
आधुनिक भाकाको हस्बेन, श्रीमान, काँठे भाकाको पोई, लोग्ने, खसम देखि मदेसी जुबानके बेट्वाके बापका ज्युज्यानहरु चै सुदामाका जस्तो तर हाम्री महान गणतन्त्रे आधुनिक सहरिया नारि, महिला काठंका कांठेनी गाम्ले आईमेहरुको सुकोमल ज्यु ज्यान भने दिन प्रतिदिन भगवान सिरिरामको जार लंकाधिपति राबनको बुईनी शुपर्णखाको जस्तो देख्दैछु ।  नहुन पनि कसरि ? प्रजातन्त्र देखि गणतन्त्र आयेसी सबै भन्दा फापेकोनै तिनीहरुलाई नै हो । ३३ पर्सेनको कमालले होला अहिलेको जुगमा त हजुर नारीलाई काम लाउनु हुन्न ।  नारीलाई काम लायो भने नारि अधिकार हननहुन्छरे ।  नारी अधिकार हनन भो भनेको सुन्न मात्र पर्च्च INGO देखि NGO नाम धारण गरेका भस्मे माहाराजका खलक अधिकारकर्मी भन्ने नन्दी माराजहरुले पुलिस बोलार हात पछाडि पारेर स्टिलको चुरा लाएको फोटो पत्रकारलाई खिच्न लाएर चिसो सिंडीमा लगेर जाक्छन । बुझ्नु न सुझ्नु कासी तिर कुद्नु भन्ने पदवी पाएका फतफतेहरुले नारि अधिकार हनन गरेको बापतमा पुलिस द्वारा अपराधी पक्राउभनेर भंगेरे अक्षरमा डामेको सम्चार  पत्रिकाको भित्तोमा डाम्न बेर लाम्दैनन ।
महान प्रजातन्त्र देखि अग्रगामी छलांग मारेर ल्याको अस्तव्यस्त व्यवस्थाले देखिने नतिजाचै यस्तै हुने रच्छ
अहिलेको महान गणतन्त्रे जुगमा ब्या गर्नु भन्दा अगाडी हिन्दीमा भाकामा भनिने नासमझनेपाली भाकाको अज्ञानीनामका भुरा देखि भुरीहरुले  उमेर नपुग्दै लपभन्ने मयाँ र पिरती गास्न थाल्छन । त्यसरी पिरती गास्ने बेलामा आफ्नी प्रेमिका भन्ने लभरलाई जुन तारा टिपेरदिने देखि अंग्रेजी भाकाको माई एन्जेल, माई स्विट हार्ट तिम्लाई प्रिन्सेज अर्थात राजकुमारीबनाएर राख्छु भन्दै अंग्रेजी भाकामा प्रमिस’, हिन्दि भाकाको वादा, कस्सम देखि नेपाली भाकाको किरिया खाँदै फ्लाईंग म्यारिज गर्न बेर मान्दैनन
हिजोआजको जमानामा हाम्रो बाउ बाजे देखि मेरै जमानाको शादी ब्या हुन छाड्यो ।  जबर्जस्ति गर्न पनि मिल्दैन । बाउआमाले यो कतिले घर गरि खान्छ भन्ने अनुमान लाम्दै मनले खाको केटि बिहा गर्दिन खोज्यो भने घांटीमा डोरी लाएर पिंग खेल्न बेर लाम्दैनन  वादा  कस्सम निभाउने भन्दै मण्डपबाट ब्यौली भागेको पनि देखिएको हो त्यसैले आजकल त धेरै भुराभुरीहरुले उमेर नपुग्दै फ्लाईंग म्यारिजअर्थात भागि ब्या गर्छन ।  मागी भनेको त्यस्तै हो
गाला मुस्तांगे स्याउ हुन्जेल त रमाइलै हुन्छ । जब तिनीहरुका जोईकी भुडीले करामत देखाउन थाल्छ त्यसपछि गैरी खेत बन्धकी राखेर हुन्छकी सयकडा ५ मा ब्याज काढेर हुन्छ हान्निने भनेकै खाडी मलेस्या हो भने मुग्लाने भएसी तिनका जोईले पाउने पद भनेको तोरी लाउरेदेखि डोरी लाउरेसम्म हो । यो ज्यानले पनि १० बर्ख डोरी लाउरेको पद पाएकै हो
कुरो माथी टुप्पामा लेख्या फिगर देखि कोकोकोलाको  
हामी बरा सुदामा देखि चैनिजे हिरो ब्रुस्लीको जस्ता ज्यान भका पोई, खसमहरुको जोईहरुलाई हिजाज डोको नाम्लो भिरेर घाँसपात गर्न देखि हाम्रा बाको पालामा बनेको श्याम स्वेत रंगको नेपाली फिलिम पराले आगोमा गौथली नामकी हिरोनिले गाएकी उडी जाउँ भने म पन्छी हैनभन्ने जङ्गली गाना  घन्काउदै बन जंगल चाहार्न जानु पर्दैन । त्यहि जानु पर्ला भनेर पोई हिडेको महिना दिन नबित्दै भुराभुरी पढार ठुलो मान्छे बनाम्ने बहानामा गामबाट सहरा कोठो भाडामा लिएर बस्छन हैन बस्न बाध्य पार्न लगाईन्छ । बाउ आमा भन्दा जोई प्यारो भ सी के लाग्छ नि राम तर त्यसरी बस्ने धेरैका भुराभुरीहरु ट्यापे अर्थात लागु औषधिका अम्मली भो भनेर पत्रिकामा दिनहु छापिने खबर पनि पढ्ने बानि परि सकेको छ ।
हिजो गाम्घरमा ढाडको छाला खुईलिने देखि अन्वार घामले डढ़ेर दक्षिण भारतका हिरो रजनिकांत जस्ता हाँडी अन्वार भकाहरु शहरमा डेरा गरेर बस्नासाथ फेयर एण्ड लभ्लीको कमालले छुन पनि दाग लाग्ने हेलम्बुकी शेर्पिनी जस्ती हुँदै गाको तिनका तोरी देखि डोरी लाउरे पतिदेव सुदामाहरुले पनि देखेकै होलान । अल्छी तिघ्रेभएसी स्वादे जिब्रोहुनेनै भो भने  आहार देखि बिहारको बारेमा अरु के बयान गराई भो
त्यसैले जबजब गाम्ले बाट महान आधुनिके नारीमा पदोन्नती भएकाहरुको माहान पर्व तिजजस्तो चाडबाड आम्छ अनि तिनै शहरा बस्ने जोईहरुले गाम्घरको कला संस्कृतिलाई चटक्क छोडेर शहरिया खिचडी मिसाएर लेख्ने खिचडी गीतकारको शब्दमा आर्को खिचडी संगीतकारले धुन भरेर गाईने गाईनिहरुले गाएको बोर भयो यार’, ‘टेन्सन छ जिन्दगि  देखि तिम्रो फिगर कोकोकोलाभन्ने गीतको भाकालाई गोराको भाकामा लिप्संग गर्दै एउटा हातमा घामे चुरोट अनि आर्को हातमा टिनबिर्के रौसि देखि  ब्युरको बोत्तल देखाम्दै नाच्न थालेका छन ।  
त्यै फिगर अर्थात ज्यानको बनावट पनि २५० ML को कोकोकोलाको बोत्तल जस्तो सुलित्त परेको भाको भए त गीतले भन्न खोजेको अर्थ लाउथ्यो तर ज्यान चै १० टाउके राबनको बुईनी शुपर्णखा अर्थात जम्बो पेउसीको जस्तो अनि तिम्रो फिगर कोकोकोलाभन्दै नाच्ने देखि सबथोक देखाई दिन्छु’, ‘मेरो सेक्सी ज्यानभन्दै अर्थ न बर्थ गोबिन्द गाईजस्ता शब्द घुसाउने अहिलेका जोति मर्नी जस्त गाईनेनीहरु भसी उही हिन्दि सिनेमा ३ ईडीयटको पात्रले भन्ने गरेको शब्द माथी चमत्कार नभएर बलात्कार भयो कि भएन ? त्यहि भएर जस्तो देखाई त्यस्तै लेखाई  डामेको छु । नभाको कुरा डामेको हैन क्यार । त्यसैले रिसाए नि खुसायेनी के को टयासट्यास
(बिकृति र विसंगति बिरुद्ध लेखिएको यो व्यङ्ग्य नारीहरुको अपमान गर्न भनेर हैन । समाजमा नकारात्मक बिचारधारा  त्यागेर आगामी दिनहरुमा सकारात्मक देख्न पाईयोस  भन्ने मनसायले लेखिएको लेखकको निजि बिचार मात्र हो )
'प्रदेस दैनिक हेटौडाको मिति २०७५ भाद्र २६ गतेको अंकमा प्रकाशित'